कविता : अचेल सपनामा सँधै समय देख्छु

~दिव्या बज्राचार्य~Divya Bajracharya

अचेल सपनामा सँधैसमय देख्छु
पानीबाट गाडी चलेको
कपडाबाट पक्की घर बनेको
डोरीको भरमा आकाशमा बाटो बनेको
लाशहरुपनि सास फेरेर हिडेको
देश राम्रो भएको समय Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : प्वाल खोपिदिए

~सन्तोष लामिछाने~Santosh Lamichhane

माया गर्छु भन्नेले मुटुमा प्वाल खोपिदिए
हितौषी मानेकाले ढाडमा छुरा रोपिदिए

यस्तो गर्छु उस्तो गर्छु भन्नेहरू धेरै थिए
हात बाँधी सुती सुती गफमात्र ठोकिदिए Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : जीउभरि नीलडाम छ

~राबत~rabat

यी मान्छेहरूको जीउभरि नीलडाम छ
पक्कै केही हुन्छ यहाँ बडो धुमधाम छ ।

त्यसै चिच्याएको हैन, त्यो बेसुरले
उसको आङमा न लुगा छ, न घाम छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

लेख : रिमाल, भूपी र विमल निभा

~शार्दूल भट्टराई~shardul-bhattarai

कवि र कविता ! यी दुई विशिष्ट अर्थमा आफैँमा पर्याय हुन् । कवि भए कविता हुन्छ , कविता भए कवि हुन्छ । तर पनि कविताको नाममा सबै कवि र कविता पर्याय बन्न सक्दैनन् ।

कवि राम्रो नभई कविता हुँदैन । कविता राम्रो नभई कवि हुँदैन । किनभने कविताको नाममा सबै कवि बन्न सक्दैनन् । कविताको नाममा लेखिएजति सबै कविता नबन्न पनि सक्छन् ।

राम्रा कवि र राम्रा कविता आफैँमा पर्यायजस्ता लाग्छन् । कवि सम्झँदा कविताको पनि सम्झना हुन्छ र कविता सम्झँदा कविको पनि सम्झना हुन्छ । Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : न्यूयोर्कको जिजीविषा

~कृष्णराज खनाल~krishnaraj-khanal

साथी म आएँ
अब तिम्रो उठ्ने पालो हो
तिमी उठ र
मलाई सुत्न देउ ।
मलाई अझै सुत्न मन छ
तर म पाउँदिन
किनकि
बिहान भएपछि मेरो,
रात परेपछि उसको
पालो हो
यहाँ सुत्ने Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : देशभक्त छोरा

~रमा अधिकारी ‘कादम्बरी’~

आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त आकाश मिहिनेत गरेर पढ्छ नै घरमा समेत अध्ययन गरिरहन्छ । ऊ अरू जस्तो गृहकार्य सकेर खेल्न पनि निस्कँदैन बरु आमालाई भान्छाको काममा सघाउँछ । यदि आमाले “पर्दैन बाबु ।” भन्नुभयो भने “के आमा ! छोरा मान्छेले घरको काम गर्नु हुँदैन र ? मलाई काम गर्न दिनुहोस् न” भनेर भन्छ । छोरी मान्छेलाई मात्र जूठो चुल्हो गर्न लगाउने पितृसत्तात्मक परिवेश आकाशलाई पटक्कै मन पर्दैन । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित कविता : तिमीसँगै रहँदा

~सर्वेश्वरदयाल सक्सेना~Sarveshwar Dayal Saxena
अनुवाद: प्रेणित

तिमीसँगै रहँदा
प्रायः यस्तो लाग्छ
लक्ष्य नजिक आएको छ,
बाटो छोटो भएको छ,
संसार खुम्चेर
एउटा आँगन जत्रै बनेको छ
र खचाखच भरिएको छ,
कतै पनि छैन एकान्त
न बाहिर, न भित्र।

घटेको छ हरेक वस्तुको आकार, Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : नयावर्ष आऊ तिमी

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

नयावर्ष आऊ
तिमी हर्स , ऊल्लास र उमंग
बोकेर आऊ नयावर्ष तिमी
जोस जागर र चेतनाको लहर
बोकेर आऊ नयावर्ष तिमी Continue reading

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी गजल : अँ तैा इँगि बुकुलु …

~थरि कयाबा~

तुकुल तुकुल बुकुलु, इ बगे ङेातिमि सिल पववेा
इ बगेमि करा शेतननने , गिव बेलेशा इँगि सेव पाववेा ।।१।।

किललेाययेा कुमसेा पायिनुङने , तिकुचमि वारच चेाइननने ,
यर शेपेा इँगि यर शेपेा ,बुलुकुम सलाम सिल पववेा ।।२।। Continue reading

Posted in सुनुवार गजल | Tagged | Leave a comment

समालोचना : पाश्चात्य समालोचनाको विकासक्रम

~अपर्णा पोखरेल~

समालोचना कहाँबाट सुरु भयो र साहित्यमा के के कुरो नभई हुँदैन, कुन कुन विद्वानले यस बारेमा चिन्तन गरे भन्ने कुराको ऐतिहासिक समीक्षा गर्ने प्रयास यस लेखमा छ । समालोचनाको पहिलो बिउ रोप्ने काम इ.पू. पाचौँ शताब्दीमा गि्रसका नाटककार एरिस्टोफेनिस -इ.पू.४४६-३८६) को ‘द प|mग्स’ -इ.पू.४०५) भन्ने नाटकबाट भएको देखिन्छ । गि्रसका नाटककार एरिस्टोफेनिस सुखान्त नाटक लेख्थे । उनले आफू भन्दा अघिका दुइटा गि्रसका दुखान्त नाटककार एस्किलस -इ.पू.५२५-४५५) र युरिपाइडिज -इ.पू.४८०-४०६) लाई आफ्नो नाटकमा  पात्र बनाएका छन् र ती दुइटा नाटककारहरूको शैलीको तुलना गरेका छन् । युरिपाइडिज साहित्यमा यथार्थता हुनु पर्छ भन्छन् । वास्तविक जीवनको चित्रण साहित्यमा जति गर्‍यो, त्यति नै साहित्यको स्वाभाविक र सबल पक्ष हो भन्ने कुरो युरिपाइडिजको छ भने साहित्यमा यथार्थता होइन नैतिकता हुनु पर्छ भन्ने कुरो एस्किलसको छ । हामीले के के गर्नु पर्छ, गर्नु हुन्छ वा गर्नु हुँदैन भन्नेे नैतिकता र शिक्षा वा उपदेश साहित्यबाट मिल्नु पर्छ भन्ने भनाइ एस्किलसको देखिन्छ । Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

गजल : भन्छिन आमा

~अर्जुन भट्टराई~

टाल्नु पर्छ चुइने छानो, चाडो आइज भन्छिन आमा ।
संगै खाउला मुठ्ठी मानो, चाडो आईज भन्छिन आमा ।

हात पाखुरा चल्न छाडे, रोगी भै’यो दुबै जाना,,
टोलाई रहन्छ सधै सानो, चाडो आईज भन्छिन आमा । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अप्रकाशित समाचार

~अविरल थापा~abiral-thapa

तलव,
नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक विहान
उसले आत्मविद्रोह गर्ने
विचार गर्यो

लेख्न बस्यो
आजसम्म लेख्न
नसकेको समाचार

आजसम्म Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : बिर्सिएको चिठ्ठी

~अविरल परिधि~

हिजो ‘नाइट ड्युटी’ गरिरहेथेँ, टिङ्ग फेसबुकको नोटिफिकेसन आयो। टेबलबाट फोन उठाएर हेरेँ:

आकाश अधिकारी-
ह्याप्पी दशैं माया।
***
एकछिन अलमल्ल परेँ, को आकाश अधिकारी होला ! नजिकबाट चिनेको कोही छ जस्तो लाग्दैन। आकाश नाम भएका त धेरै चिनेका छन्, कसैको नि अधिकारी थर छ जस्तो लाग्दैन। अनि निमेषभर मै दिमागले १८-२० वर्ष अगाडिका दिनहरु जोडिहाल्यो। उही हो कि के हो ?

‘प्रोफाइल’मा गएको, Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : जिन्दगीले चोट दियो

~भुपेन्द्र केसी~bhupendra-kc

१)
कहाँ जाउँ म, जिन्दगीको अर्थ खोज्न
चोट माथि चोट प¥यो, सकिन मैले मृत्युलाई रोज्न
माया गर्ने मान्छे, दैबले नै चुँडेपछि, सकिन नि केही सोच्न
मर्नु न बाँच्न भयो, थालेपछि बचनको पहाडले घोच्न

२)
थाहा छैन मैले कहिले गरेको थिएँ के गल्ती
थाम्नै सकिन अहिले, आँसु बगिराछन भल्भल्ती Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : देशी चश्मा

~पूर्ण ओली~Purna Oli

“ए कविराम कति ढिला गरि’रा ? मैले चारचारवटा तन्नाहरु धोइसक्दा पनि जाबो दुइटा सिरानीको खोल धुन पनि दिनै फाल्छ, बजिया । … छाड् ! यीः यसरी धो न ! दुइटा त खोल नै धुन नै बाँकी छ । अलि छिटो गर् । कपडा सुकेन भने भोलि यस्तै चीसो रेतमा सुताउँछस् नयाँ दुलहीसाबलाई ?”

……………………

“बाबा हो ! कति गन्हाको ? राम्रो ओडुनिल पनि पाइँदैन यो बजारमा ? यसलाई प्यान घोट्न पनि आउँदैन, छाड् मै घोट्छु । यी‍‍‍.. यता राख् सनीफ्रेस । एउटैले प्रयोग गर्ने भाँडो पनि कति फोहर बनाको होला । यति त दिनदिनै आफै सफा गर्नुपर्छ नि । पानी अलि धेरै राख्, त्यो कुनाकानी कतै बाँकी नराखी पानीले सफा गर् । फिनेल यी यता छर्के आइज । खोपाखोपामा कपुर राख ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म विधुवा

~झलक आचार्य~jhalak-acharya

साझ बिहान
भाकुर्थ्यो
गाली गर्थ्यो
निचोर्थ्यो
झम्टन्थ्यो
र आफ्नो इच्छा पुरा गर्थ्यो
यस्तो लाग्थ्यो
लोग्ने नभैदिए
एक्लै दश नंग्रा खियाउथे
पसिना बगाउथे
दुर्घटना भनौ
तातो घाममा नसालु रक्सि पिएर Continue reading

Posted in कविता | Tagged | 1 Comment

गीत : सँगै जीवन जिऊँ भन्थेँ

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

सँगै जीवन जिऊँ भन्थेँ पाटा हाम्रा अलग भए;
दोबाटोमा पुगेपछि बाटा हाम्रा अलग भए!

जुवा रै’छ जिन्दगानी सधैँ तिम्रो दाउ लाग्यो;
छातीभित्र मुटु हुन्छ,त्यहीँनेर घाउ लाग्यो। Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कोलम्वस पाइला

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

अनन्त यात्रा
टेक्छु कोलम्वस पाइला
विना तयारी
विना कम्पास
विना मार्गचित्र
पछ्याउछु समय
सम्भावनाका धेरै मार्गहरुवाट
सके जहाँवाट पनि
पुग्न सकिन्छ चाहेको ठाउ
यति मात्र हो यात्रालाई ठम्याउने कसरी ?
कोलम्वस पाइला Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्सार पनि तिम्रै जस्तो छ

~गणेश कार्की~Ganesh Karki

हो साथि
म अहिले भूतकालमा बाचिरहेको छु
तिमीले अस्ति देखेको सन्सार
म आज देख्दैछु
तिमीले हिजो भोगेको जीवन
मैले भोलि भोग्न पाए
म एक्काइसौ शताब्दी टेकेको मान्नेछु
म आजभोली
यो बाटो नपुगेको सभ्यतामा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम कविता !

~बिक्रम सुब्बा~Bikram Subba

कविले कविता लेख्दैमा
– कविता राम्रो भयो भन्न सकिन्न
कविता राम्रो हुँदैमा
– पाठकले पढे भन्न सकिन्न
पाठकले पढ्दैमा
– कविता मनपराए भन्न सकिन्न
कविता मनपराउँदैमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Worms

~Raja Puniani~Raja Puniyani
Translated by : Bhupendra Subba

From my head to sole under
Stirs incessantly
A worm,
The weird worm

Like a comrade at one time
And a foe the very next moment
This worm is within me,
But strangely I keep on wearing an act
As if there isn’t anything inside. Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

तामाङ भाषी गजल : डोलीरी थान्सीनाम

~पलपल मोक्तान~palpal-moktan

आका्रउ आमा आका्रउ आबा डोलीरी थान्सीनाम
माईतिसे डान्सी ङा खाला आमा कोसेली पुईसीनाम

लाबा मुबा नामेसे ज्याङ दोङला हाँगारी
नामेला कोला खालैसे बोर्जी फुरफुर लासीनाम Continue reading

Posted in तामाङ गजल | Tagged | Leave a comment

गजल : पसीना आफ्नै गनाइरहेछ

~एकु घिमिरे~eaku-ghimire

पसीना आफ्नै गनाइरहेछ
आफैँले विरोध जनाइरहेछ ।

रुढीवादलाई तोड्छु भन्थ्यो
ढुङ्गोलाई देवता भनाइरहेछ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : मन लज्जावती झार जस्तो भयो

~एकु घिमिरे~eaku-ghimire

किन-किन तिमीलाई देख्दा कस्तो-कस्तो भयो
लजाएर मन लज्जावती झार जस्तो भयो ।

जव तिमी मलाई हेर्दै गफ गर्थ्यौ मिलाएर
भित्रभित्रै मेरो मन पानी बन्थ्यो शर्माएर
कुन्नी किन तिर्खा हो कि भोक लागे जस्तो भयो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रुदै हौली

~दिनेश श्रेष्ठ~dinesh-shrestha

पराई पाउ ढोक्दै सो पखाल्दै पो रुदै हौली
मजेत्रोले डिलैको आसु टाल्दै पो रुदै हौली

हुरीको एक झोकैमा निभेको त्यो दियो छेक्दै
झिनो आसै र आसाबीच बाल्दै पो रुदै हौली Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : कुहिने पो हो की

~राकेश कार्की~Rakesh Karki

माया साँच्दा साँच्दै कतै कुहिने पो हो की
मुटु अठ्याउँदा अठ्याउँदै चुहिने पो हो की

दिन, हप्ता, महिना, साल सबै बितिसक्यो
खुशीयाली जन्मनु अघिनै तुहिने पो हो की Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : विश्वासघात

~दण्डपाणि जैसी~dandapani-jaisi

‘मदन दाजु ! किशोरको कुनै खबर पाउनुभयो ?’

आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिर्इ। धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन। करिब एक हप्ता अगाडिदेखि ऊ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार आइरहेकि थिई।

हुन त मदनलार्इ किशोरको बारेमा सबै कुरा थाहा थियो तर, उसले ममतालार्इ उसको बारेमा केही थाहा नभएको भन्दै ढाँट्दै आइरहेको थियो। फाटेको लुगा र ढाँटेको कुरा धेरै दिन लुकाउन सकिँदैन भन्छन्। मदनले पनि झुठो कुरो धेरै दिनसम्म लुकाउन सकेन। आज उसले ममतालार्इ सबै कुरो साँचोसाँचो बताइदिने निश्चय गरिसकेको थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : rhyme a rule

~Pranika Koyu~pranika-koyu

s for shadow(s)
s for silence
g for grief
d for defeaning
my own alphabet rhymes

rules I loathed Continue reading

Posted in Poem | Tagged | Leave a comment

प्रहसन : १० वर्षपछिको नयाँ नेपाल

~मनोज गजुरेल~Manoj Gajurel

नमस्कार, आज २०७५ साल कात्तिक २४ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले Continue reading

Posted in प्रहसन | Tagged | Leave a comment

कविता : अल्लाहलाई निवेदन

~सुबेश घिमिरे~subesh-ghimire

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी
अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ?
भरै के ? गोली त्यो ! पट – पट कतैबाट उदर-
फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥

म एक्‍लो श्रोतै त्यो, बिकल घरमा गाँसहरुको
सुराकी, बिद्रोही पनि फगत मै लक्ष्य सबको
तगारो सत्ताको पनि दिन दिनै मैं हुन गएँ
मुटु यो भारी भो, छटपट ! ब्‍यथा नै बढि भए ॥२॥ Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अकवरी सुन” कथा संग्रहको संक्षिप्त चर्चा

~उपेन्द्र पागल~upendra-pagal

कथाकार बद्री अधिकारीका २०६२सालका ९ कथा २०६३ सालका ४कथा र २०६५ सालको १ कथासमेत १४ वटा कथाको बटुलो ‘अकबरी सुन’ हो । उनका अभ्यासिक चरणका निकै राम्रा कथाहरूका बारेमा पनि सुनिएको थियो । ती पुराना कथाहरूले पनि त्यस बखतका सामाजिक यथार्थहरूको प्रत्यङ्कन गरेको र मैनालिको कथागोरेटो पक्रेको महसुस भएको थियो । ती कथाहरू किन यस संग्रहमा परेनन् ? त्यो कथाकारकै स्वेच्छा हुनसक्छ ।

समाज र व्यक्ति केन्द्रीत चरित्रहरु पनि रहेका पाईन्छन् । त्यसकारण कथाकारको रुचि क्षेत्र शहर र गाउँ केन्द्री एवम् यी दुवैको मिश्रत रुप रहेको पाइन्छ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : रानी र थकालीहरू

~भीमप्रसाद काफ्ले~

संस्कार र संकृतिकी खानी,
पहाड, हिमाल, तर्राई सब्की रानी
करोडौं सन्तती भएकी,
आज अशक्त भएकी छन् ।
गरिबी, रोगव्याधी आदि-आदि कारणले,

घरभित्रका थकाली सन्तानहरू
सामर्थ्यहीन छन् उपचारका लागि, Continue reading

Posted in कविता | Tagged | Leave a comment