गजल : मुटु हुन्छ अर्को

~कस्तुप गैरे~kastup-gaire

शायद मुटु भित्र पनि मुटु हुन्छ अर्को ।
यता माया गर्दै उता जाल बुन्छ अर्को ।

संसारका सारा खुशी तिमीलाई दिन्छु भन्दै
सपना बाँड्छ एकातिर ओठ चुम्छ अर्को ।।

सँगै जिउछु मर्छु भनी कसम खाइ एउटासँग
साथ् देउ बिन्ती भन्दै पाउ छुन्छ अर्को ।।

त्येसैले त कहिल्यै पनि खुशी हुन्न मान्छे
एउटा मुटु हाँस्यो भने रुन्छ रुन्छ अर्को ।।

शायद मुटु भित्र पनि मुटु हुन्छ अर्को ।
यता माया गर्दै उता जाल बुन्छ अर्को ।

हाल : दक्षिण कोरिया 

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.