गीत : काँडा त बिझ्यो बिझ्यो

~आनन्द अधिकारी~ananda-adhikari

काँडा त बिझ्यो बिझ्यो विष त नभर न
घाउ त लाग्यो लाग्यो नून त नछर न
माया त मर्यो मर्यो भो अब हल्ला नगर न

तिम्रो त जिन्दगीमा जता पनि बाटो
शिरमा बेली फुलिदेला चमेलीको साटो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आलुपाँडे–पुराण

~डा बमबहादुर थापा ‘जिताली’~dr-bam-bahadur-thapa-jitali

आचार आलु, विचार आलु, सदाचार आलु
विवेक आलु, गतिमति आलु, सहमति आलु ।
जता पनि शान्ति आलु, सुरक्षा नि आलु
नीति आलु, नियम आलु, दण्ड पनि आलु ।

पानी आलु, विजुली र पेट्रोल पनि आलु
ग्याँस आलु, महँगीमा नियन्त्रण आलु ।
विकास आलु, निकास आलु, नैतिकता आलु Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : फेवातालको आँगनमा लै लै

~दिनेश सुब्बा~dinesh-subba

फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया

अन्धकारमा तिम्रो तस्वीर कोर्दै हार खाएँ
बगरको पर्खाइमा बिसौं बहर गएँ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त भाग्दिन

~नरदेन रुम्वा~Norden Rumba_1

केटा – म त भाग्दिन अब कहीँ मेरी मायालु
जब मनले मलाई बाँधी सक्यौ ।

केटी – म त मान्दिन तिम्रो कुरा साँचो भनेर
सयौँ चोटी धाँटी सक्यौ

केटा – जुनेलीमा के छ
केटी – तिम्रो छायाँमा जे छ
केटा – झरनामा के छ
केटी – तिम्रो मायामा जे छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फुस्रो पात

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

म उठेर हीडे ।
दैडीन खोज्दा खोज्दै पनी तानीय ।
बाध्यता बिचमा म घेरा हालीय ।
तितो कफी र चियाले चित्त बुझायन ।
फुस्रो पात बेरीयको कागजमा म हराय ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : महान् काका

~कैलाशकुमार सिवाकोटी~

हेर्दाहेर्दै काका ज्येष्ठ नागरिकको कित्तामा छिरिसकेका छन्। उनका ६३ वटा वसन्त अतीत भइसकेका छन्। जतिखेर उनी धर्तीमा उम्रिए, साथमा अस्थिरतारूपी जुम्ल्याहा सन्तान पनि ल्याएका थिए। उनको उत्पत्तिको समयमा वरिपरि गरिबी, पीडा, अभाव ढकमक्क फुलेको थियो। फोहोरमा झिँगा लुटुपुटु भएझैँ उनी पनि नजानी-नजानी अभाव र पीडासँग लुट्पुटिएका थिए। भेउ नपाई-नपाई गरिबीसँग झुम्रा र पुतलीको बिहेझैँ खेलिरहेका थिए। खुसी र वैभव उनको छेउमा आउन मानेन अर्थात  माया र प्रेम गर्न उनलाई योग्य ठानेन, कञ्जुस्याइँ गर्यो।

उनी उमेरसँगै बिस्तारै छिप्पड बन्दै थिए, ६/७ वर्षछि उनलाई आफू सम्पन्नताले आफूलाई ढोकाबाहिर राखी Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कवि र घर

~डा. राजेन्द्र भण्डारी~

कविको घर हुँदैन
घर भए पनि भित्ता हुँदैन
ऊ त डुली हिँड्छ
गाउँको पहिरोदेखि शरणार्थी शिविरहरूसम्म
बगैँचादेखि डढेलोसम्म
रिङटोनदेखि साइरनसम्म ।

कविलाई घरमा नखोज्नू
घरमा कवि हुँदैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीपेच

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
यो राजा,
जसमा हामी खण्ड, खण्ड सब जोहिई बन्छौं एक,
हामी अनगिन जराहरुको एउटा बोटको पुष्प उदेक,
जसका छत्र विशाल बनाउन हामी बन्यौं डाँडी, डाँडी,
खाल्डा, डाँडा, लेक !
यो हाम्रो हो सगरमाथा,
आदि ज्योतिका वाचाल गाथा,
नेपाली यो आकाशभरिका ताराहरुले
गरिंदो किरणले अभिषेक !

ख.
यो मुटु हाम्रो,
चल्ला जबतक, चलुँला, चलुँला चलुँला निःशङ्क ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल :  हराएछ

~बूँद राना~

गुराँसको रातो हराएछ
बोलाएको सातो हराएछ

मान्छे खोज्दा कतै भेटिँदैन
साइनो र नातो हराएछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सूचीकार

~स्नेह सायमि~

ओ कविजी!
म भ्याउँदिनँ लेख्न कविता
सबेरै सडकमा आउँछु
चलाउँछु यो मेसिन
र सिउँछु गरिबी ।

प्रत्येक दिन उध्रिन्छ आशा
फेरि पनि
साहेबहरूका फाटेका इज्जत जस्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सारेको फूलको विरूवा

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

कलकलाउदा फूलका विरूवा देखे पछी
एक अपरिचितले भने
तपाईको करेसा बारीको फूलको विरूवा
निकै राम्रो रहेछ
मेरो बारीमा सार्न मन लाग्यो
मैले सजकता अपनाउँदै
सुरक्षित तरीकाले उनको हातमा सुम्पिएँ

केही समयको अन्तराल पछी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छुट्ने दिन

~दिवाकर स्वप्नील~Diwakar Swapneel

टुसुक्क बसी सुस्तरी ,
वर र पर नियाली।
वेदना मन्को खोलेर,
विरक्त भाका बोलेर।

भिजेका नयन् हेरेर,
लुकाउँ प्रयास् गरेर।
आँसुले खेल्थ्यो बयेली,
मलिन स्वरमा संगीनी। Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दियो

~पूर्ण ओली~Purna Oli

गोरो वर्ण, कपाल त्यो बुलबुले, अग्लो न होचो कद
डोलो, सुन्दर जीउडाल, पहिरन्, बोली मिठो बेहद
मुस्काईरहने सदा, चुलबुले, बेजोड आकर्षण
को हौ ए ? किन पार्दछ्यौ थिलथिलो, व्यर्थै अरुको मन ?

गाढा रात थियो तिमी म बिचमा, आई अँध्यारो हर्‍यौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भग्न चौतारो

~टङ्क उप्रेती~

मेरो गाउँको भग्न चौतारोमा
अझै खेलिरहेको बच्चा देखेँ
उसलाई देखेर रोमाञ्चित भएँ म
उसको हातमा थियो- सेलरोटीको अर्धचन्द्राकार टुक्रा।

त्यस चौतारोमा
पेसाबाट निवृत्त वृद्धवृद्धाहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नहुन नि सक्छ

~करुण थापा~

अमृत पिउने कोही अमर नहुन नि सक्छ
‌औषधिको राम्रो असर नहुन नि सक्छ

तिम्रो भागमा खुसी पर्दा मेरो हात खाली
सबको भाग्यमा बराबर नहुन नि सक्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बासना छर्न आउनु

~सुरेश सुवेदी~

थोपो भएर पानीको हामी सागर बन्नु छ
धूलो भएर धर्तीको हामी पर्वत बन्नु छ
पत्झड जङ्गलमा हामी मुना भै छ पलाउनु
म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु।

बालुवाको बनी तेल धारा भएर झर्नु छ
ज्वालामा पनि आगोको हामीले जल बन्नु छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट र पृथकता

~हेम प्रभास~

फूलसँग रङ र सौन्दर्य चोरेर
मुस्कुराउन आइपुगेथेँ तिम्रा शिशिरहरूमा
तिमीले गाली गर्यौ
र, पो म फर्किएँ।

तिमी जङ्गलैजङ्गल दौडँदा
जङ्गलका काँडाहरूलाई फकाएँ
र, तिम्रा पाउहरूमा नबिझ्नू भनेँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलादाइ

~दिलिप योन्जन~Dilip Yonjan

आफ्नै पीडाका गीत गुन्गुनाउदै
उकालो ओरालो अनि चौतरीमा
ख्वाक ख्वाक खोक्दै थुक्दै
स्वाँ स्वाँ गर्दै ठेला ठेलिरहन्छ
जाडोमा गर्मीमा एकनासले
गन्तब्यको खोजीमा | Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बोल्ने भगवान !

~सजना गुरुङ~Sajana Gurung

” छोरी ! छोरी ! ! ” आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ !

” हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! ” सिरकले अनुहार छोप्दै जवाफ दिए !

सिरक तान्दै बोल्नु भयो आमा , ” आज तिम्रो जन्म दिन ! छिटो उठ नुवाइ धुवाई गरेर मन्दिर जानु पर्छ ! भगवानको असिष लिन आज ! ” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेपत्ताको आत्मा

~हेमन यात्री~heman-yatri

बाँचेकाहरूसँग त छँदै छैन म
मरेकाहरू सँग पनि छैन
तिमीलाई याद हुनु पर्छ
अझै
शरद ऋतुको एकबिहान
मैले बोकेको
राजनीतिशास्त्र

केही युद्धका
किताबहरू देखेर
कलेज जाँदा–जाँदै
बाटामै अपहृत भएको हूँ म Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम धनिमाया थारु — वर्ष चौरासी

~रमेश सायन~Ramesh Sayaan

म धनिमाया थारु
आगनमा चलिरहे छ
मेरै चौरासी पुजा
अव एकै छिनमा
म मानुख्य बाट
देउता हुन्छु ।

देउतालाइ सुहाउँछ
सुहाउँदैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : केही बोलिन

~मार्टिन निमोलर~martin-niemoller

जर्मनीमा नाजीहरु
सबैभन्दा पहिले
कम्युनिष्टहरुलाई लिन आए
त्यतीखेर
मैले केही बोलिन,
किनकी म कम्युनिष्ट थिइन ।

त्यसपछि
उनीहरु यहुदीलाई लिन आए,
त्यतीखेर पनि म केही बोलिन, किनकी म Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

म नेपाली माटो मन-वचनले धारण गरूँ
ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ
यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला
यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।।

शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा
दिऊन् विद्या अग्ला हिमगिरि “हिराका धरहरा”
गुफा, बेसी, पाखा, हरित वन “विद्यालय” बनून्
बनून् पत्ता कापी, तरु र लहराका कलम हून् ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : हूलिया हराइरहेछ

~उदय निरौला~

पातको नाद–कानपात नाप्दै–नाप्दै वेगले हानिरहेछ
हातको हात– दिनदहाडै– दिन तम्तम्याईलो पल्टिरहेछ
पेटीको वास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ
माथि लक्ष्यको ताँदो नउठ्दै झ्वाट्ट चुँडिरहेछ ।

गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-साथी

~भिमा राई ‘तोलाछा’~bhima-rai-tolachha

असिम दुरत्वको क्षितिजलाई
सम्पूर्ण उर्जाको अवशेष लाग्दथ्यो
ठुलो साँझ पर्न अघि
चरीहरू चिरबिऱ्याई रहेको बेला
एकतमासको भावबोधसित
टोल्याईरहने जीवनका पलहरू
आज अचानक त्यै क्षितिजको लालिमामा
भष्म भएझैं लाग्छ
तिम्रो जन्मदिनमा शुभकामना टकराउने उमङ्ग Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद आइरह्यो

~प्रवीण खालिङ~prabin-khaling

तिमी
घुम्तिदेखि उता गएपछि
सम्झना मात्रै राख्न सकें
बाटो भरि पैयुँको फुलहरूमा माया हाँसिरह्यो
सारंगीले मुटु रेटेको धुन गाइरह्यो
साँच्चै तिम्रो याद आइरह्यो।

हिमालको मुन्तिर उभिएर खाएको कसम Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : परिणाम

~होम सुवेदी~Hom Subedi

उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब । Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : कमरेड पुस्तकहरू

~कुमार काफ्ले~kumar-kafle

एउटा पुस्तक
फगत खाली कागजमा
कोरिएको कलमको
निर्जीव मसीमात्र हैन
लक्ष्य भेदन गर्ने अचुक अस्त्र हो
हामी बाँचिरहेको युगको
दर्पण हो,यथार्थ हो।

प्रकृतिको,मानव मनको
इतिहास हो,भूगोल हो
दर्शन हो,सिद्धान्त हो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आतङ्कको राग सधै

~अमर त्यागी~amar-tyagi

सुनाउछ समयले आतङ्कको राग सधै
लुटिदैछन् फूलहरू रक्ताम्मे छ बाघ सधै

रेटिदैछ प्रतिदिन चेतनाको घाटी यहा
लागेको छ चरित्रमा कलुषित दाग सधै Continue reading

Posted in गजल | Tagged | Leave a comment

सूत्रकथा : मौका

~दिलीप आचार्य~Dilip Acharya

त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका थिए ।

औपचारिक रूपमा कार्यक्रम सुरु हुने बित्तिकै बहालवाला कृषि मन्त्रीले आफ्नो पक्षको सरकार आउने बित्तिकै कृषि क्षेत्रमा आमूल परिवर्तन देखिन थालेको बताएर ओज पूर्ण भाषण छाँटे । भर्खरै खूइलिएका विपक्षीका Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

निराजन राजालिमका केही हाइकुहरु

~निराजन राजालिम ‘बतास’~nirajan-rajalim-batas

(i)
दशै,तिहार
धर्म सहिस्णुताको
मिठो प्रेरणा।

(ii)
आरती गरें
शान्तिको दिप बाल्दै
लक्ष्मी पूजामा। Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

कविता : पुरा गर्न नसकेको मेरी हजुरआमाको रहर

~नोगेन हांग~

अझै गर्छु
अझै बाँच्छु संसार हर्छु भने पनि
यो मृत्यु भन्ने अन्तिम घडी
आए पछि त जानै पर्छ ।

तर यी बाँचुन्जेलका
अधकल्चो प्राप्तीहरु संग
दिक्कदारी को छताछुल्ल संबेगमा पनि
भ्रामक दुरबिनहरुले
कहिल्यै नभरिएको आशाका खड्कुँडो भित्र Continue reading

Posted in कविता | Tagged | Leave a comment