कविता : प्रश्न सहअस्तित्वको

~गणेश कार्की~Ganesh Karki

म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : लजायौ लुकेर

~धनकुटे कान्छा~

लुकेर हेरेउ र लजायौ लुकेर
झकेर हेरेउ र लजायौ लुकेर

मस्त बतासी उड़दो जवानी
दुखेर हेरेउ र लजायौ दुखेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : नेताको व्यथा

~रामकुमार पाँडे~Ram Kumar Pande

राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौँला भन्दाभन्दै आफू रिित्तन्छन् । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे-भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उघ्रेर बिग्रेको बिहान

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,

धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बिदाइ गरेकी हैनौ

~रामचन्द्र कार्की~Ram  Chadra Karki

हाँसेर बिदाइ गरेकी हैनौ,
जुन झै मुस्कान छरेकी हैनौ ।

बेशीको मेला धाउने निहुमा,
मलाइ भेट्न झरेकी हैनौ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अभिना

~भावना परिष्कृत सुनुवार~Bhawana Parishkrit Sunuwar

आफूभित्र जतिसुकै पीर–व्यथा भए पनि बाहिर सधैँ हाँसी–खुशी देखिन्थिन् उनी । तर आज अभिनालाई निकै गम्भीर देखैँ मैले । सुरुमा घरको हालखबर सोधेँ । नेपालमा बहिनी अग्रता र बाँकी सबैलाई मङ्गल–कुशल रहेको बताइन् । आफू पनि सञ्चै रहेको र काम पनि राम्रै चल्दै गएको कुरालाई छोटो–मिठो जवाफ दिएर कुराको विषयलाई बिट मारिन् उनले ।

हाम्रो बसाई टाढा भएकोले भेट पातलै हुन्थ्यो हामीबीच । त्यसदिन पनि म दुई घण्टाको रेल यात्रा गरेर अभिनालाई भेट्न पुगेको थिएँ । म उनीकहाँ पुग्दा बिहानको ८:०० बजेको थियो कोरियाको समयअनुसार । जेठ–असारको महिना पानी, झरी, गर्मी … नेपालकै मौसमसँग मिल्दोजुल्दो छ यहाँको मौसम पनि । जाडोको याममा भने हिउँ खुबै पर्छ । तसर्थ नेपालभन्दा बढी चिसो हुने गर्छ । अभिनाको रुम पार्टनरहरू राधिका, लीला, पेमा र फूलदेवी कोही पनि थिएनन् त्यस दिन । सबै जनालाई एकै पटक भेट हुन्छ भनी सोचेको थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा प्रश्न ?

~हरि सिंह थापा~Hari Singh Thapa

चरक्क चर्किएर धर्ती
टुक्रा टुक्रा छुट्टिदै
वीर पूर्खाहरुको रगत
र
पसिनाको छालमा
बग्दै बग्दै गईरहेको बेला
स्वर्गमा शहीदहरुको सपना
कति करुणादायी
हुन्छ होला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हराएको चाबी गोजीमा

~जया राई~Jaya Rai

शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा भएको लकरको चाबी त छैन ! भएन त फसाद !

कसरी घर जाने, बस पास, लुगा, जुत्ता, ज्याकेट सबै लकर भित्रै छ । हिँडेर जाने भए पनि घर त पुगिन्छ, तर आजको मौसम खराब छ नि । यदि हिँड्दै जाने हो भने पनि बाटैमा पानी परेर बिजोक होला । आदि इत्यादि कुरा क्षण भरमा आएर मनमा फन फन घुम्न थाले ।

बिहानै काम नथाल्दैको कुरा झट्ट याद भयो । लकरको चाबी ढोकाको सेक्यूरीटी कार्डसँगै डोरीमा थियो । डोरी Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : छोडि दियो

~सन्तोषी पहरी~Santoshi Pahari

तिम्ले बाटो मोडिदियो के हाल बनाई छोडि दियो ।
कस्तो मिठो सपना थियो निर्दयीले उडाई दियो । ।

तिमी बिना बाच्न मलाई कत्ति गाह्रो भो ।
तिम्रो मन त आज भोलि लाग्छ सारो भो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~Dhir Kumar Shrestha

जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । चिट्ठा पर्ने आशमा सास रोकेर बस्नेहरूको रास लागिसकेको छ । घट्नुको साटो बढ्दो छ । वर्षौं देखि फारम भरिआएका पनि एक दिन कसो ‘लाटाको खुट्टा बाटामा नपर्ला भनी धाउदा छन् । ‘आए आप गए झटारो’सरि दुईइचार सय खर्च गरी फारम भर्नेको ताती भातीभा कतीका छन् ।

यस वर्षआफु पनि पुगियो साइबरमा बर्को ओढेर लर्को लाग्न । बर्को नओढी जाऊ भने आफू परियो खाट्टी Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म आफ्नै दाहसंस्कार गर्नेछु

~उर्मिला थपलिया~Urmila Thapaliya

प्रतिक्षाको लामो समय पछि
एक रात तिमि म संग हुनेछौ
जुन रात हामि
मन भित्र को दोसहरुलाइ
नदि को स्वच्छ पानिले बगाउनेछौ
कल्पनाको तिम्रो अंगालोमा हैन
यथार्थताको गलैचामा धक फुकाएर
मेरो मुन्टो थन्काउने छु
त्यही रात हामी माया को पोकाहरु फुकाउनेछौ
सुटुक्क कसैले नदेख्ने गरी
तर
एउटा मात्र हाम्रो साक्षी हुनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : भाइ

~विनोद न्यौपाने~Binod Neupane

सानो भाइ मेरो अब ठूलो भएछ
ताते ताते गरी गरी हिड्न थालेछ ।
सक्ने जति सबै सामान बोकी बोकी हिँड्छ
गुन गुन गर्देै हिँड्छ, के के भन्छ भन्छ ।

मुसे दाँत देखाई देखाई, घरि घरि हाँस्छ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : आफैलाई हराएछु

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

भाग्य खोज्दै भौतारिँदा आफैलाई हराएछु
लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ ।

देउरालीको उकालीमा बर पिपल साथी हुन्थे
दोबाटोमा अलमल परे सेता हिमाललाई चुन्थेँ
बर पिपल हिमचुली छैनन् यहाँ कुनै छेउ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म टेलिभिजन हेर्दिन आमा !

~दिव्य गिरी~Dibya Giri

आमा !
हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन
टेलिभिजनको पर्दामा
जति पनि अनुहार देख्छु
तिनीहरूलाई देखेर
मलाई घृणा लाग्छ
तिनका बोली र तिनका भाषण सुनेर
मलाई वाकवाकी लाग्छ
र तिनका हाँसो देखेर
मलाई आश्चर्य लाग्छ
आमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

शुषमा मानन्धरका केही हाइकुहरु

~शुषमा मानन्धर~Shushma Manandhar

हरियो बत्ति
प्रतिक्षारत कोही
निद्रा चौपट ।

यो मेरो भित्तो
आफ्ना सन्देशहरु
टाँस्छ अरु नै ।

यो फेसबूक
कैयौँ पेगको नशा
नप्युँदै लाग्ने । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : आजको ख्याल–ख्यालः भोलिको पक्का–पक्की

~भैरव अर्याल~Bhairab Aryal

लुतो फ्याँक्ने सङ्क्रान्ति– ०२३
गल्लीको डेरा, काठमाडौं

प्रिय पाँडेज्यू,

ख्याल–ख्याल गर्दागर्दै तपार्इंले आफ्ना पाँडेबोलीहरू गाँसगुँस पारी ‘ख्याल–ख्याल’ को पुस्तक छापिसक्नु भएछ । टाकटुके लेखकबाट एक्कासी ग्रन्थकारमा तपाईंको प्रमोशन भएकोमा जति हर्क लाग्यो, त्यसको दोब्बर फुइ“ आपूmलाई तपाईंले ‘ख्याल–ख्याल’ कै भएपनि बेकारबाट सम्मतिकारको दर्जामा उचालिदिन खोज्नु भएकोमा मलाई लागेको छ ।

सधैँको खडेरीग्रस्त हास्यव्यङ्ग्यको फाँटमा शीतलाई पनि वर्षाद् ठानी फुर्कनुपर्छ भने ‘ख्याल–ख्याल’ लाई Continue reading →

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : अन्त्यहीन संगमता

~शिरिष पराजुली~Shirish Parajuli

जसरी नदीहरू समुन्द्रको खोजीमा
आफूभन्दा गहिरोपना खोज्छन्
त्यसरी नै मेरो आत्मा तिम्रो प्रतिबिम्ब खोज्छ;
धेरै टाढा
बगीरहेको नदी
एक्लै आफ्नै वेगमा
एक्लोपना
मात्र एक्लोपना ।

जसरी पवित्र फूल
आफूलाई घामको किरणमा समाहित गर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मृत्युको घण्टी

~हरिप्रसाद भण्डारी~

जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा सबै प्राणीहरू साह्रै चिन्तित थिए। यस्तो आतङ्कबाट कसरी छुटकारा पाउने भन्ने बारेमा समय समयमा गोप्य छलफल भइरहन्थ्यो तर समस्याको समाधान निस्कन सकेको थिएन।

एक दिन एउटा खरायोले जुक्ति निकाल्यो– जङ्गलका किनारमा एउटा मन्दिर थियो। त्यसमा साना ठूला थुप्रै घण्टी थिए। खरायोको योजनामुताविक चङ्खे बाँदरले उक्त मन्दिरबाट एउटा राम्रो बज्ने घण्टी निकाल्यो र बजाउँदै हिँड्न थाल्यो।

“यो अनौठो आवाज केको हो?” सबै जनावरलाई एकै ठाउँमा जम्मा गराएर सिंह गर्जियो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म बिना

~सुविद गुरागाई~Subid Guragai

म बिना एक्दै घुम्नै सक्तैन पृथ्वी
म मरे पनि बाँचे पनि
मलाई साथमा नलिई
…छोडेर जान सक्तैन पृथ्वी
उसका पनि बाध्यता र सीमाहरु छन्
उसका पनि चाहनाहरु छन्
मलाई लानै पर्छ उसले ।

मेरो सम्झनाबिना रित्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो हाम्रो जिम्मा हो

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

परिवर्तन संगै जलवायु गर्मी झन् झन् बढ्दै गयो
नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो
छाती छिया छिया मातृभूमीको बाढी पैरोमा परी
भासिदै पैतालाहरू मातृभूमीको बैरी एम्बुस परी

कूपुत्र सन्तान मातृभूमीका अंश माग्दै छन् आज
रूदै छिन् नेपाल आमा अस्तित्व जोगाउन आज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शिव काका र तिकडमको राजनीति

~ध्रुव पन्थी~Dhruba Panthi

उनको औपचारिक पढाइ हाइस्कुल तहमै टुङ्गिएको थियो। मान्छे हेर्दामा उस्तो सुग्घर र भलाद्मी व्यक्तित्व भएका जस्ता पनि थिएनन्। प्रायजसो छुस्स बढेको पातलो दाह्री, पानीको मुख नदेखेर लेसिएजस्तो लाग्ने नकोरेको कपाल, खुजमुजिएका सर्टपाइन्ट र पान्डा भनेर चिनिने कपडाका मैला जुत्ता उनका परिचय हुन्थे। तर जब कतैबाट उनी गाउँघरमा टुप्लुक्क देखापर्न आइपुग्थे, मान्छेहरु उनीप्रति गहिरो श्रद्धाभाव प्रकट गर्दथे। गाउँलेहरुका नजरमा उनी किताबमा पढिने त्यो नेताजस्ता थिए जो आफ्नो सर्वस्व त्यागेर समाज र देशको सेवामा निस्केको छ।

घरमा बा भन्नुहुन्थ्यो , ‘यो शिवे अलि-अलि जान्ने भएदेखि नै राजनीतिमा छ। पल्ला गाउँका रत्ने मास्टरको सङ्गतले राजनीतिमा लागेको त्यतै रमाएको रमायै भयो।’ म त्यतिबेला तीन-चार कक्षामा पढ्दो हुँ। बाका कुरा सुनेपछि मलाई शिव काकाको बारेमा अरु पनि जान्ने खसखस हुन्थ्यो तर बासँग सोध्न धक लाग्थ्यो। अनि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तेजिन्द्र रानाका दुई मुक्तकहरु

~तेजिन्द्र राना मगर~tejindra-rana

१.
जाडो बढेर आजभोली ठण्डी भएको बेला
तिम्रो ममताको साह्रै मण्डी भएको बेला
सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु
मेरो मनमुटु एकाएक खण्डी भएको बेला

२.
मगर्नीकी छोरी तिमी पुक्क उठ्या गाला राम्रो Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : खबर्दार

~खेमराज अधिकारी~

खबर्दार जनता हो
अब चुप लग्नु हुन्न
नेपाललाई बेच्ने लेन्दुप दोर्जेहरु
सिंहदरबारमा बसेर
खुलेआम देश बेचीरहेका छन
कुर्सीसँग भाषा शाटदै छन
सिमान बेच्दै छन
स्वाभिमानको शौदाबाजी
सदनबाटै गर्दै छन

(नेपाल आमाको………)
गर्बको भागबन्दा लाउदाँ,
घरभाँडालाई तेश्रो चाहिने,
देशभक्तलाई ठाडो चाहिने
(कस्को ईशारमा हो अंशबण्डा ?) Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्नुपर्छ मैले

~बासुदेव बुढाथोकी ‘सागर’~ Basudev Budhathoki 'Sagar'

जतिसुकै खिएर नि बाँच्नुपर्छ मैले ;
घाइते मन सिएर नि बाँच्नुपर्छ मैले ।

आफन्तझैँ बनेर गला रेट्नेलाई ;
अझै रेट्न दिएर नि बाँच्नुपर्छ मैले । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नेता जी

~हरि अधिकारी~hari-adhakari

जनताको छोरो जुदाउन तयार छन नेता जी ,
जनताको छोरो मर्दा के भयो हामी लागी हैन
मेरो छोरो मर्दा पो दुःख भन्दै छन नेता जी
जब हामी नै खुसी छू त कसको के भो हामी लागी
अरु रोगी हुडा हामी लागी के भो भन्दै छन नेता जी
अरु बाच मर को निति छैन हामी लागी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कहिलेकाहीँ

~सुरेशराज वैद्य~

नसोचेको काम पनि गर्नुपर्छ कहिलेकाहीँ
अनजान यात्रामा बढ्नुपर्छ कहिलेकाहीँ

भन्नेहरू भन्दै गरून् काम नै के छ र ?
नसुनेझैँ चुपचाप बस्नुपर्छ कहिलेकाहीँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~राजेन्द्र थापा~Rajendra Thapa

यो मेरो जिन्दगी
वाह कस्तो जिन्दगी
जिन्दगीभित्र अल्झेको जिन्दगी
जिन्दगीभित्र बल्झेको जिन्दगी
फुकाउन नसकिने गाँठो परेको
यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी

प्रत्येक बिहान म उठेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~विवेक अर्याल~

नयाँ नेपाल आउँछ भन्थे
कहिले आउँछ ख्वै थाहा भएन
सपनीमा पो आएछ कि ?
खै मैले त पत्तै पाइनँ
न शान्तिको आभास पाइयो
न राहतको सास फेर्न पाइयो
के हो यो नयाँ नेपाल ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : समवेदना !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

लाग्दैथ्यो जब यो बहत्तर नयाँ वैशाख मैह्ना सुरु
धर्ती नै नरमाइलो बनिदियो भूकम्प पर्दा अरू
जाँदा बाह्र गते त्यति जब बज्यो सारा जिमी हल्लियो
भत्के गाउँहरू भकाभक सबै आश्चर्यजस्तो भयो ? ।।१।।

हल्लायो कति जोड–तोडसितले धाँजा जिमीमा परी
धुवाँ बादलभैmँ बन्यो सगरमा आँधी उठ्यो बेस्सरी
हेर्दा पूर्ण थियो वसन्त ऋतुको शोभा बनी आउँदै
भो एकैछिनमा महाप्रलयको आगो खरानी हुँदै ।।२।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~भारती गौतम~bharati-gautam

सबैसंग सधैं बिउँझिने प्रभातलाई
जहाँको बिहानी पनि प्यारै लाग्छ ।
स्वच्छन्द आकाशमा उड्ने चरीलाई
जहाँको आकाश पनि आफ्नै लाग्छ ।
ढकमक्क फक्रने गुलाफलाई
संसारभरिको बगैंचा प्रिय लाग्छ ।
खै, कहाँ छ यिनीहरुको घर ?
कस्ले दिएको छ यिनीहरुलाई बेग्लाबेग्लै थर ?

चीसो हावा चल्न पात भए पुग्छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ठेसमा प्रेरणा

~भुवनहरि सिग्देल~bhuwanhari-sigdel

बेडा कैयन् उठायौं विषय विष पियौं धैर्य यो रोकिएन
कालो पर्दा लगाई ग्रहण भय दिंदा सूर्य यो छेकिएन

गोर्खाली स्वाभिमानी हृदय छ दरिलो तेल―ऊर्जा सकिन्न
पैताला नाघ्न सक्छन् कठिन गिरि बडा स्वस्थ पुर्जा खिइन्न। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकमा एउटा अनुहार

~धनबहादुर खड्का~

गुड मर्निङ सबैलाई !

सँधै झै आज पनि मोरीले बिहान ५ बजेको छैन फेसबुकमा औपचारिक हार्दिकता बाँड्न भ्याई सकिछ। मैले त करिब ८ बजेतिर नेट खोलेको, फेसबुकको भित्तामा देखिएको समयको आधारमा उसले कमेन्ट गरेको समय थाहा पाएको हुँ। फेसबुक सामाजिक नेटवर्किङ भएकाले सायद उसले यो म्यासेज धेरैका लागि छाडेकी हुनसक्छे, जति उसको नेटवर्कमा आवद्ध छन्। सायद यी सबैका लागि थियो यो म्यासेज। तर मलाई केही दिनदेखि उसले लेखेका प्रत्यक सन्देश मेरा लागि लेखेकी हो भन्ने महशुस हुन थालेको छ। उसका प्रत्यक सन्देशको कमेन्ट गर्ने मेरो दिनचर्या नै बनेको छ। ऊ पनि ते के कम मेरा प्रत्यक म्यासेजको रेस्पोन्स गरिरहेकै छे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment