गीत : म जिन्दगीभर हिंडिरहें

~यादव खरेल~yadav-kharel

म जिन्दगीभर हिंडिरहें, तर कहीं पनि पुगिनछु
आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें

म हुरी भई हिडें, बतास भई हिडें
कति पटक निरासामा हतास भई हिडे
म पहाडमा हिडें, भीरैभीरमा हिडें
म सफलताको तिरतिरमा हिडें
तर कहीं पनि पुगिनछु

म जोशमा हिडें, कुदाईमा हिडें
झुक्किएर अरुको जुधाईमा हिडें
म खुशीले हिडें, करैकरमा हिडें
कही आफ्नो, कही अरुको भरले हिडें
तर कहीं पनि पुगिनछु

म रातमा हिडें, साँझमा हिडें
कति पटक भुमरीको माझैमाझमा हिडें
म आसले हिडें, त्रासैत्रासले हिडें
सारा उमेर म केवल आभासमा हिडें
तर कहीं पनि पुगिनछु

शब्द – यादव खरेल
स्वर- रबिन शर्मा
संगीत – शिवशंकर
गीति एल्बम – आभाष

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.