~मनु लोहोरुङ राई~
मलाई बिर्सी गए पनि
तिमी टाढा भए पनि
हरेक साँझ गोधूलीमा
सम्झेकै छु तिमीलाई Continue reading
~मनु लोहोरुङ राई~
मलाई बिर्सी गए पनि
तिमी टाढा भए पनि
हरेक साँझ गोधूलीमा
सम्झेकै छु तिमीलाई Continue reading
~नरेश माङपाहाङ राई~
सवको रहर ठूलो यहाँ छोरा छोरी पाउने
ज्ञान दिने कुरै छैन माञ हुर्के हुन्छ
नारी पुरूष चिन्नै गाह्रो सडक तिर हेर्दा Continue reading
~सरोदिलु विश्वकर्मा~
जहाज जतिजति पश्चिमतिर हुइकिईंदै थियो, त्यतित्यति हीरा-मोतीका ताजजस्ता लाग्ने लहरै हिमाली श्रृखलाहरु होचा र मुधूरा हुँदै हराँउथे, अनि त्यसका काखमा अवस्थित अग्लाअग्ला पहाडहरुमाझ इन्दे्रणी रंगले डढेलो लागेझै देखिन्थे । लाग्थ्यो- दूरदूरसम्म कुनै वस्ती र जीवाणु छैनन्, कुनै मानव वस्तीका पर्ुर्वाधार नै छैन, मानौं- यो मरुभूमि नै हो । कालीकोट, दैलेख, रोल्पा र उत्तरतिर मुगु, जुम्ला त्यसैमाथिको आकाशवाट हेर्दा क्यानडाकै जस्तो कसैको पाईलै नपुगेको मानवविहीन धरातलहरु । यी थुम्का र वेँशीहरु करीव सवा घन्टाको सफर पश्चात चित्रकारले वढो मिहिनेतले कुँदी र कुनै प्रदशर्नीमा राखिएको अनौठो र अद्भूत क्यानभासको Continue reading
~बिजयकुमार श्रेष्ठ~
प्रगति शिल हातहरुलाई अगाडि बढाई रहेका थियौ निडर बनेर
कसलाई के थाहा थियो र अपराधिको नजर लागेको थियो भनेर
कलमको रफतारमा रमाउथ्यौ भयङकर पिडालाई समेत सहेर
कम्मर कसेर लागेका थियौ अपराधिलाई सजाय दिन्छु भनेर ।।
आफ्ना बाचा पुरा गर्न पाएनौ अपराधीको निसानीको शिकार भएर Continue reading
~राजव~
अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -“
“सेन्ट्रल स्क्वायर … ।”
“ए ˜˜ … ।”
“तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -“
“को झुम्पा लाहिडी … -“
“झुम्पा लाहिडी के ! ….अहिलेकी नामुद अमेरिकी लेखिका … हो, तिनी यहीँ बस्थिन् … ।” Continue reading
~किरण पौड्याल~
हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता, माग्न जाने कहाँ पो होला
०७, १५, ३६, ४६, अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला Continue reading
~सरिता तिवारी~
उसित हिँड्नलाई छैनन् गोडा
बलजफ्ती खोसेर
लगेको छ उसले मेरा गोडाहरु
र तिनैले टेकेर
उक्लिरहेको छ सुपरमार्केटको सिँढी
चढिरहेको छ मल्टिनेशनल कम्पनीको लिफ्ट
र मानिसका आङ्आङ्मा फड्किँदै
मरिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी Continue reading
फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ ।
बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।।
महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा ।
बृद्धाका पनि फुक्छन् रे, गालाका चाउरी-मुजा ।। Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
भाग १
क.
ज्येठको आज मध्याह्न बेला सुस्ताउँछ पवन—
थाकेको श्रमझैं, लिनलाई दमझैं,
छहारीमुनि बटुवासरि, स्थगित–भ्रमण
दुइचार काक हानिए पूर्व शीतलको खोजमा
निधारमा लिई संसारको जरो,
छु आफ्नो गुँडको झ्यालको चरो,
म पनि मनको हपहप मर्ने कुञ्जको शोचमा ! Continue reading
~निरज लवोजु~
चौडा छात्ती बनाएर
मोफसल आफ्नो थातथलोलाई
बिदाको हात हल्लाउँछ
भन्छ–’काठमाडौं जाँदैछु।’
तर नागढुङ्गाको डाँडो उक्लिन नपाउँदै
काठमाडौंलाई धिक्कार्छ मोफसल
भन्छ –’थुइक्क काठमाडौं !’
काठमाडौं मोफसलका
–धनीको रवाफ बोक्छ Continue reading
~जय सिंह महरा~
पूर्ण चन्द्र उज्योमा बितेका, रातहरु याद आए !
चखेवाजोडी भएका हाम्रा साथहरु याद आए !!
कल्पना त कति कति, कति कसम पनि !
सातै जुनी सँगै जीउने बाचाहरु याद आए !! Continue reading
~होमनाथ सुबेदी~
परिचय:
ध्रुव थापाको जन्म १०२६ जेस्ठ १५ गतेको दिन इटहरीमा भएको हो। हाल : २००२ देखि अमेरिकाको सन् फ्रान्सिस्कोमा आफ्नै रेस्टुरेन्ट व्यवसाय गर्दे हाम्रो समाज वेब पत्रिका संचालन गरिरहेका छन्। अंग्रेजी तथा भूगोल मा स्नातकोत्तर (एम ए ) नेपालको इटहरी स्थित त्रिभुवन बिश्वबिधालय अन्तर्गतको कलेजमा सात बर्ष सम्म प्राध्यापन, इटहरीमै मोडर्न प्रिपटोरी बोर्डिंग स्कुलको संचालन, विभिन्न सामाजिक संघ संस्थामा आबद्ध, नेपालमा चाइल्ड नेपाल संथाको संथापक अध्यक्ष, क्यालिफोर्नियामा अन्तरास्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष, साहित्य सेवा: वेब पत्रिका हाम्रो समाजडटनेट को संस्थापक तथा प्रधान सम्पादक, नेपाल र अमेरिकामा विभिन्न संघ संथाको स्मारिका प्रकाशन तथा प्रधान सम्पादक, जस्तै, नेपालमा प्रतिभा स्कुल म्यागजिन को प्रधान सम्पादक, कोशेली भित्ते पत्रिकाको संचालन तथा प्रधान सम्पादक, (१९९७ देखि Continue reading
~नेत्र कुँवर ‘अशोक’~
देख्यौ ?
कुकुरबाट पुच्छर
पुच्छरबाट कुकुर छुटि सक्यो
अब पर्खनु छ र हेर्नु छ
लिँडे कुकुरहरूको हविगत ।
उतिखेर
गल्लीको छेँडबाट हामी हिँड्यौँ भने
यिनै कुकुरहरूको नेतृत्वमा हो
हामीलाई घेराबन्दी पारेर Continue reading
उ लड्यो ,
देशको निम्ति भनेर
क्रान्ति मा लाग्यो ,
बन्दुक समातेर
हिड्यो उ ,
भोक प्यास नभनेर
सोच्थ्यो उ,
एक दिन अधिकार पाउछु भनेर Continue reading
~भावना परिष्कृत सुनुवार~
काठमाडौँ ।
जया हातमा चियाको कप लिँदै बेडरुममा बस्छिन् । टेवलमाथि चियाको कप राख्छिन् एक सुरुप पिएर । कुर्सीमा आरामले बस्दै ल्यापटप खोल्छिन् । ‘ल हेरन ! तिमीभन्दा अगाडि नै म अनलाइनमा आइसक्छु भन्थिन् । निर्धारित समयभन्दा म ढिला हुँदा नि मेडमको अत्तोपत्तो छैन । चकाप नै बढी केटीको ।’ (मुख फुलाएर भुत्भुताउँदै)
बेलायत । Continue reading
सङ्कलक–डाँडाघरे दाजु
भाइ बैनी हो ! अहिले तिमीहरुसँग टिभी छ, कम्प्युटर छ, स्मार्ट फोन जस्ता थुप्रै कुराहरु छन् । तर हामी केटाकेटी छँदा हामीलाई टिभी, कम्प्युटर, मोबायल भनेको हुन्छ भन्नेसम्म पनि थाहा थिएन । त्यतिखेर रेडियोसम्म गाउँघरमा फाट्टफुट्ट पाईन्थ्यो । तर यी सबै कुरा नभए पनि साँझमा सुत्नु अघि हामीलाई हजुर बा, हजुर आमाहरुले कथा सुनाउने गर्नु हुन्थ्यो । आज म त्यतिबेला मैले सुनेको एक कथा यहाँ तिमीहरुको लागि राख्दै छु । ध्यान दिएर पढ है ।
एकादेशमा एउटा बुढी आइमाई रहिछन् । उनीसँग सबै कुरा भरपुर भए पनि छोरा छोरी थिएनन् । एकदिन Continue reading
~श्रेष्ठ सत्य~
भनिन्छ, यौटा भेँडा भीरबाट हामफाल्यो भने अन्य बाँकी भेँडाहरु पनि त्यही भेँडाको सिको गर्दै भटाभट भीरबाट फाल हाल्न थाल्छन् । त्यसैले होला आफ्नो बुद्धि र विवेकको किन्चित पनि प्रयोग नगरी अर्काको पछि लाग्ने मानिसलाई भेँडाको संज्ञा दिइन्छ । भेँडाले त्यसो गर्छ या गर्दैन त्यो त मैले देख्ने मौका पाएको छैन तर मानिस भने अनादिकालदेखि नै त्यही गर्दै आइरहेको छ । यस अर्थमा मान्छे भेँडा झैँ भएको छ । वास्तवमा मान्छे जति भेँडा प्राणी अरु पाउन मुस्किल छ ।
मानिस आफूलाई आफै सबैभन्दा विकसित र सर्वोत्कृष्ट प्राणी भनेर गर्व गर्दछ । तर मान्छे भेँडा भन्दा केही पनि फरक छैन । बरु भेँडाले आफ्नो केही अक्कलको प्रयोग गर्ला तर मानिस थोरै भन्दा थोरै पनि आफ्नो बुद्धि, विवेक र अक्कलको प्रयोग गर्न असमर्थ छ । खालि अर्काको पछि लागेर नै मानिसले आफ्नो अमूल्य जीवन खे Continue reading
~प्रेम के. ‘निडर’~
अफिसमा हाजिर भएदेखि हाकिम आफ्नो काममा व्यस्त भए। कोठाबाहिर कारिन्दाहरू पनि व्यस्त नै थिए। छलफल गर्नुपर्ने भएर कारिन्दा कृष्णलाई हाकिमले भित्र बोलाए। कृृष्ण कोठाभित्र पस्यो। धेरैबेरको छलफलपछि दुवैजना अनौपचारिक गफमा लागे। दुईजनाको हँसीठट्टा भइरह्यो। ‘चिया खाआंै है, कृष्णजी’ भन्दै हाकिमले घण्टीको स्वीच दबाए। पिउन अञ्जु ढोका खोलेर हाँस्दै आइपुगिन्। हाकिमले दुईकप चिया अर्डर गरे। अञ्जु ढोका बन्द गर्दै गइन्। पिउन अञ्जु दुुई बच्चाकी आमा हुन्। अझ पनि उनको सुुन्दरतामा कुनै कमी देखिएको छैन। पुष्ट शरीर, मिलेको जीउडाल, ठिक्कको उचाइ अनि उनको गफ गर्ने कला र चतुुर्याइँ साथै प्रत्येक कुरामा हाँस्न सक्ने खुबीले सबैलाई चकित पार्ने गर्दथ्यो। Continue reading
~किरण टि लिम्बू~
जून तिमी मुस्कुराउँदा अँधेरी नै प्यारो लाग्छ
सपनीमा उनी आउँदा निदरी नै प्यारो लाग्छ
जिन्दगीको खुसी खोज्न धेरै टाढा गए पनि
किन होला आफ्नै घरको मझेरी नै प्यारो लाग्छ Continue reading
~विनोद न्यौपाने~
म
देश बिर्सिएर जीउन पनि सक्दिन
म
देश सम्झिएर रुन पनि सक्दिन ।
मेरो
रगत र पसिना बगेको देश
म
जन्ती र मलामी भएको देश, Continue reading
~मोहनराज शर्मा~
नन्दलाल आचार्य (२०३०) मोफसलमा साधनारत युवा साहित्यिक प्रतिभा हुन् । उनको जन्म उदयपुरमा भए पनि उनले राजविराजलाई कर्म थलो बनाएका छन् । उनी राजविराजमै रहेर शिक्षण र साहित्यलेखन दुवै गर्छन् । शिक्षण उनको पेसा हो भने साहित्यसिर्जना उनको सोख हो । पेसा र सोख दुवै नै वाक्सँग जोडिएको हुँदा उनले यी दुवैमा उपयुक्त तालमेल राखेको देखिन्छ । शिक्षक भएर साहित्यकार हुनु अथवा साहित्यकार भएर शिक्षक हुनु भनेको दोहोरो जिम्मेवारी बेहोर्नु हो । उनी दुवै क्षेत्रमा कर्मठ देखिन्छन् ।
साहित्यका विविध विधामा कलम चलाउने नन्दलाल बहुमुखी प्रतिभा भएका व्यक्तित्व हुन् । उनी साहित्यका सबैजसो विधामा सिर्जना गर्न सक्षम भएकाले एकाङ्की, नाटक, कविता, कथा, निबन्ध, समीक्षा आदिको रचना गरिरहन्छन् । विभिन्न विधामा देखिएको उनको यस संलग्नताले उनमा प्रशस्त रचनात्मक ऊर्जा छ भन्ने Continue reading
~निरा शर्मा~
रातको १२.२० भएको छ ।
मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ ।
यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन । म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो …
सँधै त आमालाई मेरो समयको असाध्यै ख्याल हुन्थयो तर आज के भयो ? Continue reading
~मणि भट्टराई~
म किन हराएँ यसरी ?
कसरी कहाँ हराएँ ?
जीवन खोज्न भनेर जीवनको जंगलमा
कता पुगिरहेछु म ?
के होला उदेश्य यसरी दौडनुको ?
के होला रहस्य यसरी भौतारिनुको ?
कहाँ होला उपलब्धीको शिखर
जहाँ पुग्न कुदिरहेछ यो जिन्दगी ! Continue reading
~करूण थापा~
शब्दका मात्रा या वजन (उर्दू वज्न)
हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ ।
हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको प्रावधान छ । अनि उर्दूमा पिङ्गल जस्तै नियमसँग मिल्दो बहर छ । यसै गरी ग्रीक र ल्याटिनमा पनि prosody भनिन्छ र ती भाषामा पनि आफ्नै किसिमका छन्द विद्यमान छन् । Continue reading
~पौल भाट~
कक्षा ५ को पहिलो दिन , हल्का निलो सर्ट , अनि गाढा निलो कालो पेन्ट , लगाएका लगभग १५०० जना मा म एक थिए . श्री अरुणोदय माध्यमिक बिधालय , सुदुर पश्चिम भेगकै प्रख्यात स्कुल , म पनि पुगे सहि समय मा पेन्ट एक हात ले समात्दै .
गेट बाट छिर्ना बित्तिकै भलिबल मैदानका दुई खम्बाको गेट ले स्वागत गर्थ्यो , बडो इतिहास छ यी खम्बा को पनि , जित्दा जित्दै हार्ने अनि हार्नै आँटेका को धैर्य र लडन्तलाई सबै भन्दा नजिक बाट देखने को खुदै गवाह !
खम्बा पछाडी L आकारको पक्कि घर थियो.. जसमा साएद १० वोटा ठुला कोठा लहरै थिए .. बाया बाटको तेस्रो कोठामा कक्षा ५ का बिधार्थी लाई जान उर्दी भयो .. सबै गुर्र पसे पहिलो सिट कब्जा गर्न ..मा पनि दौडमा Continue reading
~कृष्ण पौड्याल~
मुर्झिएको फुल झरेर के हुन्छ र।
जिउदो लाश मरेर के हुन्छ र॥
गन्तव्यमा नपुग्दै साथ छुटेपछी।
नाना भाती बयान गरेर के हुन्छ र॥
मुस्कान लुछ्ने ति हात नदेखाऊ।
कुवेच्छिद नारिको जात नदेखाऊ॥
टाढिन्छन स्वार्थ पुरा गरे पछी।
भो भो यौवनको मात नदेखाऊ॥ Continue reading
~गजेन्द्र बुढाथोकी~
श्री श्री श्री गभर्नर महाराज
नेपाल राष्ट्र ब्यांक
बालुवाटार दरबार ।
विषयः वंशावली पेश गरेको बारे ।
उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश गर्ने नियम चैत १ गतेदेखि लागू गरिबक्सन हुकुम फर्मान जारी भएकोमा कुन दिन यहाँका मन विचारमा के परिवर्तन हुने हो र वंशावली माग गरिबक्सेला भनि अग्रीम रूपमा मेरो वंशावली पेश गरेको छु । Continue reading
~वैरागी जेठा~
मेरो खरको झुप्राको अँगेनामा
कुनै आगाका लप्काहरू छैनन्
क्रान्ति स्थापना भएपछि
मेरो खरको झुप्रामा छिरेको छु
वर्दीधारीहरूको एक्कासी हमलाले
मेरो घाउ बल्झिएको छ
मूर्ख मानिसहरू
आमालाई वदनाम गर्न
भोटहाल्न दगुरिरहेछन्
हाम्रा तन्नेरीहरू बाटो रोक्न
आरनको ज्वालाझैँ उठिरहेछन् Continue reading
~सन्तोष चिमरिया~
बिबाहको अघिल्लो दिन बडो हतारमा उसको उपनयन अथवा बर्तमन गरियो २७ औ बर्षमा । गुरुमन्त्रको औपचारिकता पनि पूरा भयो तर गायत्री कण्ठ गर्नु उसले अनावश्यक ठान्यो । बास्तबमा बर्तमन नै पनि आवश्यक ठानेर गरेको थिएन । यदि त्यसो हुन्थ्यो भने १२ बर्षमा नै उसको बर्तमन शास्त्रनुसार भैसकेको हुन्थ्यो तर कर्म नचलेकाको बिहा नहुने सनातन परम्पराको खुड्किला छिचोल्न उसको बर्तमन झारो टार्ने हिसाबले हतारमा सम्पन्न भएको थियो ।
भोलिपल्टै बिबाह भयो र सुहागरातमा उसले कपडासंगै जनै पनि खोलेर कांटीमा झुन्ड्यायो । भोलिपल्ट कपडा लगायो तर जनै त्यो दिन देखि कांटी मै झुण्डिरहयो । टुप्पी उसको थिएन । टुप्पी धान्ने जिम्मेवारी हजुरबुबाले बाउलाई सुम्पेर गएका थिए तर बाउले उसलाई सुम्पिन चाहेनन् अथवा ब्यर्थ ठाने उनै जानुन । हजुरबुबा Continue reading
~शशीकला थापा सुब्बा~
आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा
चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा
परदेशमा छु कहिले काही भोकै पनि हुन्छु
मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु
कहिले आऊ दु:ख बिसाउन तिम्रो कोमल पाउमा Continue reading
~यशपाल~
अमीनद्धल्ला पार्कमा प्रायः प्रदर्शनी मेला वा जलपान केही न केही भइरहन्छ। घच्चम–घच्चा, ठेलमठेलबाट जोगिएर तमासाको आनन्द लिने हो भने छेउको पसलहरूको बरण्डा नै उपयुक्त हुन्छ। यही विचारले यो जाडोमा साँझको खाना खाईवरी मुखमा पान वा खल्तीमा शुक्लाजीका बच्चाहरूलाई चकलेट लिएर, ली घुमाउँदै म प्रायः शुक्लाजीको पसलमा जाने गर्छु।
शुक्लाजी जसरी मिलनसार र हँसिला छन्, उनकी श्रीमती पनि उस्तै मिलनसार छिन्। दिनभरिको कारोबारको व्यस्ततापछि साँझपख यसो एक–दुई घण्टा सभ्य र सुसंस्कत व्यक्तिहरूसँग बसेर कुराकानी गर्दा एक भिन्दै प्रकारको सन्तोष हुन्छ। Continue reading