गजल : हर दिन पर भागिरा’छ

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

गन्तव्य त्यो शान्त सौर्य, हर दिन पर भागिरा’छ
हिक्का छाड्दै मेरो देशले, अझै गुहार मागिरा’छ
**
बढ्छु भन्ने यौटा माथि, बाटै छेक्ने धुईरेपछि
बहु-वर्षीय बिसंगति, बनमारा झैं जागिरा’छ
**
साँचो सड्दा, आशै मर्यो, जिउनै सकस् भोगेपछि
दावा माथि धावा बोल्न, एक्लै निस्किउँ लागिरा’छ।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.