बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~eaku-ghimire

घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी
हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी ।

बैगुनको रङ हुन्छ सबैभन्दा पैले
नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले
नीलो आकाश जस्तै रङ तेस्रो खापमा
हरीयो छ चौथो पत्र पीपल पातमा ।

पहेंलो छ अर्को पत्र सुन जस्तै लाग्छ
सुन्तोलाको रङ देखी खाने इच्छा जाग्छ
रातो हुन्छ अन्तिम पत्र खुन लाये जस्तो
हेर्दै यती राम्रो हुन्छ छुन पाये कस्तो?

श्रीअन्तु-२,इलाम
हाल:चैनपुर्,संखुवासभा

This entry was posted in बाल गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.