कथा : संयोग

~गोविन्द श्रृङ्खला~

अहो कस्तो अनौठो संयोग ! कल्पना सम्म नगरिएको परिघटना !  कहिं कतै कुनै संभावना नै नरहेको अप्रत्याशित अनुपम संयोग ! त्यस्तो संयोग जसको कहिं कतै कल्पना सम्म गरिएको थिएन । यस्तै संयोग रचितका सामु परिलक्षित भएको छ ।  संयोग मान्छेले चाहेर वा निर्माण गरेर हुने घटना होइन, संयोग अनायासै घट्ने घटनासंग संवन्धित हुन्छ  । रचितको लक्ष्य अर्कै थियो, गन्तव्य अर्कै थियो र ऊ यस विषयसँग सरोकार राखेर हिडेको पनि थिएन । एउटा गन्तब्यको क्रमिकतामा अवरोध आएपछि रचितकोे जीवनमा एउटा अनौठो संयोग घटित भएको छ । भाग्यवादीहरु  भाग्य र लेखनी प्रति विश्वास गर्दछन्, जे प्रारव्धमा लेखिएको छ त्यसलाई टारेर टर्दैन भन्छन् र जे हुने भनिएको हुन्छ त्यसको पटाक्षेप अवश्य पनि भइ छाड्छ भन्छन् । हाम्रो समाजमा घट्ने यस्ता घटना केवल संयोग मात्रै हुन् या विधाताले लेखेको लेखनी ? सवैका आ–आफ्नै तर्क छन् सवैले आफ्नो तर्कलाई स्थापित गराउन चाहन्छन् । रचितको जीवनमा पनि भाग्यवादीहरुको विचारमा लेख्नेले जे लेखेको छ त्यो भएको छ ।

रचित एउटा लक्ष्य सहितको गन्तब्यमा हिडेको मान्छे एउटा अवरोधका कारण उसको गन्तव्य फेरिन पुग्छ ।  यही अवरोधबाट सुरु हुन्छ उसको जीवनमा  संयोगको अविराम श्रृङ्खला । प्रचण्ड गर्मी उफ् ! यात्राको पट्यारलाग्दो क्षण नसोंचिएको बाटो असहजताको विचमा सहजताको खोजी । मान्छेहरु विचको उकुस मुकुस सडकको छातीमा कुदिरहेको गाडि, न लक्ष्य छ न गन्तव्य तर पनि ऊ एउटा टोली सहित नयाँ गन्तव्यको खोजीमा छ , नयाँ लक्ष्य पहिल्याउने कसरतमा छ  र आफ्नो लक्ष्य पूरा हुने झिनो आशामा कुदेको छ । यात्रा विरामसंगै उपत्यका भित्रको सानो बजार आगमनको संकेत , बजारको नजीकै कलकल बगेको नदी,वरिपरि हरियाली पाखा पखेरा । स्वागतमा एकोहोरो झरिरहेको सिमसिमे झरि, उष्णताको विचमा शितलताको अनुभव । नयाँ स्थानको पहिलो अनुभव उसको मनमा कौतुहलता । त्यस ठाउँ प्रति उसको मन मस्तिष्कमा कोरिएको चित्र भन्दा नितान्त फरक । नयाँ ठाउँको जानकारी लिने उत्सुकता, स्थान परिचय का लागि पदयात्राको चाहना सवैमा उत्तिकै रहेको र ऊ पनि यस विषयमा जिज्ञासु बनेको छ ।

बजारका गल्लि चोक भर्खरै परेको पानीले हिलाम्य भएको  छ । अघि सम्मको उकुस मुकुसमा केही मलम लागेको छ । रचित र उसको टोलीले आफ्नो चाहना अथवा कर्तव्यको नयाँ गन्तव्य फेला पारेको छ । एउटा गन्तव्य जसलाई उनिहरुले कर्तव्य पालनाको खुट्किलाको रुपमा उपयोग गर्न सक्छन् । चारै तिर हरियाली पाखा पखेरा अनि विचमा  सानो बजार र नजीकै लम्पसार नदी प्राकृतिक शौन्दर्यले यस ठाउँलाई सिगार्न कुनै कसर बाकि राखेको छैन । रचितको गन्तव्य फेरिए पछि नयाँ कार्ययोजनाको खोजीमा छ । उसलाई दिइएको जिम्मेवारी पूरा गर्नु छ । मनमा एकखाले चिन्ता र नयाँ ठाउँको अनुभव उसका लागि अन्तरमनको द्वन्द बनेको छ । सहयोगीको सहयोगले भोली एउटा भेलाको आयोजना हुने लगभग सुनिश्चित भएको छ । जुन भेलामा तोकिएको विषयमा छलफल अन्तरक्रिया हुनेछ । रचितले दिइएको जिम्मेवारी पनि पूरा गर्नु छ र भ्रमणको विकटतामा पनि रमाउनु छ । भौगोलिक विविधतामा एउटा अर्को भुगोलको यात्रा रचितको अनुभवमा थपिएको छ । भौगोलिक विविधतासंगै सांस्कृतिक विविधता र भाषागत भिन्नता हाम्रो मुलुकका आभूषण नै हुन । नयाँ ठाउमा रचितको अनुभवले यस्तै विश्लेषण गर्दो हो । नयाँ स्थानको नविनता आत्मसात् गर्दै रचित आफ्नो टोलीसंग भोलीको कल्पनामा समाहित हुन्छ ।

विहानीको लालीमा संगै भोलीले आजको स्वरुप ग्रहण ग¥यो । एउटा भेलाको आयोजना जुन रचितको उद्धेश्य थिया,े दश बजे हुने भयो । भेलाले आकार लियो । विविधता भित्रको जमघट । भेलामा सवै थरिका विम्बहरु….। तर पनि रचितको आँखा अगाडि उहि आकृति वारम्वार ठोकिइ रह्यो । परिचयका क्रममा थाहा भयो उसको नाम सानु हो । अर्थात् सानुमाया । सानु उसका लागि अत्यन्तै अपरिचित र नौलो अनुहार । कहिं कतै भेटको संभावना नरहेको आकृती । रचितले नियालेर हे¥यो सानुको अवोध मुहारमा रहेको गम्भिरता अनि उज्यालोपन आफैमा सौन्दर्यका परिचायक बनिरहेका छन् । अन्तरक्रियाका सवै औपचारिकतामा सक्रिय रचितका  आँखा सानुका आँखासंग दोहोरी खेली नै रहे । कति खेर नजर जुध्थे त कति खेर नजर झुक्थे । कार्यक्रमको विट मारियो । रचित पनि हृदयमा सानुको सजिव तस्विर जिवन्त पार्दै विछोडियो । दुवै विच संवाद भएन भनौ त्यहाँ संवादको परिस्थिती नै बनेन । फेरी उही लक्ष्य,गन्तव्य र उद्धेश्यको खोजी रचित त्यो भुगोलको विचबाट विछोडिनु पर्ने थियो । दिउसो त्यो सानो बजारलाई ओझेल पार्दै रचित क्रमशः टाढा हुंदै गयो मनमा सानुको केवल झझल्को लिएर…..।

समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । पलक्षण, दिन रात र हफ्ता वित्ने क्रमले विश्राम लिने प्रश्नै भएन । एक साता पछि रचितले सानुलाई फोन ग¥यो । सानुको मधुर बोली उसका लागि पहिलो श्रव्य ध्वनी, अहा कति मिठो वोली ? सानुसंगको संवादले रचितमा नयाँ उत्साह तरंगित भयो । उनिहरु विचको संवाद संयोग भित्रको  गतिशिलता बन्यो, चिनजान नै नभएको आकृतीसंग घनिष्ठता बढ्न थाल्यो । एक्काइसौ शताव्दिको प्रविधीले नजिक्याएको संबन्ध । सानु र रचितका विचमा झण्डै चार महिना  औपचारिक रुपमै संबन्धले गति लियो । यी चार महिना अत्यन्तै सौहाद्र्धता विते । दुवैको अन्तरमनमा सायद प्रेमको अंकुरण भएको हुनु पर्दछ । यसैको परिणमस्वरुप उनिहरुको मनमा अंकुराएको प्रेम प्रस्फुटन भयो र उनिहरु विचको औपचारिक संबन्धले नयाँ आकार लियो । दैनिक जसो हुने वार्तालापले प्रेमको प्रगाढतामा थप योगदान दिइरह्यो । उनिहरु प्रेमको मधुरतामा रमाउदै गए र भावनाको उद्वेगमा उद्धेलित हुदै गए । संयोगको गतिशिलता बढिरह्यो ।

समय र संयोगले दिएको अनुपम उपहार,पहिलो भेट पछिको  घनिष्टता र अपनत्व खै सवैको वास्तविक जिवनमा  सायदै हुन्छ तर रचित र सानुका लागि यो कुनै अनौठो र अप्रत्याशित विषय नै बन्न सकेन   । उनिहरु विचका संवाद र अन्तरमनका भावनाले व्यक्त गरेका अभिव्यक्तिमा कहिं कतै दूरीको अंश सम्म देखिएन । उनिहरु विचको संवादमा दूरीको कुनै सीमारेखा नै महसुश भएन । संवादले नजिक ल्याएका मनहरु निर्वाध रुपमा अघि बढि रहें त्यहाँ कुनै पनि व्यबधानको केही चलेन । अथवा भनौ निर्माण गर्न खोजिएका हरेक वाधाहरु आपसे आप सहयोगी बन्दै गए । उनिहरु विचको निश्चल प्रेमले ती वाधा व्यबधान प्रति निर्मम वलमिच्याइँ गरि रह्यो । जिन्दगीका हरेक मोडमा सामिप्यताको सुखानुभुती हुने परिकल्पनामा दुवै ढुक्क बन्दै गए र आफ्नोपनमा मख्ख पर्दै गए ।

आज फेरि रचित र सानुको भेट भएको छ । उनिहरु समाजको आँखा छलेर आफ्नो अगाध माया साटासाट गर्न कुनै स्थानमा पुगेका छन् । प्रेमका भाषा बोल्ने आँखाहरु एक अर्कामा समर्पित भइरहेका छन् । दिन रातका चौविस घण्टाले उनिहरुको मनमा उर्लिरहेका भावनाको अभिवयक्ति गर्ने समय अपुग भएको छ । समाजको परिधीलाई नाघेर अन्तरमनको भावनात्मक गहिराइमा उनिहरु निर्धक्क डुविरहेका छन् । प्रकृतीले दिएको सुन्दर चिज “प्रेम” जसमा हरेक मान्छेको उत्तिकै अधिकार हुन्छ हरेक मान्छेले आफ्नो अनुकुल उपयोग गर्न पाउनु पर्छ । तराइको प्रचण्ड गर्मी तर पनि उनिहरुलाई गर्मीको कत्ति पर्वाह छैन । घाम पानी जाडो गर्मी त प्रकृतीका अनुपम उपहारहरु हुन् त्यस्ता असहजताको विचबाट पनि आनन्द लिन सक्नु पर्छ । आज सानु र रचितले पनि प्रचण्ड गर्मीको आनन्द उठाइरहेका छन् । दुवै पसिनाले निथ्रुक्क भिजेका छन् तर पनि आलिङ्गन खुकुलो भएको छैन । झण्डै चार पाँच महिना पछिको यो भेट .. । मनमा गुम्सिएका र प्रस्फुटन हुन नसकेका त्यस्ता धेरै अन्तरमनका अभिव्यक्तिहरु आज एक आपसमा साटासाट भएका छन् । दुई दिनको क्ष्णिक भेट पछि तेस्रो दिनको वियोगी क्षण , कति पीडादायी बनेको छ उनिहरुको लागि । छुट्टिनु त पर्छ नै किन भने उनिहरु समाजका नजरमा संगै बस्न पाउने हैसियत राख्दैनन् । सानुले गह भरी आँशु पार्दै भनेको शव्द रचितको कानमा बारम्वार ठोक्किन्छ “ रच्चु वावा अव हाम्रो भेट कहिले हुन्छ” ? रचित पनि अर्को भेटको सुनिश्चिततामा छैन तर पनि भन्छ “सानु किन चिन्ता गरेकी छिट्टै हुन्छ” । सानु अर्को भेटको पर्खाइमा छे तर त्यसको सुनिश्चितता रचितले पनि दिन सकेको छैन । एउटा सुखद मिलन पछिको वियोग उनिहरुले व्यहोर्नु पर्ने छ त्यो क्षणले कसैलाइ कुर्ने प्रश्नै भएन । रचित र सानुको मिलनको त्यो दृश्य फेरिने समय आयो । रचितले सानुलाई गन्तव्यका लागि बस सम्म पु¥यायो र सकि नसकि विछोडको क्षणलाई आत्मसात् ग¥यो । सानु बस चढेर गएको र पर सम्म हात हल्लाउंदै गरेको दृश्य अहो कति पीडादायी बन्यो रचितका लागि ।

मान्छे सामाजिक प्राणी समाजका हरेक नियमको परिपालना गर्नु उसको नैतिक दायित्व हुन्छ तर समाजले खडा गरेको दोहोरा मापदण्डको पर्खालमा कसैको आँखा परेकै छैन । मानव जातिको पहिलो अधिकार प्राकृतिक अधिकार हो । जसले जे कुरा गर्दा  ठिक ठान्छ त्यो गर्न पाउनु उसको  प्राकृतिक अधिकार भित्र पर्नु पर्ने हो तर समाज भित्र अर्कै नियम चलेको  छ ।  मान्छेले के गर्न पाउने र नपाउने त्यसको सीमा समाजले निर्धारण गरि दिएको छ । मान्छेले आफुले चाहेर केही पनि गर्न सक्दैन   । मान्छेले के गर्न पाउने र नपाउने भन्ने विषय प्रकृतीले नै निर्धारण गरिदिनु पर्दथ्यो । प्रकृतिको नियम उलंघन हुने क्रियाकलापमा स्वतः अवरोध आउने प्राकृतिक नियम हुनु पर्दथ्यो । प्रकृति सास्वत छ, सत्य  छ । यदि रचितको जीवनमा सानु आउनु गलत हो भने उनिहरुको मिलन पूर्व नै यसलाई प्रकृतिले नै सीमा निर्धारण गरि दिनु पर्दथ्यो, सानुसंगको भेटमा तगारो लाग्नु पर्दथ्यो,उनिहरुका विचमा व्यबधान आउनु पर्दथ्यो र त्यो अनौठो मिलनलाई भताभुङ्घ पार्नु पर्दथ्यो तर त्यस्तो कहींबाट पनि भएन किनभने यसलाई प्रकृतिले स्विकार गरेको छ । बरु प्रकृतिले त रचितको मनलाई उद्धेलित गर्ने र उनिहरुको मिलनलाई सहज बनाउने काम गरेको छ । रचितलाई सानुको नजीक ल्याउने परिस्थिती बनाएको छ र भावनाका उद्वेगलाई गति दिने काम गरेको छ । लाग्दछ यो सर्वथा भावीले लेखेको लेखनी नै हो जसलाई प्रकृतिले पूर्ण रुपले साथ दिएको छ । प्रकृति जसले सहजताका साथ यो संयोगको थालनी ग¥यो उनिहरुलाई नजीक ल्याउने काम ग¥यो तर पनि दुवैका बीचमा सामाजिक सीमा कायम भइ नै रह्यो । उनिहरु समाजले निर्धारण गरेको सीमा नाघेर बाहिर आउने साहस गर्न सक्दैनन् किनभने  दुवैको मनमा अंकुरण भएको उदाहरणीय प्रेमलाई समाजले स्विकार गर्न सक्दैन । त्यहाँ धेरै त्यस्ता समस्या छन् जसको समाधान समाजले दिन सक्दैन । तर पनि उनिहरुले अन्तरमनको आवाजलाई  निरन्तरता दिनु पर्छ भन्नेमा अडिग छन् । यस्तो अडान सहज र सजिलो भने पक्कै छैन । कस्तो जटिल परिस्थिती ? एउटा सम्झौताको खाँचो । कस्तो सम्झौता ? जुन सम्झौताले उनिहरुको अन्तरमनको आवाजलाई निरन्तरता दिन सकोस् यस्तो सम्झौता जसले नवीन प्रेमको उदाहरण दिन सकोस् , यस्तो सम्झौता जसले समाजलाई भन्न सकोस कि प्रकृतीले तोकेको सीमा बाहेक अरु सवै मान्छे र समाजद्वारा निर्माण गरिएका सीमा हुन र यसमा प्रकृतीको कुनै अवरोध हुंदैन जसलाई मान्न कुनैपनि प्रकृती निर्मित चिजहरु बाध्य हुने छैनन् । सामाजिक प्राणी भए पछि के समाजसंग विद्रोह संभव छ त ? विद्रोह हैन अन्तरमनको आवाजलाई निरन्तरता दिने विकल्पको खोजी । त्यस्तो विकल्प जसलाई समाजको आवरण भित्र लुकाएर प्रकृती प्रदत्त न्यायको निरन्तरता होस् । समाजले औला उठाउने अवसर नै नपाओस् । के हुन सक्छ त्यस्तो विकल्प ? रचित र सानुको मनमा अन्तरद्वन्द चलिरहन्छ । उनिहरु विचमा जीवन्त रहेको अगाध मायालाई चटक्क विर्सिन सक्ने कुनै सम्भावना पनि छैन र  समाजले तोकेको नियम भित्र त्यो संबन्ध स्विकार्य पनि छैन ।……….

आज उनिहरुको चौथो भेट, वातावरणमा अत्यन्तै चिसोपना । शितलहरले वरिपरि आफ्नो साम्राज्य खडा गरेको त्यो क्षण । रचित र सानुको मनमा दन्दनी आगो वलिरहेको छ । चिसोले कुनै प्रभाव पार्न सकेको छैन । उनिहरुले एउटा सम्झौता गर्नु छ प्रेमको निरन्तरताका लागि । अन्ततः उनिहरुका बिचमा एउटा सम्झौताको जन्म हुन्छ । जसलाई सानुले प्रस्ताव गर्छे । समाजलाई  देखाउने स्वरुप सामाजिक मर्यादा अनुरुपको र अन्तरमनलाई प्रेमसंग जोड्ने फरक बाटोको निर्माण । अन्तरमनले देखाएको बाटो प्राकृतिक रुपमा स्वस्फूर्त रुपमा निर्माण भएको गन्तव्य अनि सामाजिक सीमा कसै द्वारा लादिएको बन्धनयुक्त परम्परा जहाँ स्वच्छन्दताको कुनै अर्थ छैन यी दुवैलाई दुवैका मान्यता अनुरुप समानान्तर अघि बढाउने सम्झौता अझ भनौ प्रकृती र समाजका दुवै नियमलाइ फरक स्वरुपका आधारमा निरन्तरता दिने कठिन सम्झौता । एउटा यस्तो नौलो प्रयोग जसको प्रयोग सायदै भएको होला, प्रेम शारिरीक संबन्ध र संगै रहेर मात्र गर्न सकिन्छ भन्नेहरुका लागि गतिलो जवाफ, प्रेम गर्न कसैको जीवनमा आउनै पर्छ भन्ने भ्रमलाई चिर्ने प्रयोग । अनि प्रेम केवल प्राप्तिको लागि मात्र गरिन्छ भन्ने मान्यता प्रतिको तीव्र प्रहार । प्रेम त्यागको लागि हुनु पर्छ भन्ने उदाहरण । रचित र सानु विचको यो अनौठो सम्झौता उनिहरु विच गहिरिदै गरेको प्रेमको निरन्तताको लागि । उनिहरुले यस वाहेक अर्को कुनै बाटो रोज्न सक्ने विकल्पै थिएन । किनभने रचितले सानुलाई पत्निका रुपमा स्विकार गर्न सक्दैन । तर उसको अन्तःकरणमा रहेको सानु प्रतिको अगाध मायालाई जिवन्तता दिन र निरन्तरताको लागि यो विकल्प रोज्नु वाहेक के नै गर्न सक्छन् र दुवैले ? एउटा अनौठो सम्झौताको भारि बोकि रचित र सानु दोस्रो दिन विछोडिनु थियो । विछोडलाई पन्छाउन सक्ने उनिहरुमा कुनै संभावना नै थिएन र त्यसलाई स्विकार गर्नु सिवाय अर्को विकल्प पनि थिएन । भविश्यमा यस्तै अनुपम भेटको परिकल्पना गर्दै सानु र रचित विछोडिए फेरि कुनै उपयुक्त समयमा भेट गर्ने बचनबद्धताका साथ । बाहिर वातावरणमा चिसो सिरेटो चलेको थियो र दुवैका मनमा भने आगो दन्किरहेको थियो ।

एउटा अध्यायको समाप्ति पछि सुरु हुन्छ दोस्रो अध्याय । रचित र सानु बिचमा भएको सम्झौता परिस्थितीको सम्झौता थियो । दुवै संगै रहेर जिवनका उतार चढावमा सहयात्री बन्ने तीव्र उत्कण्ठा उनिहरुको मनमा पनि नभएको होइन ।  धेरै समाजिक बन्धन र केही व्यबहारिक पक्ष जसलाई सहज रुपमा सञ्चालन गर्नु नै यस सम्झौताको उद्धेश्य थियो । यस्तो सम्झौता जुन सम्झौताले प्रकृति प्रदत्त स्वतन्त्रतालाई निर्वाध उपयोग गर्न सकियोस् र समाजले निर्धारण गरेका सीमालाई पनि मर्यादित राखोस् । यो सम्झौता जुन समाजले कोरेका कतिपय नियमसंग  तालमेल राख्दैन ।  केवल भन्न सकिन्छ प्रकृतिले स्वतन्त्रता प्रदान गरेको क्रियालाई मानव निर्मित नियमले रोक्न सक्दैन र यसका लागि व्यक्तिले जस्तो सुकै विकल्प पनि रोज्न सक्छन् । व्यक्ति व्यक्तिका आ आफ्नै धारणा र विचार हुन सक्छन् । कसैका विचार कसैलाई सहि र कसैलाई गलत लाग्न सक्दछन् । विचार भनेको दुई र दुई जोडे चार हुन्छ भन्ने अंकगणित जस्तो पनि हुंदैन, जहाँ सशक्त तर्क हुन्छ सत्य त्यही हुन्छ ।

रचित र सानु विच मिलनको निरन्तरता अद्यापी चलेकै छ । त्यो मिलनमा कहिं कतै प्रकृतीले अवरोध खडा गरेको छैन र दुवैको आशक्तिमा कत्ति पनि कमि आएको छैन । उनिहरु विचका संवादमा अनौठो अनुराग रहेको छ । आफैले गरेको त्यो सम्झौता पछिको भावी जीवनको  कल्पनाले कहिलेकाहीं उनिहरुलाई झस्काए पनि प्रेमले दिएको  उपहारमा दुवै रमाएका छन् । सानुको घरमा उसको विहेको कुरो चल्दै छ । सानु विहेपछि पनि रचित भन्दा टाढा रहेर बस्न सक्दिन त्यसैले ऊ रचितको नजीक भएर बस्न चाहन्छे ।  केही समय पहिले सानुको जीवनमा एउटा अनौठो संयोग जुरेको छ । उसले चाहे जस्तै केटासंग उसको विहेको अन्तिम कुरा चलिरहेको छ । सानुले रचितलाई फोनमा भनेकी । प्रेम र विहे फरक चिज हो । सानु र रचितको सामाजिक रुपमा विहे हुन सक्दैन तर पनि उनिहरु विचको प्रेमले भने  जीवनको अन्तिम क्षण सम्म आफ्नो प्रभाव छोडिरहने छ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.