कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~

शून्य’ शून्य’ अति शून्य ।’
भयानक पिंजडाभित्र
बन्द मोटरहरू गुडिरहेछन्
– शून्य यात्रीहरू ओसार्दै
– शून्य छातीहरू ओसार्दै
भक्काना छुट्छन् मौनताबीच
– बन्द ज्वालामुखीहरू
अभिशाप बन्दछन् शून्यताबीच
– जीवन र मृत्युहरू

जीवनहरू गिल्ला गर्दै छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनिन्द्राका पात्रहरू

~सन्तोष चिमरिया~santosh-chimoriya

पुषका दिनहरू नझुल्किदै अस्ताउन सुरसार गरिहाल्छ्न । खाना खाएर सुत्ने तरखर गर्दा रेडियो नेपालले अग्रेजीमा समाचार भन्ने बेलै भएको हुदैन । भाते निद्राले मध्यरातमै छोडेपछि भने निकैबेर निन्द्रा पर्दै पर्दैन । धेरै छट्पटी गर्यो भने पनि श्रीमतीजीले कुईनो चार्ज गर्दिनु हुन्छ । पानी पिउने , पिसाब फेर्ने अनि मोबाइल झिकेर कानमा ओशोका प्रबचनहरु सुन्दा र केही नलागेपछि सहवासका निम्ति श्रीमतीजीलाई कोट्याउदा जताततैबाट असफलता हात लागेपछि मसंग केही विकल्प बाँकी रहदैन । अनि अन्तिममा उपायनास्ती भएपछि मात्रै म पात्रहरूको खोजीमा निस्कन्छु …………..

म पेशा र शोख दुबैले लेखक हैन । लेख्नु मेरो बाध्यता हो । आफुलाई ब्यस्त राख्न अथवा बहलाउन प्रयोग गर्ने मेरो अन्तिम अस्त्र मात्रै हो कलम । मसंग दिनभरी लालचिया खाएर गफ गर्ने साथी भइ दिए मलाई कहिले पनि कलम चाहिएको हैन । दिनभरी म्यारिज खेलेर बस्ने म जस्तै बेरोजगारहरुको टिम सधा सर्बधा उपलब्ध हुने भए मलाई शब्द खेती गरिरहने उस्तो जांगर चल्दै चल्दैन । सिरक ओडेर सुत्न नसकेपछि र घाम तापेर उङ्ने मन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समस्या र जीवन

~मणि भट्टराई~mani-bhattarai

समस्याहरुले मलाई
आफ्नो बनाउँदै लागेका छन्
अनेक बहानामा तिनले
पुरानो जमानाकी बधुलाई जस्तो
ब्यबहार गर्न खोजेका छन्
राति तीन बजे उठाएर तीनले
जिन्दगीको जाँतो घुमाउन भनेका छन् |

समस्याहरूले मलाई
भारी माथि भारी थपिदिएका छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै गल्ती थियाे

~रुमानी राई~rumani-rai

मलाई मनपराउनु तिम्रै गल्ती थियाे
केही दाेष छैन मेराे अाफ्नै संसार थियाे ।

धाेकेवाज अनि निष्ठूरी ठान्याै कि
मेरो अस्वीकृतीलाई तिरस्कार मान्याै कि
तिम्राे स्वाभिमानकाे अपमान हाेइन याे Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फूल नफुलेपछि

~नवीन प्यासी~nabin-pyaasi

तिमी निष्ठुरी बनेपछि
समय पनि निष्ठुर बनेको छ अचेल ।
भन त लालीगुराँस !
यसपालीको चैतमा किन नफुलेको तिमी ?
तिमी नफुलेपछि
पुतलीले जुनी फेर्न छोडेको छ
डालीले सुकेनासको सिकार हुनु परेको छ
र भमराले च्यात्नु परेको छ सपनाको पत्रहरु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेला, बाटो अनि हामी

~लेखनाथ छेत्री~lekhnath-chhetri

वास्तवमा
हामीले हिँडिरहेको यो बाटो,
यो बेलादेखि साँझसम्मको दुरत्वभन्दा
धेरै छोटो छ ।

यो बाटो अन्ततिर
हामीलाई छेकेर बसेको हुनेछ
एउटा कोलाहल,
जसले घिसारेर अलग भीडतिर लानेछ हामीलाई,
अलग गल्लीको वासिन्दा हुनेछौं त्यसपछि हामी ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मोनोटोनस दैनिकी

~मधुवन पौडेल~Madhuban Paudel

एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ ।

गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो ।

कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी मलाई कुरिरहेको देख्छु ।

“के काम छ भाइ ? पासपोर्ट र केही कागजपत्र प्रमाणीकरण गर्ने हो ? कृपया रिसेप्सनतिर जानूस् ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँगन गुमाउनेहरूलाई

~त्रिभुवनचन्द्र वाग्ले~

आँखामा धुलो पर्नसक्छ
भो बन्द गरे पनि हुने सडकमा ब्याडमिन्टन खेल
सडक हो कसले भन्छ दुर्घटना हुँदैन
दुर्घटना हो कसले भन्छ यो विनाश होइन
आँखामा धुलो पर्नसक्छ
म्याराथन गन्तब्य रोकिए पनि
सडकमा खेल्ने ए नानीहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब सगर जोतिन्छ !

~पूर्ण ओली~Purna Oli

कत्ति छेकिनू त्यो सगरबाट
हुटिट्याऊँका झिना खुट्टाहरुको ओतमा
फगत थुतुनो बालुवाभित्र धसेर !

ओ, मेरी जोरी !
आँशु, अल्छ्याइँ, अन्धभक्तिलाई
रछ्यानमा मिल्काएर
जर्‍याकजुरुक्क उठ, च्याप कोदाली चपक्क Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : कल्पनाको अर्को बिहे

~बसन्त नेपाल~basanta-nepal

रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन मन त्यसै बिरक्तिएको छ उसको । हात र खुट्टाहरु चिलका पखेटा झै फटफटाइ रहेका छन् । आफ्नो मातृभुमी भन्दा सातसमुन्द्र पारीको देश , घर परीवार अनि आफन्तजनहरुको मायाममताबाट बन्चित रही बिरानो तथा उजाड मरुभुमीमा बितीरहेको दासत्वको जीन्दगी । समय परीस्थीती अनि बाध्यताले मानिसलाई कहाँ पुर्याउछ कुनै भरोसा नहुने रहेछ । लटरमै सपनाहरु झुलेका थिए प्रितमको मानसपटलभरी । धन आर्जनको सपना,मुटुभन्दा प्यारी कल्पनासगँ साथ रहने सपना अनि मातृभुमीको माटोमा लडीबुडी गर्नै सपना । Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै प्रतिक्रिया नदिने थियो । यस्तैमा एक दिन ईश्वरवादीले आएर ईश्वरको महिमा बखान गरे । बुद्धले केही जवाफ दिएनन् । बुद्धले कुनै प्रतिक्रिया नदिएकाले ती ईश्वरवादीले बुद्धलाई सोधे ‘भन्ते ! किन कुनै उत्तर दिनुभएन ?’

बुद्धले भने ‘मलाई त ईश्वर छैन भन्ने लाग्छ, त्यसैले केही नबोलेको हुँ ।’

फेरि अर्को व्यक्ति आएर भन्यो ‘यो संसारमा ईश्वर छैन, ईश्वर भएको भए त यस्तो अन्याय हुने नै थिएन । यस्तो उल्टोपाल्टो हुने नै थिएन ।’ Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

Translated Poem : Mad, Lover and Poet

~Ram Prasad Prasain~Ram Prasad Prasain
Translated by : Welkin Seskin

Spilling surfeiting syrup
on the wings of (dragon) fly,
Do not scale my heart this time still.
I will not drown, and never ever again.
Thinking as beloved
the Moon shinning on the lake
I am not like the protagonist
of the Hellenic myth.
The propose lies distant.
Gripping the illusion
through seeing of big twists Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : पिपल बोटको चटपटे

~अंकुर अधिकारी~

मेरो छहारीको सित्तल सित्तैमा
ग्रहण गर्दै
हज्जारौ जिब्राहरुलाई उन्माद को
दिशा तर्फ धकेल्ने,
नुन तेल भुजाको सुनौलो टुक्राहरुका साथ
समाजका रसिला पिंढीहरुलाई
स्वादको ईमान्दारीतामा समेट्ने
पिपल बोटको चटपटे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~

विषय प्रवेश

समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर कहिलेदेखिको अवधिलाई मान्ने भन्ने प्रश्न आउँछ । यसका साथै विचार र शैलीको पनि प्रश्न आउँछ । भरखरै लेखिएको तर भरखरैको विचार शैली नभएको उपन्यासलाई समकालीन भन्न सकिँदैन । पश्चिमी साहित्यमा समकालीन भनेर द्वितीय विश्वयुद्धपछि लेखिएको साहित्य वा उत्तरआधुनिक साहित्य भनेर चिनिन्छ । नेपालीमा भने दोस्रो विश्वयुद्ध अर्थात् वि.सं.१९९६—२००२ पछि लेखिएको साहित्यलाई आधुनिक भनिन्छ । नेपालीमा उत्तरआधुनिक साहित्य लेखन इन्द्रबहादुर राईको Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : सरे जस्तो छ

~वियोगी बुढाथोकी~biyogi-budhathoki

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : गिदी कीरा

~मोहनराज शर्मा~mohanraj-sharma

बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय हुन्छ र बेलाबेला पूरै निस्क्रिय । त्यो मथ्थर भएका बखत मलाई सन्चो र आराम हुन्छ तर त्यो उखरमाउलिएका बखत मलाई कस्तो-कस्तो छटपटी जस्तो हुनथाल्छ । त्यतिखेर मेरो सोचाइ, क्रिया र प्रतिक्रिया अरू कसैका कब्जामा परे जस्तो हुन्छ र म त्यसैबाट सञ्चालित हुनथाल्छु । अचेल मलाई आफ्ना गिदीभित्र कीराले गाइँगुइँ कुरा गरेको जस्तो पनि लाग्छ ।

यो मनको बतासे फुल पनि हुनसक्छ भन्ने ठानेर म गिदी जँचाउन अस्पताल जान्छु । अनेक जाँच र परीक्षण गरेपछि मस्तिष्कको नामुद डाक्टर भाइराजा जोशीले मतिर पुलुक हेरेर सोध्छ, “तिम्रो नाम के रे ?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : थामेर किन छोड्यौ हातहरू

~सुरेन्द्र राना~surendra-rana

थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू

दुई किनाराहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन
तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : मेरो बितोस् जीवन

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

गोर्खाकी जननी हिमालतिरकी पूर्वीय गङ्गा तिमी।
टिस्टाखाङ् हिमशैलदेखि बहँदै बङ्गाल पुग्ने तिमी।।
तिम्रो यो जलमा शहीदजनको गर्नेछु है तर्पण।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।।

तिम्रो यो जलको विशाल दहमा चुर्लुम्म डुब्कन्छु म।
तिम्रो यो जल हो सुधा जगतमा मान्ने सधैं गर्छु म।।
तिम्रो यो तटमा म पितृजनको गर्नेछु है तर्पण।
टिस्टा-रङ्गितको किनारतिर नै मेरो बितोस् जीवन।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

चलचित्र गीत : कसरी सम्झाई बुझाऊँ

~कुसुम गजमेर~

यो मुटुलाई कसरी सम्झाई बुझाऊँ
पीर यो जिन्दगानीको साहरा एउटै भयो

बिरानो यो रात सम्झना भई जाने हो
दुई मुट्ठी सास कहिले छोडी जाने हो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : कथा, हाङखिम र सुनपसिना

~निरज थापा~niraj-thapa

नेपाली कथाको इतिहासमा परिचित नाम हुन् प्रकाश हाङखिम । सुनचरी प्रकाशनकालदेखि नै लघुकथा लेखेर नेपाली कथाका प्रशंसकहरूप्रति आफ्नो स्थान बनाइसकेका छन् ।‘निर्वासित जिन्दगीहरू ‘ (2002 ) कथासङ्ग्रह अगावै हामीले पाएका छौं । लता तिमी कस्ती छ्यौ ?’  कथाको निम्ति उनलाई पूर्ण राई स्मृति पुरस्कार‘(2003) –ले विभूषित गरिएको छ । धेरै काल अघिदेखि नै कथा विधामा कलम चलाउँदै आएका प्रकाश हाङखिमका कथाहरू बिभिन्न पत्र – पत्रिकातिर प्रकाशित भइरहेका छन् । ‘अर्किड’ र ‘नवपल्लव’ पत्रिकाका सम्पादन कार्य पनि गरिसकेका हाङखिम साहित्यप्रति सजकताका साथ निरन्तरता दिने कथाकार हुन् । समकालीन भारतीय नेपाली कथाकारहरू सञ्जय विष्ट, प्रवीण राई जुमेली, उदय थुलुङ, बी योन्जनप्रभृति कथाकारहरूमा प्रकाश हाङखिम पनि एकजना हुन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : हाइकू हाइ-जीन र पूर्वााचल

~दिपक सुवेदी~

१. परिचय  :

जापानी साहित्य परम्पराबाट अन्तर्राष्ट्रिय विधाको रुपमा विस्तारित हाइकु नेपाली साहित्यमा पनि प्रभावपरक ढंगले विस्तारित भएको परम्परित वा शास्त्रीय संरचना खोज्ने हो भने तीन हरफमा क्रमश पहिलो पाँच अक्षरमा समस्या दोस्रो सात अक्षरमा जिज्ञासा र तेस्रो पाँच अक्षरमा समाधान रहेर लेखिने एक काव्य विधा हो ।

यसमा मानवीय सम्वेदनका हरेक पक्षको चित्रण प्रकृति तथा समसामयिकतासँग तुलना गरिएको हुन्छ । अर्थात् प्रकृति तथा समसामयिकताको प्रतीक वा विम्व चित्रणसँगै सजिस संरचनामा रही हाइ-जिनद्वारा सिर्जना गरिएको सत्र अक्षरे कविता हो । यसमा उच्च बौद्धिकता र जीवनका जटिल अनुभव यसको संरचनामा मानवीय Continue reading

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : साझा फूल बनेको छ “माला”

~त्रिलोचन कोइराला~book-cover-saiyau-thunga-sahitya-samaj-mala-gajal-sangraha

पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही क्रममा प्रवासमा कठोर परिश्रम गरिरहेका साहित्य अनुरागिहरुले सहित्यका विविध विधालाई एकै संग्रह बनाई संयुक्त कृति “माला” बजारमा ल्याएका छन् । जसको संयोजनमुखी भूमिका खेलेको छ सयौं थँगा साहित्यसमाज यु।ए।इ। ले ।

म्ानिसको यथार्थ जीवनलाई साहित्य मार्फत विभिन्न ५५ जना श्रष्टाले माला मार्फत आ आफ्नो अभिव्यक्ति पस्किएका छन् । भौतिक रुपमा मात्र होइन भावनात्मक रुपमा ल्याउने परिवर्तनलाइ पुस्तकले विषेश ध्यान दिएको छ । प्रत्येक विधामा विदेशिने नेपालीका पीडाहरु विदेशिएपछिका सुख र सहजताहरु विदेशिने वित्तिकै छातीमा उव्जिने राष्टियता प्रतिको आत्मीयतालाई उजागर गरेको Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु भन्दा अगाडी दौडिएर पुग्थी |

पुल लामो भए पनि तल बाट बग्ने पानीको मात्रा कम थियो |उसलाई अचम्म लाग्यो |’यति थोरै पानी बग्ने खोलामा पनि किन यति लामो पुल बनाएका होलान् ! ‘ उसको मनमा खुल्दुली मच्चियो | केहीछिनमा , बाबु -छोरी पुल पारि पुगे | त्यहाँ झनै उसले अर्को ठुलो नदी देखी | Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जिन्दगी

~प्रभा भट्टराई~prabha-bhattarai

यो धरा धामको यात्रा, यात्री भैकन आइयो
यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो
उकाली जिन्दगीका यी सजिलै पार लयियो
हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो ।

डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस
कतै तीता कतै मीठा मिसिए बिष-अमृत Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेवारी लोक कथा : नेवारी गुभाजुको जादुको कथा

~अज्ञात~

नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ ।

एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने चेलाको धेरै जनसमुदायको बीचमा पेट काटेर मुटु र कलेजो झिकेर नजिकै एउटा केराको पातमा राख्दै आफ्नो चटकको बखान गर्दै थियो कि मसँग टक्कर लिने क्षमता कसैसँग छैन, म जे भन्छु त्यही हुन्छ । यस्तो अहंकारयक्त र एकोहोरो वचन उसले भनिरहेको थियो । त्यसै समयमा पाटनका गुभाजुलाई आफ्नो स्थानमा बसेर नै यो चटक थाहा भयो । Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~Neelam Karki Niharika

सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | तिमि आउ है मेरो घरमा केक खान | ‘

जब उसको छैटौ जन्म दिन थियो, उसले आफनो बाबा  मामुसंग चेस उपहार मागेको थियो | चुम्बकले टासिने चेस उसका बाबा मामुले टल्कने कागजमा बेरी फुल टासेर दिएका थिए | उ आफुले चाहेको उपहार पाएर निकै खुसि भएको थियो |

सुरजलाई चेस खेल्न अति मन पर्छ | उसको हजुर बुवा चेस खेली रहने हुनाले त्यही देखेर पनि हुन् सक्छ Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~

कथा कसैका लागि ?

साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, कथाको कुनै विषय नै भेटिनँ । दिक्दार भएर फर्किएँ कोठामा । कोठामा कहाँको कथाको प्लट भेट्टिइयोस् !

बैरागियो मन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~

कसरी चिन्ने कोही छैन शहरमा
नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा
कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई
पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई

पुलको मुनि बस्दछु म त्यही मेरो बास हो Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : भत्किएको पंखा: भत्किएको सौन्दर्य

~बिमल गुरुङ~bimal-gurung

असंख्य मान्छेका
असंख्य कुर्सीहरुमा
म पनि बांच्दै
लंगडो एउटा पँखा
करैकरमा नृत्य प्रदर्सन गरिरहेछ
भत्किएको सौन्दर्यमा विहुल बाँधेर
धरहराबाट हामफाल्न आँटेकी
कुनै शोकाकुलग्रस्त
कुनै स्वस्नीमान्छे झैं
आँखामा ‘बैकाल’ सजाएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आमाको उत्तर छोरालाई

~भुवनहरि सिग्देल~bhuwanhari-sigdel

छन्द : रुपामाली

(१)
चिट्ठी पाएँ प्यारो छोराको
मेरो उर्जा दासी गोराको
आशा बोकी दास्ती तुर्दै छु
आँखा तानी बाटो कुर्दै छु

(२)
गैरीबारी बाँझै टारी छन्
दायाँबायाँ सिस्नो घारी छन्
कल्ले खन्ने छोरा १ यो माटो
उम्य्रो झाडी ढाक्यो गोरेटो Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

संस्मरण : ३५ वर्षपछि भैरव सम्झँदा

~हरि अधिकारी~hari-adhakari

श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार काठमाडौंको काँठ क्षेत्रमा उदाएका यी बहुप्रतिभाशाली स्रष्टाले एक न एक दिन त्यस्तै केही भीषण उपद्रो गर्नेछन् भन्ने अलच्छिना आशंका गरिरहेका उनका निकट मित्रहरूले उनको मृत्युको समाचारलाई टार्न नसकिने भवितव्यका रूपमा लिएको हुनुपर्दछ त्यतिबेला । घनिष्टहरूमध्ये पनि घनिष्टत म भैरवमित्र रोचक घिमिरे पोखरामा थिए, दसैंको लगत्तैपछिको बिदाको समय बिताउन पुगेका । पोखरा भ्रमणको कार्यक्रम घिमिरे र अर्याल दुवैले मिलेर बनाएका थिए । तर, अन्तिम घडीमा भैरवले फेरेका थिए आफ्नो योजना । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Story : Four Folds

~Bikrant Koirala~Bikrant Koirala

First Fold: Bicycle

The wooden desks, two in each, black cemented board with white letters on it. The fifth graders were obviously tired from the day long learning and wished to leave the musty room and embrace their colourful world once again like other days. Bivek took a peek through a window. The summer sun was indeed still hot and bright. His floating gaze came to a halt when a brilliantly shining handle bar of a bicycle caught his eyes. Among the dozens of bicycles neatly arranged in the parking lot, it was the one reflecting back the total sunlight and of course it was new and red in colour. Bivek was a good student or not undermining the evaluation of his teachers he was the best in his class.

As soon as the clock showed four, Continue reading

Posted in Story | Tagged | Leave a comment