~अतित मुखिया~
१.प्रारम्भिक कथन
विश्व मानचित्रमा सानो राष्ट्र भएरै पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधर्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार र संस्कृति । एउटै किरात धर्म मान्ने भएरै पनि किरातमा बिविध भाषा-भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । यसैले नेपालका किरातहरुलाई बुझनु पर्दा बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनु पर्ने हुन्छ । विद्वानहरुको मत अनुसार ५९ आदिवासी/जनजातिहरुमध्ये अधिकांश जातिहरु प्राचिन नेपालमा ३३ पुस्तासम्म शासन गर्ने किरात बंशका सन्तान हुन । राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा कतिपय किरातहरुले आफ्नो स्वपहिचान लुकाउन बाध्य हुन पुगेको पाइन्छ । Continue reading