कविता : जुठी दमिनिको अभिव्यक्ति

~पारिजात~parijaat_3

जदौ हजूर….
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी,
आमाको एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती ।

तर कर्मको खोटी अलच्छिन् मोरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि बन्न चाहन्नँ

~संगीत स्रोता~Sangeet Srota

कविता पढिरहन्छु म सधैं
लेखिरहेको पनि छु
कहिलेकाहीं
तर
पटक्कै छैन मलाई रहर
कवि कहलिएर बाँच्न
मलाई थाहा छ
कविताको पुस्तकमा उल्लेख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तलाको रस

~सरस्वती प्रतीक्षा~Saraswoti Pratikshya

जति निचोरे
पनि मेरा कविताहरुलाई
एक
थोपा पनि झर्दैन
सुन्तलाको रस !

के
कविता हसुली वा कल्ली हो ?
वा कुनै झुमरा नाच हो कविता ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ सामुहिक आत्महत्या गरौँ

~हाङ्ग्युग अज्ञात~Hangyug Agyat

हिनताबोधको ठर्रा सुँघेर
प्रतेक साँझ मर्नु भन्दा
राष्ट्रको उन्नतिको कामना गर्दै
एक्लै कुनै कुनामा होइन
खुलामन्चमा एकजुट भएर
सिघ्र संविधान बनोस् भन्ने
परम् प्रार्थना गर्दै
यो भट्टी पसल जस्तो देशमा
आऊ सामुहिक आत्महत्या गरौँ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिनारीको खोज

~अविर खालिङ~abir-khaling

आकाश नपाएका सपनाहरु हाम्रा हुन्
वेग नपाएका उडान हाम्रा हुन्
नाम नपाएका बेवारिस उत्सर्ग कती टुहुरा छन्
समर्पणका कती कथा लांक्षित छन ।

सीमानामा सपनासँगइ कती मरे हाम्रा बाबुहरु
चिया टिप्दै, कुलेन गोड्दै कती सडे हाम्रा बाजेहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : गालिबको चिहानमाथि श्रद्धानत उभिएर

~सुवास खनाल~book-cover-galib-ko-chihan-prakash-sayami

मलाई सपनाजस्तो सुन्दर यथार्थ र सत्यजस्तो सुन्दर सपना सर्वाधिक प्रिय लाग्छ । यस्तै यस्तै कल्पनामा रम्दै रहनु मेरो दैनन्दिन पनि हो । यति नै पूर्ण छ ? यो म जान्दिन । म यतिखेर भावातिरेक आनन्दित छु – गालिबको चिहानमाथि फक्रिरहेको सुन्दर फूलको परिदृश्य निहार्दै । यो कविता सङ्ग्रह हो,नामाङ्कित छ –गालिबको चिहान र अरू कविता । फेरि मलाई फूलका पत्रहरूझैँ यो सुन्दर पनि लागिरहेछ ।

प्रकाश सायमी कविताको अर्को अर्थ पनि बाँच्दैरहेछन् । यो उनको विशिष्टिकरणको अर्को पहिचान हो ।

कहीँ मैले नै लेखेँ – एक सफल नाटककार,फिल्मकार,कवि,कथाकार,निबन्धकार,गीतकार,समीक्षक आदि । एक शव्द अलराउन्डर । म उनको ईष्र्यालाग्दो स्मरण क्षमतासँग एकदमै प्रभावित छु । उनी एउटा लोभलाग्दो बौद्धिक व्यक्तित्व हुन् । उनको बारेमा बढि नलेखौँ ,प्रकाश प्रकाश हुन् …..,यत्ति । समीर जोशीले यही पङ्क्तिलाई जोड दिएर प्रकाश सायमीको कविता मन पराउँदै सायमीलाई गरेको टिप्पणी कविता सङ्ग्रहमा पनि समावेश गरिएको छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : छात्तीमा खसेका गजलका बूँदहरु

~हेमन यात्री~heman-yatri

मध्यपुषको एकदिन, शिशिर खसेको छ भुइँभरि । जाडोमा शरीरले रोपेको काँडा बोकेर उभिएका छौं, माझकिराँतको छात्तीमा । घाम आकाशको एक छेऊ भएर दगुरिहेको छ । मानौं, तिनलाई आकाशमा बस्ने रहर पटक्कै छैन आज । पारीपट्टी ट्याम्के निमग्न उभिएको छ रमिते भएर । शिलिचुङ्ग हुदैँ मातिएर आएको बतास हामीसँग ठोक्किएर पिखुवा खसेको छ सायद । लाग्छ अब त हावा, धुलो र धुँवा सहनलाई नामुद भईसकेका छौँ हामी ।

भोजपुरको टुडीखेल फरक मुद्रामा देखिएको छ आज । सुन्दर श्रृंगारिक गजलका शेरहरुजस्तै । पूर्वपट्टीको मञ्च बेहुलीझैँ लाग्नेगरी सजिएको छ । र सांगीतिक गजलले मैदानको मादकता बढाएको छ । लाग्छ यो बेला सिंगो भोजपुर इतिहास रच्ने क्रममा छ । समयले ठिक १ बजे हिर्काएपश्चात बल्ल मञ्चमा उक्लिए सञ्चालकद्वय प्रशान्ता राई र हरि दाहाल । सभाका अध्यक्ष राजन समीपले औपचारिक सभालाई अगाडि बढाउने अनुमति Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

बहरबद्ध गजल : हिँडे खाडी सयौँ काले

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

बने एक्ला सयौँ काली हिँडे खाडी सयौँ काले
रुँदै ढल्छन् कठै आमा बिदा गर्छन् रुँदै बाले ।।

छ आँखामा यही माटो, हरे ! आत्मा छ नेपाली
सकार्दै छन् उतै “कुस्ती” सुकेका रिक्त आन्द्राले ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आवश्यकता मेरो देशको

~पूर्ण मुनंकर्मी~Purna Munakarmi

हिमाल,
कुनै नवदुलहि
बिनसित्ति सासुको गालि खांदा
माइती सम्झेर एकान्तमा
शुष्क शुष्क रोए जस्तै
हिमाल शिखरहरु
पर्यावरणका िहंस्रक खुर्पाको चोटमा
निशब्द
बगाउँदैछन् हिउँका आँसु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रूम्तेककी सोनाम

~प्रवीण खालिङ~prabin-khaling

सोनाम
हिमालकी छोरी
तिम्रो आँगनमा न्यानो घाम छामेर
उभिएको छु,
धान फलेको तरेली-तरेली गह्राहरू
सुनको सपना लागेका छन्।
0 0 0 0
हो सोनाम
तिमी एका बिहानै उठेर
विश्व शान्तिको प्रे ह्वील घुमाउछ्यौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चोली हरायो

~एकु घिमिरे~eaku-ghimire

बिकास आयो,दौरा-सुरुवाल,चोली हरायो
आधुनिकता सँगै हाम्रो बोली हरायो ।

ट्याक्सी,कार मात्र हैन,टुइनेटर आए
प्रविधिको चेपमा परी डोली हरायो। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मैले भोगेको कोरिया

~प्रगति राइ~Pragati Rai

प्रिय !
मैले ‘हरियाली कोरियासँग’ भनेर
प्रेमपत्र लेखेको थिएँ
तिमीले त
‘हारियो कोरियासँग’ भन्ने पढेछौ क्यारे !
जवाफ कहिल्यै लेखेनौ ।

छुट्नुको पीडा लेख्दिनँ म
रुनुको पीडा लेख्दिनँ म
दुनियाँले लेखेको कुरा लेख्दिनँ म
सुनेथेँ – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नस, निशा र नासा

~केशव भट्टराई~keshab-bhattarai__1

उसको खराब लत थियो। पढाइको लगाब संगै उसले आफ्नो बैचारिक शक्ति गुमाइरहेको थियो। घरबाट हरेक दिन सिगरेट पिउन नजिकैको रेस्टुरेण्टमा जाने गर्थ्यो, अनि सिगरेटको धुवा फोक्सोमा भरेर घरमा फर्किन्थ्यो। रक्सीको मात हप्ता हप्तामा साथीको घरमा गएर लगाउथ्यो। एकदिन साझको बेला साथीको घरमै हातको नसबाट कोकाइन लिएपछि ऊ भुइमा बेहोश हुदै लड्यो। ऊ जब होशमा आयो, मानसिक स्थिरता पनि आफूसंगै गुमाएको थियो। त्यसको प्रभाव उसमा सधै रहिराख्यो। मेडिकेसन भइरहदा संयोगबस उसको एकजना केटिसंग भेट हुन पुग्यो जसको नजरमा ऊ एकदम राम्रो उमेद्वार प्रेमी बन्न पुग्यो। केटिको नाम निशा थियो, निशा उसलाई भरपूर्ण माया गर्न थाली। निशा को माया ले उसको मेडिकेसनमा सुधार हुदै गयो र उसको मानसिक स्थिरता, बैचारिक शक्ति र पढाइ क्षेत्र पनि दृढ बन्दै गयो। उसलाई संसारको सबैभन्दा चरम आनन्द प्राप्त भयो। दुबैजनाले प्रेम को यथा आनन्द लिन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

रत्नशम्शेर थापाका तीन ताङ्काहरु

~रत्नशम्शेर थापा~ Ratna Shamsher Thapa

आजको रात
जागिरहेछ इच्छ
सिंगौरी खेल्ने
मृत्‍युसँग मलाई
भित्रभित्रै रमाइ ।

परेलीदेखी
मीठा सपनाहरु Continue reading →

Posted in ताङ्का | Tagged , | Leave a comment

कविता : गाउँले कविको गीत

~चन्द्रवीर तुम्बापो~Chandrabir Tumbapo

मैले नै उमारेको हुँ मेरै मेहनतले
यो डाँडा यो पाखामा हरियो मुस्कान
मेरै मुटुको रङ पैँचो लिएर
रातो अझ रातो फुलेका हुन् यी गुराँस
मेरै रगतको टाकुरामाथि थपक्क अड्याएर राखेको हुँ
यी चमकदार हिमाल

ओ यो सहरको वरिष्ठ कवि

फरक यही हो
कुनै फोटोग्राफरले खिचेको तस्विर हेरेर तिमी
हिमालको कविता लेख्छौ

तिम्रो सहरको छातीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बेश्या प्रेमिका

~सुरेश गिरी~Suresh Giri

मन एकतमासको भो…!!!

जागिर छोडेको १२ दिन पछी मलाई अचानक उस्को याद आयो । अमेरिका गाकोनि २ बर्ष भएछ सालाले बिर्सेंछकि झै लाग्यो उफ्फ म पनि आफुले चाँही कहिले सम्झेर…?? सम्झेला कि भन्ने आशा राख्नलाई गाउँ मा हुँदा घुमेको पलहरु एक एक याद आउन थाले दस जोड दुई पढ्दा कि ति क्षणहरु ओहो केटी देख्दा त अती पो शर्माउथ्यो त त्यो… तर साला अहिले सब बिर्सेंछ कि क्या हो तोइट अरु को त कुरै छोडौँ यो जमाना मा पनि फेसबूक मा पनि याड भको छैन हामी साले ले भन्ने गर्थ्यो साथी भन्या आफु जिन्दगी को उचाई मा हुँदा सम्झिने अनी आफु गहिराही मा डुबेको बेला साथ दिने कोही भएन भनेर गनगन गर्ने बिर्सिन नसकिने जिन्दगीका नालायक पात्र मात्र हुन भनेर साचिकै हो रहेछ । नत्र मलाई एत्रो दिन आफ्नो जागिर हुँदा अनी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के दिवस रे?

~प्रणिका कोयु~pranika-koyu

हरेएएएएएएएएए शिव!
तिम्रो भागमा नि रहेछ एक दिन!
थाहा थिएन
हर्ष न विस्मात है मलाई त
किनकि म कहाँ तिमी आउने पल बेटुंगो

कहिले गुडिरहेको गाडीमा
कहिले खाइरहँदा
मेरो थकानमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नसा जिन्दगीको

~तिलक खत्री~tilak-khattri

एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन अनि राजु संगै पढ्ने भनेर हाम्रो लागी एकदमै नया सहर काठमाण्डौ हिडयौ । नया ठाउ,नया सहर ,नया उस्साह ,नया कल्पना र नया सपनाका बोकेर । सहर पुरानो थियो तर हामी सहरको लागी नया थियौ। मान्छेहरुको हुल थियो! तर,हामी एक्लै थियौ तिन जना मात्र काठमाण्डौ झरे पछि रबिनको काकापर्ने सानो तिनो जागिर गर्दै यहि सहरमा गुजरा चलाइरहेका उनको सम्पर्कमा गयौ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनुरोध

~सुबेश घिमिरे~subesh-ghimire

झर्‍यो पात एक, इतिहास लेखी,
कोपिला त्यो फक्‍र्‍यो सपना समेटी ।
‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ,
‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥

मिले हात तिम्रा, म बढ्थें अगाडी,
पाए साथ तिम्रो सबै बिघ्न नाघी ।
तिमी मूर्च्छना हौ ! मेरो कल्पनाको,
तिमी नै किनारा मेरो जिन्दगीको ॥२॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : यथार्थ र कल्पनाको सङ्गम

~बद्री पौड्याल~book-cover-sotala-dor-bahadur-bishta_upanyas

सामाजिक चिन्तकका रूपमा परिचित मानवशास्त्री डोरबहादुर विष्टको जम्माजम्मी डेढ सय पृष्ठको उपन्यास सोताला नेपाल र भोटबीच प्राचीन समयदेखि चल्दै आएको व्यापार र त्यसले नेपाली जनजीवनमा पारेको प्रभावको मार्मिक चित्रण हो । सय वर्षअघिको नेपाली समाज, बाहिरी संसारसँग नेपालको सम्बन्ध, त्यसमा पनि खासगरी भोट (हाल चीनको तिब्बत स्वशासित क्षेत्र)सँग काठमाडौं उपत्यकाका रैथाने नेवारहरूको बन्दव्यापार र यसले उनीहरूको पारिवारिक तथा सामाजिक सम्बन्धमा पारेको प्रभावलाई पृष्ठभूमि बनाएर लेखिएको यस उपन्यासको नाम नै भोटका तिनै नेपाली व्यापारी, जसलाई स्थानीयले ‘सोताला’ भन्थे, बाट जुरेको छ ।

सोताला मा निश्चय नै लेखकको सामाजिक अनुसन्धाताको व्यक्तित्वको गहिरो छाप झ्ल्किन्छ । कथावस्तु र पात्र Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : कमाएर खान्छ नेपाली

~बिष्णुमाया बिभु~bishnumaya-adhikari-bibhu

आफ्नै बल बुद्धिले कमाएर खान्छ नेपाली
केबल पौरखमा आफ्नै रमाएर खान्छ नेपाली

ज्यून चाहन्न बिलासले, बन्दैन दास कसैको
मिहेनतको रगत पसिना जमाएर खान्छ नेपाली Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आऊ गरौँ सहमति

~शैलेन्द्रकुमार शाह~

ल्याइछाड्यौं आखिर हामीले नेपालमा गणतन्त्र
गरौं लुट सबलाई छ छुट यही हाम्रो मूल मन्त्र
खण्ड-खण्ड पारौं अब पहाड मधेस गाउँ सहर
पूरा गरौं हामी सबले नयाँ राजा बन्ने रहर
सुन्दर शान्त विशाल नेपाल हेर्ने इच्छा छैन कति
आऊ गरौं देशलाई टुक्र्याउने सहमति

भागबण्डा गरौं कुर्सी राखौं है कुनै र्सत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटै कुरा पाइनँ मैले

~शिव वियोगी चौलागाईं~

जिन्दगीमा धेरै पाएँ एउटै कुरा पाइनँ मैले
आकाशको तारा दिन्छु वाचा कसम खाइनँ मैले

आँसु देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ
तिर्मै रूप यस्तो- उस्तो कहिल्यै गाइनँ मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सुनुवार भाषी कविता : किललो

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

मुलाअ्त गो
किललोका ’ग्याइताङ,
किललोका ग्याइशा,
आँ लोअ्बकलि हिललो पाइताङ,
एको किललो मार पाचा ?
लोअ्बम देँऽत गे नु गो ’योअ्शा ओचा । Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : तिहार रक-पप

~समीर मुखिया~

आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ
शून्य गाउँ छैनन बथान संगिनीका सब ।
भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ
राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥

पोतिएको छ घरगाउँ हिजोआज शहरिया रंगले
मर्म छैन भैलिनिको मौलाउँदै पप-डिस्को खाली । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : त्यो डुम्रीको रूख

~थानेश्वर सापकोटा~

साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। माथिको बिसाउनी हुँदै हाम्रै बारी मुन्तिरबाट नारायणीमा मिसिने जयश्री खोलो चैतमै सुकिसकेको थियो।

कान्लाको डुम्रीको बुटोले सायद यो खडेरी पार गर्न सक्दैन। म जन्मदाकै दिन सारेका हुन् रे बाले। हर्लक्कै बढेर दस वर्षमै अजंगको रूख बनेको थियो त्यो। एकै दिन यो धर्तीमा रोपिएका डुम्री र म- ऊ बढेर बडेमानको रूख बन्यो, म बढ्न सकिनँ गान्टे भएँ। कम्ता पिर पर्थेन स्कुलमा सबैले गान्टे भनेर जिस्क्याउँदा। म कलिला आँखामा पिलपिल आँसु बगाउँदै आमालाई सोध्थें- आमा म किन गान्टे भएँ। आमाको सधैं एउटै जवाफ हुन्थ्यो- डुम्री बढ्यो नि त। त्यो डुम्रीको बुटो गिँडेर दनदनी आगो बालौं जस्तो हुन्थ्यो कति बेला। कति गाढा भ्रम थियो- Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नबोदय

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

आदि,
अकडो अन्यको ।
बुझै,
अकन्टक शशिलाई ।
आज एउटा अन्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जानिन

~टेकबहादुर सुनुवार~

आँसु झार्नु बृहत पिडा हो!
उमंग मा पनि वेदना हुन्छ!
पिडामा साथ दिने आफ्नु जाती हुन्न!
वेदना पुछ्ने आफ्नै सन्तान हुन्छ!

जब पिल्छिएको हुन्छ चोटहरु
बजारिन्छ सपनाहरू बगरमा
झिनो आशा रहन्छ जिउने यता कता! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोजहरूमा अचेल

~सन्तोष लामिछाने~Santosh Lamichhane

भोजहरूमा अचेल देखिन्छ
असुरक्षाका भ्रमले आशंकित
मानवीय तरलता
त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन्
सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता

त्यहाँ भेटिन्छन्
सपनामा मातृभूमि देखेर गद्गद् बृद्धहरू
पवित्र हाँसोका उपहार पस्कदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Alternatives

~Pravin Aryal~pravin-aryal

So many, alternatives among the problems
According to our choice for our benefits
Freely we can select freely we can use
So the our goals of human rights
We may reserve we may consume Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : सिमाना

~अभिसेक ढुङ्गाना~abishek-dhungana

खै के सम्झानु छिमेकले, घतगरि सुस्ता लुटेको दिन,
छाती चिर्र चिरा परिकाना फुट्यो, सिक्किम फुटेको दिन |

राष्ट्र यो रोयो झरेर बलिन्द्र आसु , आमा रुदै थिन पर
बजो बनाई आमा को काख यो समय हसिरेको तर | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : के के खान हुन्न

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

सुन सुन नानीहरू
खानेकुरा सुन
के के खानुहुन्छ अब
के के खान हुन्न ।

दुःख खान हुन्छ बाबा
हरेस खान हुन्न
दुःख सुख जे परेनि
चरेस खान हुन्न । Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment