सूत्रकथा : समर-भूमि

~कात्यायन~dhanwantari-mishra-katyayan

– आदिम स्पार्टाकसले छरेका स्वतन्त्रता-संग्रामको बीजहरू; लमतन्न कुरूक्षेत्र झैं माझमा समर-भूमि बनेर तेर्सिएका छन् |

– पारि मृग-तृष्णामा छटपटाइरहेका पाण्डपहरू झैं मृगहरू छन् |

– वारि मृग-रक्तपानमा हतासिरहेका कौरवहरू झैं ब्वाँसाहरू छन् | Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : सम्बोधन

~राबत~rabat

जसरी
छोडेर गएका थियौ
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
मेरो पत्र बोकी जाने विमान
हराई जाला धमिलो आकाशमा
मलाई छोएर जाने हावाहरु
थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एन्सिमाइनेन लाप्सी (पहिलो बच्चा)

~बिजेता~

‘को हो र त्यो बच्चा?’

‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’

‘नेपालीको?’

‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’

‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’

‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि हुन्छ नि। मेक्सिकन, ब्राजिलियन अरु पनि थुप्रै देशहरु छन् जहाँका मान्छेहरुको कपाल कालो हुन्छ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Placid

~Suraj Rana~Suraj Rana
Translated by : Ismael subba

I feel right to remain silent,
Silent like darkest night,
Silent like flora,
Silent like martyrs statue,
Silent like colossal sky..

To yell making loud noise are the works of
Pornstars from the blue film,
Of linkin park and metallic ‘s Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : पीडा

~पुष्पा खनाल~Pushpa Khanal

बाबु हराउनुको पीडा, आमा गुमाउनुको पीडा
साथ सिद्धिनुको पीडा, काख रित्तिनुको पीडा

दशैं आउँछ छोरो आउँदैन
तिहार आउँछ भाइ आउँदैन
मेरो आँगनमा कोइली गाउँदैन
पीडा धेरै भो खुशी छाउँदैन ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाहरु

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

यस्तै हुने रैछ क्यारे ! सन्तानका मायाहरु
मन बिसाउने चौतारी, ओत लाग्ने छायाहरु

यिनलाई चोट लाग्दा अझै, मलाई नै दुख्ने गर्छ
नफर्कुन्जेल साँझ घर, आँखा बाटो ढुक्ने गर्छ
मलाई मात्र यस्तो हो कि ? पोखुँ लाग्ने मायाहरु Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुनगाभा, म हारेँ

~डा. रुपक श्रेष्ठ~Dr Rupak Shrestha

मेरो झ्यालको सानो गमलामा
फुलिरह्यौ भर्भराउँदो भएर
बाह्रैमास
नरम सुन्दर सुकोमल
पत्र पत्र फिँजाएर
बिना पर्वाह कुनै ऋतुको
बिना पर्वाह कुनै मौसमको
बिना पर्वाह कुनै मलजलको
फुलिरह्यौ सधैँ सधैँ
न झ्यांगिएर कहिल्यै सेप पायौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पाउने कि नपाउने !

~बिकल आचार्य~Bikal Acharya

संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी खान छोडौँ भनी रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउनलाई पुरुषार्थ सम्झन्छन् भने कोही सम्भव भएसम्म मिठोमिठो खानलाई हरदम कोसिस गरिराखेका छन् । कोही चाडपर्वलाई धेरै खानुपर्दछ भनेर सराप्छन् भने कोही सारा वर्षदिन भरिको तमन्नालाई एकदिन भने पनि पूरा गर्नलाई रात–दिन गनेर बसेका छन् । त्यसैले मलाई खाना खान पाएर विरामी हुनु राम्रो कि खाना खान नपाएर विरामी नहुनु राम्रो भन्ने विषयमा वहस गर्न मन लाग्यो । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : निक्लन नसकेका अनुभूतिहरु

~गोपिकृष्ण प्रसाई~Gopikrishna Prasai

ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा
धेरै इच्छाहरु आज कैद गरी बस्याछु
तिमी रिसाए पनि प्रकृति
म तिमीलाई कहिल्यै टाढा ठान्दिन
आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन
कठै ! यी घामहरु ऐठन भएका छन्
राहु र केतुको झेल परेर हो कि ?
विचरा पलुवाहरु गर्भे टुहुरा जस्ता भए
प्रकृतिको चक्रमा दरार छाएर हो कि ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : हाउस-हस्ब्यान्ड

~प्रमिशा केसी~Pramisha KC

“मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “

“जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?”

“मैले के लेखेँ र, भको कुरा त हो नि ।”

“खै देखा, के लेखिस् ? ह्वाट डज योर मदर डु ? माइ मदर इज अ टिचर । ह्वाट डज योर फादर डु ? माइ फादर इज अ हाउस्-हस्ब्यान्ड । “ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : No matter even

~Ramu Gaire~Ramu Gaire

No matter even
I am far from my wife
Always she comes in my dream
And says darling how is your life

No matter even
Someone says me badly but my son says honey
Dad, i want to be a good actor (son’s says)
I know you have problem, but earn more money Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : भरोसा, गर्नै हुन्न भन्छन्

~जय सिंह महरा~Jay Singh Mahara

कलीका पुत्र नारी भरोसा, गर्नै हुन्न भन्छन्,
बिचैमा धोका हुने जंघार, तर्नै हुन्न भन्छन् ।

रुपको मदमा मग्न भई बहकिएर,
खै किन प्रेम जालमा, पर्नै हुन्न भन्छन् । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कमलमणि दीक्षित(क.दी.) ज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली

kamal-mani-dixit-ka-diनेपाली साहित्यको धरोहर एवम् नेपाली वाङ्मयका मूर्धन्य साधक कमलमणि दीक्षितज्यूको दिवङ्गत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ !!!

उहाँ नेपाली भाषा र साहित्य सेवी मात्र नभएर, आफैमा एक महान संस्था, एक इतिहाँस हुनुहुन्थ्यो ।

उहाँ क.दी. का उपनामबाट चिनिनुहुन्थ्यो । स्व. क.दी. का खोजमुलक निवन्ध, नियात्रा, साहित्य, संस्मरण लगायत विषयमा ५० बढी कृति प्रकाशित छन् । नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित हुनुहुन्थ्यो र हुनुहुन्छ । उहाँको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । उहाँ वि.सं. २००० देखि निरन्तर अनुसन्धान, अन्वेषण, सम्पादन र लेखनमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँको ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँको बारे अन्य जानकारीको निमित्त यस् वेब्साइटमा हेर्न सक्नुहुन्छ ।

आदरणीय क.दी. मा साहित्य सङ्ग्रहालयको भावपूर्ण एवम् हार्दिक श्रद्धाञ्जली !!

– साहित्य सङ्ग्रहालय

Posted in Misc | Tagged | Leave a comment

संस्मरण : मासुको हल्ला र हाँसो

~क.दी.~kamal-mani-dixit-ka-di

हिमाल मा यस वर्ष दशैँमा के विशेष गर्ने भन्ने विचार विमर्श भएछ । क–कल्ले के भने थाहा भएन तर अन्ततोगत्वा खानेकुरामा ‘सम्’ भएछ । मलाई सोधेको भए म बुढेसकाल या बुढ्यौलीबारे गरे हुन्न ? भन्ने थिएँ । मान्छेको स्वभावै हो कि क्या हो, आफ्नै परिवेशबारे बढी चाख लिने । त्यसैले ‘परिकार’मा प्रेम हुने कुनै स्वादे–जिब्रोको छनोट हुनुपर्छ, त्यो विषय हिमाल मा ! त्यता अनुसन्धान नगरुँ । मलाईचाहिँ सम्पादकजीले जे भए पनि एउटा निबन्ध लेखिदिन आग्रह गरे । त्यसो भएपछि कुनै एउटै विषयमा रुमलिनु परेन, यताउता चहार्न पाइयो । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : बान्न चाहान्छु

~कृष्ण पौड्याल~

शत्रुलाई कारघारमा बान्न चाहान्छु।
साच्चिनै उस्लाई मैले हान्न चाहान्छु॥

झुठो आरोप पाँउदा खटी नसक्नु भो।
दोषी कसरी ठहरायो जान्न चाहान्छु॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : ए मान्छे !

~अमोद उलक~

मान्छेले आफ्नो जात बिर्सेको छ
मान्छेले आफ्नो भाषा बिर्सेको छ।

आफै बोल्दैनन् यी मान्छेहरु
सुगाले रटेजस्तै रटेको छ
नक्कलमात्र गर्न जानेको छ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लुटिएको वसन्त’ कवितासङ्ग्रहलाई नियाल्दा

~रामचन्द्र फुयाल~

नेपाली साहित्यको फाँटमा डा. युवराज सङ्ग्रौला नयाँ नाम होइन । शिशिरमा फुलेको गुराँश शीर्षक उपन्यास वि.सं. २०६४ मा प्रकाशित गरी साहित्य यात्राको शुभारम्भ गरेका सर्जक सङ्ग्रौला एउटा अर्को कोसेली लिएर फरक विधाबाट पुनः नेपाली साहित्यमा टुप्लुक्किएका छन् । वि.सं. २०१६ पुस २९ गते नेपालको सुदूर पूर्वी जिल्ला पाँचथरको सुभाङमा पिता कृष्णप्रसाद सङ्ग्रौला र माता कृष्णकुमारी सङ्ग्रौलाका कान्छा सुपुत्रका रूपमा जन्मिएका युवराज सङ्ग्रौलाको कर्मथलो विश्वविद्यालयका काक्षाकोठाहरू हुन् भने उनको अध्यापनको विषय कानुन हो । नेपालको कानुनी क्षेत्रका एक स्थापित व्यक्तित्वमा चिनिएका सङ्ग्रौला कानुनकर्मी, प्राध्यापक तथा कानुनी दर्शनका कुशल व्याख्याता पनि हुन् । जिन्दगीका यी दैनिकीसँगै साहित्य सृजनातर्फ लहसिन पुगेका कवि सङ्ग्रौलाको दोस्रो साहित्यिक कृतिका रूपमा लुटिएको वसन्त कविता सङ्ग्रह प्रकाशित भएको छ । यसको प्रकाशन वि.सं. २०६७ कात्तिकमा भएको हो ।  Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बहरबद्ध गजल : जगाएर आएँ !

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

नयाँ जोस तनमा जगाएर आएँ !
असल सोच मनमा बनाएर आएँ !

कुसंस्कार ढाली हटाएँ अँध्यारो
दियो चेतनाको जलाएर आएँ ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : फेसबुकमा भेटिएकी उनी

~सुन्दर खड्का~Sundar Khadka

‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन । फेसबुक, सामाजिक सन्जाल, जनसंख्याको आधारमा विभाजन ग-यो भने त, संसारको तेस्रो ठूलो मुलुक बन्छ रे । यही फेसबुकले कैयौंका सम्बन्धहरु जेड्यो, घरबार बनायो तर कैयौंका सम्बन्धहरु पनि छुटाउन पछि परेन । सबै चिजको लिमिट हुन्छ, लिमिट क्रस गरेपछि सबै चिज नशामा परिणत हुन्छ । सुरु सुरुमा त फेसबुक एकछिन खोल्यो, अपडेट हे-यो, पुग्थ्यो तर आजभोलि फेसबुकले नै प्रयोग गरे जस्तो लाग्छ । फुर्सद भयो कि क्लास होस् वा लाइब्रेरी, फेसबुक खोल्यो, अनलाइन हे¥यो, भेट्यो हाई भन्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँशु झार्दैमा हुन्न

~रामचन्द्र कार्की~Ram  Chadra Karki

रोएर आँशु झार्दैमा हुन्न,
आगो र पानी बार्दैमा हुन्न ।

सोचेर हेर गलत पो छ कि,
बसाँइ मात्रै सार्दैमा हुन्न । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु ढुकढुक हुन्छ

~शीतल कादम्बिनी~Shital Kadambini Gurung

देख्ने वित्तिकै मेरो मुटु ढुकढुक हुन्छ
मसँग घाउ छ, तिमीसँग नुनचुक हुन्छ

नखेल न मेरो मनसँग मनपरी तिमी
नानी यो त, शिशा भन्दा पनि नाजुक हुन्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : सजाय

~सुष्मा मानन्धर~Shushma Manandhar

समाजको आंँखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे नितान्त अर्कै परिचय । उसले एउटा हातले आफ्नी नाबालक छोरी डो¥याएकी थिई, अर्को हातमा हतकडी थियो । अगाडि सडककिनार र घरका झ्यालढोकाबाट थुप्रै मानिस उसैलाई हेरिरहेका थिए । नानाथरी मानिसका नानाभांँतिका कुरा । नचाहंँदा नचाहँंदै पनि उनीहरुले गर्दै गरेका कुरा र लाएका आरोपहरु पग्लिएको तातो सीसासरि उसका कानभित्र परिरहेका थिए ।

त्यहाँं उभिनेहरुमा सबै अपरिचितहरु मात्र थिएनन् । ती रमितेहरुमा भन्नलाई त उसका सासुससुरा, नन्द र छिमेकीका अनुहारहरु पनि थिए, तर उनीहरुमा उसका निम्ति सहानुभूतिका कुनै उष्णता थिएनन् । त्यहाँ थिए चिसा र उपेक्षित हेराई । वर्षौसम्म जहांँ उसले कुनै अपनत्व पाइन, त्यहांँ आज त्यो विकट परिस्थितिमा कुनै सहाराको अपेक्षा पनि कसरी गर्न सकोस् ? उसले टक्क अडेर त्यो घरलाई हेरी, उसको आफ्नो घर । केही समयअघिसम्म कम्तीमा ऊ आफूचैं यही सोच्थी । त्यो घर जहाँ उसले बिहेपछिका केही Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिम्रो माया….

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

किन होला यस्तो माया, तिमि संग बस्न पुग्यो
चालै नपाई मेरो मुटु, तिमि भित्र पस्न पुग्यो

माया गर्नु हुन्न भन्थें, माया बाट भागी हिंड्थे
कस्तो टुना तिमीले गर्यौ, तिमि संगै फस्न पुग्यो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : अँध्यारोमा जुनकिरी

~आभास~Aavaas - Achyut Prasad Phuyal

अँध्यारोमा जुनकिरीको साथ प्यारो लाग्यो
शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

बाटोभरी कति भेटें, यात्री सहयात्री
कति छुटे फेदीमा नै, कति चढे माथि
नरोकिए दु:खमा म, नरोकिएं पीरमा
कहिले पुगें देउरालीमा, कहिले पुगें भीरमा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी जुन रहरले

~दिनेश अधिकारी~Dinesh Adhikari

तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए, संधै चोट पायौ
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
व्यर्थै तिमीले मेरो हात समायौ

बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रयोगशालाको सूक्ष्म अवलोकन

~मुमाराम खनाल~book-cover-sudhir-sharma-prayogshala

“पीएम, तपाईंलाई त जनताले भ्रष्ट्राचारी पो भन्दारहेछन् ।” “सरकार, मेरो बारेमामात्र के ? धेरै मानिसले मसँग भनेका छन्, दरबार हत्याकाण्डमा सरकारको हात छ ।”

राजतन्त्रात्मक वहुदलीय व्यवस्थाका संवैधानिक राजा ज्ञानेन्द्र शाह र कार्यकारी प्रधानमंत्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाबीचको संवाद हो यो । दरबार हत्याकाण्डमा आफ्ना दाजु विरेन्द्रको वंश विनाश भएपछि राजसिंहसानमा आशिन भएका ज्ञानेन्द्रले प्रधानमन्त्रीसंग यस्तो अप्रिय सम्वाद गरेका थिए, जुन राजतन्त्र र वहुदलीय व्यवस्थाको अधोपतन तथा माओवादी र दिल्लीको प्रभाव बिस्तारको कारण बन्न पुग्यो । त्यस पछिको समयमा नेपालमा संसदीय व्यवस्था निकै कमजोर भयो भने राजतन्त्रले समाप्तीको बाटो समायो, जसबाट दिल्ली र माओवादी शक्तिशाली भएर आए । नेपाली राजनीतिको Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : आवाज

~छम गुरुङ~cham-gurung

आफैंभित्रको—
रगत बगाइएको आवाज म सुन्न सक्दिनँ
गिदी चलेको आवाज सुन्न सक्दिनँ
लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ
आँसु उम्लेको आवाज सुन्न सक्दिनँ

वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ध्यान कहाँ छ

~नरेन्द्रकुमार नगरकोटी~Narendra Kumar Nagarkoti

यी मान्छेहरुको ध्यान कहाँ छ
ज्ञान कहाँ छ, विज्ञान कहाँ छ

किताब पढिरहेको बालकलाई
सघाउने अभियान कहाँ छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~Viplav Dhakal

निधारको पसिना र आँखाको आँसु पुछिदिने
मायालु बताससँग कुरा गर्दागर्दै,
डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर
कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै,
टिनिनि … टिनिनि …
पोल्टोभित्र बज्न थाल्यो रिङटोन !
ए निर्मली !
झिक मोबाइल, क्याच्च थिच र ‘हेलो’ भन—
मनमा यसरी काउकुती लाग्ने गरी Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नागरिकता

~मीनबहादुर विष्ट~Min Bahadur Bishta

तिनीहरूले –
हाम्रा देख्ने आँखा खोसे
सुन्ने कानहरू खोसे
सोच्ने मस्तिष्कहरू खोसे
त्यसको बदला Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ram-binay

नेत्रविहीनहरू कुनै
दृष्टिविहीन हुँदैनन्
दृष्टिविहीन कुनै
नेत्रविहीन हुँदैनन् ।

नेत्रविहीन र
दृष्टिविहीनहरू
जब हात्तीविहीन वनमा
हात्ती खोज्न थाल्छन्
चट्टानको ढिस्कोलाई
हात्ती सम्झेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : कम लेखेर पनि चर्चित हुने कविहरु

~विवश वस्ती~Bibash Basti

डा. मीनबहादुर विष्टले पछिल्लो समय कविता–लेखनबाट आफूलाई अलग राखे । तर, उनले लेखनको ऊर्जाकालमा जति कविता लेखे, ती कविताहरुलाई ‘मास्टरपिस’ नै मान्नुपर्ने हुन्छ । पचासको दशकसम्म कविता लेखिरहेका शिक्षा शास्त्रका यी प्राध्यापकले नेपाली समाज र चरित्रहरुलाई टपक्कै टिपेर व्यंग्यमिश्रित, असन्तोषको तापले भरिपूर्ण एवं उच्च चेतनाले प्रज्वलित कविता लेखे । सबैले सम्झिन्छन् उनलाई, ‘साला पहाड मे क्या है ?’ जस्ता कालजयी र चर्चित कविताको माध्यमबाट । लेख्न पनि बेजोड नै लेखेका थिए, त्यो कविता ।

‘त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो कि धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरु–
‘साला पहाड मे क्या है ?’
हो, केही छैन ‘साला’ पहाडमा Continue reading

Posted in लेख | Tagged | Leave a comment