कविता : नाईं गर्दिन के!

~प्रणिका कोयु~pranika-koyu

“प्रणिका, उमेर भयो त!
डाँडा काट्दैछ है वैंशले
लौ तिमी पनि”
यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु
हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि
छैन हो बिहे गर्ने रहर मलाई,
अँ सोच्दैछु,
गरौंला नि, के छ र हतार

“एक्ली हुन्छौ है बुढेशकालमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाकि छ

~तिलक खत्री~tilak-khattri

जिन्दगीको हिसाब किताब केर्न बाकि छ
च्यातिएका कथाहरु फेर्न बाकी छ !!

भेटे देखि छुटे सम्म छुटे देखि यता
कस्ले जित्यो कस्ले हार्यो हेर्न बाकी छ !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’

~रामकुमार पण्डित क्षेत्री~book-cover-bigyan-ko-kaidi-bijay-chalise_-bigyan-katha-sangraha

‘रमेश विकल’का जेष्ठ सुपुत्र विजय चालिसे (वि.सं. २००८)लाई उनको समकालीन साहित्यकारको दाँजोमा अब्बल दर्जाको मानिन्छ । उनले दुईवटा उपन्यास, यो समेत गरी पाँचवटा कथासङ्ग्रह (खोसएको सपना छैठौँ कथासङ्ग्रह पाठकमाझ आइसकेको), चारवटा निबन्धसङ्ग्रह, छवटा पत्रकारितासँग सम्बन्धित पुस्तकहरू, दुई दर्जनभन्दा बढी बाल साहित्य कृतिहरू प्रकाशित गरिसकेका छन् । गोरखापत्र, मधुपर्क, युवामञ्च, मुना लगायत अन्य विभिन्न साहित्यिक पत्रिकाहरूको प्रधान सम्पादक रही पटकपटक कार्य सम्पादन गरिसकेका चालिसेले अनेकौँ मानसम्मान तथा पुरस्कार पनि पाइसकेका छन् । उनको पछिल्लो विज्ञान कथासङ्ग्रह हो, विज्ञानको कैदी ।

प्रस्तुत कथासङ्ग्रहमा नौवटा विज्ञान कथाहरू सङ्गहीत छन् । जुन कथाहरू २०४१ सालदेखि २०७० Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बिचरो हंस ब्युँझियो

~वामदेव पण्डित~

गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु
राजाले पद छोडेर, कसरी कन भन्दछु
गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई
खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।।

उमेर नपुगेसम्म प्रतिनिधि बनाउने
हिमानी एक आमा र जनता तीन ल्याउने
ती तीन जनतालाई सात दल मिलेर नै
तोक्नेछ मख्ख भई, बस्ला थुक मात्र निलेर नै ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको सत्ता

~रामकृष्ण सुनुवार ‘आँकाला’~Ram Krishna Sunuwar 'Ankala'

खै ! गर्भमा कष्ट प्रद
कुर्दा कुर्दा
ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन
अरुको शाहारामा जीवन जिउने क्रम
अनायासै थोपरी दिएर
कहिले सक्षम स्वावलम्बी बन्ने ?
सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न
बाल मुस्कान टक्र्याए
सौर मण्डल तिब्र गतिमा दौडाउन
ताथैया बामे सारें
अहँ ! कान बन्द गरेर बसे झैं भान भो !
नाकका सिंगान जाडोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ठोकुवा गर्ने ठाँट देख्दिन

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन
बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन
**
अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ
सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सुनुवार भाषी कविता : थुअ्सु

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

थुअ्सुमि मुरकालि माप्लोइँबा,
सुइ सुइमि थुअ्सु पाइनिमि ,
चाबबामि माचाबबामि थुअ्सु पाइनिमि,
थुअ्सुमि मुरकालि माप्लाइँबा ।
मुर खुःमानु धुश पिशामि ग्याइतानु,
थुअ्सुमि सापपा शेत गेअ्ब,
मुनु माचापथरि माचापथरि थुअ्सु पाइनिमि ।
गे पानु माचाबपुकि थुअ्सु पाचा दाअ्निमि, Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कथा : माईला दाईको ‘भूमिगत चिठी’

~दिया चन्द~diya-chanda

त्यो दिन मलाई पनि यो शहर देखेर मुटु दुखेको थियो । मनले एकान्त खोज्दै थियो आफु बस्ने आवास पनि कोलाहलमय लागेर म निस्किएं एकान्त खोज्न ।

भृकटीमण्डपको एक कुनामा पुगे, एक्लै बस्न उपयुक्त लाग्यो मनको छटपटी थोरै  भएपनि कम गर्न भएपनि एकछिन बसेँ । गोजी खाली थियो, तेरो मोबाइलको  एकाउण्ट ब्ल्यांक भइसक्यो बेलैमा जम्मा गर भनेर एनसेलले दिमाग चाटेको चाटेइ थियो  ।
फोनसोन अफ हानियो । अनि कल्पनामा डुबियो ………….

सुन्ने गर्थें  शहरले गाँउ बिर्साईदिन्छ । हो त्यसैले लाहुरेहरुले लाहुरेनीलाई बिर्सेर परदेशमै घरजम गर्छन् रे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिर्सुंभन्दा सम्झना पो

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ
यो मन त्यसै परेलीमा अल्झे जस्तो छ

रोदीघरको कुनातिर भुलेछ कि कुन्नि
चौबन्दीको तुनातिर फुलेछ कि कुन्नि
बहकिने मनको व्याथा साह्रो हुँदो रैछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बहुला पण्डित

~विश्वम्भर चन्चल~Bishwambhar Chanchal_1

गाउँमा एउटा हल्ला फिँजियो । हल्ला हुनु सामान्य कुरा हो तर यो सत्य पनि हुन सक्छ र असत्य पनि । यस्तै सत्य र असत्यको बीचमा मैले पनि यो हल्ला नसुनेको होइन । सुनिहाल्दैमा पत्यउनै पछृ केही छैन । कुरा बुभ्mनु राम्रो हो । विचार गर्नु आफ्नो बुध्दिको कुरा । त्यसैले  दुइ जनालाई सोधो के यो सत्य हो ? भनेर कसैले त्यस कुरालाई दुःखसाथ सत्य मानेर सुनाए भने कसैले असत्य ठानेर पनि सत्यको रुप दिए । मलाई भने सत्य भए पनि कसैमाथि हासो उठाउनु थिएन न त असत्यलाई नै सत्यको रुप दिनु थियो ! थियो त केवल एउटा सहानुभूति जुन कुरा सत्य भएर पनि असत्य भै मान्नै पथ्र्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म हामीलाई कुनै सुखसुविधा प्राप्त भएन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सुनकेशरी मैयाँ

~शोभा न्यौपाने~Shova Neupane

वन-पाखामा दाउरा-सोत्तर गर्दै
चुलो-चम्को पानी-पँधेरोसँगै
जीन्दगीका उतारचढाप हेरेर
आधा जीवन गुजारेकी मेरी आमा
सानी छोरी – मलाई काखमा सुताएर
हरेक रात दन्त्य कथा सुनाउने गर्थिन्
त्यस्ता कहानीहरु जसले मलाई
एक रँगिलो संसारमा पुर्याउँथ्यो
जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार ,मलाई मेरो भागको जमिन फिर्ता गर !

~निमेष गिरि~Nimesh Giri

सरकार, म विर्खवहादुर
यो देशको माटोको कुनै भाग
मेरो पसिनाले सिंचिएको छ
सवैलाई भाग लगाउदा
करोडौ टुक्रामा एक टुक्रा
मेरो पनि हक लाग्नेछ
त्यसैले सरकार
मलाई मेरो टुक्रा फिर्ता देऊ
म तिम्रो अधिनस्थ हुन चाहान्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माघ आठ पन गैग्यो

~लक्ष्मण अधिकारी~laxman-adhikari

गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो
आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो
जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो
संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो

चमर पन हल्लायाका घोगा पसायाका
माघ आठ मा संबिधान आउन्या सबै आशायाका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे

~कृष्ण कट्टेल~Krishna Kattel

आज पनि उनी
हराइरहेका थिए
मध्य दिनमा, टन्टलापुर घाममा
भिडभाडको बिचमा
मध्य निन्द्रामा ।

लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ
सोचिरहेका थिए भाग्य
अनि छोट्टिरहेको भविष्य । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्न सकूँ तिम्रा लागि

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै
माया देऊ, मलाई मायाको भोक लागेको छ।
हात चोपलेर पवित्र पानीमा वाग्मतीको
तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु।

मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको
मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~mukund-acharya

साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै सधैं रसहरूको राजा किन मान्ने ?

उहिलेका विद्वान–पण्डित लेखक अलि बढी नै रसिक हुन्थे । कुनै पनि पुराणवाचक पण्डितले तीनोटीसँग बिहे गरेर मोज गरेको र सोबापतमा आफन्तजनलाई भोज ख्वाएको चर्चा–परिचर्चा प्रायः सामान्य भइसकेको छ । ‘मर्दकी दशोटी !’ भनिने उखानले हाम्रा साहित्यकार, पण्डित, विद्वान सबैलाई समान रुपले हौस्यायो । सबै श्रृंगार रसमा चुर्लुम्मै डूबे र साहित्यलाई पनि डुबाए । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : Life and Death

~Jiwan Kshetry~Jiwan Kshetry

A child
Her shrill cry
Her innocent laughter
Her bland interests
And that eternal smile

A teenager,
Her naïve ambition
Her high dreams
Her smoky vision
And that never ending curiosity

A youth, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

मुक्तक : यो शहरमा

~राजेन्द्र थापा~Rajendra Thapa

हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा
बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा
हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीति कविता : मादल बज्यो

~कृष्णप्रसाद पराजुली~Krishna Pd Parajuli

बल्लतल्ल मादल बज्यो घरको आँगनीमा
जाने मन छैन परदेश अब मगनीमा

जीवन खेर जाँदो रै’ छ छैन भने आड
एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : रिसाउने बानी

~सोम खनाल~som-khanal

रिसाउने बानी छाड्नुपर्छ नानी
रिसाएर भलो हुन्न भन्ने जानि जानि

रिस उठ्छ जैले जैले चुप लागि हाल्नु
रिस उठ्ने माहोल बाट टाढा भागी हाल्नु Continue reading →

Posted in नेपाली गीत | Tagged | 1 Comment

पुस्तक समीक्षा : “सूत्रमाला”माथि नयन घुमाउँदा

~अरुणबहादुर खत्री “नदी”~book-cover-gorkhe-sahilo-sutramala-gazal

नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी सूत्रमाला, तेजिलो जिन्दगी, पियारो, नुवाकोटे जिन्दगीमा लगायत विभिन्न शीर्षकका ६५ वटा गजलहरु राखिएका छन् । यस कृतिभित्रको पहिलो गजल बाँच्न इच्छा हुँदा शीर्षकभित्र बाँच्न इच्छा हुँदा देशको शानमा ज्यान फ्याक्न तयारी छु सम्मानमा भनिएको छ । २०६१ सालमा गजलपथका यात्रीहरु -गजलसङ्ग्रह) संयुक्तलेखन पहिलो कृतिको रुपमा गोर्खे साइँलोले प्रकाशित गरेका थिए । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : माथि तारे भीर

~आनन्द अधिकारी~ananda-adhikari

माथि तारे भीर, तल दरौंदी
लडौं कि मरुँ के पो गरूँ नि
के साँझ केको बिहान दुखै सिरानी
माया विरानो त मनै खरानी

जता हिंड्यो त्यतै त्यतै बाटो बन्छ भन्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा जीवनी : गुरुप्रसाद मैनाली

~नरेन्द्रराज प्रसाई~Guru Prasad Mainali

गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा ढाके अनि यहाँबाट मेचीपारी भारतका विभिन्न नेपाली बस्तीहरूमा पुगे र त्यसपछि त्यहाँबाट पनि भूगोलको सेरोफेरोमा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ उनको ११ कथाको विटो ‘नासो’ पुग्यो । त्यसैले ईश्वर बरालले लेखे “सामाजिक जीवनसँग सम्बन्धित कथा परिवर्तन गर्नेमध्ये मैनाली प्रथम भए र उनकै परम्पराले दिग्विजय गर्यो ।”

गुरुप्रसाद मैनालीका पुर्खा जोशी थिए । उनीहरु भारतको कुमाउक्षेत्र नैनीतालस्थित मैनोरीबाट तेह्रौं शताब्दीतिर नेपाल आएका थिए । उनीहरुको विद्वताको कदरस्वरुप मल्ल राजाबाट उनीहरुले काभ्रेको Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

बाल कथा : कल्पनाको भविष्य

~खिमानन्द पोखरेल~khimananda-pokharel_1

कल्पना सानी थिई । सानी भएकै कारण उसका बाबु आमाले कल्पनालाई धेरै माया गर्दथे । सानैदेखि उ ज्ञानी र गम्भीर स्वभावकी थिई । कल्पनाको राम्रो बानीदेखि बाबु आमा पनि खुसी देखिन्थे । त्यसैलेे सानै उमेरमै उसलाई एउटा राम्रो विद्यालयमा राखिदिएका थिए ।

कल्पना सानै भए पनि बुद्धिमान थिई । उ सानै भए पनि अन्य बालबालिकाको स्वभावसाग उसको स्वभाव मिल्दैनथ्यो । “हुने बिरुवाको चिल्लोपात भनेझैा” उ मिहिनेती र परिश्रमी छात्राको रूपमा देखिादै जान थाली । उसको मिहिनेतबाट गुरुहरूले पनि कल्पनालाई धेरै माया गर्न थाले । यसरी एकदिन ऊ आˆनो विद्यालयमध्येकी प्रथम उत्कृष्ट छात्रा बन्न पुगी । उसको यो तीक्ष्ण प्रतिभाले कक्षा १० सम्म नै साथ दियो । यसैगरी उ मिहिनेत गर्दै जाादा एस.एल.सी. बोर्डमा समेत प्रथम हुन पुगी र आफूले पढ्ने विद्यालयको समेत उसले इज्जत राखिदिएकी थिई । यसरी राष्ट्रले सम्मान गर्नुपर्ने इज्जत उसको बनेको थियो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य

~सदानन्द अभागी~Sadananda Abhagi

विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य

विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्‍यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा जन्म भयो । न्वारन्मा पण्डितले उनको नाम चुडामणी राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम विश्वेश्वरप्रसाद कोइराला नामाकरण गरे । यही नाम संसार भरिनै प्रख्यात भयो । विश्वेश्वरको बाल्यकालको Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : माछा पानीमा पौडिए सरी

~यादव खरेल~yadav-kharel

माछा पानीमा पौडिए सरी
नसोध जीवनमा कति खाइयो
पिउनु त छँदैछ जसरी पनि
तर कुनै न कुनै बहाना चाहियो

बरालिएको यो ज्यान मान्दैन केही गरी
साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी
उसले मलाई धोका दिई Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विश्व मानव चे

~कुमार काफ्ले~kumar-kafle

एउटा देशमा तिम्रो नाभि गाडिएको छ
त्यहीँको माटो सुँघेर हुर्केका तिमी
अर्कै देशको भूमिमा प्रशिक्षित भइ
विभिन्न देशको माटोमा,
पहाड र बस्तीहरूमा
अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने
र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने
प्राणाहुति गरि शहादत प्राप्त गर्ने महामानव अर्थात विश्वमानव हौ तिमी। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : खाल्डोहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

– मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनें |

– छिमेकीहरू आएर हेरे र भने – आहा ! कति सुन्दर खाल्डो !

– फर्किए पछि सबै छिमेकीहरूले पनि आ-आफ्ना बगैंचाहरू मासे र खाल्डोहरू बनाए | Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : प्रेम

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– गहिरो प्रेमको फलस्वरुप तेस्रोको आगमन निश्चित भएछ।

– आकाशको तारा झारिदिन्छु भन्ने Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

संस्मरण : आँखाको भाषा

~शार्दूल भट्टराई~shardul-bhattarai

हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो ।

तर, त्यस दिन त्यहाँको वातावरण अलि बेग्लै थियो । बाहिर कुनै चहलपहल थिएन । सधैँ व्यस्त रहने घरका सदस्यहरू पनि घरबाहिर देखिएनन् । लगभग सुनसान अवस्था । हामीले सोच्यौँ, चाडबाडको बाहिरी व्यस्तताले होला ।

हामी घरको आँगनमा पुग्यौँ । घरको भुइँतला र माथ्लो तल्लाका ढोका खुलै थिए । झ्यालहरू पनि खुलै थिए । बाहिरतिर कोही नदेखिए पनि घरभित्र कोही छ भन्ने आभास हामीलाई भयो । केहीबेर हामी आँगनमै उभिएर Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : बन्दको बहनी र ट्र्याक्टरको यात्रा

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

‘आज दिउसो १२ बजेदेखि ३ बजेसम्म चक्काजाम ।’ २०६६ चैत १६ गते कार्यालय जाँदै गर्दा यस्तो खबर सुत्रमा आयो । आयोजकका विषयमा जात्र खोज्दा एनेकपा माओवादी भत्रे जानकारी पाइयो । पूर्व हल्ला केही थिएन । अकस्मात् यस्तो कार्यक्रमका विषयमा सुत्रु पर्दा त्यसको विश्वसनीयतामाथि पनि शङ्का लाग्यो । तर वास्तविकता सुनेअनुसार नै रहेछ । अनि, सुरु भयो छट्पटीको शृङ्खला ।

दिउसो साढेएक बजे धनगढी–काठमाडौँ उडानका लागि साढेबाह्र बजे अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु पर्ने । टिकट बुकिङ थियो विजुली बजारमा । लिन बाँकी । थापाथलीस्थित नेपाल राष्ट्र बैँक पुगेर चेक साट्नु पर्ने काम पनि बाँकी नै थियो । अब ‘के गर्ने ?’ ‘के नगर्ने ?’ टिकट त उधारो पनि व्यवस्था गर्न सकिन्थ्यो, तर बाटो खर्चका लागि थप पैसा जरुरी थियो । टाढाको यात्रा । नगएको ठाउँ । अन्तिम समयको तयारी । यात्रा सार्न सकिने समय पनि थिएन । हामी अलमलमा प¥यौँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment