गजल : आँशुको मूल रै’छ

~पलपल मोक्तान~palpal-moktan

साँच्चै जिन्दगी त एउटा आँशुको मूल रै’छ ।
सबैलाई आफ्नो सम्झी मन साट्नु भुल रै’छै

उसैलाई आफ्नो सम्झी मनको कुरा साटें
त्यहीकुरालाई चिरोफारो गर्ने उसको हुल रै’छ

एउटा कुराले हँसाउछ अर्काे कुराले मन दुखाउँछ
आलटाल गरी भुलाउने उ त एउटा मूल रै’छ

आफू जून बनि झुल्किने अरुलाई अन्धकारमा धकेल्ने
योस्तो त उसको खान्दान र कुल रै’छ

पलपल मोक्तान
प्रिती-२, रामेछाप

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.