~सोम खनाल~
शुभेछ्याका सगुन-अम्रीतहरू पियेको छु हरेक बर्ष
हार्दै जाने छ समयले, म झन जवान हुदै जाने छु ।
बर्षहरु त खुट्किला पो हुन् मेरो जीवन सींढीका,
म ओर्लने छैन शीखरहरू छुदै जाने छु ।
यी हत्केलाका बक्र रेखाहरूले छेकिन्न,
म ती हरेक नक्शाहरू मेटाउदै जाने छु ।
खन्ने छु एउटा छुट्टै सडक
र समयको त्यो गतीलाई भेट्टाउदै जाने छु ।
म त उज्यालो ले नुहाउछु हरेक साल
रातहरूलाई टाढा भगाउदै जाने छु ।
जोशहरू त फूल हुन मेरो जीवन मालाका
ती ओइलाउने छैनन् ,आसाहरू जगाउदै जाने छु ।
मैन बत्तीका तेजीला अग्नीशीखाहरुले
म सल्काउने छु सुकेका पतकरहरु
पलाउने छु नवीन पालूवामा म
र ल्याउने छु ह्रिदयमा पूनर्जीवन ।
म त आगोमा खारिन्छु हरेक बर्ष
जल्नेछन् प्रदुषण म चम्किदै जाने छु ।
कठोर त छन् इमानका पदमार्गहरू तर
म थाक्ने छैन अझ लम्किदै जाने छु ।
शुभेछ्याका सगुन-अम्रीतहरू पियेको छु हरेक बर्ष
हार्दै जाने छ समयले, म झन जवान हुदै जाने छु ।
बर्षहरु त खुट्किला पो हुन् मेरो जीवन सींढीका,
म ओर्लने छैन शीखरहरू छुदै जाने छु ।
– September 14, 2011
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)
