गजल : लजाएर गए

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

नैतिकता नि:शब्द लजाएर गए
मुठ्ठीभरका आफ्ना रजाएर गए
**
भोकभोकै रित्ताले, धुम्धुम्ती कुरे नि
चारै दिशा आफ्नै सजाएर गए
**
आशभरी आँखाले, साथ जति भरे नि
उल्टै पो सबलाई कजाएर गए
**
निष्ठाका नौसुत्र, सालभरी जपे नि
खुल्ने, घुल्ने सबै बजाएर गए।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.