लघुकथा : कालो बिरालोले बाटो काट्दा

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

बिहान घरबाट खाना खाएर आफ्नो कार्यालय जान लाग्दा गोंगबु चोक पुग्नु अगाडि कालो बिरालोले बाटो काट्यो । कालो बिरालोले बाटो काट्दा राम्रो हुंदैन भन्ने सोचेर केहीबेर म उभिए । अर्को मान्छे हिँडेपछि म पनि गोंगबु चोकमा पुगेर बस चढ्न फटाफट हिँडे । गोंगबु चोकमा पुग्नु अगाडि कर्मचारी चढ्ने सरकारी बस गुडेको देखे । कर्मचारी चढ्ने बस छुट्यो र भाडा तिरेर चढ्ने र्सार्वजनिक बसमा चढेर आफ्नो कार्यालय पुगे । कार्यालय ठिक दस बजे पुग्नु पर्नेमा साढे दस बज्यो ।

भाडाको बस ठाउ ठाउमा यात्रुको लागि रोक्दै जाने भएकोले कार्यालय पुग्न ढिला भयो । कार्यालयमा हाकिम साहेबले आज किन ढिला भयो नि भन्नु भयो – आज म घरबाट खाना खाएर निस्केपछि गोंगबुचोक पुग्न लाग्दा कालो बिरालोले बाटो काटेर साइत परेन सर त्यसैले ढिला भयो आज भने । मेरो भनाइ सुनेेपछि हाकिमसाहेब अचम्मै हुनुभयो ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.