कविता : म आउने छु

~चन्द्रबहादुर घर्तीमगर~

लाग्छ अचम्म मलाई
तिमीले जब यो भुल्दछौ
म पनि त यही जन्मेको हुँ
तिमी जहाँ जन्मेका छौं
यो धर्तीलाई माया गर्दछु
जहाँ बाँझा चरहरु छन्
तिमी भन्छौ म भागिरहेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमी

~चन्द्रिका तामाङ~

हिमालभन्दा अटल लाग्छ आफ्नै मातभूमि
प्राणभन्दा प्यारो लाग्छ आफ्नै मातृभूमि

एउटै छानामुनि मिली बस्छौँ सबै नेपाली
बन्दैन नयाँ नेपाल नमिली मधेसी पहाडी हिमाली
बसन्त ऋतुको आगमनले छाएको छ हरियाली
एक नेपाल हेर्न पाउँदा मनै छ खुसीयाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जुका

~योगेन्द्र काउछा~

रगत चुसाहा
असल सिकारी
सिजन चिन्दछ
सिजनमा
जीवनको आहरा खोज्दै
कहिले तल झर्छ
कहिले उकालो चढ्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उसको विजययात्रा

~जीवन शाही~

दुर्योधनको अभिमान
शकुनि षडयन्त्रको जालमा
उसको अस्तित्वलाई सुली चढाउन
स्वतन्त्रता र समानताका ढ्वाङ फुक्नेहरू
न्यायका गफ हाँक्दै
एकाएक सलवलाइरहेका छन्
कुटिल षड्यन्त्रका माहिर
शकुनिहरू पासा ढालिरहेका छन्
महाभारतमा द्रौपदीको वस्त्रहरण गरेझैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राराको छेउमा उभिएर

~विमल पोखरेल~

स्वच्छ पानीका छालहरू
दौडिरहेका छन् हजारौं वर्षदेखि
म छालहरूको छेउमा उभिएको छु
अथाह पानीको सागरमा
माछाहरू पौडिरहेका छन्
ती तालका गहनाहरू हुन्
ढल्की ढल्की नाचिरहेका छन्
आँखा जुधाउँदा लुक्न खोज्छन्
लजाए जसरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इन्द्रेणी:प्रतिजिन्दगी

~अनिल नेम्बाङ~

टेकेर बक्षमा
दुई पहाडको
फक्रक्क फुलेको
उ त्यो इन्द्रेणी
देख्छु जहाँ
प्रतिजिन्दगी
वृतांशमा जिन्दगी।
छुट्याँउछु रङँहरु केस्रा केस्रा
झट्ट हेर्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा लोड्सेडिङ

~दीपकजङ्ग हमाल~deepak-jung-hamal

अचेल
हर रात सपनाहरु खण्डित हुन्छन्

परिवर्तनको क्रान्तिमा उर्लेको भेल
एक घुट्को पानीको लाइनमा देख्छु
प्रतिनिधि चुन्ने मतदाताको लस्कर
केही लिटर पेट्रोलको याचनामा देख्छु
जन प्रतिनिधिहरु बाटै
अपहरित भएको देख्छु म या मेरा सपनाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : पवित्र आमाको सम्झना

~खिमानन्द पोखरेल~book-cover-ghanashyam-rajkarnikar-pabitra-samjhana-aamako_2071

घनश्याम राजकर्णिकार लेखनको हिसावले सिद्धहस्त व्यक्ति मात्र नभएर नेपालको एक सुप्रसिद्ध र पारखी साहित्यकार व्यक्तिका रुपमा साहित्यमा कलम चलाउनेहरुले धेरै पहिले देखि चिन्दै आईरहेका छन् । घनश्याम राजकर्णिकार द्वारा लेखिएका केही पुस्तकहरु मैले पढेर लेखिसकेको पनि छु । राजकर्णिकारले आफूले साहित्य सिर्जना गर्दा सरल र सहज भाषाको प्रयोग गरेर पाठकहरुको मन जित्ने काम गरेको देखिन्छ । घनश्याम राजकर्णिकार द्वारा रचना गरिएका सङ्ग्रह पढि सकेपछि जो कोहीलाई पनि यस्ता सिद्धहस्तका बारेमा नबोलेर नलेखेर बस्नै मन लाग्दैन । यस्ता कलम चलाउने व्यक्तिहरु थोरै हुन्छन् यिनै थोरै कलम चलाउने व्यक्तिहरु मध्येकै एक व्यक्तिका रुपमा घनश्याम राजकर्णिकारलाई लिन सकिन्छ । राजकर्णिकारले लेखेका संस्मरण, नियात्रासंस्मरण र लेखनका अन्य धेरै विषय वस्तुहरु पनि यस लेखन कला भित्र पर्दछन् । आफ्नी आमा भन्ने हो भने हरेक मान्छेलाई जन्मदिने आमा नै हुन्छ । ति Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : हेर्नुस् न !

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

जिन्दगी छैन अचेल जिन्दगी जस्तो हेर्नुस् न !
मान्छे भो आज यहाँ कति सस्तो हेर्नुस् न !!

हत्या र ध्वंशका यी क्रुर शृंखलाहरू किन ?
सुनेर पनि सब गर्छन् नसुने जस्तो हेर्नुस् न !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हरिभक्त कटुवालका रक्सीमाथि दुई मुक्तकहरु

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम।

२) Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ
कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।।
कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ
कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

भात खाँदामा कालो मास घिउ हालेको दाल
कालो मोटर चट्ट चढेर बुन्छौ पासो जाल ।।
टोपी कालो चप्पल कालो मनमा पाल्छौ कालो
कालै चिया थरीथरीका पेट छ तिम्रो कालो ।।२।। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : Is it a poem?

~Norden Rumba~Norden Rumba_1

Imagine a road leading to I don’t know where
May be here or may be to eternity
Of which, I am just a pedestrian
Mountains glove superimpose and freeze
Something like it happens in cinema
Alot of people I meet
And a lot of people I forget Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : ऊ मान्छे

~उज्ज्वल जी.सी.~ujjwol-gc

तीक्ष्ण बुद्धि मस्तिष्कभित्र
सँगालेको दाबी गर्छ ऊ
नगरोस् पनि किन
उसले आफ्नो अस्तित्व अडाउने
बलियो धरातल भेटेको छ
अतः आफैलाई बहुविद् सम्झने
उसको आडम्बर निरन्तर
स्थायी छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : किन मन हुन्छ चञ्चल

~धनेन्द्र विमल~dhanendra-bimal

किन मन हुन्छ चञ्चल
किन बढ्छ याद झनझन
के भो मलाई के रोग लाग्यो लौन बताऊ
लडें लडें लडें म त लौन समाऊ

कति बसन्त आए गए तर यस्तो भएन
काउकुती लाग्नुपर्ने मनमा तर कहिले लागेन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : झोला हरायो

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । झोला हरायो भन्ने थाहा पाएपछि त्यो साहित्यकार दाजुसंग झोलाभित्र के के थियो मैले भने । झोलाभित्र मैले निकालेको उपन्यास तीस प्रति, मेरो र्सट पायन्ट र एउटा इमर्जेन्सी लार्इट थियो उहाँले भन्नुभयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : चलेछ वतास सुस्तरी

~बुद्धवीर लामा~buddha-bir-lama

चलेछ वतास सुस्तरी
मनै सरर
भरोसा छैन जीवनको
बिताऊँ हाँसेर

कहिलेमा कहीं रमाइलो हुन्छ
भेटघाट हुँदामा
छातीको ज्वाला ननिभ्ने रैछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सुरिलो रुख सल्लै हो

~मदन दिपबिम~madan-dipbim

सुरिलो रुख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस

चिनजान हाम्रो भाछैन
घरबार कहाँ हो थाहा छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म छु यता कालीवारि

~यादव खरेल~yadav-kharel

म छु यता कालीवारि कालीपारि मेरी माया
मेरो साथ छुटाइदियौ किन ईश्वर मेरै छायाँ

उडुँ भने पंख छैन रिडीपारि तर्नलाई
भेट हुन आस लाग्छ नभेटेरै मर्नलाई
आजै राति मर्छु क्यारे जलिसक्यो मेरो तन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पोहर साल खुशी फाट्दा

~राजेन्द्र थापा~Rajendra Thapa

पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरिसकिस्
तेरो भाग्य यति नै हो भोग चलन गरिसकिस् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : “आमालाई” कविता संगालो हेरेपछि

~खगेन्द्र संग्रौला~

पंचायती निरंकुशताको उत्कर्ष कालमा सुखानीको जंगलमा निरंकुशतन्त्रविरोधी वीरहरूको बलिदानको कथा लेखियो । सो कथाले जन्माएको उदात्त भावना र गहिरो पीडा नेपाली साहित्यको अर्धलिखित वा अल्पलिखित अध्याय हो । सुखानीका जंगलको वीरतापूर्ण कथालाई कि त एक तिलस्मी गाथाका रूपमा चित्रण गरियो कि त त्यसको उदात्त पक्षलाई समेत उपेक्षा गरेर टाउको कटाइको दुष्परिणाम भनी पन्छाइयो । यसरी यस्तो अपूरो मूल्यांकनको घेरा परिपरी सुखानीमा ढालिएका वीरहरूको गाथा बरालियो । वीरहरूको बलिदानलाई कालको सापेक्षताामा इतिहासमा उचित स्थानमा राख्ने काम कवि साहित्यकारहरूको हो । ऋतुको यो संगालो कतै प्रत्यक्ष र कतै परोक्ष रूपमा सोही दिशातर्फको एक संकेत हो भन्ने मलाई लाग्छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : फैसला

~हरिप्रसाद भन्डारी~

असार महिनाको आधा आधी, झमझम पानी पर्नु पर्ने बेला भए तापनि पानी पटक्कै परेको थिएन । लामो खडेरीले सताएर आकुलव्याकूल पारे पनि त्यसको कुनै पर्वाह नगरी गाउँलेहरूले कस्सिएर खेतबारीमा काम गरिरहेका थिए । चर्को गर्मीले गर्दा शरीरबाट तरतरी पसिना बगेको पनि कसैलाई वास्ता थिएन ।

गाउँको तल चौपारी (चौतारो) थियो । असारमासको लहबरीमा पनि साने, जुठे, भकुन्ते लगायतका छ÷सात जना केटाहरू आमा बाबुका आँखा छलेर त्यहाँ आई गुच्चा खेलिरहेका थिए । गुच्छाको खेल गर्मागर्मी तरिकाले चलिरहेको थियो । त्यहाँ त्यसरी गुच्छा खेल्ने मध्ये तीले घर्तीको छोरो जुठे एकनम्बर सिपालु थियो । जिम्माल साइँलाको नाति साने पनि कम चलाक थिएन तर जुठेका सामु उसले पनि हार खानु पथ्र्यो । अरू भकुन्ते, गोरे, रिठेहरू पनि ठीक ठीकै थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : किन…??

~राम श्रेष्ठ~

मनको फूलबारीलाई बाँजो पारी
पिरतिको फूल अन्तै किन सार्नु भाको!

कोपिला र बेर्ना पनि अरुलाई नै सुम्पी,
फुलिसकेको फूल पनि किन झार्नु भाको! Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

केस्रा : सजाय

~मीना पुमा राई~mina-puma-rai

दैवको खेल
आँसुको भेल

सजाय दिदैँ
पठायो जेल Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : असन्तुस्टी

~उषा गिरी~Usha Giri

पारी क्षितिजको टुप्पामा
बादलका टुक्राहरु
मनका रङगी बिरङी
गहिराइबिच
बिरक्त र बिह्वल
काला धर्साहरु सँगै
चेहरामा बिषादका
गहिराइ र खोबिल्टाहरु सँगै
आज किन चिहाउछौ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माया लागेर आँउछ

~बसन्त मोहन अधिकारी~Basanta Mohan Adhikari

म फूल
यो रङ्गीन संसार
शुन्दरता र शान्तको
अद्भुत आन्नद
अमन चयन
केवल मेरो उपहार ।

यहाँ,चुसेर रस
दिनभरी
प्यास नलागे सम्म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कृष्ण वस्तीका चौध मुक्तकहरु

~कृष्ण वस्ती~Krishna Wasti_1

जीवनको मैदानमा अक्षरहरुले फुटबल बनाए्
राजनीतिका पारखीले बेलाबखत मादल बनाए,
सधैँ अरुको लागि देउरालीको पाती बनेको मलाई
आखिर आफ्नै सपनाहरुले पनि केवल आँखाको गाजल बनाए ।।

मैले पहाड चढ्दा शानदार हिमाल देखें ,
तराईतिर झर्दा इमानदार धिमाल भेटें
तैपनि धर्म र जातिवादले साइनो फाटेर
आफ्नै गाउँ पनि चिरिएको बिरानो नेपाल भेटें ।।

कसैका लोभी नजर,
कसैका पापी नजर,
लैनो पाडाका खुट्टाजस्तै,
मेराचाहिं बटारिएका नजर ।। Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : धरान

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

ताप्लेजुंगबाट तेह्रथुम पुगे धनकुटा बासबसे.
तम्बरै तरी धरानै झर्दा मायामा म फसे
लुङ्गा मायामा म फसे.

धराने ठिटी साह्रैनै राम्री भन्थेनि गाउँघरमा.
फर्कूकि घर कि यतै बसू परेनी दोधारमा. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो मलाई । अब जीवनले कुनै उपलब्धि हासिल गर्नुछैन । जीवन उद्देश्यविहीन, आशाविहीन भएर कतै स्थीर भएर अड्कियो । मेरा हातहरू छन् चलेका छैनन् । खुट्टाहरू छन् दौडेका छैनन् । मस्तिष्क छ तर सोच्नका लागि कुनै सिद्धान्त छैनन् । उड्दाउड्दै गरेको जीवन लाग्यो कहीकतै रुखमा अल्झिएको छ । यस्तै निरउद्देश्यीय जीवनले साहित्यको सहारा लिएर चलायमान हुन थाल्यो । लगभग वि.स. २०५० सालपछि म लगातार साहित्यिक पत्रिका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कहाँ सके मैले

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

विष छरेर गयौ तिमी , फुल्न कहाँ सके मैले
अन्धकारमा डुब्यो जीवन,खुल्न कहाँ सके मैले

बिर्सन्छुकी भनी तिम्लाई,गजल लेख्न सुरु गरे
बहर भरी छा’यौ तिमी , भुल्न कहाँ सके मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : समयको बेग

~कृष्णकला वनेम~Krishnakala Banem 'Karina Subba'

समयको बेग संगै अचानक म बदलिए
नौनी जस्तो मन थियो अनायसै पग्लिए

सुस्त सुस्त बोलीले पछी बाट बोलायौ
नसुने झै गरी हिड्दा झनै तिमी करायौ
प्रिय भनी डाक्यौ अचानक म झस्किए Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पशुपति,वाग्मति र मान्छेहरू

~जयन्ती ‘स्पन्दन’~Jayanti Spandan

हत्केलाभरिका रेखामा
भविष्य खोज्दै
जटिल परिस्थितिले जन्माएको
कुन्ठित मनस्थितिग्रस्थ मान्छे
आजै सृस्टि सब पखाल्ने धुनमा
पशुपति धाईरहेछ,धर्मको बुई चढेर।
नजिकै किनारैकिनार बग्ने बाग्मती
त्यही मान्छेको कुरूप मानसिकतामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कृष्ण पौड्यालका १८ मुक्तकहरु

~कृष्ण पौड्याल~

मुटुमा बास छ।
मिलनको आस छ॥
धोका दिन्नौ पक्कै।
पुर्ण विश्वास छ॥

मृत्यु समिप खेलमा छु।
बर्षातको भेलमा छु॥
नबोलाऊ अंगालोमा॥
बे कसुर जेलमा छु॥ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment