कविता : बाबा ! भन्नुस न कहिले अाउनु हुन्छ ?

~प्रद्मुम्न जोशी~pradhumna-joshi

कसैले पनि तिम्राे बाबा कहिले अाउनुहुन्छ भनेर
नसाेधिदिए हुन्थ्याे
हरेक दिन हरेक पल
म याे प्रश्न अाफैसंग साेधीरहेकाे हुन्छु
अनि, जवाफमा अाँसु बाहेक
मसंग कुनै उत्तर हुँदैन,
बाबा खाेज्न हामी कुन निकायमा पुगेनाै
कुन कायर्लयकाे ढाेका ढकढक्याएनाैँ
सहयाेग गराैँला भन्ने त धेरै भेटिए
तर,बाबा भेटिए कसैले भनेनन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : जे छ नाममै छ

~नगेन्द्रराज रेग्मी~

विश्वका असङ्ख्य अनुहारहरूका बीचमा आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । कतिपय व्यक्तिहरूले आफ्नो वास्तविक नामलाई लुकाएर, गोप्य राखेर उपनाम, छद्मनाम, लामा र छोटा नामहरू प्रयोग गर्ने गर्दछन् । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन अत्यधिक बढिरहेको देखिन्छ ।

के हामी गोविन्दप्रसाद प्रधानलाई चिन्दछौँ ? विष्णुदेवी वाइबालाई नि ? अति तिलकप्रसाद शर्मा खनाललाई ? उत्तर ‘चिन्दिनँ’ भन्ने नै आउँछ । चेतमानसिंह भण्डारी, महेश्वर पौडेल वा मेघराज नेपाललाई नाम, नागरिकताको नाम अथवा वास्तविक नाम हामीलाई थाहा हुँदैन, तर तिनै व्यक्तिको उपनाम भन्नासाथ हामी उनीहरूलाई सजिलै चिन्दछौँ । अनि भन्छौँ कृष्णचन्द्रसिंह प्रधान, पारिजात, भाउपन्थी, मनुब्राजाकी, इश्माली, मञ्जुल आदि आदि भनेर । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : आमा

~डा. दीनबन्धु शर्मा~dr-dinbandhu-sharma

जब साउनमा झम्म बर्खे बादल बर्सियो
धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो

त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ
अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भुक्नु हुन्न साथी

~कृष्ण पौड्याल~

गल्ती गर्दैमा भुक्नु हुन्न साथी।
चुमेर शँख फुक्नु हुन्न साथी॥

दोषिले भुल स्विकार्छ भने यदी।
सच्चाउनु पर्छ हुक्नु हुन्न साथी॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाबुराम लामिछानेका अठार मुक्तकहरु

~बाबुराम लामिछाने~baburam-lamichhane

केही हैन भन्दै छाडेको परिप्रेक्ष्यमै म रमाइरहेको छु
जस्तो भए पनि आफ्नै झालपात म समाइरहेको छु ।
आशाको लहरोमा जिन्दगीको फूल कतै झुन्डिएकै छ
जे होला, जरामा आस्थाको मलजल म चढाइरहेको छु ।।

म त्यहाँसम्म आउने बाटो खोजिरहेको छु
प्रेमपुष्प चढाउने अवसर खोजिरहेको छु
कुन किरण समातेर आकाशगंगा पारगर्नु
पंख उचाल्दै आफ्नो शक्ति जोखिरहेको छु

सूर्यका किरणले सखारैसखारै ध्यान तान्छन् जसरी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

सूत्रकथा : औसत स्थिति

~दिलीप आचार्य~Dilip Acharya

शहरको एउटा छापाखानामा उनीहरू दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य वृद्धिका कारण ‘पुरानै दररेट’ भन्दा बढी दिन नसक्ने प्रेसवालाको निचोड थियो । Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : स्याङ्जाली लोकगीत अन्तर्गत आँधीखोले लोकगीत

~तुलसी प्रवास~Tulasi Prawas

हरेक मुलुकका आ—आफ्नै संस्कृति अनुसार लोकगीतहरू हुन्छन् । नेपालका पनि पचहत्तरै जिल्लाका लोकगीतहरूको समष्टि स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको फेद एउटै छ र इतिहास पनि । मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य विशेषताहरू बटुलेर नेपाली लोकगीतहरूको एउटा रुपरेखा तयार पारिएको छ तर विभिन्न क्षेत्रमा पाइने लोकगीतहरूको समग्र संकलन हुन भने सकेको छैन ।

नेपाली लोकगीतको बीजभूमि खोज्दै जाँदा वैदिक साहित्यसम्म पुगिन्छ । उच्च धवल हिमश्रृङ्खलाले घेरिएको , हरिया पहाडहरूले भरिएको, कञ्चन जलप्रवाहका पवित्र हिमनदीहरूले नागबेली पारेर सिचिंएको यस नेपाल Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

एक स्वर्णिम दिन,
म खुशी थिएँ मृत्युबोधले
रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव।

नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य
कलिलो दीप खोज्दैथियो बैँश छर्न!
उसलाइ मार्न छुट छ र कसैलाइ ?
पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म !
ठीक तिमी बिपरीत-भन्दैछु-दीप बल्नुपर्छ मैन जल्नुपर्छ!
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ऊ बेश्या होइन

~सुमन काले~Suman Ghimire 'Kale'

“दाइ, ” एउटा अपरचित नारी आवाज, मेरो कानमा गुन्जियो ।

म बिस्तारै पछाडी फर्केर हेरें! एउटा त्यस्तै २४-२५ जतिकी केटी खिस्स हाँसी ।

केटी बोली : “दाइ जाने हो?”

म बेसुर मै बोलें, “जाने हो साथी आएपछि । “

बागबजारको आकासे पुलमा साँझको त्यस्तै ६:३० बजे म मेरो साथीलाई कुर्दै थिएँ । तर ऊ आउन ढिलो गरिरहेकी थिई । सबै जना आफ्नो आफ्नो गन्तब्यतिर लाग्दै थिए । सिमसिम असारको झरीमा म पनि के कम ! निथ्रुक्क रुझेका केटीका कसिला छाती नियाल्दै समय काट्दै थिएँ साथीको पर्खाइमा । तिनै मान्छेको भीडबाट एउटाले मलाई बोलाएकी थिई, ” दाइ जाने हो?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, पैसा र बूढीआमा

~अशोक अधिकारी~

‘जाने क्युँ लोक दोस्तको भूल जाते हे, सायद लोक सचही केहे ती हे सागर मिल्ने पर लोक बारिस भूल जाते हे । खाली तिम्रो यादले सताउँछ, आई डन्ट नो, ह्वाई ?’ गएको बुधबार मैले धेरैपछि आफ्नो दैनिकी लेख्ने डायरी पल्टाएँ । दिनभरको पारिवारिक तनावलाई डायरीमा पोख्नुप¥यो भनेर डायरी खोलेको मेरो आँखा सबैभन्दा पहिले माथि प्रस्तुत एसएमएसमा पुग्यो । ३१ डिसेम्बर २००९ मा मेरो मोबाइलमा आएको यो एसएमएस मैले त्यसै दिन डायरीमा टिपेको थिएँ । यो एसएमएस मेरो एक विशेष मित्रले पठाएकी थिइन् । उनको नाम हो, निशा । कुनै समय स्कुलमा पढ्दा चिनेकी उनी आज डायरीका पाना र सम्झनामा सीमित मात्र छैनन् उनका कर्मपथमा लागेका ठक्करले बेलाबेला झस्काउँछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक कविका अनेक कथा

~शार्दूल भट्टराई~book-cover-kanad-ka-kathaharu-kanad-maharshi

कणाद महर्षि मूलत: कवि हुन् । तर, उनको लेखन विधा कविता मात्र होइन । उनी राम्रा कथाकार पनि हुन् । कविता सँगसँगै उनले कथाहरू पनि लेखेका छन् । तापनि उनको चर्चा भने कविकै रूपमा मात्र हुने गरेको छ ।

कविता सिर्जना सँगसँगै कथा लेखनमा पनि सक्रिय रहेका कणाद महर्षिका चार वटा कविता संग्रह र एउटा संयुक्त काव्य गरी पाँच वटा कविता–कृति प्रकाशित भएका छन् । पाँच–पाँच वटा कविता–कृति प्रकाशित भइसक्दा एउटासम्म कथा–कृति प्रकाशित नभएका कारण पनि हुन सक्छ कतिपय पाठक र समालोचकहरूका दृष्टिमा उनी कथाकार ठहरिन सकेनन् । तर, अब उनको कथा–कृति पनि सार्वजनिक भएको छ । कवि कणाद महर्षि कथाकार पनि हुन् भन्ने दर्बिलो Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : किरन्टोकी

~कात्यायन~dhanwantari-mishra-katyayan

– हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ |

– मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर जले जस्तै भान हुन्थो र म आफ्नै हात र पाखुराहरू मोहले सुम्सुमाउन पुग्थें | कतै त्यो अग्निले मलाई पनि भष्म गरेर राख बनाउने त हैन ! मलाई मेरो शरीरको साह्रै माया लागेर आयो र संगै बसेकी श्रीमतीलाई हिंड्नलाई संकेत गरें | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यपत्र : २०६० को दशकमा नेपाली कथा

~घनश्याम घिमिरे~

सारसङ्क्षेप            

(प्रस्तुत “वि.सं. २०६० को दशकमा नेपाली कथा” शीर्षकको कार्यपत्र २०६० सालदेखि २०६९ सालसम्म प्रकाशनमा रहेका नेपाली कथामा केन्द्रित छ । कथाको सामान्य परिचय र नेपाली कथाको इतिहासका बारे सङ्केत गरी नेपाली कथाको आधुनिककालको उत्तरवर्ती कालखण्ड अन्तर्गत पर्ने साठीको दशकभित्र प्रकाशित प्रमुख कथासङ्ग्रहहरुलाई आधार बनाएर विश्लेषण गरिएको छ । यसक्रममा सम्बन्धित कथाकारका कथाकृति र प्रवृत्तिका बारे सामान्य सूचना दिने गरी तालिका तयार गरेर विषय, विचार र भाषाशैलीका आधारमा सामान्य विश्लेषण गर्दै यस दशकको मुख्य कथात्मक पहिचान प्रस्तुत गरिएको छ ।)

आमुखः

‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर बनेको कथा शब्दको शाब्दिक अर्थ कुरा कथ्नु वा भन्नु भन्ने हुने भए पनि आज यस शब्द एउटा महत्वपूर्ण साहित्यिक विधा विशेषलाई बुझाउनुसँग सम्बन्धित छ । साहित्यको आख्यान विधा Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : नेपाली पर्दामा बुद्ध

~मीना बज्राचार्य~mina-bajracharya

चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको “पटाचारा” चलचित्र बौद्धकालीन कथामा आधारित छ । प्रेममा अन्धो भई घर परिवार त्यागेकी पटाचाराको कारूणिक जीवनको कथा बोकेको यो कथामा उनलाई भगवान बुद्धले उद्धार गर्ने देखाइएको छ । नेपाली र नेपाल भाषा दुबैमा बनेको “पटाचारा” मा मेलिना मानन्धरले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । यसभन्दा अघि “चाण्डालिका” शीर्षकमा पनि एउटा बौद्धकालीन कथामा आधारित चलचित्र बनिसकेको छ । नेपाल भाषामा निर्माण गरिएको “चाण्डालिका” का निर्देशक मनीष श्रेष्ठ हुन् । यस चलचित्रमा हिसिला महर्जनले शिर्ष भुमिका Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मसित रात, बिताई हेर !

~मबि सिंह~Mabi Singh 'Sirish'

केही त होला, चिताई हेर !
मसित रात, बिताई हेर !

भेटछौ हरा’को, तिम्रो आक्रिती
मसँग आँखा, जुधाई हेर ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानक हराएपछि

~वियोगी बुढाथोकी~biyogi-budhathoki

हिँड्दै गरेको बाटो अचानक हराएपछि
चोर भागेकोछ छिमेकी कराएपछि

भुक्न छाड्दैन टोक्न पनि बेर लाउँदैन
कुकुरदेिख मानिस आफैँ डराएपछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~kanakdhara-swami-swadeshanand

छन्द : शार्दूलविक्रीडित

मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि
गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि।
आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्।
गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।।

गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी।
‘गौरी’ प्रेम गरेर हृत्कमलमा राख्दैछु जैलेघरि।
‘गौरी’का सँग हाँस्छु,रुन्छु कहिले नाचेँ र गाएँ पनि।
‘गौरी’ले नवजीवनी भरिदिईन् सिर्जेर संजीवनी।।02। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : जन्मेर कोखमा कसैको

~तुलसी घिमिरे~Tulsi Ghimire

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो

कस्ले छोडेको कस्तो नासो हो
जिन्दगीको अनौठो नाता
को हो आफ्नो को हो विरानो
के होला यो रगतको नाता Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : लक्ष्य

~राजा पुनियानी~Raja Puniyani

टिङटिङटिङटिङटिङटिङटिङ।।।

एउटा बूढो हातले समाएको काठको मार्तोलले लामो ठोक्यो जलप उप्किसकेको घण्टीलाई।

घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै। यसरी नै सधैं दुवै एकसाथ घर फर्किन्छन्। घर फर्किनुअघि दोकाने बढीको आलुदम किने दुइ(दुइ रुपियाँको। सिन्काले घोंच्दै आलु मुखमा हाल्दा(नहाल्दै दुवै पीरोले स्वाँस्वाँ गर्न थाल्छन्। घर जाँदा आउने लामो उकालो बाटोजस्तै उनीहरूलाई पीरो पच्न थालेको छ, जाडो पच्न थालेको छ, जङ्गली बाटोको ठेस पच्न थालेको छ। अनि, कहिलेकाहीँ ठीकलाई ठीक हो, कहिले चाहिँ बेठीकलाई ठीक हो भनेर लदाइएका तीता र चाम्रा कुराहरू पनि। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

नेपाली भजन : भगवान तिम्रो शरणमा आएँ

~पुष्पा खनाल~Pushpa Khanal

न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ
तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ

तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा
तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार Continue reading →

Posted in नेपाली भजन | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~Ramesh Khakurel

यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको बारीमा मन लाग्यो पसेर उखु खान थाले । कसैले केही भन्दा पनि भनेन ।

एक दिन यसै गरी उखु खाइरहेका बखत चारवटा भोटे कुकुरहरूले लखेट्न थालेछन् । उनीहरू भाग्न थाले । Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : रगतको महत्व

~बिमल गुरुङ~bimal-gurung

दिएका बलिदानहरु
इतिहासमा अमर रहन्छन्
बगाएका रगतका
फाल्सा फाल्साहरु
दानवहरुले पिएर पिउन सक्दौनन्
किनकि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मृतशय्याको राष्ट्रियता

~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~

म शिथिल भएको छु
लामो समयदेखि,
केवल सासमात्र बाँकी छ
उपचार त अब आशमात्र ।

हे
मेरा प्राणपुत्रहरू, सुसारेहरू !
तिमीलाई भय छैन मातृत्वको –
जुन समाप्त हुने खतरामा छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~Manoj Bogati_1

एउटा दह्रो रेखा छ
त्यसलाई टेकेर निस्किएको छ उ
रावनबाट ज्ञान थाप्नु

शरीरमोह
च्वाट्ट चुट्टिएको छ
उसको जीवनको गुड्डीबाट।

खेल्नु त हो जीवन
खेलौं। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मोफसल र काठमाण्डौ

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

काठमाण्डौं र मोफसलहरु आपसमा
टेलफोनले जोडिए
हवाइमार्गले जोडिए
इन्टरनेटले र इमेलले जोडिए
नजिक अनि झनझन नजिक भए ।
लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हेरिरहुँ जस्ती

~रुमानी राई~rumani-rai

देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती
न्यानाे न्यानाे अंगालाेमा बेरिरहुँ जस्ती ।

जून जस्तै खुलेकी फूल जस्तै फुलेकी
याे मन लठ्ठै पार्ने सुन्दरताले चुलेकी
याे अाँखाकी रानी ितमी धरतीकी परी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : तथाकथित

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो |

+’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो |

उसले आँखा रसिलो बनाई |

+’तपाईले अब बिवाह गर्नुपर्छ |’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~subash-khanal

तस्वीर खिच पत्रकार
हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान्
तिम्रा बिकाउका सामान बन्नेछन्

सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ –
……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ …..

रेडियो नेपाल
तिमी केही हिन्दी गीत सङ्गीत
र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~Bikram Subba

उहिले,
मेरा बा कमाउँनु हुन्थ्यो
घरमा उहाँकै हुकुम चल्थ्यो

पछि म कमाउँन थालेँ
मेरो हुकुम चल्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~lekhnath-chhetri

बितेको बर्ष
स्नातक-पत्र थापेर
आफुलाई अब्बल बेकारी प्रमाण गरेको
त्यो एतिहासिक दिन
छोडिराखेको हुनुपर्छ हामीले
बर्चहिलको बाटो ।

बर्चहिलको खस्रो माटोमा खिइएर गएको
दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आत्मकथाको टेकोमा इतिहासको अभिलेखीकरण

~राजेन्द्र पराजुली~book-cover-lokraj-baral-romanchit-jiwan-biography

‘आ फ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्छन्। शब्दको ख्याल गर, किनभने ती कार्य बन्छन्। कार्यको ख्याल गर, किनभने ती बानी बन्छन्। बानीको ख्याल गर, किनभने ती चरित्र बन्छन्। चरित्रको ख्याल गर, किनभने ती भाग्य बन्छन्। र, भाग्य नै तिम्रो जीवन हुनेछ।’ जर्मन दार्शनिक लियोनार्दो वोफका भनाइ हुन् यी। नेपाली प्राध्यापक तथा कूटनीतिज्ञ डा. लोकराज बरालले यिनै ६ वाक्यलाई जीवन बाँच्ने मूलमन्त्र बनाएको उनको आत्मकथा ‘रोमाञ्चित जीवन’ पढ्दा थाहा हुन्छ। यसले उनलाई लोकतन्त्रप्रति निष्ठावान, चरित्रवान, कर्मशील र सुधारवादी चिन्तक बनाएको देखिन्छ।

प्रा. बरालको आत्मकथाले विशेषगरी २००७ देखि २०६२/६३ सालसम्मको राजनीतिक परिवर्तन र त्यसले Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन्
सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन्
जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि
मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।।

मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन्
फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन्
यो अक्करे ठक्करे जिन्दगीको राजमार्ग वर पर Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment