~अरुणबहादुर खत्री “नदी”~
तिमीसित मैले भेट्दाखेरीको
खास बन्न सकेनछ
तिमीलाई सम्झेर मैले
जीवन धाउन गाह्रो भो
पाउन्जेल र खाउनजेलका
तिमीसितको साथहरू
नदीका छालजस्तै
क्षण बनेर गए Continue reading
~अरुणबहादुर खत्री “नदी”~
तिमीसित मैले भेट्दाखेरीको
खास बन्न सकेनछ
तिमीलाई सम्झेर मैले
जीवन धाउन गाह्रो भो
पाउन्जेल र खाउनजेलका
तिमीसितको साथहरू
नदीका छालजस्तै
क्षण बनेर गए Continue reading
~मणिराज सिंह~
जीवनको आरम्भ
जसरी गर्दा पनि हुन्छ,
क,ख,ग – ए, बी, सी –अथवा वन, टू, थ्री
तर, यही आकाश, धर्ती र समुद्र नाघेर
गन्तव्य पहिल्याउन सक्नुपर्छ
जाँगरमा इन्द्रेणी उनेर ।
डाँडाहरु सम्याउँदै Continue reading
~निर्मोही व्यास~
उक्लिइन् नभमा धर्ती, धर्तीमा नभ ओर्लियो,
यी दुईमाझको मानौं आज अन्तर मेटियो
अथवा बिपनामै म कि पुगें स्वप्नलोकमा
या कुनै पुण्यले ज्यूँदै म पुगेँ स्वर्गलोकमा Continue reading
~Bikrant Koirala~
It’s a cold winter evening, nothing so special. But if I corrected it as, it’s a cold weekend evening, then would it mean something to you. I better leave it for you to decide. If you ask about me, it would be just the same.
Well, the table is there, two filled chairs, one empty. The remaining tables all occupied. Of course, there are noises and a mild laughter hops here and there from time to time. Someone enters the scene, I better call her by name, Sapna. She grabs the empty chair, drags it towards her, cautiously places her brown woolen coat on it and joins the other two, Rajeev and Bivek. If you are wondering the three are going to have a good winter weekend Continue reading
~मणिराज सिंह~
पौरखी मन उचालेर
स्वाभिमानी आस्था संगालेर
घोडचढीहरू युद्धमा होमिएको बेला
मुकुण्डो भिरेका जोकरहरू
बाटो चौबाटो ढुकेर
नौटङ्की गरिरहेको देखेर
कुण्ठा र निराशाका चट्टानहरू खोपेर
हिमालमा बाटो कोरिरहेका तेन्जिङ्गहरू Continue reading
तिम्रो प्रतिक्षा गर्दागर्दै
बगेर गयो बैंशालु उमेर ।
जमे आँशुका दहहरु,
म रुदाँ रुदाँ
लेघ्रो बसिसकेछ, परेलीमुनि ।
फेरी पनि मायाँलु
म तिमीलाई पर्खेर बसेकी छु ।
म तिमी आउने बाटो हेरेर बसेकी छु ।। Continue reading
~गोविन्द लुइँटेल~
यात्राले मानिसलाई ऊर्जा र ज्ञान दिन्छ। जीवन र जगत चिनाउँदै मान्छेलाई खुशी पनि बनाउँछ। त्यही कारण मानिसहरू काम थाती राखेर अनि पैसा खर्चेर भए पनि देश–विदेश घुमफिर गर्न निस्कन्छन्। महालेखा परीक्षकको कार्यालयमा निर्देशक रहेका दामोदर पुडासैनी ‘किशोर’ले भने कामकै सिलसिलामा कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेविया, इजिप्ट, जोर्डन, पाकिस्तान र भारतका विभिन्न स्थानमा रहँदा देखे–भोगेका र मनमा उब्जिएका भावनालाई समेटेर नमेटिएका चित्रहरू सार्वजनिक गरेका छन्।
‘किशोर’का यो नियात्रामा उल्लिखित देशहरूका ऐतिहासिक र धार्मिक–सांस्कृतिक स्थानहरूका विशेषताका Continue reading
~नवीन पौड्याल~
क)आमुख:
मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप पनि निर्माण भइरहेछन्। यसको क्षेत्र दुई पंक्तिको युग्मकदेखि लाख श्लोके विशालकाय महाकाव्यसम्म फैलिएको छ। कविताकै परिधिभित्र महाकाव्य, खण्डकाव्य, लामो कविता, फूटकर,मुक्तक,गजल,शायरी, हाइकु, ताङका, सवाइ, रूवाइ, गीत, सनेट इत्यादि सबै समेटिएका हुन्छन्। कविता छन्दोबद्ध तथा छन्दका नियमदेखि खुल्ला र छन्दमुक्त पनि लेख्न सकिन्छ। हुन पनि सिकारू कविदेखि महाकविसम्मका लागि प्रतिभा दर्शाउने माध्यम कविता हो। Continue reading
~विजय सागर~
वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भानुभक्तको जन्म भएको थियो ।
पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागे पछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए ।
दस बर्षको उमेरमा भानुभक्तको पहिलो विवाह चन्द्रकान्तादेवीका साथ भएको थियो । विवाह भएको केही महिना पछि चन्द्रकान्ताको मृत्यु भयो । भानुभक्तको दोश्रो विवाह एघार वर्षको उमेरमा तनहुँ जिल्लाको मानुङ्ग गाउँकी चन्द्रकलादेवी संग भयो । Continue reading
~विदुर दर्नाल~
एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश गर्न छुट दिईएको छ ” । एकछिन छेवैको प्रतिक्षालयमा बस्यो अनि कुन देशको नर्कालय मा प्रवेश गरौ त भन्ने सोचमा डुब्यो ।
अन्त्यमा उसले अमेरिकाको नर्कमा जाने सोच बनायो अनि सिधै अमेरिकाको नर्क तिर लाग्यो । जब उ अमेरिकी नर्कको बडेमानको गेटमा पुग्यो त्यहाँ एउटा जिउभरि काडेदार टाटु भएको अनि हातमा विधुतिय लाठी बोकेको पहरेदार लाई भेट्यो । पहरेदार अमेरिकी नै भएकाले उसले टुट-फुट अंग्रेजीमा भित्रको नर्कको बारेमा सोध्यो-“सर कृपया मलाई अमेरिकी नर्कको सजायको बारेमा बताइदिनु हुन्छ कि?” जब उसले उत्तर पायो उसको मनमा एउटा भयानक प्रलय नै गयो । Continue reading
~कुमार काफ्ले~
•सीताले छोरो नपाएको झोकमा रामले कान्छी श्रीमती भित्र्याउँछ।
•नभन्दै कान्छीले घोर्ले छोरो पाउँछे।
•छोरो अत्यन्त लाडप्यारमा हुर्कन्छ।
•अचानक फैलिएको महामारीले कान्छीको ज्यान जान्छ। Continue reading
~ध्रुब सापकोटा~
स्कुलको आडमा मञ्च देखियो । पृष्ठभागमा तालहरू थिए : रारा, फेवा, फोक्सुन्डो र घोडाघोडी । नीलो पानी । कञ्चन पानी । ती तालहरूको तल एक्युरयिम देखियो । एक्युरयिममा सप्तरंगी गणतान्त्रिक माछा सलबलाइरहेका । बूढो रमायो । मञ्चमा ऊ एक्लै उभिएको थियो । चौरमा हेर्यो । चौर खाली थियो ।
बोलाएको समयभन्दा दुई घन्टाअघि नै ऊ यहाँ आएको थियो । तीन दिनअघि उसको घरमा केही मान्छे पुगेका थिए । ऊ आँगनमा उभिएको थियो । श्रीमती फलैँचामा बसेर बाँसको काइँयोले कपालको जुम्रा झारिरहेकी थिई । उसले गीत गायो ः
ज्यान मेरो यही हो Continue reading
~सूर्य सुवेदी~
बिर्खबहादुर लामिछानेलाई सबैले चिन्दछन् गाउँभरि नै । उसकी आमा मरेपछि बाबुले अर्की आमा अर्थात् सौतेनी आमा भित्र्याएपछि बिर्खेलाई छुट्टिएर गरिखाओस् भन्ने बिर्खेका बाबुको इच्छा छ। बिर्खेकी आमापट्टिबाट बिर्खेका दुइटी दिदीहरू पनि छन्, जो विवाह भैसकेर आआफ्नै घर गरेर बसेका छन्। बिर्खेका बाबुको आर्थिक अवस्था कमजोर छ। एउटा सानो घरबारी, एउटा खोल्याङ खेत, एउटा ब्याउन लागेको थोरे भैँसी, दुइटा बाख्रा, एक हल गोरु भएको सामान्य किसान हो पाखाघरे अन्तरे – जो बिर्खेको बाउ हो।
बिर्खे छब्बीस वर्षको भएको छ। बिर्खेको बिहे भएको आठ वर्ष भइसकेको छ। बिर्खेको तीन वर्षजतिको एउटा चुलबुले छोरो पनि छ। पाखाघरे अन्तरेले एउटै भएको छोरो बिर्खेलाई पनि छुट्याउने मन गर्नुको कारण भने बिर्खे र उसकी सौतेनी आमाबीच बेलाबेलामा ठाक्कठुक्क पर्न थालेकाले नै हो। उसले बिर्खेलाई दुई पाटा बारी, Continue reading
~प्रदीप नेपाल~
हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि देखिन्छन् हिन्दी टेलिशृङ्खलामा । जहिले पनि असुरहरूले अमरावतीमा आक्रमण गर्ने, इन्द्रलाई पराजित गरेर भगाउने र अमरावतीका अप्सराहरूको भोग गर्ने कथा हिन्दु समाजमा छ्यास्छ्यास्ती छरिएका छन् । असुरको आक्रमण भयो कि डरले आत्तिँदै इन्द्र कहिले शिवको कैलासमा, कहिले ब्रहृमाको ब्रहृमपुरीमा त कहिले विष्णुका क्षीरसागरतिर कुदेको देखिन्छ । हामीले बेहोरेको अन्धविश्वासमा इन्द्र आकासमा विचरण गर्छन्, उनको अमरावती पनि आकासतिरै छ । उनका अप्सरा चिताइनसक्नुका सुन्दरी छन्- तर तिनको काम इन्द्रलाई Continue reading
~मधुवन पौडेल~
मेरो डेरा अगाडि एउटा सानो घर थियो चिटिक्क परेको। त्यो सानो घरमा दुई जोईपोइ र उनीहरूका दुई वर्षकी छोरी बस्थे। एक्कासी लोग्नेलाई धेरै पैसा कमाउने धुन चल्यो। स्वास्नी भन्ने गर्थी, ‘धेरै पैसा भएर के गर्नु? दुई जनाको जागिरले गृहस्थी चलेकै छ बित्थामा के चिन्ता लिइरहेको?’
तर लोग्ने मान्दैनथ्यो। दिनरात, साँझ-बिहान सधैँ नै ऊ एकसुरले गनगन गरिरहन्थ्यो, ‘ए रेबेका बुझ्यौ? जापान जानुपर्यो।’
‘अँ। भन्दैमा पाइन्छ कि क्या हो? छोरीलाई के गछौँ नि?’ Continue reading
~पद्मावती सिंह~
कम्पाउन्डको अग्रभागको एक टुक्रामा लहरै रोपिएका गुलाफका बोटहरूमा कैँचीले एकनाससित जथाभावी सुनाराजाले गुलाफका कोपिलायुक्त हाँगाहरू काटिरहेको हुन्छ।
प्रत्येक कोपिलायुक्त हाँगा काटेपछि उसको ओठका किनारहरू कुटिल मुस्कानका साथ मुस्कुराउँछन्। सबै हाँगाहरू काट्न भियाएपछि उसले चोर दृष्टिले चारैतिर हेरेर सन्तोषको सास फेर्छ।
उसले मेघाछन्न आकाशतिर हेरेर काटिएका हाँगा बटुल्न तल्लीन लोद्रेलाई सोध्छ – ‘एइ लोद्रे ! आज पानी पर्छजस्तो छ हगि ?’
‘पर्छजस्तै छ !’ लोद्रेले जबाफ दिन्छ। Continue reading
~उषा शेरचन~
खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी, हो मेरो जिन्दगी
आफ्नो मुटु आफैले नै कुल्चेर हिँड्नु पर्यो Continue reading
~नन्दलाल आचार्य~
कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र नत्र अरू पात्रहरू कर्णनाथका कुरामा ध्यान दिँदैनन् । उनी बेला न कुबेला बोले पनि बोलाइमा गम्भीरता हुन्छ ।
नविता : कडा अनुशासनको घेराभित्र एउटा निजी विद्यालयमा कक्षा ९मा अध्ययनरत १७ बर्से अविवाहिता युवती ।
अमित : शिक्षित, पठित र शिक्षण पेसामा आबद्ध ३२ बर्से अविवाहित युवक । Continue reading
~छविलाल कोपिला~
थारू भाषाको छापा साहित्यलाई हेर्ने होे भने बढवा थारूको ‘बढक्क जोर्नी’ पहिलो प्रकाशित कृति मानिन्छ । जुन २००९ सालमा प्रकाशित भएको थियो । त्यसपछि २०१५ सालमा जीवराज आचार्यको ‘हम्र व, हमार वन्वा’ गीत संग्रह, २०१६ सालमा रूपलाल महतो÷बद्रीनाथ योगीको सामुहिक संकलनमा दङ्गीशरण कथा, बर्कीमार, गुर्वाबक जन्मौती गरी तीन वटा पुस्तक प्रकाशित भएको पाइन्छ । २०२२ सालमा श्री कृष्ण जन्माष्टमी गीत, २०२४ सालमा सखिया गीत, २०२८ सालमा गोचाली पत्रिका (थारू भाषाको पहिलो पत्रिका) प्रकाशित भयो । थारू लोकसाहित्य संकलन र प्रकाशनमा महेश चौधरीको अतुलनीय योेगदान छ । उनले २०२८ सालमा माँगर, बर्कीमार, २०३१ सालमा झुमरा गीत, २०३९ सालमा गुरुबाबक् जन्मौती संकलन गरी प्रकाशित गरेका Continue reading
~इस्माली~
हुन त यो धेरै पहिलेको कुरो पनि होइन र अहिलेको कुरो पनि होइन, बीचको कुनै बेलाको कुरो हो।
हाम्रै जस्तै एउटा देश रहेछ। त्यही देशको एउटा गाउँमा एउटा किसान परिवार पनि बसेको रहेछ।
सानो परिवार थियो, ठिक्कको। चिटिक्क परेको घरआँगन, गोठ र बारी पनि। खेतीपाती पनि राम्रै थियो। तिनीहरू साह्रै सुखमा नभए पनि दुःखमा पनि थिएनन्। मेहनती थिए तिनीहरू, काम गरिरहन्थे। काम र मेहनतको फल जे आउँथ्यो, त्यसमा तिनीहरू सन्तोष मान्दथे। जीवन एक किसिमले सुखमय नै थियो। Continue reading
~खगेन्द्र संग्रौला~
अजङ्गको कदका रुपचन्द्र बिष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे। पहिलो पटक भेटेर तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो— यो मानिस तामसी हो, सन्काहा हो अथवा यो ‘ठिस्’ हो। यसको दिमागका एक–दुईवटा तार पक्कै खुकुलिएकै होलान्! तर त्यही क्षणमा तिनको असामान्य व्यक्तित्वको सतहमुनि लुकेको कुनै चुम्बकीय तत्वले उसलाई नजानिँदो गरी आफूतिर खिच्दो पनि हो। रुपचन्द्र बिष्ट आफ्नो लवाइ र खवाइमा, चिन्तन र वचनमा, आदर्श र आचरणमा लुखुर–लुखुर सनातनी गोरेटोमा हिँड्ने सरदर मानिसभन्दा बिछट्ट बेग्लै थिए। उनका विचारको मौलिकता, उनका आदर्शको आकर्षण र उनका आचरणको शक्ति त्यही Continue reading
~अनिल नेम्बाङ~
यतिबेला फाँसिको तख्तामा छु।
एक युग पहिले चिलको देश गएको थिएं, काग बनेर
मैले देखें,
-उसैको आकाशमा सारा तारा झुल्केको
-उसैको आँगनमा सारा सयपत्री फुलेको
-उसैको दलानमा चन्द्र सुर्य फक्रेको
अनी बेस्सरी गाली गरेँ कंगालहरुलाई। Continue reading
~रामनाथ खनाल~
प्यारी छोरी,
सम्झनाको अनन्त लहर
असीम माया,
खुशीको कामना सदावहार !
छोरी लेख्नु पर्ने त के छ र खास
लाग्छ, मसीका डोबले गर्छन् कि उपहास
बदलिएको ब्यथा
पात्रहरूले एक्ल्याएको कथा
नलेखुँ भन्छु आउँछ शब्द मनभरी
नरोउँ भन्छु आँसु छाउँछ नयनभरी Continue reading
~शंकर राजेन्द्र~
चिठी तिमीलाई लेखूँ भन्छु
मनको कुरा मनमै रह्यो
सम्झनाले सताई रह्यो
यो आँखाले हेरी रह्यो
मनको कथा लेखूँ भने अधुरो नै रहन्छ कि Continue reading
~शशि लुमुम्बू~
हे अग्निदेव!
हामी त जाडोले
लुगलुग काँप्दै
हिउँको सिरकभित्र
न्यानो सपना देख्दै
भर्भराउँदो आगो खोज्दै
कति वनजङ्गल चहार्यौँ
कति लेक-बेँसी गर्यौँ
तर, भेटिएन है आगो त!
कतै पाएन है न्यानो त! Continue reading
~नारायण निरासी~
उडायो आँधीले पतकरसरी छप्पर पर
बगायो बाढीले जिउधनसँगै गोठ र घर।
दुखिन् मायादेवी सहन नसकी यो मन दुख्यो
तराईको खम्बा ढलपल गर्यो ढल्छ कि अहो!
डुब्यो कालापानी घरिघरि डुब्यो लक्ष्मणपुर
सहारा खोज्दै छन् हरिपुरसँगै सन्दकपुर। Continue reading
~अभय श्रेष्ठ~
हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय ‘थाहा’ आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक ‘किंवदन्ती’ सुनिन्थ्यो। जताततै भित्तामा ‘थाहा’ लेखिएको हुन्थ्यो।
प्रजातन्त्र पुन:स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट च्यातिँदै गए। कुनै दिन मैले अंग्रेजी भाषामा महिला, समाज र मनोरञ्जन समाचार लेख्न थालेकी एक किशोरीलाई विष्टबारे सोधेको थिएँ। उनले आश्चर्य प्रकट गरिन्, ‘इज हि अ न्यु हिरो?’
‘होइन।’ Continue reading
~सुरज लम्साल~
गरीबको पिठ्यूँमा भारी छ अझै
वर्गसङ्घर्ष देशमा जारी छ अझै
लोकतन्त्र अनि गणतन्त्र आएपनि
घुसखोरीदेखि अत्याचारी छ अझै Continue reading
~कृष्णप्रसाद पराजुली~
नदेख्तैका देवकोटा
म पहाडबाट आएको पछीजस्तै थिएँ । गाउने लत त सानैदेखि लागेको हो । पछि कोरकार गर्न मन लाग्यो । म जे पाए पनि पढ्थेँ । नाम सुनियो- लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद नेपालका ठूला कवि हुन् । त्यसमा पनि देवकोटा त बित्पातै पो छन् अरे । साथीहरूका बीच कुरा भयो- “महाकवि देवकोटाको ‘मुनामदन’ असाध्यै राम्रो छ ।”
मैले पुस्तक पसलबाट किनेरै ल्याएँ । सिरानीमै राखेर पढेँ, दोहर्याएँ, तेहर्याएँ । २००३ सालतिरको किशोरवयमा साँच्चै त्यसले मलाई मुहुनी नै लगायो । अब मलाई देवकोटालाई देख्न पाए हुन्थ्यो जस्तो लाग्यो, लागिरहृयो-कस्ता होलान् उनी ? Continue reading
~यादव खरेल~
यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा यो
यो मेरो छातीबिचमा
सयौंले कुल्चिएको व्यथा हो
सडकमा सबैको सबै कुल्ची हिंड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
कसैले देखेन मेरो कर्म के हो Continue reading
~अरुणबहादुर खत्री “नदी”~
बिहान घरबाट खाना खाएर आफ्नो कार्यालय जान लाग्दा गोंगबु चोक पुग्नु अगाडि कालो बिरालोले बाटो काट्यो । कालो बिरालोले बाटो काट्दा राम्रो हुंदैन भन्ने सोचेर केहीबेर म उभिए । अर्को मान्छे हिँडेपछि म पनि गोंगबु चोकमा पुगेर बस चढ्न फटाफट हिँडे । गोंगबु चोकमा पुग्नु अगाडि कर्मचारी चढ्ने सरकारी बस गुडेको देखे । कर्मचारी चढ्ने बस छुट्यो र भाडा तिरेर चढ्ने र्सार्वजनिक बसमा चढेर आफ्नो कार्यालय पुगे । कार्यालय ठिक दस बजे पुग्नु पर्नेमा साढे दस बज्यो । Continue reading
~राजेन्द्र थापा~
मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ
सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ
सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन् Continue reading