~रामकुमार पण्डित क्षेत्री~
सन् २००७ मै ‘यन्त्रवत्’ लघुकथा सङ्ग्रह प्रकाशन गरी पाठकहरूमाझ परिचित स्रष्टाले सन् २००९ मा ‘हिउँको तन्ना’ हाइकु सङ्ग्रह लेराएका थिए । उनले सन् २०१० मा फेरि अर्को लघुकथा सङ्ग्रह ‘रोडम्याप’ लेराएर पाठकका मनका सडकहरू तताए । उनले त्यही सालमा ‘स्रष्टा र डिजिटल वार्ता’ शीर्षकको साहित्यिक अन्तर्वार्ता सङ्ग्रह लेराए । यिनै स्रष्टा कृष्ण बजगाईँले पाँचौ साहित्यिक कृतिको रूपमा ‘कमरेड भाउजू’ कथा सङ्ग्रहलाई पाठकसामु पस्किएका छन् । यिनको काँधमा ‘समकालीन साहित्य डट कम’ जस्तो विशाल वेव पेजको निर्माण तथा सम्पादनको जिम्मेवारी छ । यी वाहेक अनेकौ साहित्यिक कृतिहरूको पनि सम्पादन यिनले गरेका छन् । यिनी साहित्यका सम्मानित पुरस्कारहरूबाट पनि सम्मानित स्रष्टा हुन् ।
यस कथा सङ्ग्रहमा विभिन्न शीर्षकका तेह्र वटा कथाहरू छन् । आयामका दृष्टिबाट सबै कथाहरू औषतमा Continue reading