समीक्षा : युरोपमा नेपाली भाषा

~केदार वाशिष्ठ~Kedar Bashistha

विषय प्रवेश

नेपाली भाषाको अध्ययनमा स्वदेशी तथा विदेशी परम्पराको इतिहास कहिलेदेखि हो भन्न कठिन छ ।  खोज तथा अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाउने काम जारी रहन्छ ।  त्यसै व्रmममा नेपाली भाषाबारे पनि खोजीहरू भएका छन् ।  तथ्यप्राप्ति र त्यसको परीक्षणबाट कुनै पनि विषयको तथ्यपूर्ण र प्रामाणिक इतिहास केलाउन सकिन्छ ।  त्यसैले नेपाली भाषाको अध्ययन परम्पराको इतिहास खोतल्ने काम पनि प्रशस्तै भएका छन् ।  स्वदेशी तथा विदेशी अध्ययन परम्परामा यसको खोजी भएको पाइन्छ ।  तिनमा युरोपेली विद्वान्हरूको स्थान अग्रणी रहेको पाइन्छ ।  विदेशी अध्ययन परम्परामा हालसम्म गरिएका अध्ययनहरूमा जोहान्स व्रिmस्टोफोरस अमाडुजी (अमादुच्ची) लाई नेपाली भाषाको पहिलो अध्येताका रूपमा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने…

~गणेश खड्का~Ganesh Khadka

भक्तीको लौह गर्दनको कसम
आधा होशमा र आधा बेहोशमा हुँदै होइन
पुरै होशमा चौतर्फी सोचविचारका साथ
दुधको दुध,पानीको पानी बक्दैछु-
मेरो एक इन्च माटो मिच्यौ भने
म तिमीहरुको दुई इन्च गर्दन छिनाईदिनेछु
मैले टिस्टा नदी उकालो फर्काउन बाँकी नै छ l Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जलिरहेछ शान्ति बुद्ध भूमिमा !

~न्हुछेरत्न बुद्धाचार्य~

अन्धकारले छोपिएको ठाउँमा
कसरी शान्तिको फूल फूल्छ?
स्वच्छ मनको अभावमा
कसरी दया करुणा हुन्छ?

यो बुद्ध भूमिमा
द्वन्द्वको आगो सल्किरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

रुबाई : बाध्यता छ जिन्दगीमा

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

तिम्लाई भुली जिउनु पर्ने,बाध्यता छ जिन्दगीमा
पिडा बिचमा खिउनु पर्ने, बाध्यता छ जिन्दगीमा

प्यार अनि परिवारको , दोसाँधै मा फस्दाँ आज Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कविता : रक्सी

~रामकृष्ण सुनुवार ‘आँकाला’~Ram Krishna Sunuwar 'Ankala'

मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।

एक दुई घुट्का कप गर्दागर्दै
दुई चार बोतल रित्याएँ
आँखा तिरमिर भई ताराहरु झुल्किए
उज्यालो भो जताततै आगो भै दौडिएँ
मैले रक्सी पिईन
उसले पो मलाई पिएछ ।

मैले नशा पिईन
प्रियसीको याद पिएँ
उनको खुशीमा आज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे

~टेकब कोइराला~Tek B Koirala

पहिले–पहिलेका बहादुर अच्छे लोग थे
बोक भन्यो कुइकुइ बुइ बोक्थे
ठोक भन्यो घड्याप्प सलाम ठोक्थे
जोख भन्यो हाँसीहाँसी जोख्थे
‘शोक’ भन्यो रोइरोइ सोक्थे.
पहिलेका बहादुर अच्छे लोग थे।।

खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे
थुक भन्यो तीन पाथी नै थुक्थे
नथुक भन्यो मुखैमा रोक्थे
थुक, र्‍याल, सिगान मात्र हैन चहियो भने रगत पनि पोख्थे Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : आजको रोज्जा प्रतिकृया

~जया राई~Jaya Rai

आज बिहानैदेखि नै उज्यालो छ । जाडो लागे पनि पानी चाहिँ परेको छैन खुशीको कुरा त्यही हो । काममा पुगेको गत हप्ता बिहिबार देखि माथिल्लो तलाबाट पानी लिक भएर झरेको थियो । सप्ताहान्तमा मर्मत भयो कि भनेको, होइन भएन रहेछ । पानी अझै झर्दै रहेछ ।

आजको दिन अरु सोमबार जस्तो व्यस्त भएन । सजिलो सोमबार भयो । करिव दश बजेतिर एउटा कफी कलरको लामो मिडी र बुट लगाएको गोरी मोटी महिला भित्र पस्दै गरेको डार्करुमबाट देखेको थिएँ । केही क्षणमा उनी रिसेप्सन डेक्समा सोनालसँग कुरा गर्दै गरेको सुने । मेरा ध्यान उता गयो । ए…ऊ त सान्ड्रा केली Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : आदान प्रदान चलेको छ

~करूण थापा~Karun Thapa

दुश्मनसँग सुख दुःख, आदान प्रदान चलेको छ ।
लैजाऊ नाउ मझधारमा, आज तूफान चलेको छ ।

बाँच्न गाह्रो भयो झन् झन् मर्न भने सजिलो भो
घर चल्न छोडेको छ, तर मसान चलेको छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : खेलौं होली

~सुष्मा बस्नेत~Sushma Basnet

मनको भारी केहि पर बिसाएर खेलौं होली
रङ्ग संगै थोरै माया मिसाएर खेलौं होली

रङ्गै रङ्गको पर्व होली रङ्ग चड़ोस सबको मनमा
कोहि नहोस दुखि यहाँ हर्ष बढोस सबको मनमा
रिस, राग, द्वेष सबै हटाएर खेलौं होली
एक आपसमा प्रेम सदभाव बढाएर खेलौं होली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सुनुवार भाषी गजल : ख्लोप्शा चाम्मुस

~अतित मुखिया~Atit Mukhiya

चर्मि चर्वा बातस बला ख्लोप्शा चाम्मुस
दामदामपा दाम्मुस सु ब्लोबासा थाम्मुस

आंकल माल्शा पिएमै इकल कोश्या गो बाति
एकिन ग्लुम्शो गिस रिम्शो काले काथा व्याम्मुस Continue reading →

Posted in सुनुवार गजल, सुनुवार भाषी रचना | Tagged | Leave a comment

Poem : Greetings

~Dibya Giri~Dibya Giri

Without you alone myself and gloomy
This chilly December so cold
Your absence is more chiller than that
And I’ve lost your warm embracing love.
Just like the poles standing line wise in the queue as soldiers
The lamp-post struggling with the obscurity of the road
And the stray dogs barking seldom shivering with cold Continue reading →

Posted in Poem | Tagged | Leave a comment

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का १३ हाइकुहरु

~लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’~Laxmidatta Bhatta 'Satyapremi'

(१)
बशन्त आयो
कोपीलाहरु फूले
प्रेमीको याद I
(२)
मोती झै आशु
नझार मायालु
प्रीतको बेला Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : माटो खन्छु घर बनाउँछु

~दिपेन्द्र राई ‘अश्रुमाली’~Dipendra Rai 'Ashrumali'

ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछु ।
बिकट भो रे मेरो गाउँ शहर बनाउँछु ।।

छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु ।
अब गाउँले मन पनी पत्थर बनाउँछु ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फोटोमा जलेकोछु म।

~तिलक अनुरागी~Tilak Anuragi

महिनौ देखि यो फोटोमा जलेकोछु म।
बाहिर सक्लो तर भित्र गलेको छु म।

नजरको वाणले मेरो मुटु छेद गर्दा ।
बुढो रुख ढले सरी ढलेको छु म। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अधुरो प्रेम

~रेनुका पौडेल “आहत”~Renuka Paudel 'Ahat'

हामी दुई मुटु एक धड्कन
दुनियाले अहो! भन्ने हाम्रो सम्बन्ध
जीवन रंगिन बन्दै बनाउदै
संघर्षका पाइला आत्मसाथ चल्दै
हरेक
हो हरेक
प्रहरमा संग संगै पाइला चाल्दै
एउटा छुट्टै आनन्द संगाल्दै
एक अर्कामा निहित बनेर
शत्रुको चोटिलो प्रहार सहेर
आपसी बिश्वास ,भरोसा
स्वप्न सुन्दर महल आसा
अहो! हाम्रो प्रेम Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न गरिनँ

~शिरिष पराजुली~Shirish Parajuli

उहिल्यै बाजेको पाला देखि घिस्रिदैं
लड्दै र चढ्दै आयो प्रजातन्त्र तर
मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा,
र पो भोग्दैछु गरिबी र बेरोजगारी ।

देशको भूगोल र नक्सामा
किरिङमिरिङ सिमाना
सिमानामा नौलो झण्डा
झण्डा प्रति प्रश्न गरिनँ,
र पो कोर्दैछु सिमानाको चपेटा र पीडा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यूरोपका चीसा गल्ली हरुमा !!!

~जे.बी. शेर्पा ~J B Sherpa

पट्ट्यार लाग्दो अलार्म !
सके हप्ताको सातै दिन !
जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै !
कहिले, आफ्नै निधार ठोक्दै !
कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै !
अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ फकाउँदै !
सुरु हुन्छ यूरोपका चीसा गल्लीहरूको बिहानी !

२. ट्राम बस मेट्रो, ट्रेन !
जेब्रा क्रश, ट्राफिकलाईट कतै अढिने समय छैन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अलग उपाय

~लेखनाथ काफ्ले~Lekhnath Kafle

मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा।

२०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र रित्ता गराहरुले फाँट रंगी चंगी देखिएका छन। सफा बिहानी, हुस्सु-कुहुरो पनि छैन। शनिबार, केटाकेटीहरु खेलिरहेका छन। दुर दराज गाँउमा खेल्ने साधन नै के हुन्छ र? कोही रबरका गोलिहरु जोडेर खेल्दै छन। कोही, डोरी नाघ्ने, कोही भने पुरानो मोजा भित्र थोत्रा कपडाहरु भरेर बनाएको भकुन्डो खेल्दै छन्।

स-साना झुप्राहरुको बस्तिमा जम्मा जम्मी ४३ घर धुरी छन। बस्तिको माँझमा उपल्लो जातिका भनिनेहरु र बस्तिको बाहिरी फेरोमा तल्लो जाती भनिएकाहरुका घरहरु छन। अधिकांस उपल्लो जातिकाहरु ठुलो घर भएका र जमिन धेरै भएका छन। स-साना झुप्राहरु, पराल, खडाइ र लौराहरुका बारमा माटोले पोतिएका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमिलो अंगुर

~सुषमा मानन्धर~Shushma Manandhar

किन हो किन, रत्‍नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा औपचारिकतावश केही न केही ल्याएकै हुन्थे तर अंगुर भने यसपालि कसैले ल्याएका थिएनन्। त्यहीमाथि उसले सँधै किन्ने फलफूलको पसल पनि विगत केही दिनदेखि बन्द थियो।

त्यसैले आज मन्दिरबाट फर्कँदा बाटोमा साइकलमा राखी फलफूल बेच्न बसेको मधेसीसँग उसले अंगुरको लागि निकै मोलभाउ गरी। किलोको सत्तरी भन्दा घटाउनै मानेन। त्यो ठाउँमा बेचिरहने मान्छे अर्को नभएर हो कि कुन्नि उसले रत्‍नमायाको कुरै सुन्न चाहेन। किलोको साठ्ठीमा दिनु भनी ढिपी पनि गरेकी हो। “त्यति त हाम्रै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : थाई विमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म विशेष सचेत र र्सतर्क थिएँ। मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु थियो। यसो-उसो गर्दा गर्दै रातको ११ बजिसकेको हुँदा म ओच्छ्यानमा पल्टिएँ। शरीर थाकेको थियो तापनि लुटुक्क निद्रा परेन। भोलिको गन्तव्य मेरा मनभरी नाच्न थाले। आजसम्म त बैंकक सहरप्रतिको स्वप्निल संसारमा डुवुल्कि मारिरहेको छु। केवल काल्पनिक दुनियामा पौडी खेलिरहेको थिएँ म। भोलि यथार्थ रुपमा त्यही बैकक नगरीमा पुगिने मीठो काल्पनिक अनुभूतिभित्र म हराइरहेको थिएँ।

रातभरिको विभिन्न उत्सुकतापूर्ण कल्पनाभित्र कल्पिँदा कल्पिँदै कुन बेला निदाएछु। भोलिपल्ट नियमित Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : नीलो रुमाल हराएपछि

~अनमोलमणि~Anmolmani

अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची- ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’

उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकJ थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकJ थिएन। आफ्नै मनमा ठूलो कोलाहल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अलग शैलीका अलग कविता

~हरि अधिकारी~book-cover-chandra-ghimire-dont-touch-me-o-kabitaharu-kabita

लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, “डन्ट टच मी ओ कविताहरू !” पुस्तक नामबाटै अलग देखिन्छ । यसमा संकलित ४२ थान कविता वास्तवमै अलग किसिमले लेखिएका छन् । कविले विषयवस्तुको चयनदेखि नै मौलिक दृष्टिकोणको विकास गरेका छन् । उनले रचेका विम्ब र रोजेका प्रतीक र मिथक पनि नेपाली कविताकारितामा चलनचल्तीमा रहेकाभन्दा नितान्त फरक लाग्छन् । कवि घिमिरेमा ताजापन छ ।

घिमिरेका कविताहरूलाई चिनाउने जमर्को गर्दै कविका निकटतम् मित्र र धरानकै अर्का सामर्थ्यवान् स्रष्टा रमेश केसी लेख्छन्, “चन्द्रका कविताको स्वर यथास्थिति र जडताको विरुद्ध छ । उनी अनुभूतिको तीव्रता Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : देवदूत

~खालिल जीब्रान~Khalil Gibran

[ खलिल जिब्रानको जन्म ६ डिसेम्बर १८८३ मा उत्तरी लेबनानको पहाडी जिल्ला बिसर्रीमा एउटा सामान्य परिवारमा भएको थियो। सानै उमेरदेखि उनी एकान्त मन पराउने खालका थिए। बाबुबाट उनले कुनै स्नेह पाएनन्। रक्स्याहा र झगडालु स्वभावका उनले परिवारको कुनै देखभाल गरेनन्। त्यसैले गरिबी र पारिवारिक कलहको कारण खलिलकी आमा १८९४ मा आफ्ना छोराछोरीसमेत अमेरिकाको बोस्टोनमा बसाइँ सरिन्। खलिलको शिक्षा अमेरिकामा र लेबनानमा भयो। उनमा साहित्यको रुचि सानैदेखि थियो। अरबी र पश्चिमी साहित्य र समकालिन दर्शनमा उनको राम्रो अध्ययन थियो। यसबाहेक चित्रकला उनको अर्को रुचिको विषय थियो। आफ्ना रचनाहरूलाई ठाउँ ठाउँमा सुहाँउदा चित्रहरूले सजाउने उनको शैली प्रभावशाली रहेको छ। १९१२ मा उनले सुश्री मेरी ह्यास्केलको मद्दतले न्युयोर्कमा एउटा स्टुडियो खोले र Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

लघुकथा : मदमत्ता

~विजयराज शर्मा ~

म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्:

“मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी भेट्टियो र उसलाई हामीले पृथ्वीका मानिस कति सुन्दर छन् भनेर देखाउनु पर्‍यो भने, म १४ वर्षकी किशोरीलाई प्रस्तुत गर्ने छु।”

ती लेखिकाले व्याख्या पनि गरिन्, यौन-आकर्षणका दृष्टिले उनले त्यसो भनेकी होइनन्। उनको अभिप्राय १४ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : हतारमै छड़की गयौ

~बिक्रम चापागाईं~

हतारको भेट थियो हतारमै छड़की गयौ
सल्काएर यता आगो अनि उता भडकी गयौ

आखा आखा जुधे हाम्रा बोलचाल नभय नि
नबोलेर के भयो र मनमाझ अड्की गयौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बिजेता को हुन्छ..

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

एउटा दौड ।
हामीले लामो फड्को मार्यौ ।
चारै दिशा छुन खोज्यौ ।
चुचुरो छोयौं ।
फेदीमा पुग्यौं ।
हामीले पुरै ब्यास नाप्यौ ।
तर,
पुनराबोलकन गरेनैं ।
हामीले समयको ख्याल राखेनौ ।
कसैलाई बिजेता भन्न सकेनौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कोरियाली कविता सिजोको सिर्जना कला

~रामकुमार पाँडे~Ram Kumar Pande

पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् । नेपाली समाजमा काव्य परम्परा उन्नत छ । दार्शनिकदेखि आमोद-प्रमोदमा प्रयुक्त कविता गीतका रूपमा त लोक साहित्यमा विविधापूर्ण छ । कविताले मनोरञ्जन प्राप्ति मात्र नभई भावनात्मक तृप्ति पनि हुने हुँदा युगौँदेखि नेपाली जीवनमा रङ्गरञ्जित छ । स्वर, लयमा सङ्गीतात्मक, भाव र अनुभूतिमा रागात्मकताको उच्चता नेपाली लोककाव्यको विशिष्टता हो । दुःख-सुख, प्रकृति-प्रणय, संस्कार-विकारदेखि रीति र ऋतुको रसानुभूतिले नेपाली जीवन कवितामय बनाएको छ । पूर्वीय साहित्यको काव्य जगत् राजाश्रयबाट फस्टाएको दृष्टान्त जापान, कोरिया, भारत र नेपाल एवं यस क्षेत्रका कतिपय मुलुकहरूको इतिहासमा व्याप्त छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : पहिलो प्रेम

~कविन्द्र अज्ञात~

रत्‍नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी चोरी हेर्दै थियो ऊ। एकपटक आँखा चार भइहाल्यो। मुसुक्क हाँसिन् उनी। उसले सोच्यो- लौ माया भनेको गरेर हुँदैन, आफै हुन्छ भन्थे। त्यो एउटा गीत छ नि- पिरति आफै हुँदो रैछ। माया बस्यो, उसले सोच्यो। पहिलो नजरको प्रेम यसैलाई भन्छ क्यारे। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : दामको के कुरा

~कृष्ण पौड्याल~

सृजना चोरी हुन्छ दामको के कुरा।
अर्कैले कोपी गर्छन नामको के कुरा॥

मैले रचेको भन्नु पनी ब्यर्थ हुन्छ।
पोष्ट भईसकेपछी खामको के कुरा॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : परिचयको एक सन्दर्भ

~बाबुराम लामिछाने~baburam-lamichhane

धन्य छन् तिनीहरू
जसले आफ्नो परिचय दिन जान्दछन्
जसरी जूनकीरीले आफ्नो परिचय दिन्छन्
जसरी हिउँचुलीले आफ्नो परिचय दिन्छन्
जसरी जलासयहरूले आफ्नो परिचय दिन्छन्
आमाले नानीहरूलाई जसरी आफ्नो परिचय दिन्छन्
जसरी फूलहरूले आहृलादपूर्वक आफ्नो परिचय दिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुनीदेउ न बिन्ती

~शान्तिराम पोख्रेल ‘निर्दोस’~

मेरो पनि मनको कुरा सुनीदेउ न बिन्ती
मेरो निम्ति बरमाला उनीदेउ न बिन्ती

तिमी जुन बनि चम्केउ म छु तारा माझ
हजारौ ति तारा माझ चुनिदेउ न बिन्ती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लेख : लोकगाथा : धमारी

~तेज माझि~tej-majhi

गाथा लोकसाहित्यको एक महत्वपूर्ण विधा हो । स्थानिय समुदायले लोक मनोरञ्जनकालागि प्रस्तुत गर्ने गाथाले जुनसुकै उद्देश्य राखेको भए पनि मुलतः लोकमनोरञ्जन गर्नु नै यसको प्रमुख उद्देश्य देखिन्छ । नेपाली लोकसाहित्यमा लोक गाथाहरु धेरै प्रकारका पाईन्छन् । तिनीहरु जातिय समुदाय भौगोलिक क्षेत्र वा वर्गमा फरक फरक नाममा चिनिन्छन् । खासगरी लामा कथात्मक गीतहरु जसलाई बौद्घिक वर्गले गाथा भनेर नामाकरण गरेको भएपनि यो जुन समुदायमा प्रचलनमा छ त्यो समुदायमा आफ्नै प्रकारको नाममा चिनिन्छ । यसलाई पढेलेखेका जान्ने बुझ्ने क्षिरनिरविवेकी भनिने र साहित्य शास्त्रीय चिन्तनका आधारमा समीक्षा गर्नेहरुले मात्र गाथा भनेका हुन् । (पन्त, २०६८ ः२०) यस्तै नाम मध्य धमारी एक हो । नेपालको कर्णाली तथा डोटी क्षेत्रतिर प्रचलनमा रहेको (पराजुली,२०५७ ः३१२) भनिए पनि सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्लामा यो प्रचलनमा रहेको पाईन्छ । साथै भारतमा कुमाउ तथा Continue reading →

Posted in लेख | Tagged | Leave a comment