~असिम सागर~
महोदय,
तिमीले
सुँघ्दैमा मेरो बास्ना रित्तिन्न
तिमीले छुँदैमा मेरो सौन्दर्य
मर्दैन
तिमीले चोर्दैमा
मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो-जो जान्छन्
मलाई होइन,
मेरो लाश लिएर जान्छन् Continue reading
~असिम सागर~
महोदय,
तिमीले
सुँघ्दैमा मेरो बास्ना रित्तिन्न
तिमीले छुँदैमा मेरो सौन्दर्य
मर्दैन
तिमीले चोर्दैमा
मेरो मुस्कान चोरिन्न
मन्दिरमा जो-जो जान्छन्
मलाई होइन,
मेरो लाश लिएर जान्छन् Continue reading
~बुद्धवीर लामा~
चोली राम्रो पाल्पाली ढाकाको
हेराइ राम्रो मायालु आँखाको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
न्याँनोमा न्याँनो पस्मिना बर्को काठमाण्डौं शहरको
ल्याइदेऊ न साँइला हात पटासे भादगाउले खाँडीको
वैंश मिठो सोह्र र सत्रको Continue reading
~रामचन्द्र खतिवडा~
बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए ।
बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए । उन्नाइस दिनसम्मको आन्दोलनले शाही सत्ता ढल्यो । Continue reading
~यादव खरेल~
एउटा मान्छे मन पर्छ भुल्न सक्तिन
आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन
कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने
कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने
संगिनीले जिस्क्याएर बस्नै गारो भो
सिमलको भुवा पनि मलाई सारो भो Continue reading
~सुरज दहाल~
“माधवी”महाभारत , उधोग पर्वको एक मिथक हो । नेपाली जगतमा माधवी मदनमणी दिक्षितको उपन्यास मार्फत परिचित छ भने भारतिय जगतमा माधवी भिष्म साहनीको प्रसिद्ध नाटक र अनुपमा निरंजनको उपन्यास पनि हो ।
“माधवी” नहुष कुलमा चन्द्रवंशका पाचौ राजा ययाती पुत्रीको रूपमा प्रस्तुत एक नारी पात्रको रूपमा चित्रीत गरिएको छ जबकि माधवी कसकि पुत्री हुन ? माधवीकि माताको नाम कतैपनी उल्लेखित छैन । गालव विश्वमित्रको एक अत्यन्त प्रिय शिष्य हो जसलाई माधवीले प्रेम गर्दछिन ।
बाइबलमा याकुबका बाह्र पुत्रले अलग अलग वंशजको विकास भएको र ययातिका पाँच पुत्र बाट पाँच वंशज अगाडी बढेको सम्बन्ध रोचक लाग्दछ । यदु र पुरु जस्ता पुत्रका पिता सम्राट ययातीले गालवलाई आफ्नी पु Continue reading
~नाओया शिगा~
अनु : रुमन न्यौपाने ‘अमन्त’
सिबेईको आमा बाबुलाई थाहा छ उ प्राय लौका किन्न आफैं जान्छ । उसले त्यो केही ऐनमा लेराउँथ्यो र छिट्टै त्यो ठुलो संग्रह बन्दै थियो । जब उ लौका लिएर आउँथ्यो, त्यस माथि कुनै यन्त्रको सहायताले प्वाल बनाउँथ्यो । बिँयाहरुलाई त्यस माथि पारिएको प्वाल बाट निकाल्थ्यो । त्यसपछि लौका बाट निस्कने नमिठो गन्घको प्रतिरोधको लागी त्यसभित्र केही चियाको पातहर हाल्थ्यो । अब उसको काम बुवाको कपमा जोगाएर राखेको पोलिसको थिग्रालाई साबधानी र्पुबक त्यसको बाहीर दल्नु हुन्थ्यो । सिबेईको लौका प्रतीको रुचि उत्कठ थियो । एकदिन उ समुन्द्र किनारामा घुम्दै गर्दा, मनपरेको बिषयमा घोत्लिदै गर्दा । उ एउटा साधारण दृश्यले अचम्मीत हुन्छ । उसले एउटा तालुखुईले, लामो टाउको भएको बुढो आफ्नो छाप्रो बाट हतारिदै समुन्दै तिर निस्कँदै गरेको देख्छ । Continue reading
~जीवन दहाल ‘पीडित’~
टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो ।
चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा भने साँचो लगाएर पानी खोल्न नमिल्ने बनाइएको रहेछ ।
टुटीभन्दा निकैमाथि ट्याङकीकै भित्तामा रातो इनामेलले लेखिएको थियो– Continue reading
~अशेष मल्ल~
आज कतै गएर
एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ
मनका सबै लगाम फुकाएर
आज कतै दौडूँ लागिरहेछ
मन सधैँ पानी भएर बग्यो
उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो
निर्मम चट्टानसँगको साउती र सम्झौतामा
चुपचाप बग्दोछ यो मन
कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो Continue reading
~शीतल गिरी~
विम्ब कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौंमा सम्पन्न गरिसकेका छन् । उनका कविता अति मन पर्छ मलाई ।
उनले बनाएका चित्रहरू सधैं हेरूँ हेरूँ लाग्छ मलाई । प्रेम, पीडा र दु:ख मिसिएको पाउने गरेको छु कविता र चित्रमा । उनको कविता वाचन शैली पनि बेजोड छ । प्रस्तुति सुनिसकेपछि उनका कविता पढ्न बस्ता त्यही वाचनशैली याद आउँछ ।
कतै नअड्की, शब्द र वाक्यांश वाचन गर्दा आरोह–अवरोह मिलाएर, दुई वाक्यांशबीचको विश्रामलाई बडो महत्त्व दिएर कवितावाचन गर्दा रहेछन् । रमेश श्रेष्ठ पोखराको माटोमा हुर्केर सशक्त कविको रूपमा आफूला Continue reading
~साम्ब ढकाल~
अक्षरहरु हिँडिरहे
नपुगुन्जेल हिँडिरहे
अक्षरहरु हिँडिरहे / हिँडिरहे ।
मान्छेहरुलाई भेट्न हिँडिरहे
मान्छे भेटुन्जेल हिँडिरहे
मान्छे फेला पार्न हिँडिरहे
मान्छे फेला नपारेसम्म हिँडिरहे
अक्षरहरु हिँडिरहे/हिँडिरहे । Continue reading
~भीष्म उप्रेती~
बिहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ । मनभरि उत्सुकता थियो आजको यात्राको । यस यात्राको सबैभन्दा उत्कर्षानन्दलाई अनुभूत गर्ने तयारीमा थियौँ हामी । यात्राभरिको सबैभन्दा उचाइमा रहेको थोराङला पास हुँदै अघि बढ्दै थियौँ आज । यस्तो उत्सुकताबीच पनि उठेर यात्राको लागि तयार भइहाल्ने जाँगरलाई जाडोको निरन्तर आक्रमणले उठ्न नदिएर ओछ्यानमै लम्पसार भइरहन विवश पारिरहेको थियो ।
सवा चार बजेतिर माइला दाइ कोठामै आइपुग्नुभयो बोलाउन । श्रीओमजी, मणि, ठाकुरजी र म चारै जना ज¥याकजुरूक उठ्यौँ चिसोसँग पौँठेजारी खेल्दै । हतारहतारमा सबै काम सकेर झोला बोक्तै लौरो टेकेर डाइनिङ रूममा पुग्यौँ । Continue reading
~राजेश बुढाथोकी~
त्यो रात म उसैसँग सुते । बिहान उठेर उसले भन्यो, “मसित हिँड तिमीलाई यहाँको भन्दा डब्बल दिन्छु ।” म तत्क्षण जान तयार भएँ ।
म वेश्या हुँ, यसो भनिरहँदा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु तब विगतका अभिव्यञ्जनाहरुले घाँटी निमोठ्न थाल्दछन् । आफ्नै विगतप्रति प्रश्रव वेदनाकी स्त्रीझैँ छटपटाउँछु ।
आफ्नै नियतिप्रति आजित भएका श्रीमान्ले भने, “माया, कत्ति दुःख गर्नु यसरी ? अब दुई÷तीन वर्ष विदेश पो भासिनुपर्छ क्यार ! तिमी घरव्यवहार सम्हाल है । उताबाट फर्किए’सी छोराछोरी पढाउनुपर्छ । सानोतिनो व्यवसाय गर्नुपर्छ ।” Continue reading
~बीजे विद्रोही राई~
कविता ! कविता !! कविता !!!
के कविता ? कस्तो कविता ?? किन कविता ??
म मेरो कविताको हत्या गर्न चाहन्छु
म मेरो कवितालाई उखेलेर फाल्न चाहन्छु
जो हृदयको वृन्दावनमा उम्रेर पनि
देउराली भञ्ज्याङमा उम्रन सकेन
पोर्नस्टार सन्नी लियोनको चर्चा गरेर Continue reading
~एन पी भावी~
मध्येरात एकान्तमा जुनको मैले साथ पाए
पीडाबीच टहलिदा उनको मैले साथ पाए ।
समाजको पर्दाबीच ऐना मैले हेर्दै गर्दा
बेकम्मा रास भित्र घुनको मैले साथ पाए । Continue reading
~पुरुषोत्तम सुवेदी~
नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।
म अवश्य प्रवेश गर्नेछु
नारायणहिटी
पाँच अक्षौहिणी प्रयत्नसहित
विजय नामको साथी Continue reading
~केशब आचार्य ~
कहाँ हुनछ कस्तो हुन्छ नदेखिने माया
छात्तीभित्र मुटुसँग समेटिन्छ माया —
आसुँ बनी आँखाबाट बगिदिन्छ माया
हाँशो बनी ओँठबाट हांसी दिन्छ माया — Continue reading
~बलराम तिमिल्सिना~
कमरेड कमाउ हँसिलो छ अचेल
रसिला कुरा गर्छ प्राय सवैसँग
उसको लागि यही पार्टी महान छ
महान छन प्राय सवै नेताहरू
ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ
ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ
प्राय सुट टाईमा ठॉटिएर हिड्छ
उन्नति प्रगति र पदोन्नती धडाधड भएका छन
दुई चार वटा परियोजनामा लगानी गरेको छ Continue reading
~सञ्जय साह मित्र~
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वोत्तम कृति मुनामदन खण्डकाव्यको लोकप्रियता देशविदेशमा व्याप्त छ । अन्यान्य विकसित भाषाका कवि तथा समालोचकको बीचमा पनि महाकविको अमर कृतिको सुनाम पैmलिएको छ । स्वच्छन्दतावादी धाराको अनमोल कृतिको रूपमा रहेको मुनामदन खण्डकाव्य नेपाली मातृभाषीका साथै नेपालका अन्य मातृभाषीमा पनि त्यतिकै प्रिय रहेको छ । मुनामदनको प्रियतालाई उच्चतम रूप विभिन्न भाषामा अनुवाद हुनुले पनि स्पष्ट गर्दछ । नेपालीमा एमए गर्दा मैले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व विशिष्ट विषय बनाएको थिए“ । देवकोटाको विषयमा सामान्य नेपालीले पनि निकै कुरा बुझेका छन् तर उनलाई विषय बनाएर पढ्दा उनको विषयमा आधिकारिकरूपले जान्ने मौका प्राप्त भएको थियो । मेरो लागि निकै ठूलो Continue reading
हिजोसम्म मेलापात, बजार सँगै जान्थी ।
आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।।
तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती ।
पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।।
आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी । Continue reading
~केदार वाशिष्ठ~
एक दिनको समयको जोड
एक दिनको आयु घटाउ
भावनाहरुको गुणामा
पीडाहरुको भागफल
हात लाग्यो शून्य !
आउँदैनन् कुनै अङ्कहरु Continue reading
~जयन्ती ‘स्पन्दन’~
टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्यो।
“ओहो ! हजुर पो। कति सखारै त। अनि यतिका दिन कहाँ बेपत्ता हुनुभएथ्यो नी ? “गणतान्त्रिक नयाँ नेपाल बनाउने धुनमा तल्लिन भएर हो कि क्या हो ?” उनले छक्क पर्दै अनुहार नियालिन्।
“त्यस्तो त केही हैन भाउजू नयाँ चहलपहल, भेटघाट, के केमा व्यस्त भइयो, भइयो। मनले त दिनहुँजस्तो Continue reading
~लक्ष्मण श्रेष्ठ~
मध्यान्हको चर्को घाममा
निधारबाट टप्किरहेका
पसिनाका थोपाहरूलाई
उत्साही हत्केलाले पुछ्दै,
बिहानीको झण्डा बोकेर
नव युगको आह्वान गरिरहेको
त्यो तिम्रो खबर हो
त्यो तीम्रो आकृति हो
त्यो तिमी हौ।
थाहा छ मलाई Continue reading
~न्हुछेरत्न बुद्धाचार्य~
चौवीस सय वर्षअघि देखि म
ख्वप्रिङ्ग नामले प्रसिद्ध थिएँ
सबैको आस्थामा थिएँ, हृदयमा थिएँ
भक्तपुर नामले मलाई परिचित गराउने
आनन्द मल्ल !
इँट बोकेर पाँचतले मन्दिर निर्माण गर्ने
श्रमको इतिहास सिर्जना गरेर Continue reading
~नविन आचार्य ‘लेटांगे’~
अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है
ति नयनमा अश्रुधारा , छुटाएँ भने माफ गर है
कै’ले काँही आँफैलाईनी, छल्नु पर्दो रै’छ सानु
बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है Continue reading
~किरण थेबे लिम्बू~
मैले साँचेको सपनालाई
विपनाले भाँचे पछि
भो, देख्तिन, अरु झुटा सपनाहरु
म, विपनामै ठगिए पछि,
म हिँडेको समयलाई
विगतले टेके पछि
भो, फकिन्र्न त्यो बुढो अतीतमा
मैले भोलिको बिहानी पाए पछि, Continue reading
~भैरव अर्याल~
प्रचण्ड पुरोहित परिषद्को महासमितिको बैठकले प्रचलित सङ्कल्पमा युग सुहाउँदो संशोधन गरी निम्नानुसार पास गरेको छ ।
हरि ॐ तस्सत् ३ श्री हरिलट्ठक महापुरुषस्य पार्टी आज्ञाया प्रवर्तमानस्य सकल जगत् विध्वंसकारिणो ब्राह्मणोे द्वितीय परार्डे श्वेतचर्मणः कल्पे राणा मन्वन्तरे प्रजातन्त्रे युगे मोहन–मातृका केशर गुञ्जान्ती कोन्दुकयुगे शान्ति चरणे वामनावतारे मिश्रखण्डे जम्बुकद्वीपे आचार्य वर्तान्तर्गत प्रलम्बकमलकूप नवपाराख्यदेशे माने–पेमे देव्या दक्षिण खण्डे चूडाचन्द्रनारायणस्य मध्येभागे पशुपति भद्रकाली चरणतले भताभुङ्ग जिल्लान्तर्गत गोलमाल ग्रामस्थाने इह पुण्यभूमौ कमलराशिस्थिते श्री सूर्ये घृतकुंभराशिस्थिते बालकचन्द्रे शेषेषु ग्रहेषु Continue reading
~बिक्रम ज्ञवाली
उ लड्यो ,
देशको निम्ति भनेर
क्रान्ति मा लाग्यो ,
बन्दुक समातेर
हिड्यो उ ,
भोक प्यास नभनेर
सोच्थ्यो उ,
एक दिन अधिकार पाउछु भनेर
Continue reading
~धीरकुमार श्रेष्ठ~
नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए। Continue reading
~शारदा पुडासैनी~
नेताहरुको बुद्धि छैन बिगारे नि देश
कैले आउने होला बुद्धि फुलिसक्यो केश
सात पुस्तालाई थुपारेर जालान् नर्क तिर
कहिल्यै तिनको सन्तानको हुन्न ठाडो शीर ।
नेपालको थिति कस्तो वाक्क दिक्क लाग्छ
बताएर साध्य छैन बरु मुखै थाक्छ Continue reading
~होम सुनुवार~
सवारी साधनका होडबाजी सडकमा
अरुभन्दा आफू अगाडि कट्ने अवसरमा
ठूला गाडीले बाटो छोड्नै मान्दैनन्
साना साधनहरु सही बाटोमा हिँड्दैनन्
महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन्
साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन्
बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन् Continue reading