कविता : मालिक

~स्नेह सायमी~Sneha sayami_1

उक्ल भन्नुभो उक्लें
ओर्ल भन्नुभो ओर्लें
जुन दिन मानिंन झर्न
त्यो दिन खसाल्दिनु भो , खसें
मालिक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : राजनीतिको रङ

~सरोजराज अधिकारी~

‘चप्पा–चप्पा छान मारा सर, मगर गोबरबहादुर कहीँ नही मिला ।’
हरेक शुक्रबार यो डायलग सुनाउँथ्यौं हामी सरहरूलाई । हामी अर्थात् किरण ढकाल र म । २०४९ सालतिरको कुरा हो । नेपालगन्ज धम्बोझी चोकबाट करिब सात किलोमिटर पश्चिममा रहेको आदर्श माध्यमिक विद्यालय, बागेश्वरी ‘डी’ गाउँ खजुरा, बाँकेका विद्यार्थी थियौं हामी । ६ देखि १० सम्म पढाइ हुने यस विद्यालयमा तिनताका म ७ कक्षामा पढ्थेँ ।

हरेक शुक्रबार दुईवटा कक्षापछि हाम्रो पढाइ सकिन्थ्यो । तर, स्कुल कक्षाका भुइँहरू पक्की नभएकाले त्यसपछि सबै विद्यार्थीको ‘प्रयोगात्मक’ कक्षा सञ्चालन हुन्थ्यो । केटाहरूले गाउँ डुलेर बाल्टी भरिभरि गोबर ल्याउनुपथ्र्यो । धारा पेलेर पानी ओसार्न पथ्र्यो । केटीहरू भुइँ लिप्थे । सानो कदकाठीका भएकाले पनि किरण Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आहुतिको मुख

~विनोदविक्रम केसी~Binod Bikram KC

सभाको बीचमा
जुरुक्क उठ्यो आहुति
र कड्केर भन्यो–
‘तिमीहरू चुप लाग
अब म बोल्छु।’

स्तब्ध भयो बूढो इतिहासकार
झसङ्ग भयो कहलिएको पण्डित
ट्वाँ पर्‍यो नाम चलेको समाजशास्त्री
अवाक् भयो राष्ट्रको ठूलो कवि
नर्भस भयो कम्युनिस्ट नेता

आहुतिले भन्यो– Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : दुःखको वर्णमाला

~केशव शिलवाल~keshab-silwal

वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला

त्यति सहज हुँदैन
दुःखका अक्षरहरु पढ्न
बाहिरजस्तो देखिए पिन
अर्कै हुन्छन् भित्रका अक्षरहरु
हिमाल र पहाडका अक्षरहरु पढ्न
आफैँ हिमाल र पहाड बन्नुपर्छ
बगर र नदीका अक्षरहरु पढ्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रतिरोधी कविता

~गुरुङ सुशान्त~book-cover-ma-kathmandu-aipuge-sangeet-srota

पुँजीवादी भूमण्डलीकरणको साम्राज्यवादी नीतिविरुद्ध कविता लेखिएका छन्, नेपाली साहित्यमा । प्रतिरोधी चेतयुक्त कला-साहित्यले तरंग ल्याउँछ नै, सांस्कृतिक क्षेत्रमा । प्रतिरोधी विचारको दाबी छ, कोकाकोला संस्कृतिले नेपालजस्तो देशको पहिचानको अनुहारलाई क्षय गर्दै छ । संगीतश्रोताले आफ्नो कवितासंग्रह “म काठमाडौँ आइपुगेँ”को बजार कवितामा बोलेका छन्, ‘बलिदान बेच र कुर्सीमा बस/रगत बेच र कोकाकोला खाऊ ।’ उक्त कवितासंग्रह विमोचन कार्यक्रमपश्चात् दृश्य यस्तो देखियो, अधिक दर्शकको एक हातमा हस्ताक्षरसहितको पुस्तक र अर्को हातमा कोकाकोला । यही एउटा उदाहरण काफी छ, बहुराष्ट्रिय कम्पनीको नीतिले हाम्रो दैनिक जीवनमा पारेको प्रभावचित्र अब अमूर्त रहेन भन्नलाई । ‘कल्चरल हेजेमोनी’को जम्बो बोतलमा अँझै के के भरिएला ? संगीतश्रोताको तीखो कलमले घोचेको छ, हेजेमोनीग्रस्त मानसिकतालाई । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : पापाको अनुहार

~टिका भाई ~tika-bhai

जति चोटी माटोलाई छुन्छु,
म पापालाई भेट्छु।
म कोपालाई भेट्छु।
कोमालाई भेट्छु।
उनीहरुको अदृश्य उपस्थिति
र अज्ञेय सुसेलिहरू
यिनै डाँडा-काँडामा खेल्छन्
डोको बुनिरहन्छ कोपाको हात निरन्तर
कोमा चूल्हामा छिन्
पापा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा भित्रका रेखाहरु

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

जव रेखा भित्रका अनेकौ रेखाहरु
यी हाम्रा आँखा अगाडी
दृश्य / अदृश्य रुपले पदार्पण हुन्छन्
तव ती रेखाहरुले मस्तिष्कमा
आकार लिन थाल्छन्
सुषुप्त दिमागहरु रेखासंग
एउटा खुल्ला मार्गमा हिडे झैं
दौडीएर हाम्रो सामु आईपुगे पछि
रेखा जीवित भएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : खोज

~राजव~Janardan Pudasaini Rajab

खोजेको प्रेम हो
चाहे त्यो ईश्वरबाट पाइयोस् वा
आमाको आत्माबाट
वा बाको आँखाबाट
चाहेको प्रेम हो
ईश्वरबाट पाइयोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवशतामा वाँचेको आत्मा

~एकलव्य राज~eklavya-raj-bhojraj

फोहोरको डंगुरमा
लुकामारी खेल्दै अभावका डोकाहरु
उनिहरुको सामु लम्पसार परेको छ ।
उता हरक्षण आकाशिने होडमा
कुदिएका छन्
प्रातकालिन समय
पुष्पगुच्छाका अगुल्ठाले
छोपिदै स्वर्ग खोज्ने होडमा
भौतारिरहेको काला वादलहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कथा : कुवाँरी

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

‘कुवाँरी…’ जाँच कोठमसे नर्स बलाइल् । नर्सक् बोलले कुवाँरीक ढेर घचिकके पटिस् लग्टिक अश्रा ओरागैलिस् । महिनावारी रुक्लक् ओरसे ऊ जचाई गैलरहे । ऊ आपन पाला अइलक ओरसे बलैलक् कोठम् गैल् ।

कुवाँरी कोठम् पुग्टी किल् नर्स टारेसे उप्परसम हेरल्,् फेन पर्चा हेरल् । पर्चामे नाउँ–कुवाँरी, ठेगाना बर्डहवा ओ उमेर १४ वरस लिखल् रहे । नर्स फेन कुवाँरीक मुहेंम् हेरल् ओ छोट्नक डब्बा डेटी कहल् ‘यम्ने ठोरचे मुट लेके आ ।’

कुवाँरी चर्पीम् गैल् । मुटक् खोज्टा मुले ओकर मुट नै आइठुइस् । बरे घचिक चर्पीम् बैठल् । मुटक लग गेंह् लगाइल् टब्बोपर मुट नै अइलिस् । ‘अहोइ, फूलकुमारी नैआइठो ।’ चर्पीक भित्रेसे आपन संघरियाहे बटाइल् । Continue reading →

Posted in थारू कथा | Tagged | Leave a comment

केस्रा : विकृति

~मीना पुमा राई~mina-puma-rai

फेसन झल्काएर
मुहार टल्काएर

कस्तो आयो जमना
सबलाई पल्काएर Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

गीत : मनको कुना

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

आजभोलि चित्त दुखाइ छाडेकोछु रुन
फेरी किन अध्यरोछ मनको एउटा कुना

न कसैले राम्रो भन्यो न त लायो खोट
न आफ्नोले धोका दियो न पराइले चोट Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अलौकिक

~अमृत कुमार के सी~Amrit Kumar KC

बग्न थाल्यो निर्जर मरुभुमीमा कंचन गंगाको

अबिरल धारा निसासिएर बसेको प्रेमको बिज

अंक्कुरित भई हरियोमा रङियो जग सारा

सुस्क भैसकेको इन्द्रियहरु उर्जाले जुर्मुरायो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाईं शहरीया कि गाउँले

~नर बहादुर खत्री क्षेत्रि~nar-bahadur-khatri-chhetri

जन्म थलो मै बस्ने कस्लाई रहर हुँदैन।
तर आफ्नो गाउँ जस्तो कुनै शहर हुँदैन।।
जती टाढा भयपनी गाउँ नसम्झेको प्रहर हुँदैन।
शहरको आत्मियताले कहिल्यै मन छुँदैन।।

कतिले गाउँ छोडे आफ्नै रोजाईमा।
कतिले गाउँ छोडे कर्मथलोको खोजाईमा।।
कतिले गाउँ छोडे स्वास्थ्य र शिक्षाको अभावमा।
कतिले गाउँ छोडे धन सम्पत्तिको रभावमा ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दौडन्छन् कवि

~प्रविण अर्याल~

छन्द : हरिणी र शार्दूलविक्रीडित

। । । । । ऽ ऽ ऽ ऽ ऽ । ऽ । । ऽ । ऽ
सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ ।
कललल, सधै यो, आत्माको नयाँ अनि चाहना ।।
ह..र..र..र, उडी त्यो, हावामा बनाउछ वासना ।
त..र..र..र, तही ती, ताराझै रमाउँछ स्वर्गमा ।।

झिलिमिलि, भई, त्यो, आकाश्वाट बादल गर्जदै ।
छ..र..र..र, छनी ती वर्षाका पवित्र जल वर्षदै ।।
सललल, सधै यो, व्यापार् सृष्टि कारण कामना ।
बहुबिध लिई झन्, सदीच्छा बनाउँछ झन्न यो ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

मुक्तक : पिउँछु

~छविलाल खड्का~

कहिले खुशियालीमा पिउँछु
कहिले दुःख हटाउन पिउँछु
पिउँदा–पिउँदा अब त यस्तो भयो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरो वयान !

~दीपेन्द्र के.सी.~Dipendra KC

श्रीमान् !
कसलाई हुन्छ र यहाँ
यति प्रिय सपनाहरु
त्याग गर्ने रहर ?
आत्मविश्वासका जगहरु भत्काउँदै
मैले फूलहरु चढाएकै हो
इच्छाका त्यागपत्र माग्ने देवताहरुलाई ।

आफनै सौन्दर्यका मादले
आत्महत्यामा लम्किए जस्ता फूूलहरु
र आफनै बिष लागेका सपनाहरु
अवसानका भीरबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ईः पर्छ

~पूर्ण ओली~Purna Oli

परिवर्तित मौसम यथावत बर्बर छ
बगलीमा छिपाएर अन्यायको तरबार
खुल्ला आकाश ओढ्नेहरुको घाँटी रेट्न तत्पर छ ।
मौसम होइन यो हिउँ वा पानी पार्ने
अब आक्कलझुक्कल न्याय पार्छ
कल्प, पर्ख ! तिम्रै खप्परमा पर्नुपर्छ
अलि पर कटेराहरुको घेरघार छ
कानुनको विशेष तारबारले बेरबार छ
त्यहाँ झुत्रेझाम्रे र लुतेलाम्रेको खेरखार छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अवलोकन

~सदानन्द अभागी~Sadananda Abhagi

‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’ विषयक समालोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब (७४+१८) पृष्ठको छ । मुल्य संस्थागत रु २००।– र व्यक्तिगत १००।–भएको यो कृतिको प्रकाशन गुप्तेश्वर बहुउदेश्यीय पुस्तकालय कुश्मा पर्वतले गरेको छ । प्रस्तुत कृतिलाई सरसर्ती अध्ययन गरेपछी सार संक्षेपमा के भन्न मनलाग्यो भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न । साहित्य समाजको दर्पण हो । साहित्य समाजलाई रुपान्तरण गर्ने एक संवाहक पनि हो । यसले समाजका विकृतिलाई हटाएर एउटा प्रगतिशील समाजको निर्माणमा कृयाशील रहन्छ । साहित्यमा अग्रगामी भूमिका खेल्ने कविताको पनि सामाजिक संरचनागत चरित्र हुन्छ । र यसले समाजको यथार्थतालाई प्रष्टयाउने कोशिस गर्दछ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : लजाएर गए

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

नैतिकता नि:शब्द लजाएर गए
मुठ्ठीभरका आफ्ना रजाएर गए
**
भोकभोकै रित्ताले, धुम्धुम्ती कुरे नि
चारै दिशा आफ्नै सजाएर गए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

ॠषि लामिछानेका ३२ हाइकुहरू

~ॠषि लामिछाने ‘गोर्खे साइँलो’~Rishi Lamichhane 'Gorkhe Sailo'

शिवको छटा
गुह्येश्वरी प्रवेश
असारे कुण्ड ।

हिन्दुको आस्था
श्रावणको शिवजी
लिङ्गको पूजा । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

बाल कविता : गुजी पाएँ !

~बूँद राना~Boond Rana

अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले

आज फेरि भन्नु भयो सम्झाउँदै राती
‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : उसलाई विष खुवाएर मारेका होइनौं

~बिमल गुरुङ~bimal-gurung

उ मर्‍यो त
आफैलै आफैलाई मार्‍यो
ऊ मसानघाट पुग्यो त
आफैले आफैलाई पुर्‍यायो
मरुञ्जेल मुसा खान थालेपछि
मुसाले पनि टोक्न सक्छन्
टोक्यो ।

उसलाई हामीले विष खुवाएर मारेका होइनौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : गतिशीलता, क्रियाशीलता र सक्रियताकै साहित्यिक नाम शान्तिनारायण श्रेष्ठ

~मोहन दुवाल~

७४ वर्ष नाघेर पनि थाक्न नजानेका साहित्य र समाजसेवामा अविछिन्न मन लगाइरहेका कुश्मा, पर्वतका shantinarayan-shresthaएकजना कर्मठ साहित्यसेवी तथा साहित्यका खण्डहर हुन् – शान्तिनारायण श्रेष्ठ । गतिशीलता उनको मनभित्रको प्रेम रह्यो, क्रियाशीलता उनको तनभित्रको पन भयो, सक्रियता उनले सोचेको उद्देश्यको सोच हँुदै आयो – त्यसैले त उनिभित्र सिर्जनशीलतामा हरियाली छाइरह्यो । गर्ने भनेपछि गरिहाल्ने यिनको स्वभावले यिनी हठ्ठी र जिद्दीवालजस्तो देखिँदो रहे पनि यिनको इच्छामति समाजमुखी रहेकोले सबै ग्राह्य भयो ।

नयाँ–नयाँ मित्रहरूसँग सम्पर्क गर्न रूचाउने, नयाँ–नयाँ खालका कृतिहरू प्रकाशित गर्न पाउँदा गौरव गर्ने यिनीसँग मेरो मित्रता भएको पनि केही वर्ष भइसकेको छ । सम्पर्क हँुदादेखि सम्पर्क छोडौं जस्तो भएन यिनीसँग । जनमतसँग यिनको मन गाँसिएकै कारणले पछिल्लोपल्ट गठन भएको जनमत वाङ्मय प्रतिष्ठान नेपालमा पनि यिनी आजीवन सदस्यका रूपमा आवद्ध भए । यसैगरी यिनको सक्रियताका Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

लघुकथा : बाघका बाच्ने जिजिविशाहरु

~सन्जीव बंकिम~sanjib-shah-bankim

त्यस रात बाघहरु सुतेनन डमरु झन चिन्तित भए । बाघका बाच्ने जिजिबिशा हरु ले बाघ लाई कसैलाई पनि न खाइ दिन हार्दिक हार्दिक अपिल गरेका थिए । यो अनुनय बिनय सहित निर्णय उनिहरु ले बाघ हरु लाई पठाएका थिए ।

यो निर्णय ले बाघ हरु मा हल्ली खल्ली मच्चाइ दियो । बाघ हरु यो प्रकृति लाई सराप्न थाले । आफू मान्शाहारी भएकामा आफू दुखित बने ।

यो निर्णय लाई उनी हरुले लत्याउन सकेनन। यो आश्चर्यचकित Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मयुर टाइम्स : भयहरूको एउटा कोल्याज

~सुवास खनाल~book-cover-narayan-wagle-mayur-times-upanyas

मान्छेहरूसँग अनगिन्ति आशाभावहरू हुन्छन् नै । यो अपरिमेयजस्तै हो । स्वतन्त्रताका गुलाबहरूजस्तो सुन्दर र प्रिय कुन त्यस्ता वस्तु छन् , यता कतै ? सिङ्गो आकाश अँगालेर उड्ने चराका बथानहरू र बगैँचामा निर्बाध डुल्दै गरेका पुतलीहरू जस्तो कथाहरू बोकेर आउने समय पाउँदा हुन् त मान्छेहरू कुनै स्वर्गीय परिकल्पनाहरू भुलेर नृत्यमग्न रहने थिए होलान् , सुगन्धित हावामा डुलेर आफ्नो घार फर्किँदै गरेको मौरीको कुनै उत्साहजस्तो । जूनको शीतल प्रकाश पिउँदै मख्ख परेको पृथ्वी ,त्यसको आश्वादनले कुनै अमृत पिएको अनुभव गर्दाे होला । तर यही पृथ्वीमा काकाकुलजस्ता मान्छेहरू छन् ,समयको चोटले आहत छट्पटाइरहेका । बाध्यताका कठघराहरूमा उभ्याइएका । बाँच्नु कुनै एउटा बाध्यताजस्तो बन्नुले छट्पटी नै जिन्दगी सोचिरहेका । टोलाइरहेका जस्ता देखिने । अनुहारहरूको प्राकृतिक रङ हराएर फिक्काफिक्का र मलिनजस्ता । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

छन्द कविता : गइन् आमा……..

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

छन्दः शिखरिणी

गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो
जगत् यो चर्के झैँ धरमर भई जीवन गयो
लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी
रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।।

बसेंथें गर्भैमा कति कति म ता जन्मपहिले
पिएँ धारा दुद्को जनमपछि ता मस्त अहिले
बढें, हुर्कें, खेलें अझ कति चलें काख रहँदा
दिएँ हूँला सास्ती उनिकन म त्यो बालक छँदा ।।२।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : बेहोसी

~कृष्ण वस्ती~Krishna Wasti_1

बेहोसी छु देख्यौ भने सम्झाउँदा हुन्छ ।
कुबाटोमा भेट्यौ भने फर्काउँदा हुन्छ ।।
फूल भनी तिम्रो मन टिपिदिनसक्छु ।
हिर्दयमा तिम्रो नाम खिपिदिनसक्छु ।।

बल्दाबल्दै साँझबत्ती निभ्न पनि सक्छु।
हिंड्दा तिम्रो पाइलामा बिझ्न पनि सक्छु ।। Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

पत्रकथा : इमेल नम्बर–एक

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

प्रिय गौरव,

तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर म तिमीलाई कुनै अथै खुलाउन चाहन्थे । किनभने मैले अथै नखुलाउनुको पछाडि धेरै अर्थहरू हुनसक्छ । अनि ती अर्थ खोज्न तिमी हरदम लागिरहेका हुनेछौ । यो नै तिम्रो लागि एउटा सजाय पनि हुन सक्छ अवथा जुन मेरो लागि तिमीले मप्रति गरेको ब्यहवारबाट पाएको पुरस्कार हुन सक्थ्यो । प्रिय गौरव, म तिमीलाई धेरै कुरा भन्न चाहन्छु तर केही पनि भन्न नसकेको अवस्थामा पुगेकी छु । जिन्दगी एउटा नाटक रहेछ हामी यसका पात्र रहेछौ । साँच्चै तिमीले भनेको सही रहेछ । किनकी तिमीले मसँग खेल जस्तो पे्रमको नाटक गरेका रहेछौ । Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

बाल कथा : किताब रोयो

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

सधैँझै १० बजे स्कुलको घण्टी लाग्यो।

विद्यार्थीहरु आ–आनो कक्षाको लाईनमा आएर प्रार्थनामा बसे।

सबै आइसक्दा पनि सञ्जय भने त्यहाँ उपस्थित भएको थिएन। कक्षा ६ का उसका साथीहरुले सधैँ जस्तै आज पनि ‘सञ्जय कता गएछ?’ भन्दै खासखुस गरे । सरहरुले पनि सोध्नुभो उसको बारे । राष्ट्रिय गान सहित सरस्वतीको प्रार्थना गरेर सबै कक्षाकोठा तिर जादैँ थिए तरपनि ऊ आइपुगेको थिएन। फर्कदैँ गर्दा अन्वेशले गेटनेर सञ्जय र समीपलाई लुकेर चियाइरहेको देख्यो । मनमनै सोच्यो– ‘आज पनि यी दुईजना बाटोमा खेल्दै आएछन्।’ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~

(साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।)

श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! म एउटा क्याटरिङ चलाउँछु र यस विद्यालय र कलेजको स्थापना दिवस, पुरस्कार कार्यक्रम, पिकनिक अर्थात् वनभोज, बिदाइ र स्वागत समारोह आदि कार्यक्रममा पहिलेदेखि सेवा गर्दै आएको हुँ। अब हजुरको कार्यकालमा पनि हामीले विद्यालय परिवारको सेवा गर्न पाए धन्य हुने थियौं। Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : भँगेरी

~वैरागी जेठा~bairagi-jetha

देखेँ तिमीलाई विज्ञापनमा
धेरैदिन अघि
आँखाबाट बगे झरनाहरु
अस्तिमात्र
टाढैबाट
सिगोले घोचेर
वड्किबाट
लवाड.्कावस्ति तिर
… झरेर
काठमाण्डौ टेकेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment