गीति कविता : परदेशीलाई कुर्दाकुर्दै

~सजल महेश आचार्य~

परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन
आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ?

बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर
आफैं भेट्न जान्थें बरु, कुन होला शहर ? Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : उस्तै उस्तै लाग्छ

~राबत~rabat

दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ ।

सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने
शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पराजित अपराजिता

~केदारप्रसाद आचार्य~

आज १६ गते । संधैभन्दा पाँच मिनटअघि कार्यालय पुग्न म हतारिन्छु । आज हाम्रो शाखामा भीड हुन्छ, पेन्सन लिनेको भीड । निजामती, शिक्षक, प्रहरी र सेनामा लामो समय काम गरी सेवा निवृत्त भएका कर्मचारी र तिनका आश्रति परिवार पेन्सन लिन दश नबज्दै कार्यालयमा आइसकेका हुन्छन् । तीमध्ये धेरै अशक्त, बूढा र रोगी हुन्छन् । थर्थराएका हातगोडा, लर्वराएको जिब्रो र धमिलिएका आंँखा लिएर ती ग्राहकहरु भीडमा धेरवेर सल्बलाउन नपरोस् भनी आवश्यक व्यवस्था मिलाउन म कोशिस गर्छु । समयको खोलाले पाखा लगाएका तिनलाई भरसक सुविधा उपलब्ध गराउन बुढौतीदेखि डराइरहेको मेरो मन मलाई बारम्बार ताकेता गरिरहन्छ । यिनको कुनै समयमा नाम थियो, पद थियो, शक्ति थियो, प्रतिष्ठा थियो । तर आज यी पेन्सन पट्टाको एउटा नम्बर बनेका छन् । र म यी नम्बरलाई मानिसको पहिचान र मान दिन प्रयत्नशील रहन्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

टेक विवश आर सीका ३ मुक्तक

~टेक विवश आर सी~Tek Biwash RC

१
त्यो दिन मेरा लागि निकै खास हुनेछ,
तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ,
साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु,
जुन दिन चिता माथि मेरो लास हुनेछ ।

२
सम्झेनौ वर्षदिनको दशैं, न तिहार सम्झियौ, Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

Poem : The Gap

~Pravin Aryal~pravin-aryal

There always is a gap
along distance,
there, between mutual understanding
deep and wide,
steep and narrow.
Always, there is a gap,
there is a miss understanding, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : हार जित र कैद

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

सिन्धुपाल्चोक जिल्ला सदरमुकाम यात्रा
कटि बनदेउ नाका मेरो प्रारम्भ यात्रा ।
लाग्छ यस प्रकृतिय यात्रा सल्लाका सितलता ले
मलाई कैदी बनाई आफ्नो कैद बाट उम्कन
एउटा संघर्षशिल पडाउ पार गर्न मजबुर गर्दै छ

जन्म सङ्घर्षको यात्रा मानसपटलमा छताछुल्ल पार्दैछ
रत्ताम्मे तो सङ्घर्ष ,आज सित युद्धले तयार पारी
एउटा भिषण युद्धको घोषणा गर्न लालायित मेरा सहनशिल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इज्जत र प्रतिष्ठा

~दिलिप योन्जन~Dilip Yonjan

फेवातालमा हाँस्ने माछापुच्छ्रे
विश्वसामु नझुक्ने सगरमाथा
राष्टियता र प्रतिष्ठाको लागि
जोश, जाँगर र प्रतिभा जगाई
हामी बिर गोर्खाली
इज्जत र स्वाभिमान बेचेर
खुशियाली कसरी मनाउँछौ मसँग।।।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : दशैं ताका

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

त्यो बोकोले खाइरहेछ
खास घाँस !
हामीहरुको आर्कै यहाँ छ
अनाज,
काँढा, काँढा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : यो नेपाली शीर उचाली

~भूपी शेरचन~Bhupi Sherchan

यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ

चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : मुहार किन ढाक्नु हुन्छ

~नेत्र कोइराला~

देखाई दिनुस् चन्द्र मुहार किन ढाक्नु हुन्छ
सायद मलाई लोभ्याएर माया माग्नु हुन्छ

हेर्दै लाजवन्ती जस्तै नसर्मराउनुस
बरु हजुर छेउमै सुस्त सुस्त आउनुस Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लगाउँदिन गहना

~पलपल मोक्तान~palpal-moktan

आउ गहना बेची तिरौँला रिण बनाउँदिन बहाना
ठोटे मोटे बस्छु बरु म त लगाउँदिन गहना

मातृभूमीको माया छ तिमीलाई अघातै
छुट्टीएर बस्न म पनि सक्दिन सहन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बकैनाको रुख

~मनु कन्दङ्वा~manu-kandangwa

काठेचराले
ठुँगेर ध्वन्द्रो बनाएको
त्यो बूढो बकैनाको रुख
आजकल
ब्याङ्पाटेको गुँड बोकेर
उभ्भेको छ
तन्नेरी छउन्जेल
लुछ्यो कति चिउला भन्दै
राम्रो सँग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : फिरफिरे

~बुद्धिसागर~Buddhisagar

त्यो मोजाको फुटबल
त्यो हरियो चउर
त्यो खोलाको पौडी
त्यो बालुवाको घर
त्यो असारे झरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अप्रमाणित हत्यारा

~शेखरकुमार श्रेष्ठ~

आज विहान मैले चियाको मिठो स्पर्श गर्दा गर्दै साइकलको घण्टी बज्यो । मैले कौसीबाट बाहिर सडकमा चियाएँ । हकरले पत्रिका ल्याएको रहेछ- दाइ पत्रिका । यो महिनाको बिल पनि दिनु छ । पत्रिका दायाँ खोकिलामा राखेँ । म गोरखा पत्रको नियमित ग्राहक । घरघरमा पत्रिकाको व्यवस्था गाउँकै भाइले गर्छ । गाउँ, सहर विजुलीको लोडसेडिङमा परेर रेडियो, टिभि, नेट चलाउन नपाए पनि पत्रिकाको माध्यमबाट समाचार पढेर समसामयिक घटना थाहा पाएर जानिफकार हुन पाइएको छ । बिल लिएँ । तिर्नुपर्ने पैसा तिरिदिएँ । पुनः कौसीमा फर्केर आएँ । घामको तापसँगै चियाको बाफ लिई पत्रिका हाफ पढेर सकेँ । २०५५ यता आएपछि हत्याहिँसाको समाचार प्रति अरूचि पैदा भएको छ । निर्दयी मानिस, निर्दयी समय र निर्दयी आफू पनि लाग्छ मलाई । मानवता विहीन संसारमा मानिस रमेजस्तै लाग्छ, आजकाल मलाई  । मानवताको होस्टे दुई चार वटा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : गल्ती

~सजना गुरुङ~Sajana Gurung

मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म |

सर्प हरुमा पनि पृथक रंग अनि स्वरुप ! त्यो सर्प ठीक मेरै सम्मुखमा आएर शिर ठाडो गरी उभियो |

मनमनै सोचें , ” आह ! म कति भाग्यमानी जो यस्तो अनौठो सर्प देखे | निसन्देह यो त इश्वरकै अर्को रुप हो !” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बल्झेर याद तिम्रो

~घनेन्द्र ओझा~ghanendra-ojha

दुख्दै छ आज छाती बल्झेर याद तिम्रो
बग्दै छ अश्रुधारा छल्केर याद तिम्रो

टाढा भएर के भो छाया मसाथ नै छ
ब्यूँझै छ रातरातै झस्केर याद तिम्रो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो।

म आफ्नो नामबारे बताउन चाहन्थेँ। अलमलिएँ।

सेक्सपियरले कतै लेखेका छन्– नाममा त्यस्तो के छ? साँच्चै, मेरो नाममा त्यस्तो के थियो?

प्राज्ञिक क्रियाकलाप व्यर्थ ठानिने यस देशमा मलाई चिन्ने कति होलान्? जतिसुकै कम होऊन्, कम्तीमा Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गीत : चोट के हो व्यथा के हो

~सुवासचन्द्र ढुङ्गेल~subash-chandra-dhungel

चोट के हो व्यथा के हो
म जस्तो घाइतेलाई सोध
मिलन के हो खुसी के हो
मसँग कहिले सोध्धै नसोध

मलाई लाग्छ यो जीवन मेरो
चोटै चोटले भरिएको छ
सागरभन्दा गहिरो व्यथा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : यहाँ माटो बिरामी छ

~हुसैन खाँ~hussain-khan

नीलो आकाश भो रातो यहाँ माटो बिरामी छ
हिमाली हिउँ भयो तातो यहाँ माटो बिरामी छ

दिलैमा भा’छु बेचैनी बगेछ आँसुको धारा
खुशीको भाँचियो पातो यहाँ माटो बिरामी छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नारा जिन्दगीको

~धनराज गिरी~Dhanraj Giri

स्वाभिमान जिन्दावाद, नारा जिन्दगीको
यही मेरो कमाइ हो सारा जिन्दगीको

गगन यही, सूर्य यही, चन्द्र पनि यही
बनेको छ स्वाभिमान तारा जिन्दगीको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ई प्रतिनिधि गजल नियाल्दा

~सदानन्द अभागी~Sadananda Abhagi

आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ । आशा छ यसले आफ्नो यात्रालाई पुरा गरेर नै छाड्ने छ ।यसै क्रममा चितवनका स्रष्टाहरूले चितवनलाई गजलको राजधानी भनेर घोषणा गरिसकेका छन् र यसको लागि प्रयत्नशील पनि छन् । चितवनमा गजल सम्बन्धी लेखन र प्रकाशनका तथा विमोचनका कार्यक्रम भै नै रहन्छन् । यस्ता कार्यक्रम सञ्चालन तथा गजल सम्पादनमा लागिपर्ने स्रष्टाहरू मध्ये एक हुनुहुन्छ पुष्प अधिकारी अञ्जली ।पुष्पजीको सम्पादनमा थु Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : हराएको हेल्मेट

~सन्तोषराज पोख्रेल~

साउनको महिना तर पनि पानी पर्ने कुनै छेकछन्द छैन । आकाशमा बादलको कालो छाँया नाचिरहेजस्तो लागेपनि विगत दुई दिनदेखि नभएको वर्षातका कारण काठमाडौंको आर्दता ह्वात्तै बढेको छ । घडीले साँझको ६ः३० बजाइसकेछ । केटाहरुले मन नलागेझै चुरोटको कस लिए । धेरै समय बेरोजगारकै भीड लाग्ने भृकुटीमण्डपमा साँझपख कार्यालयपछिको समय बिताउनेहरुको पनि बाक्लै जमघट हुनेगरेको छ ।

सधैझै आज पनि उस्तै चहलपहल बोकेको छ यो ठाउँले । केटाहरुले दोश्रो कप चियाको अर्डर गरे । चुरोटको कस सँगैको चियाको चुस्कीले केहीको मुहारमा ओलम्पिकमा गोल्ड मेडल जितेजस्तै सन्तुष्टि देखियो । समय साँझको ७ बजिसकेछ । घरमा श्रीमती हुने एकजनाले मलाई त ढिलो भयो भन्दै दुईकप चियाको २५ रुपैयाँ टेबुलमा हुत्यायो (दुईकप चियाको २४ भएपनि २५ रुपैयाँ तिरेकोमा उसले आफुलाई निकै ठूलो दान गरेको सम्झेर गौरवान्वित महसुस गर्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हर दिन पर भागिरा’छ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

गन्तव्य त्यो शान्त सौर्य, हर दिन पर भागिरा’छ
हिक्का छाड्दै मेरो देशले, अझै गुहार मागिरा’छ
**
बढ्छु भन्ने यौटा माथि, बाटै छेक्ने धुईरेपछि
बहु-वर्षीय बिसंगति, बनमारा झैं जागिरा’छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : घडी

~विमल निभा~Bimal Niva

हत्याराले धेरै चीजबीजहरू
छाडेर गएको थियो

केही महत्वपूर्ण थिए
जस्तो कि छुरा, आतङ्क र
एउटा घडी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वे प्रवाह मोहब्बत

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

दूर क्षितिज माथीको बादल
त्यो भन्दा पनी माईलौं टाढा
एक्लै बस्ने
तिम्रो परदेशी साँच्चै
तिमी लाई वे प्रवाह मोहब्बत गर्छ
जसरी हिमाल पहाड समतल हुँदै
वे प्रवाह प्यारको इजहार गर्दै
समुन्द्र भेट्न
आतुर नदीहरू जस्तै !

तिमी संगैका दिनहरू रंगिन बनाउने सोंच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : तीनजुरेमा तीन पटक

~एकु घिमिरे~eaku-ghimire

वि. स. २०७१ को तिहार मावलकी हजुरआमाको निधनका कारणले मानिएन । चाड नमान्ने हुँदा साथीभाइलाई पालो दिने उदेश्यले मैले अफिस कुर्ने निर्णय गरेपछि कार्यरत चैनपुर बजारमै बस्यो हाम्रो परिवार । टीका नलगाए पनि रमझम भएपछि मन त उड्ने नै भयो । यसै प्रसङ्गमा पार्ट टायम शिक्षण गरिरहेको मकालु अरुण स्कूलका नानीहरुको देउसीमा मिसिन बोलाइएँ । जमातमा अन्य शिक्षक साथीहरु को-अर्डिनेटर सुवास गिरी र गणेश श्रेष्ठ पनि हुनुहुँदो रहेछ । खूव रमाइलो गरियो देउसीमा । मैले मादल ठोकेर भट्याएपछि सबै हौसिए । दान-दक्षिणा पनि सोचेभन्दा धेरै दिए । रमाइलो गर्ने उदेश्य पुरा भयो ।

त्यही देउसीको पैसा खर्च गर्ने भन्दै मङ्सिरको एउटा शनिवार पूर्वको चर्चित थुम्को तीनजुरेको थाप्लोमा बनभोजको आयोजना गरिएछ । म देउसीमा भट्याउने मान्छेले नगइकन सुखै पाइँन । बल्ल बल्ल आएको Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बाल-यौनमनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास : सर्पदंश

~रोहित खतिवडा~book-cover-tarani-prasad-koirala-sarpa-dansha-upanyas

तारिणीप्रसाद कोइरालाको नाम रेडियो नेपालमा बोल्ने पहिलो व्यक्तिको रुपमा चर्चित छ। नेपाली साहित्यमा पनि उनको राम्रो स्थान छ। उनैले लेखेको उपन्यास सर्पदंश बालयौनमनोविश्लेषणमा आधारित पहिलो नेपाली उपन्यास हो तर अहिलेसम्म यहि उपन्यासन नै अन्तिम पनि छ। बालसाहित्य लेखन र प्रशिक्षणमा लामो समय बिताएका बालसाहित्यकार विनय कसजूले सेतोपाटीसँग भने,’बालयौनमनोविश्लेषणलाई नै आधार बनाएर लेखिएको अर्को उपन्यास मैले देखेको छैन। मेरो सिमितता पनि हुनसक्छ तर मेरो अहिलेसम्मको अध्ययनअनुसार सर्पदंश एउटा मात्रै बालयौनमनोविष्लेषणमा आधारित उपन्यास हो।’

कोइरालाको जीवनकालमा छापिएको उपन्यास पनि यहि एउटा मात्रै हो।२०२६ सालमा यो उपन्यास प्रकाशित भयो। २०३१ वैशाखमा ५२ वर्षको उमेरमा उनको निधन भयो। उनले लेखेका केही उपन्यास यसपछि छापिए। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पुतली

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

म रङ्गीचङ्गी छु वसन्त छोरी ।
म जन्मिएँ कोकिलले कर्राई ।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले मलाई ।।१।।

म हूँ पहीली बुझ पङ्खदार ।
वसन्तको फूल लिँदी सिँगार ।।
कता कताको सुकुमार सार ।
फुलेर उठ्दो क्षणको विचार ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले मलाई बिर्स्यौ भने

~नेत्र एटम~Dr Netra Atom

काँढाहरुले घेरिएको
गाढा रातो गुलाब
फुल्न छोड्ने छैन
हिमनदीको हिउँ पग्लन
र आकाशको नीलिमा
चम्कन छोड्ने छैनन्

ऋतु बदलिइरहने छ
तिम्रो मनजस्तै
झरी परिरहने छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरौ सास पिरतिको

~रामचन्द्र कार्की~Ram  Chadra Karki

आउ हामी संगै फेरौ सास पिरतिको,
आउ हामी संगै खाउ गास पिरतीको ।

छुटिएर के बस्नु खै हामी वारी पारी,
आउ हामी संगै रोपौ घास पिरतीको । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : भड्किएका आत्माहरुले खोज्ने खुसी

~नबिन पन्त~Nabin Panta

मेरा सपनाहरु र यथार्थताको दुरी टाडा थियो । त्यो दुरी सल्किएको चुरोट जस्तो होइन कि खन्दै गरेको खाल्डो जस्तो बढ्दै थियो। तर पनि म आफ्नो लक्ष्य प्रति दृण आत्मविश्वास बोकेर जिबनको दौडमा आफैसंग दौडीरहेको थिए । यो यात्रा पक्कै पनि त्यो अमेरिकाको सहर सम्म पुग्नेछ र मैले जिबनका हरेक सुख र खुसिहरु पाउने छु यसतै लग्थियो मलाई । जब अमेरिकाको बारेमा कसैले कुरा गर्थे मेरा कानहरु त्यतै तिर सोझिने गर्थे ।

अनि आफै आफै कल्पनामा रमाउने गर्थे त्यहाँको झिलिमिली सहर , ठुला ठुला बिल्डिंग , जानी नजानी खैरेसंग बोलेको टुटे फुटेको अंग्रेजी। “बुझ्ला नि है मैले बोलेको? ” आफैले आफैलाई प्रश्न गर्थीए । सायद कल्पना भन्ने कुराहरुको गन्तब्य हुदो रहेनछ सोहि कारणले पनि होला उत्तर आफै खोज्दै थिए ” ह्या! नबुझे मुसुक्क Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डा. जुजु राज श्रेष्ठका १४ हाईकुहरु

~डा. जुजु राज श्रेष्ठ~dr-juju-raj-shrestha

घट्ला भनेको
बडिरहेछ पिडा
कसो गरूँ म
१

सोध्दा जवाफ
हिड्ला कि त तर्केर
सोध्नै डराएँ
२

बनिरहें म Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment