कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~Suraj Rana

मेरो देश एउटा स्टुडियम बनेकोछ
जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन

केही बुख्याचाहरु
गरिबिको तार निर्ममता पुर्बक झट्काएर
बजाइ रहेछन गितार
केही बुख्याचाहरु
भोको देशको खोक्रो भुँडीमा
रेटि रहेछन भ्वाइलिन
केहि बुख्याचाहरु
सिमान्तकृत पहाडका ढाडहरुमाथी
आस्वासनको लठ्ठिले हिर्काइ रहेछन ड्रमसेट

केहि बुख्याचाहरु
किबोर्ड का किहरु जस्ता
जात,धर्म र सम्प्रदायको
टाउको माथि थिचेर जवरजस्ति
बजाइ रहेछन पियानो

नाइके बुख्याचा
इन्द्रजालिक शब्दहरु भट्भटाउदै
जोर जोरले चिच्याइ रहेछ माइक्रोफोनमा

दर्शकदिर्घातिर
भ्रमको नशालु गाजामा लठ्ठीएर
आफैले बाचेको युगको उपहास गर्दै
बेतुक र बेसुरमा
नाचिरहेछन भेडा जनताहरु

सुरज राना
धरान सुनसारी

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.