कविता : होडबाजी सडकमा

~होम सुनुवार~Hom Sunuwar Dashucha

सवारी साधनका होडबाजी सडकमा
अरुभन्दा आफू अगाडि कट्ने अवसरमा
ठूला गाडीले बाटो छोड्नै मान्दैनन्
साना साधनहरु सही बाटोमा हिँड्दैनन्

महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन्
साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन्
बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन्
चालकहरु हतियारको रुपमा हर्न प्रयोग गर्दछन्

बाटो कसको गाडीको कि मानिसको ?
गाडी कसको चालकको कि मालिकको ?
थोत्रो बाटो सबै भन्छन् मेरै हो
नेता भन्छन् नयाँ बाटो मैले बनाएको

सडक विभाग टुल्टुली हेर्दछ
कालोे पत्थरमा बालुवा फेर्दछ
गाईबस्तु पनि बाटैमा हगी दिने
जसले पायो उसैले ठगी दिने

धेरै चालक यात्रुलाई ठग्दछन्
कोही यात्रु चालकलाई बेच्दछन्
छक्क पर्नु छ देखेर त्यो होडवाजी
नेपालमा त न तेल छ न बन्छ रेलगाडी

दिक्क लाग्छ होडबाजी देखेर
गन्तव्यमै नपुगिने यो सडक टेकेर
गाडी चल्दा सबै ठाउँ ट्राफिक जाम
बाटो खुल्दा पेट्रोलले गाडी जाम
पेट्रोल खुल्यो पार्टीको चक्का जाम
थाहा छैन कसलाई सोध्ने कता जाँउ
सुन्नु पर्ने जताततै जहिले नि जामैजाम
कुरो मिल्यो भन्नु मात्रै बन्दैन कुनै काम

सवारी साधनका होडबाजी सडकमा
अरुभन्दा आफू अगाडि कट्ने अवसरमा
ठूला गाडीले बाटो छोड्नै मान्दैनन्
साना साधनहरु सही बाटोमा हिँड्दैनन्

महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन्
साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन्
बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन्
चालकहरु हतियारको रुपमा हर्न प्रयोग गर्दछन्

बाटो कसको गाडीको कि मानिसको ?
गाडी कसको चालकको कि मालिकको ?
थोत्रो बाटो सबै भन्छन् मेरै हो
नेता भन्छन् नयाँ बाटो मैले बनाएको

सडक विभाग टुल्टुली हेर्दछ
कालोे पत्थरमा बालुवा फेर्दछ
गाईबस्तु पनि बाटैमा हगी दिने
जसले पायो उसैले ठगी दिने

धेरै चालक यात्रुलाई ठग्दछन्
कोही यात्रु चालकलाई बेच्दछन्
छक्क पर्नु छ देखेर त्यो होडवाजी
नेपालमा त न तेल छ न बन्छ रेलगाडी

दिक्क लाग्छ होडबाजी देखेर
गन्तव्यमै नपुगिने यो सडक टेकेर
गाडी चल्दा सबै ठाउँ ट्राफिक जाम
बाटो खुल्दा पेट्रोलले गाडी जाम
पेट्रोल खुल्यो पार्टीको चक्का जाम
थाहा छैन कसलाई सोध्ने कता जाँउ
सुन्नु पर्ने जताततै जहिले नि जामैजाम
कुरो मिल्यो भन्नु मात्रै बन्दैन कुनै काम

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.