~अरुणा बैद्य~
फागुका दिन
दिनभरि नै
मेरी बुढी आमाले
झ्यालबाट बाहिर हेरिरहिन्
हेरि नै रहिन्-
ठिटाहरु, ठिटीहरु
राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर
फागुमा रमाइरहेको ‘लाइभ सिन’ ।
थाहा छ् मलाई
त्यो ‘सिन’ भरि नै Continue reading
~अरुणा बैद्य~
फागुका दिन
दिनभरि नै
मेरी बुढी आमाले
झ्यालबाट बाहिर हेरिरहिन्
हेरि नै रहिन्-
ठिटाहरु, ठिटीहरु
राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर
फागुमा रमाइरहेको ‘लाइभ सिन’ ।
थाहा छ् मलाई
त्यो ‘सिन’ भरि नै Continue reading
~लोकेश याक्थुङ्बा~
नसोध मलाई मेरो खबर्, जसोतसो बाचेकै छु
मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु
टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ
पुग्नु छ धेरै टाढा मैले, दोबाटोमा नअल्झाउ Continue reading
~महेश थापा~
गैरी खेत खनिरहेको बेला १० वर्षे युद्धको ‘अग्रगामी’ धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने’सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाएर घर फिर्तीको पिलेन टिकट लिए।
पराया भूमिमा नूर गिराएर बस्नु भन्दा आफ्नै देशमा स्वदेशी पहिचानका साथ जिन्दगी बाँच्ने लालसामाथि नवीनतातर्फ फड्को हान्न नेपालै ठम्ठमिएको खबरले मनलाई त्यसैत्यसै चचहै बनाइरहेको थियो। उनी सटक्क पिलेनमा पसे।“कति वर्षमा फिर्दैछौ?” छेउको सीटका बुज्रुकले गफिने मेसो गरे।
“पन्ध्र वर्ष!” उनले संक्षिप्त जवाफ फर्काए। Continue reading
~परशुराम बुढाथोकी~
स्थान : स्कुल र बाटो
समय : साझ को ४ बजे
स्कुलमा घन्टी बजेको आवाज … हल्ला गर्दै बाहिरनिस्कदै गरेको बच्चाहरुको हुल।
त्यो हुलमा एउटा ८-९ वर्षको फुच्चेनि छ। नाम हो उसको भुन्टे। उ नै हो मेरो कथाको प्रमुख पात्र। मेरो कथाको स्रोत। चकचके छ …पढन ध्यान दिदैन। Continue reading
~दिपेन्द्र खड्का~
भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन
तर आज यादहरु सम्झी परयो रुन
बिर्सु भन्छु सम्झनाले सताउछ धेरै
कर्म मेरो खोटो रहेछ दोष पनि मेरै
भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन Continue reading
~कणाद महर्षि~
पीडा ! यसै पनि पीडा हो
कष्ट हो, गाह्रो दुःख हो
चहर्याइरहने षडयन्त्रको उनमत्त उहंकार हो
तैपनि
आफू नदेखिई अल्झाइरहने
अरूलाई अप्ठ्यारो पारिरहने, दुःखाइरहने
–यो क‚तो दुष्ट कुरूप हो !
–जगल्ट्याएर चौबाटोमा पछार्नु पर्ने त्यो पीडालाई Continue reading
~पूर्ण ओली~
“बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले
म ब्यूँझिएँ झल्याँस्स आधी रातमा,
तिमी गुन्द्रीको छेउ लागेर
दुवै आँखाबाट मोटा आँशु बगाउँदै
नाकमुखबाट र्यालसिँगान चुहाउँदै
हिक्क हिक्क गर्दै सानासाना हात मुठ्ठी पारेर
“बाबा ! बाबा !” भन्दै
आँखा मिचिरहेका थियौ
“के बाबु ? के ? मेरो सानु छोरा के ?”
तिमीले दूधेबोली बोल्यौ: Continue reading
सङ्कलन एवम् अनुवाद : देवेन्द्र अर्याल ‘आँसु’
गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । त्यसो त गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् तापनि उनका बठ्याइँ देखिने केही कथा यहाँ प्रस्तुत गरिएको छ ।
“गोनु झा र आकासे दरबार” Continue reading
~मनोज न्यौपाने~
सन् १९६३ अगस्ट झापामा जन्मनुभएका दुबसु क्षेत्रीको साहित्यमा प्रवेश २०३६ साल साउनको सङ्क्रान्ति पत्रिकामा प्रकाशित ‘आगोको गीत’ शीर्षक कवितामार्फत भएको हो । मधुपर्कमा उहाँको रचना सर्वप्रथम २०४० सालको लेखनाथ विशेषाङ्कमा (श्रद्धाञ्जलि) शीर्षक कविता प्रकाशित भएको हो । वि.सं. २०५६ साल (सन् २००० जनवरी १) मा उहाँले चौथो आयामको घोषणा गर्नु भएको थियो । उहाँले यस सिद्धान्तको प्रयोग गरी लेखिएका कविता समावेश गरिएको कृति ‘अश्वमेध यज्ञका घोडाहरु’ (२०६७) साझा पुरस्कार पाइसकेको छ । अहिले उहाँ चौथो आयाम सिद्धान्तमाथि प्रकाश पारिएका लेखहरुको कृति ‘चौथो आयामको प्रस्तावना’ को तयारीमा हुनुहुन्छ । चौथो आयामका प्रवर्तक डा. दुबसु क्षेत्रीसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको चौथो आयाम वार्ता ः
१. चौथो आयामको धारणाको कसरी जन्म भयो ? Continue reading
~निमबहादुर थापा~
हाम्रो शौभाग्य हो माटो, यसकै निम्ति लड्नु छ
धर्ति माता पुकारेर अगाडि अझ बढ्नु छ
रित्तो हात हुँदै हुन्न, तरबार साथ छ भने
भोको पेट कतै हुन्न, धर्ति माता सँगै भए
कवि निलमकुमार न्यौपानेको नवौं कृति ऐतिहासिक खण्डकाव्य ‘भक्ति थापा’ २०६५ को नवौं उठानमा उल्लेखित पहिलो र दोश्रो श्लोक हुन् यी माथिका हरफहरु ।
खण्डकाव्यमा नेपाल एकीकरणको समयमा लड्दै जाँदा आफ्नो मातहतका जवानहरुलाई हौसला दिदा भक्ति थापाले बोलेका कुराहरुलाई कवि निलमकुमारले काव्यिक ढंगले पस्किएका छन् । इतिहास पुरुष वीर सरदार सहिद ‘भक्ति थापा’को नाममा लेखिएको ऐतिहासिक खण्डकाव्यमा जम्मा तेत्तीस वटा उठानहरु रहेका छन् । इतिहास, किंवदन्ती र कल्पनामिश्रित पुस्तकमा प्रस्तुत तीन सय एक श्लोकमध्ये शार्दुलविक्रीडित एक सय ७६, शिखरिणी ३८, मन्दाक्रान्त सात, अनुष्टुप ६७ र अन्य १३ समेत व्यवस्थापन गरिएको लेखकीयमा उल्लेख छ । Continue reading
~पुरुषोत्तम सुवेदी~
एक
ब्याङ्क काउन्टरको
न्यून वैतनिक कर्मचारी
सारा नोट थन्क्याइसकेपछि
झल्याँस्स सम्झन्छ
रित्तो गोजी
र, बिरामी छोराको अनुहार, Continue reading
~ज्ञानुवाकर पौडेल~
बर्बाद घर नहोस् कसैको
खरानी रहर नहोस् कसैको
जुध्दैमा आँखा उसैसित
घायल नजर नहोस् कसैको Continue reading
~
हेलसिन्की, फिनल्यान्ड ।।
बालजार जाकोला सदाझैं त्यो साँझ पनि गिर्जाघर गयो । एक वर्षअघि सडक दुर्घटनाबाट देहान्त भएकी आमाको निम्ति प्रार्थना ग¥यो र एउटा मैनबत्ती बाल्यो ।
मैनबत्ती उसले घरैबाट ल्याएको थियो । गत साल उसले एउटा क्यान्डलगृहबाट तीन सय पैंसट्ठीवटा मैनबत्ती किनेको थियो र भान्साकोठाको भित्तामा झुन्डिएको आमाको श्यामश्वेत तस्बिरसामु प्रण गरेको थियो– आमा, म तपाईंको आत्माको चिर शान्तिका निम्ति गिर्जाघरमा हरेक साँझ एउटा मैनबत्ती बाल्छु ।
आमाको आकस्मिक निधनपश्चात् एकहत्तर वर्षीय बालजार जाकोला अफिसियल्ली टुहुरो भएको थियो । यो अवधि उसको लागि शोक काल थियो । आमाको एक्लौटी अभावले उसलाई एकान्तमा घरिघरि डस्थ्यो । Continue reading
~अमर गिरी~
विषयप्रवेश
राज्यको भाषिक नीति कस्तो हुनुपर्ला ? यो आजको गम्भीर एवं ज्वलन्त प्रश्न हो । यस प्रश्नको समुचित उत्तरले नै सबै राष्ट्रभाषाको समान विकास र संरक्षण, भाषिक अधिकारको सम्मान, भाषिक विभेदका कारण सिर्जित द्वन्द्वको अन्त्य, अनावश्यक र अनपेक्षित आकाङ्क्षाको समाप्ति तथा भाषालाई लिएर गरिने षड्यन्त्रहरूलाई चिर्ने कार्यमा सफलता प्राप्त गर्न सकिने छ । नेपालमा लामो समयदेखि भाषिक विभेदका विषयमा बहसहरू चल्दै आएका छन् । आज भाषिक अधिकारसम्बन्धी विषयमा अभूतपूर्व जागरण आएको छ । भाषा जातीय अस्तित्व र परिचयको एक प्रमुख आधार भएकाले परिवर्तनसँगसँगै भाषिक अधिकारको प्रश्न पनि गम्भीर सरोकारको विषय बन्दछ । भाषिक विभेदको सिकार भएकाहरूको सांस्कृतिक विकास मात्र अवरुद्ध हुँदैन आर्थिक, Continue reading
~गुरुङ सुशान्त~
नेपाली ग्रामीण जीवनदेखि अमेरिकासम्मको संघर्षगाथा अनि ‘मास्टरपिस डायस्पोरकि’ कृति भनेर लेखिएको उत्तरआधुनिक ‘ब्रान्डेड’ भूमिका। होमराज आचार्यको आख्यान टुल्कु पल्टाएपछि यी पूर्वानुमान सबै भत्किन्छन्।
उपन्यासको सुरुतिरै भूतप्रेतका प्रसंग आएपछि चरत्रिचित्रणको स्वाभाविकताप्रति शंका लाग्छ। देश-दुनियाँ डुलेका, विज्ञान-प्रविधिको सोझो सम्पर्कमा रहेका र दर्शनको अध्ययन गरेका होमराजजस्ता लेखक किन अन्धविश्वासी समाजलाई नै लेख्दै छन् भन्ने आक्रोशयुत्त् प्रश्न सेलाउँदै गयो, जब उनको लेखनको उपकरण ‘फ्यान्ट्यासी’ रहेको थाहा भयो।
साहित्यिक र गैरसाहित्यिक विधाको विभाजक रेखा हो, कल्पना। आख्यान र गैरआख्यानलाई छुट्याउने मुख्य तत्त्वमध्ये एक हो, कल्पनाको प्रचुरता। आख्यानमा लेखकको सहज कल्पनाले मात्र उद्देश्य पूरा नहुँदा Continue reading
~नित्यानन्द गायेन~
अनुवाद : प्रमोद धिताल
अनाजका गोदाम भरिएका छन्
फेरि पनि
गरीब भोकले तड्पिरहेछन् ।
यहाँ अदालत छन्
न्यायधीश पनि छन्
किंतु कोशौं दूर टाढा छ न्याय
सेना छ पुलिस छ Continue reading
~स्वप्निल स्मृति~
हो, म बोल्न सक्दिन !
मेरो कानले अहिलेसम्म
कुनै विष्फोट
सुनेको छैन?
लोकतन्त्र, न्याय,
सरकार वा क्रान्ति
यी शब्दको अर्थ
मलाई विल्कुल
थाहा छैन । Continue reading
~चन्द्र गुरुङ~
ऊ एक कवि
एउटा नयाँ कविता कोर्दै
थियो ।
उसको कवितामा–
आकाश,
बादल,
पुतली, Continue reading
~सन्जीव बंकिम~
तपाईं हरु
कहिलै पुरुष मन भित्र पस्नु भएको छ ?
पुरुष भएर हेर्नु भएको छ ?
खोइ कहिले साथ गर्नु भएको छ
यो संग ?
यिनी हरु कति भद्दा जिस्किञ्छन
यिनी हरु कति जिल्लिछन एक आपस मा
नारी मन लाइ लिएर
यिनी हरु सोच कति थर्ड क्लास हुन्छ
यिनीहरु को हेराइ
यिनी हरु को बोलाइ
यिनी हरु को भाब भंगीमा Continue reading
~सुवास खनाल~
कसले झिकी लग्यो तिम्रा आँखा
र मान्छे किनबेच हुने बजारमा उभिएर
सोध्दैछौ दृश्यको मोल
कुन प्लास्टिकको बट्टामा बिर्को लायौ
तिमीले तिम्रो मष्तिष्क ?
र मक्किएको त्यान्द्रोझैँ उभियौ
आत्महत्याको एक प्रहर अघिझैँ ।
कुन चिहानमा गाडिएको छ
तिम्रा इन्द्रियहरुको अस्तित्व Continue reading
~शारदा पौडेल~
बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासीदेखि सामाखुसीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउन्ड मारेर आउँथेँ । एकदिनको कुरो म आफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ, एक जना बुबा समानको व्यक्ति भेट भए र भने, ‘नानी पख त ।’
मलाई पनि आफ्नै बुबाले भन्ने शब्दले सम्बोधन गरेकाले रोकिएँ र सोधेँ, ‘मलाई भन्नुभएको हो ?’
उनले हो को संकेत गरेर भन्न थाले, ‘आहा ! कत्ति सर्लक्क परेको शरीर हो, लामो कपाल हिस्सी परेको अनुहार, भगवान्ले तिमीलाई फुर्सदमा बनाएछन् है ।’ Continue reading
~यल्जी विवश~
घाइते देश
घाइते देश
लङ्गडो काठमाण्डु
सर्बत्र आँसु !
प्रदेशी माटो
अनौठो झिलिमिली
मृत्युको हावा !
सन्तान रोए
जाग,हे! कुम्भकर्ण Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
मेरो देशले अहिले
सपना वाँड्नेहरु
र, फोकटमा वाँडिएका सपना टिप्नेहरुको
खहरे धानीरहेको छ ।
खहरे अहिले
शहरका मुल सडकहरुमा
गाउँका गोरटोहरुमा
आँखा चिम्लिएर Continue reading
~नवीन प्यासी~
चराको चुच्चोमा च्यापिएको पुतलीले
मृत्युको गीतमा
आधुनिक नृत्य देखाउन थाल्यो
जब देख्यो उसले
बिरामी बालकको हातमा -गुलेली
उसले कहिल्यै सोधेन
बगरै बगर हिँडिरहेको नदीलाई -यात्राको परिभाषा,
उसले कहिल्यै देखाइ मागेन
मन्दिर, चर्च या मस्जिदलाई -इश्वरको मुटु,
न त भेट्यो Continue reading
~भिम बहादुर थापा~
नयाँ वर्ष
मौसम चुनेर
आउँछौ भने यसपाली,
जिवनको खण्डहरभित्र
विकासको मरुस्थलभित्र
बसन्त-बैंशमा
ठिम-ठिम
कल्कलाउँदो भएर आउनू
मोफसलमा
सरोकार स्वीकार्ने गरी आउनू।
**
नयाँ वर्ष Continue reading
~राजीव पौड्याल~
भानु उफ्रिदै आयो, बाको छेउमा गएर भन्यो, मैले आज ५० हजार जितेँ, यसरी जित्दै गए भने म छिट्टै नै लखपति हुन्छु। १२ बर्से केटाको त्यस्तो कुरा सुनेर बाले चासो जनाएर सोधे, त्यो जित्न चाहि कसरी जित्ने रहेछ भन् त भानुभक्ते, जवाफमा आयो, कम्प्युटर चलाउन जान्नु पर्छ बा, त्यतिकै जितिदैन। भानुको बाले सोच्न थाले, साला यो कम्प्युटर नसिकि भएन, यो सानो छोरोले त लाखको कुरो गर्छ म त झन् जमानाको खप्पिस जुवाडे, मैले त्यो कम्प्युटर सिके भने म पो करोडपती बन्छुकि क्या हो। Continue reading
~Jiwan Kshetry~
What if I die right now? A holiday in the college, mourning for few days and the rituals for the next thirteen days. Is there anything more than that that I deserve? Mom would create one more stream of tears in the endless sequence of those in her pathetic life. Friends would set apart the bad points about me and praise me for the good ones for few days and eventually forget me. My prospective husband will sigh with relief that the incident did not occur after the marriage. That is what is taking place ever since the mankind has been aware of the coupling of the life with death. That is what happens after every other soul departs from this earth and that is what wil Continue reading
~दिनेश घिमिरे~
अझै कति छन् समाजमा दरारहरू
अझै कति छन् संस्कृतिमा अहङकारहरु
छोराले आफ्नी आमा यसरी मरियो भन्दापनि
खै काहाँ छन् ती मानव अधिकारहरू Continue reading
~अलेक्सान्द्र त्रोफिमोभ~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
“हाम्रो वनमा, जहाँ दयालु वनदेवता बस्छ, हुदका हुल मानिसहरु देखा परे ।” कोही त्यसै घुम्न आउँथे चने कोही च्याउँ बटुल्न, बदाम टिप्न, फलफूलल लिन आउँथे । कोही कोही त आराले रुख ढाल्न समेत आउने गर्दथे । हामी वनवासीहरुलाई सारा शहरवासीहरु उल्टेर सधैंका लागि वनमा आएजस्तो लाग्न थालेको थियो । के हामी वनमा बस्नेहरुले शहरतिर बसाइँ सरेर शहरवासीहरुको घरमा वास बस्न जानुपर्ने भयो त ? यस्तो समेत विचार गर्न थालिएको थियो । तर कुरा यत्तिमै सीमित रहेन । मिखाइल पोतापिच भनेर चिनिने वनको भालु त टिकट किन्न भनेर रेलको स्टेशनसम्म पनि पुग्यो । तर यसको नतीजा अर्कै निस्कियो । टिकट बेच्ने महिलाले तुरुन्त झ्यालढोका ढ्याम्म थुनी र “गुहार ।” भनेर चिच्याउन थाली । उसको वन नै थकाउने खालको कंकला स्वर सुनेर त्यहाँ आइपुगेको प्रहरी चाहिं आफ्नै गाडीमा सवार भएर त्यसलाई यसरी दगुराउन थाल्यो, मानौं हेलिकोप्टरमै सवार भएको होस् । Continue reading
~दिलिप योन्जन~
रोएकोछ बुद्ध आज
गोली र गन्धले
हराकोछ शान्ति यहाँ
आपासी यूद्धले
तोड-फोड आगजानी
दाजु र भाईमा पनि
तछाड-मछाड लडाईले
रगत बन्यो पानी
छोरा मर्दा आमा रुन्छे
दुखाई मातृ-भूमि
भाई मर्दा दिदी रुन्छे Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
हामी खिचडीनिम्ति बिकेका
हामी आजका नेपाली,
सामन्तका सब ढुकुटी ढुकेका,
नूर झुकेका
साहित्य–कलाका कोर्काली ।
ख.
टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी,
पापीहरुसँग नीति सिकेका, परिपाटी,
चाकरीबिनु जीवन जिएझैं
हुन्न नि साथी ! Continue reading
~दिवाकर सिग्देल~
कस्सम!
चाहे बोराको पाइन्ट लगाउन किन नपरोस,
तेतिबेला सम्म धैर्य राख्छु म,
जतिबेला मेरो मेहनत चरम चुली पुगोस,
त्यस पश्चातको अमृत बर्षाले,
यो बोराको पाइन्ट,
मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस |
मैले बाटोका भिखारीहरु हेरे,
प्रकृतीलाई सोधे, Continue reading