~आनन्द अधिकारी~
यो कान्छीको आँसु हो कि फेवातालको पानी
रात बित्यो तिमीजस्तै केले भिज्यो छाती
मनभित्र गढ्यो काँडा खिल गढे जस्तै
बिहानीमा एक्लो भेटें माछापुच्छ्रे जस्तै Continue reading
~आनन्द अधिकारी~
यो कान्छीको आँसु हो कि फेवातालको पानी
रात बित्यो तिमीजस्तै केले भिज्यो छाती
मनभित्र गढ्यो काँडा खिल गढे जस्तै
बिहानीमा एक्लो भेटें माछापुच्छ्रे जस्तै Continue reading
~सुरेन्द्र महर्जन ‘अमर’~
मुटुभित्र पनि देश भेट्छु परेलीमा झन सँधैभरी
नेपाली हुँ त्यसैले होला देश दुख्दा पीडा वरिपरि ।
मान्छेसँग देशको माया होस यस्तै चाहन्छु
मुटु आफ्नो धड्कन देशको बन्न चाहन्छु,
हिमाल झैं अटल माटोको शान बनु सँधैभरी Continue reading
~डा. रविन्द्र समीर~
ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएका तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ । एक टुक्रा मास्क किनेर उसले प्रदूषणसँग लड्न दीर्घायु किनेको सपना देख्छ । Continue reading
~राजेन्द्र थापा~
बाघ राजनीति
यौटा बाघ मर्छ – खबर बन्छ
त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन
थुक्क राजनीति !
सडक बन्द
सडक बन्द भन्छ मान्छे,
तर सडक बन्द हुँंदैन,
मान्छे मात्र बन्द हुन्छ । Continue reading
~कृष्णप्रसाद पराजुली~
किन-किन लाग्छ मलाई मीठो मधुपर्क
फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क !
जीवनमा रस घोल्दा
मान्छे बाँच्न सक्छ
नीरस जीवन राम्रो होइन
अन्त्य हुन पुग्छ………. Continue reading
~हरिभक्त कटुवाल~
साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई।
डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने
थाहै नपाई पराइको भइदिन्छ्यौ भन्ने Continue reading
~खिमानन्द पोखरेल~
साहित्य पढ्ने बुझ्ने र मनन गर्ने मान्छेले अनिल पौडेललाई पक्का पक्की चिनेकै हुनु पर्छ । साहित्यमा लगनशिल भएर लाग्नु उनको लागि धर्म वनिसकेको छ । वास्तविक रुपले उनको मुल्याँङ्कन गर्नै परे उनलाई साहित्यका प्रमुख योद्धा एवम् शक्तिशाली कवि नै भनेर भन्नु पर्छ । उनका अन्य जोडीने प्रतिभाहरु त कविको दर्जा पछि न पर्ने हुन् । उनलाई जस्ले जे भन्छ भनोस् यसमा मेरो कुनै लेना देना छैन । तर अहिले म यतिखेर संस्मरणात्मक निवन्धका प्रतिभा नै भन्न मन पराउँछु । त्यसैले आज मेरो हातमा उनिद्वारा लेखिएको संस्मरणत्मक निवन्ध “अतितको बिस्कुन” परेको छ । आज म यसकै बारेमा केही लेख्न गैरहेको छु । उनले यो आफ्नो सङ्ग्रहमा पैतिस वटा बिस्कुनलाई पाठक सामु फराकिलो आँगनमा फिजाएका छन् । यस संस्मरणात्मक निबन्धको शुरुमै “कान्छा छोराले दुःखाएको मन” बाट बालबालिकाहरुले बाल्य कालमा बोलिने तोतेबोलीका मिठा मिठा आवाज शब्दहरु दुरुस्त ज्यूँकातिउ उतारीएको पाएँ । आफ्नो बाबालाई कसरी बाल बालिकाहरुले चिन्ने गर्छन् भन्ने कुराका प्रमाणहरु यहाँ देखाईएका छन् । बाबुको सानैमा स्वर्गारोहण हुनु , घरको आर्थिक अवस्था पूर्णतः कमजोर हुनु आदि ईत्यादिले गर्दा पनि अनिल पौडेल माथि Continue reading
~उज्ज्वल जी.सी.~
औँसी पोतिएको
छातीका कुना कन्दराहरूमा
स्निग्ध मित्रता खोज्न
मैले हार्दिकताको
अनमोल समय
खर्चिएँ
तर देखिन
विश्वासका पीपलहरू
आत्मीयताका दुबोहरू
ऊ भित्र
मेरो यात्रा Continue reading
~क्षेत्र प्रताप अधिकारी~
अँधेरोमा एउटा जून खोज दुखी
अलिनोमा थोरै नून खोज दुखी
सामन्तहरू बैगुनी हुन्छन्
बैगुनीमा कतै गुन खोज दुखी Continue reading
~यादव खरेल~
म जिन्दगीभर हिंडिरहें, तर कहीं पनि पुगिनछु
आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें
म हुरी भई हिडें, बतास भई हिडें
कति पटक निरासामा हतास भई हिडे
म पहाडमा हिडें, भीरैभीरमा हिडें
म सफलताको तिरतिरमा हिडें Continue reading
~लोक राज भट्ट~
कुश ख्वाइनेछ ,अनी काँश ख्वाइनेछ,
अब बाघलाइ बाँधेर ,घाँस ख्वाइनेछ।
अर्थ मन्त्रालय मुर्दाबाद, नभने सम्म,
गोबरको चट्नी बनाइ गरीबलाइ, गास ख्वाइनेछ। Continue reading
~नाइलु क्याबचा~
बाटो उस्तै अनी गल्लीहरु
दाँया बाँया लद्बदिदै हिनेको म
यात्रा अबिरल अनी अनिस्चित
हुँदा हुँदै पनि
चाल्न खोजी रहेथे पाउहरु,
आकाश उस्तै अनी धर्तीहरु
थकाईको पिडा वस्ता नगरि
त्यो धर्ती माको माया बोक्दै Continue reading
~चन्द्रप्रकाश सुनुवार~
लिकु थेरेरङा बÞाकु खोदेँशो
नेललिके थँु रिमचा मालशो कोइँचबुपुकिमि
मार मार मिमतेमे रागिमि मेनकाका
दुमचान मालशो
नेललि काःन दुमशा बÞाअ्शो कोइँचआनकालि
तेको ’बुदिमोरपुकि जाअ्शा फ्लादामे … ? Continue reading
~गुमनाम सापकोटा~
अस्ताउँदै गरेको घामको पछिल्लो किरण थेम्सको धमिलो पानीमा मिसियो। एक हुल चराले नदीको किनारलाई छोडे र बस्तीतिर हानिए। उसले लन्डन ब्रिजमा उभिएर आकाशमा फट्फटाइरहेका चराका पखेटाहरू परसम्म हेरिरही। चराहरू अग्ला घरहरूले होच्याउँदै गरेको सन्नाटाभित्र कतै छेलिए र उसका आँखाहरू लुत्रुक्क नदीमुनि पोखिए। साँझको मन्द सितलो हावाले उसको कपाल लथालिंग पार्दै थियो, तर ऊ बेपर्वाह थिई। धेरै बेर उसका आँखा थेम्सको पानीमा डुबिरहे, ब्रिजको टुप्पामा नीलो बत्ती पिलपिलायो। उसले पातला कुर्कुच्चे जुत्ताका तुना कसी र बाटो लागी। Continue reading
~मनोज दाहाल~
ओहो! केके पो गर्न भ्याउँछे जलपरी।
समाजसेवा गर्छे।
नाटक खेल्छे।
चित्र बनाउँछे। Continue reading
~सोम खनाल~
शुभेछ्याका सगुन-अम्रीतहरू पियेको छु हरेक बर्ष
हार्दै जाने छ समयले, म झन जवान हुदै जाने छु ।
बर्षहरु त खुट्किला पो हुन् मेरो जीवन सींढीका,
म ओर्लने छैन शीखरहरू छुदै जाने छु ।
यी हत्केलाका बक्र रेखाहरूले छेकिन्न,
म ती हरेक नक्शाहरू मेटाउदै जाने छु ।
खन्ने छु एउटा छुट्टै सडक Continue reading
हेमन्तको उत्तराद्र्ध । बिहानको पारिलो घाम । कर्णालीको कञ्चन पानी । वारिपट्टि पाउमा दैलेख, पारिपट्टि आँखाभरि अछाम । दुवै उत्तिकै रमाएका छन् । आञ्चलिक हिसाबले वारि भेरी, पारि सेती । त्यति मात्र हो र ! वारि मध्यपश्चिमाञ्चल, पारि सुदूरपश्चिमाञ्चल । अनौठो संयोग । अग्ला पहाडहरुका बीचमा औधी फुच्चे बनेर उभिएको छु म । यसरी उभिँदा छुट्टै किसिमको अनुभूति उम्लिरहेछ कताकता मनभित्र ।
पुस १२, २०६८ । म यतिखेर कर्णालीको किनारमा उभिएको छु । कर्णालीसँगै जोडिएको छ दैलेख जिल्लाको खड्काबाडा गाविस । अगाडि दायाँतिर दैलेखको विकार बगाउँदै आइरहेको पवित्र डुङ्गेश्वर खोला । त्यसको पारिपट्टि कालिकोट हुँदै जुम्ला जान हौसिएको कर्णाली राजमार्गको निरन्तरता । बाटोमुन्तिर धार्मिक मनहरुको पर्खाइमा तड्पिरहेको शिवजीको मन्दिर । स्थानीय बोलीचालीमा ‘डुङ्गेलको स्थान’ का नामले परिचित छ यो मन्दिर ।
कर्णाली र डुङ्गेश्वर दोभानको बगरमा उभिएर Continue reading
~Kiran T Limbu~
There is a beautiful moment where I can see your face,
Which exists only between time and space
Time shreds space and wears off fashion,
And leaves us hopeless for our precious compassion Continue reading
~डा. दुबसु क्षेत्री~
अबिरल बग्दै गरेको इन्द्राबती टक्क अडिएको दिन
सातै सूर्यको एकैचोटि ज्योति गुमेको दिन
लाहुरे भैंसी तुहेत्रो गएको दिन
नयाँ सडकमा एकाएक भुइचालो गएको दिन
बुद्धका अर्ध मुद्रित आँखाहरू अचानक बन्द भएको दिन
अर्थात रामेश्वर शर्मा चालिसेको चोला उठेको दिन
सबैले भने, आज रमेश विकलको निधन भयो ।
थुप्रै अन्ध्याराहरूका बीचमा
नेपाली धर्तीमा फेरि अर्को अन्ध्यारो दिन भयो , Continue reading
~चन्द्र घिमिरे~
मान्छेले कुल्चेरै
औलो भगाएको देहाततिर
मीनपचासमा पुग्दा
कालाज्वरले जामुन झैं नीला–काला
र पाटाखाडीमा पटुवा झैं गनाएका मामाहरू
घमौराले चिलेको म भान्जाबाबुलाई
सियाल ओताउँदै देहात चिनाउँथे ।
कट्टु नअडिने छोटुसँग माछालाई बल्छी थाप्थ्यौं
अनुहार न दनुहारको भ्यागुतो पथ्र्यो
हिलोबाट पइँया ठेलेर उद्धार गर्दिनुपर्ने
साधुलालको नालायक बैलगाडा Continue reading
~कात्यायन~
पर्खंदै तिम्रा पाईलाहरू
चाँदनी सिउर सिउरी सकें, या –
शीतले रंगाई दिएँ, केश सबै फुलाउंदै
मिलन कहिँ होला कि भन्ने आशा बढाउंदै
सपनीको घुम्टो ओढ्दै कति रात तिमी आइदियौ Continue reading
~प्रकाश सायमी~
सर्पिलो पीच फैलिएको थियो, उकालोतिर । यो उकालोको नाउँ के हो ? साथमा पैदलयात्रा गरिरहेका साथी स्पेन्सर केही भन्न खोज्दैथिए, अचानक हामी दुईछेउ भयौँ, थ्रीह्विलर आएकाले । बम्बईको हँकाइ यस्तै हो ।
हामी दुई एउटै समयका पागल सिनेप्रेमी । ऊ दक्षिण भारतको एक कुनाबाट, म भारतको उत्तरी छिमेकबाट । आनन्द भवन पुग्यौँ । राष्ट्रपति भवन जस्तो देखिने त्यो महल अभिनेता, फिल्मकार, चलचित्र उद्यमी देव आनन्दको थियो । मेरा आमा, हजुरआमा र हजुरबुबासम्मका प्रिय अभिनेता, मेरी हजुरआमाले वीरसिक्काको कथा झै सुनाएका नायकको आँगनमा म थिएँ । Continue reading
~मिथिला प्याकुरेल~
कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म ।
छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखा भरी
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म । Continue reading
~दीपेन्द्र के.सी.~
शंका छैन
यो शहरमा
सँधै हतारमा कुदाउने
हुलका हुल स्कूटरहरुका
चालकहरु नेपाली नै हुन्
नभए बँगाली, पाकिस्तानी वा भारतीय हुन्
वा पक्कै अरवीहरु हुन् ।
यो माइनस डिग्रीको चिसो हुस्सुमा
फैलिएको आहट !
प्रर्याप्त छ परिचयलाई । Continue reading
~Sharmila Khadka Dahal~
Translated by :Ramchandra KC/Shankar Babu Acharya
Dear storywriter Diwakar Nepali! I was that unlucky woman, who had to be separated before saturated with your words of thanks. You might have forgotten the moment and the day, but how can I forget them? If possible, I wish that moment be a ray of sunlight, which I could get every morning. I wish that moment be a warm quilt, which I could wrap around me during the cold nights. I wish that moment be a cool fragrance, which I could breathe in the summer. I wish the moment be a canvas, where our stories could be written, but this is also not possible. Continue reading
~राम बिनय~
खोज्दै गन्तव्य शिखर
बाढी मानिसको उर्लियो
पहाड मैदानको सङ्गममा
लागेको दाग मेटाउन
निर्णायक आवाज बज्रियो ।
शान्त नदी विश्वासको प्रवाहमा । Continue reading
~केशव तमखू~
किताबमा पढेको र मिडियामा देखे–सुखेको नेपालसँग साक्षात्कार गर्ने भित्री मनको चाहना ज्यूँदै थियो। तापनि विभिन्न कारणले काठमाडौं नै सीमित हुनुपरेको यथार्थ तीतो सत्य थियो।
भलै विद्यालय जीवनको पोखरा भ्रमण तातोपानी–दोलखा भ्रमणजस्ता सुगम र छोटो दूरीको यात्राले काठमाडौं बाहिरको अवस्थाबारे आङ्कलन गर्न मनलाई हौस्याए पनि वास्तविकतातर्फ डोर्याउन ती पर्याप्त थिएनन्।
गत साल सुदूरपश्चिमाञ्चलको भ्रमणबाट नेपालका तराईं र सिमानामा नेपालीले विस्तारवादी भारतको दादागिरी अनुभव नगरिएका होइनन् तर यसपालिको मध्यपश्चिमाञ्चल (कालीकोट–जुम्ला) भ्रमणले पहाडी जीवनका Continue reading
खै दुनियाँको नजरमा म बाठी देखिन्छु कि बुद्दिमानी त्यो त मलाई थाह छैन तर मैले चिनेको म ? लाटी छु र धेरै सोझी : त्यसैले त अपत्यारिलो ढंगले मेरै आफ्नाहरुले मलाई यसरी लुट्न सके फेरि पनि म आफ्नो खुशी , रहर लाइ पन्छाएर उनीहरुको खुशी रोज्छु र उनीहरुकै रहर पुरा गर्ने प्रयासमा लागिरहन्छु | मन लाग्छ यो दया र मायाले भरिएको कोमल मनलाई मारीदिउं ? र पत्थरको मन आविष्कार गरुं !
तर असफल हुन्छु र सोच्छु जीवनको अन्तिम श्वास फेरुन्जेल असफल नै रहनेछु यो मन फेरेर ढुंगाको बनाउन ! प्रश्न गर्छु आफ्नै आत्मासँग , खै कहाँ मेरो माया र ईमान्दारिताको कदर गर्न जानेको मेरो आफ्नोहरुले ? Continue reading
~लारा राई~
रिपल्स वे, साउथ चाईना समुद्रको किनारमा भखर्र जूनको छाँया ओर्लिएको छ। नरिवलका पातजस्तै भएका वृक्षहरु अर्ध ढल्किएका छन् यो समुद्री किनारै, किनार। ती वृक्षहरुका लामा, लामा पातहरुसँग लुकामारी खेल्दै जूनको त्यो छाँया मेरो काखसम्म फैलिन आइपुग्यो। म औधी प्रेम गरिरहेकी छु यो छाँयालाई।
दिनभरको व्यस्ततापश्चात् समद्रको यो किनारमा साँझपख, क्षितिजमा डुब्दै गरेको घामको लालिमा हेर्दै रमाउनुको आनन्द नै बेग्लै हुन्छ। अहिलेभने, रात्री-बीबीक्यु भोजमा छौं हामी। समुद्री किनार नजिकैरहेको ब्यस्त विविक्यु स्पटमा। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै। सँगै छन् साथीहरु। सँगै छ मन। हावा चलिरहेको छ। समुद्री हावा। हावासँगै बीबीक्युको गन्ध। बीबीक्युको गन्धसँगै छुट्दै गइरहेका छन् समय, साथ र उमेरहरु। नयाँ वर्षको आगमनसँगै वास्तवमा हामी आफैंले, आफ्नो मृत्युका दिनहरु कुरिरहेका हुन्छौं। हेक्का राख्दैनौं यद्यपि सामान्यतया अनदेखा यथार्थहरु। जे होस्- Continue reading
~छविलाल कोपिला~
यतिबेला,
ग्रहण लागेको सूर्यको घाम ताप्न
धोद्रो सिमलको रुखमुनि बसेर
गिलास सोमरस पिइरहेछ ।
यता, मंसिर भित्र्याएर हँसिया र हटौडा
चीर निन्द्रमा सुतिरहेछ भने,
तिमी कालरात्रिको भजन गाइरहेछौ ।
ठीक यसैबेला, Continue reading
~श्वेता मैनाली~
सृष्टि सोच्थी, एक दिन यो सपना बिपनामा बदलिनेछ । हरेक रात सपनीमा एउटा संगीत साधक आउने गथ्र्यो । मायाका मीठामीठा कुरा गथ्र्यो । अनि मीठो गीत गाउने गथ्र्यो । सृष्टि मन्त्रमुघ्ध हुन्थी । संगीत साधकको नजिकै छातीमा अडेस लाउँथी, साधक आफ्नो हात सलबलाउँथ्यो । अनि भन्थ्यो, ‘सृष्टि मलाई सधैँ यसरी नै माया गर है ।’ सृष्टिले हुन्छ भन्न नभ्याउँदै बेजोडको तुफान आउँथ्यो, आफैँ सम्हालिन नसकिने खालको ।
‘सृष्टि अब त उठ ८ बजिसक्यो ।’
सपनामै झस्किएर उठी सृष्टि । Continue reading
~डा. कपिलदेव लामिछाने~
केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह थियो । जोस थियो । उमङ्ग थियो । सडकमा हिँड्दै थिए ।
फुटपाथमा सानातिना बेपारी थिए । घर महल नहुनेहरू थिए । घर भए पनि आँगन नभएकाहरू थिए । Continue reading