कविता : संघीयताको बिऊ

~राहुल पुन~

संघीयता
विदेशी बिऊ
विखन्डनको विष
विनासको प्रतिक
शोषणको अमृत
पेरिसडाँडामा रोपियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : गुम्सिएका ज्वारभाटाहरु

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

अस्ति भर्खर गएको मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त पुरै २९-३० नै पुर्याईदिन्छिन | यो लगनले भरिएको बसन्त हृतुमा फेसबुक खोल्यो कि २-४ जना संगिनीहरु डोली चढेको देख्न पाइन्छ | कसैले टम्म परेको पेट, कसैले पेट टम्म हुनुभन्दा पहिलेका प्रेम-लापका तस्वीरहरुले फेसबुक रंगाएका हुन्छन | हर्स-बिस्मातहिन मेरो मन केहि सोच्दैन तै पनि यी हातहरुले कमेन्ट र लाइक दिन पछी पर्दैन | भर्खर बिहे भएका या भर्खर सन्तान प्राप्तिको खुसि मिलेकाहरुलाई के नै कमेन्ट गर्न सकिन्छ र, कस्तो राम्रो जोडी, गड मेड भन्यो, कस्तो राम्रो बच्चा, सो किउट भन्यो आदि |

मास्टर्सको पढाई लगभग सकिन लागिसक्यो | अन्तिम परिक्षा र थेसिस मात्रै बाकि हो | जाचलाइ जति पढे पनि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नजाउ छोरी कहिलेपनि

~पलपल मोक्तान~palpal-moktan

धन भन्दा त मनै ठूलो हो नी गोरी जहिलेपनि
सुन चाँदी र धनको लोभमा नजाउ छोरी कहिलेपनि

नचिनेले मात्र हैन आफ्नै मान्छेले फसाउलान तिमीलाई
आफ्नै मान्छे दलाली भै भोगे दुस्ख मोरी महिलेपनि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : खै मेरो घर ?

~दीपक जडित~

आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर
लत्र्याकलुत्रुक म
आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अस्तित्व हराएको मान्छे…

~प्रेम पुन~

म गोठमा जन्मेर गाँउमा हुर्केको मान्छे
दु:खको पहाड बोकेर हिंडेको मान्छे
लगाउनलाई मसंग चप्पल थिएन
लाहुरेको छोराहरुको जुत्ता हेरेर मक्ख पर्थे
पैतला फुटेर जमिन भासिए जस्तो हुन्थ्यो
तैपनि कपडाको भकुन्दो कुँदाएको हुन्थे
म कक्षामा जहिले पनि अगाडि हुन्थे Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपति कसलाई ?

~हरिकृष्ण न्यौपाने ‘घायल’~

सबै दलमा लुछा-चुडी, राष्ट्रपति कसलाई?
सबै मिलि छान्नु पर्छ, योग्य ब्यक्ति जसलाई!
पद अनि कुर्सि खोज्दै, हाना-थाप किन?
दलहरूकै हाना-थापले, बित्यो धेरै दिन!!

काँग्रेसलाई गिरिजा रे, अर्कै एमालेलाई, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलहरु

~भोजराज न्यौपाने~Bhoj Raj Neupane

फूलहरू हरेक दिन
भमरासँग तर्सिन्छन्
र, उनीहरूसँगै समर्पित हुन्छन् ।
फूलहरू हरेक क्षण
हावाहुरीदेखि डराउँछन्
र, उनीहरूकै तालमा नाच्छन् ।
फूलहरू मान्छेदेखि डराउँछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : सरण्यू र सूर्य

~जंगबहादुर शाह~

सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले ब्राह्मण र उपनिषद्हरूलाई पनि वेद मान्दछ। सूर्योपनिषद्मा सूर्यको स्तुति यसरी गरिएको छ, ‘…सूर्य आत्मा…सर्व छन्दोऽसि’ अर्थात् सूर्यदेव समस्त जड र चेतन जगतका आत्मा हुनुहुन्छ।

सूर्यद्वारा समस्त प्राणीहरूको उत्पत्ति हुन्छ । सूर्यबाट नै यज्ञ, पर्जन्य, अन्न र आत्मा अर्थात् चेतना प्रादुर्भूत हुन्छ ।।३।। हे आदित्यदेव ! हामी तपाईंलाई नमस्कार गर्दछौं। तपाईं नै प्रत्यक्ष कर्मका कर्ता हुनुहुन्छ। तपाईं नै प्रत्यक्ष ब्रह्मा, विष्णु र रुद्ररूप हुनुहुन्छ । तपाईं नै ऋक्, यजुष्, साम र अथर्वस्वरूप हुनुहुन्छ । तपाईं नै समस्त छन्दका प्रत्यक्ष रूप हुनुहुन्छ ।।४।।’ Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : देलिया एलेना सान मार्को

~खोर्खे लुई बोर्खेज~jorge-luis-borges

इलेभेन्थका छेउमा हामीले बिदा लियौँ । म अर्को सडकपेटीबाट पछाडि हेर्न मोडिएँ, तिमी पनि मोडियौ र तिमीले बिदा भन्दै हात हल्लायौ ।

हामी दुवैका बीच मोटरहरू र मान्छेहरूको बाढी बगिरहेका थिए । कुनै सामान्य मध्या्रह्नको पाँच बजेको होला । मलाई के थाहा, त्यो नदी दुख भरेको पुरातन एकएरोन थिई, अलङ्घ्य !

हामीले पुनः एकअर्कालाई कहिल्यै देखेनौँ, फेरि एक वर्षपछि तिमी रहिनौ, तर अब म त्यस स्मृतिलाई खोजे Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

Poem : The Dark Night

~Jiwan Kshetry~Jiwan Kshetry

The dark night,
Does it threaten you?
My friend,
In the gloomy weather,
Dark night is no longer a threat.
So many dark days in the order to follow,
The dew drops percolating,
Through the fog of awesome thickness,
The sun hiding for ages.
My friend, Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : वर्तमान

~गीता पन्थ~Gita Pantha

आफैंसँग झ्स्किएका यक्ष प्रश्नहरू
बेअर्थमा रिसाएका दुर्वाशा समयहरू
विनासित्ती निहुँ खोज्छन् अचेल
समय श्रापित अहिल्याका स्वप्नदोषहरू।

भग्न मन क्षेत्रबाट उत्खनित रहरहरू
असंरक्षित सपनाका असुरक्षित भ्रूणहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : कसरी भनुँ

~शीतल कादम्बिनी~Shital Kadambini Gurung

खै उसले जितेर गयो कि हारेर गयो
कसरी भनुँ मरेर गयो कि मारेर गयो

नयनको यो मदिरा माग्यो पिलाइदिएँ
बिचरोले सद्दे बानी बिगारेर गयो
आउँदा भरी देखिन्थ्यो जाँदा रित्तो–रित्तो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ज्योति मगरको तिघ्रा

~विनोदविक्रम केसी~Binod Bikram KC

तिमी फस्यौ ज्योति मगर!
फस्यौ नानी!
यो करनीघाती बजारको
चिल्लो–चम्किलो चक्रव्यूहमा
अभिमन्युले अन्तिम सास लिनुअघि
तिम्रो तिघ्रामाथि
म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा

मलाई असाध्यै मन पर्छ
अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : दु:खसंग भाग्दिन म

~निर्मला अवस्थी~Nirmala Awasthi_1

जीवनमा आइपर्ने दु:खसंग भाग्दिन म
हिंडीरन्छु आफ्नो बाटो पुरा नभै थाक्दिन म।।

दह्रो आँट म संग छ एक्लै हिड्न डराउँदिन
साथ आए खुशी हुन्छु कर गरी डाक्दिन म।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अट्टेरी ‘टाप’

~टिका भाई ~tika-bhai

विज्ञापनका ‘होर्डिंग’-हरूमा उज्यालिएका
रङ्गीन अक्षरहरू मात्र हो
यो- ‘सरकार नामको अदभुत जादु’
जादु हातको सफाई त हो
जादु भ्रमको खेल त हो।

हाम्रो चेतना समुद्र हो, नदी हो, गहिरो तलाव हो,
भ्यागुताहरूको कर्कसता पाल्ने ‘एक्वेरियम’ होइन।

सुन् ए लगामहरू! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेकिएका हिमश्रृंखलाहरु..

~डा.मधु माधुर्य~


बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु
नागलाई महादेवको गलामा बेरिएको देख्छु
कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु…
जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म
वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म
तिनै सर्पहरुले फणा उठाउँदा –
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ !
तिनै सर्पका प्रेमालु ठुँगाईबाट शहीद हुनेहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल एक दिन फर्कन्छु ..!

~सुरेस खनाल~

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा – कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फुटपाथ

~केशव शिलवाल~keshab-silwal

सुपारीझैँ टुक्रा पारेर जीवनलाई
बेचिरहेछन् नाङ्लेपसलेहरू
यही फुटपाथमा
गाइनेहरू गाइरहेछन्
शताब्दीको अन्तिम गीत
यही फुटपाथमा
यही फुटपाथमा उभिएर
कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘पेन’ हङकङमा…

~होमनाथ सुवेदी~


एच्के नेपालको यात्रा हङकङ भरी गरें
अनेसास समाएर शाखामा चोप्छु ‘पेन’ हे !

देश सुब्बा, उपन्यस्त सल्लाह-कार छन् भने
महासचिव शाखाका सम्वाहाम्फे बने भने । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छन् सिमलको भुवा

~डा. दीपक खड्का~

तिम्रो छुवाईलाई मान्छे भन्छन् सिमलको भुवा
हाय म किन भएँ त्यो दिन पानीमरुवा

तिर्खाउन यत्ति सक्छु थाहै थिएन मलाई
तड्पेका थिए अरे संसारभरका कुवा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : गौंथली

~विप्लप प्रतीक~biplav-prateek

अष्टमानको पसलमा
फेरि आए गौँथलीहरू―
जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि
र ऊ बस्ने चकटीमाथिको दलिनमा
बनाउन शुरु गरे गुँड।

हरेक वर्ष यसरी नै आउँछन्
असनका पसलहरूमा
र, रत्तिभर नडराइकन शुरु गर्छन्
बनाउन गुँड। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोष र शब्दहरु

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

शब्दहरु
शब्दकोषको पर्खाल नाघेर
बाहिरीएकाछन्
जुन शब्दहरु युगौ देखि
शब्दकोषमा कैदी थिए
तीनै शब्दहरु
आज स्वतन्त्र भएकाछन्
त्यसैले यी शब्दहरु
यत्रतत्र,र्सवत्र Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीङ्खला कविता

~राजा पुनियानी~Raja Puniyani

हर्कबहादुर १
आफ्नो जागित्रे रहर नथामे पनि
आफ्नो हरामी संसार नथामे पनि
आफ्नो गाथको भाग नथामे पनि
आफ्नो मान्छेको अपेक्षा नथामे पनि
आफ्नो साथीको माया नथामे पनि
आफ्नो दुश्मनको इख नथामे पनि
हर्कबहादुरको थाप्लोले
अहिलेसम्म थामेरै आयो
कल्पनाभन्दा गह्रुँ शोषणलाई
हर्कबहादुर २ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुङ्मा

~हेमन यात्री~heman-yatri

कहाँबाट आएर बस्छ
यो पुरातात्विक हावा ?
दुङ्माको काखमा
र गाउँछ–
दुङ्माली जिब्रोको संगीतमा
यहाँका आदिवासी अवशेषहरु

‘लागभग
बाहसाय वार्षअघि’
पौवाखेसाङ* थुमको युद्धमा
खेदिएका चोखाङ* परिवार Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आख्यान लेखनमा मेरो अनुभव र अभिमत

~दिल साहनी~dil-sahani

आख्यान त नाटकमा पनि हुन्छ । आख्यान त कवितामा पनि हुन्छ । रामायण महाभारत महाकाव्य हुन् । काव्य हुन् । कविता हुन् । साथसाथै आख्यान पनि हुन् । रामायण महाभारतमा कथा पनि छन् । उपन्यास पनि छन् । भए पनि आज हामीले आख्यान भने पछि मुलत कथा र उपन्यासलाई बुझ्दछौँ । कथा लेखनको अनुभव मसित छ । उपन्यास लेखनको अलिकति अनुभव पनि मसित छ । तर मैले कोरेको कुनै पनि उपन्यास पुस्तकारमा प्रकाशित नभएको हुनाले म कतै पनि उपन्यास लेखकको रूपमा चिनिएको छैन । चिनिने कुरो पनि भएन । म नेपाली साहित्य जगतमा कथाकारको रूपमा चिनिएको छु । मेरा अहिलेसम्म सैनिक समाचार, आमा, उदय, दीयो, बाटो, मादल, पसिना, कथामंच, जनमुक्ति, चासो, रूपरेखा, मधुृपर्क, गरिमा, मिर्मिरे, मातृभूमि, युगज्योति, नन्दन, कलम, जनघोष आदि जस्ता दुई दर्जनभन्दा बढी पत्रिकामा कथाहरू प्रकाशित भैसकेका छन् । मेरा अहिलेम्म चार कथा सङ्ग्रहहरू–युगपुरुष, खरानी गाउँ, क्यान्टोनमेन्ट तथा शिलाङका कथा प्रकाशित भैसकेका छन् । यस बाहेक भारतीय नेपाली कथा, असमको कथा यात्रा, प्रख्यात नेपाली कथा आदि जस्ता सामूहिक कथा Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मजवुन र मजवुनहरू

~त्रिभुवनचन्द्र वाग्ले~

मैले पिएको जाँडले
साँझ चुलोमा कफर्यू लाग्नसक्छ
छोराको स्कुलको पोशाकले
आज घरमा हड्ताल गर्नसक्छ
श्रीमतीको भग्नावशेष हृदय
कविताको पारिश्रमिकले
जीर्णोद्धार गर्ने गरेको छु
विदेशी बन्दुकमा बारुद भर्दाभर्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रमा

~अबिनास थापा~

स्कुलमा टिफिनको समय भएको थियो त्यति बेला । म चौथो घण्टी नै नपडी चौतारामा आएर बसेको थिए । टिफिन टाईममा कोहि साथीहरु फुटबल खेल्दै थिए भने कोहि साथी भलिबल खेल्दै थिए त कोहो यत्तिकै चौर तिर डुल्दै थिए । म यी सबै कुरा एकोहोरो नियाली रहेको थिए । एक्कासि पछाडीबाट मेरो आँखा छोपियो । त्यो नरम अनि कोमल हातले स्पर्श गरे मेरो अनुहारमा,मलाई त्यो हात कस्को हो भनेर छुट्याउन समय लागेनकिनकि यत्ती कोमल अनि नरम हात हाम्रो कक्षामा अरु कसैको थिएन थियो त केबल रमाको मात्र थियो । रमा जो निकै सुन्दर ,सिल्म शरीर,रेसमी कपाल,डिम्पल पर्ने गाला,मृग नयनी आँखा यस्तै यसै । रमाको जत्तिनै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मञ्जूर छ

~अनन्त निरौला~

दिनेले पूर्ण सम्भावना
नदिएको हैन जस्तो लाग्दैन मलाई
सम्भावना अटुट शान्तिको
म मा छैन भन्ने लाग्दैन मलाई
दिनेले कन्जुस्याईं गरेको
पटक्कै लागेको छैन मलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : लड्यौं किन ?

~आचार्य प्रभा~acharya Prabha

अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ?
बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ?

आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ
आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : रातै रमाइलो !

~सजना गुरुङ~Sajana Gurung

तिम्रो काखमा बिताएको रातै रमाइलो !
आमा तिमीले सिकाएको बातै रमाइलो !

गल्ति हुँदामा पिटेपनि माया गर्दै पछी
मिठो आभास दिने तिम्रो हातै रमाइलो ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बन्दी र चन्द्रागिरि

~कृष्ण सेन ‘इच्छुक’~Krishna Sen 'Ikchchuk'

विजयको अन्तिम दिनसम्म
सबै रहौंला नरहांैला पछि हामी
र, सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदा लेखिँदै भोलि अपूर्ण रहनसक्छ ।
तर गेष्टापोको ग्याँस च्याम्बर जस्तो
यस सन्त्रासमय समयमा जस्ले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पुतलीको पखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~Manoj Bogati_1

जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ।

‘तिम्रो नाम के हो?’

‘मिसुजा।’

‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ।

‘मिसुजा नै हो।’

‘पक्का?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment