सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम सकिएपछि मैले उनीसँग कुरा पनि गर्ने अवसर पाएँ । मैले आफ्नो नाम बताएर म नेपाली हुँ भन्ने बित्तिकै उनले मेरो हात समातेर भने- ‘मैले नेपालको महाकवि देवकोटालाई भेटेको छु । उनको बारे पुस्तकमा लेखेको पनि छु । ‘
मैले झलक्क माइकल हटलाई सम्झेँ-सन् १९९२ मा म बेलायत भ्रमणमा जाँदा माइकल हटले उनको विश्वविद्यालयमा बोलाएका थिए । कुरै कुरामा महाकवि देवकोटाको प्रसङ्ग निस्कियो । अनि उनले भनेँ ‘महाकवि देवकोटा मृत्यु शय्यामा छँदा डम मोरियस र वेद मेहताले भेटेका थिए । उनीहरूले आ-आफ्नो पुस्तकमा त्यस विषयमा लेखेका छन् । म त्यसको फोटोकपी तपाईंलाई दिन्छु ।’ Continue reading