कविता : रोबोट हुनुको विरुद्दमा उभिएको – “मानिस” ।

~अनमोल कडेँल~Anmol Kandel

रोबोट सगँ ,
आँखा जस्तै “लेन्स” हुन सक्छ तर ,
रोबोट सगँ
मान्छेको मुख जस्तै बोल्ने “स्पिकर” पनि हुन्छ तर ,
रोबोट सगँ ,
दिमाख जस्तै काम गर्ने एउटा “यन्त्र” हुन्छ तर ,
रोबोट सगँ
मान्छेको जस्तै तारहरु जोडिएको” हात -खुट्टा” पनि हुन्छ तर ,
रोबोटसगँ हुदैन रहेछ
मान्छेको जस्तो
प्रेम गर्ने – ” हृदय ”
र अनुभव गर्ने – ” आत्मा ” ।

रोबोट ,
हुदैन रहेछ ” स्वतन्त्र ”
र हुदो रहेछ सधै अरुबाट मात्र “नियंत्रित” ।

त्यसैले म आज
रोबोट हुनुको सक्त विरोधमा ” उभिएको” छु ।

रोबोटहरु लाई मन पर्छ
केवल नाकको लम्बाइ नाप्ने “एकाइहरु” ,
रोबोटहरुलाइ मन पर्छ केवल
मान्छेको भावना ” नाप तौल ”
गर्ने तराजुजस्ता “सफ्ट्वेयर” ।

रोबोटहरुको “हार्डडिस्कमा” नभएको कुराहरु
“इन्भ्यालिड” हुदो रहेछ मान्छेहरुको लागि ।
रोबोटहरुको प्रेसमा छापिदैन रहेछ
मान्छे हुनुको – “कविता” ।

” रोबोटहरुको” विचमा बस्न
“रोबोट” नै बन्नुपर्छ
“रोबोटहरुको” विचमा
एक्लो हुनुपर्छ सधैँ मान्छे ।

म आज
रोबोट हुनुको विरुद्दमा उभिएको छु ।

रोबोटको सि.पि.यु ले
प्रोसेसिङ्ग गर्न सक्दैन
बुद्दका भासाहरु ,
मान्छेको दुई टाङको विचमा हुन्छ – “इश्वर”
भनेर युद्द फैलाउछ्न् – ” रोबोटहरु” ।

सबैको आत्मा बराबर हुन्छ भनेर
स्विकार्न सक्दैनन् रोबोटहरु
किनकी – “यो मोडलको रोबोट म ” भन्ने
अहमं हुन्छ रोबोटहरुसगँ ।

रोबोटहरुको कानमा मान्छेले फुक्यो भने
त्यहिँ सट हुन्छ मान्छेको आवाजको ” तरङ्ग ”
रोबोट सुन्न तयार हुदैन कहिले ” मान्छे ” ।

रोबोटहरुको “शहरमा ”
तरङ्गहरुको भुलभुलैयामा ,
छ्ट्पटिएरै मर्न सक्छ एक्लो “मान्छे” ।

त्यसैले ,
आज म रोबोट हुनुको
विरुद्दमा एक्लै उभिदैछु ।
हो !
आज म मान्छेको “आवाज ”
रोबोटहरुको सभामा ” शखंघोस” गर्दैछु ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.