गजल : ठोकुवा गर्ने ठाँट देख्दिन

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन
बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन
**
अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ
सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन
**
यसै भन्न के सक्नु र, मूर्ख मैं लाई भन्लाऊ पाए
आसैआस् यो बक्रबास् भो, घाम् झुल्किने छाँट देख्दिन।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.