गजल : दिल जल्ने देखोस् संसार

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

आफ्नै जस्तो अरुको नि, दिल जल्ने देखोस् संसार
बाँच्नु पर्ने विवशतामा, दिन ढल्ने देखोस् संसार
**
दु:खको धन आफ्नै मात्रै, अरु सित्तै ठान्छन् यहाँ
पसिनाको पोखरी बीच, सुख फल्ने देखोस् संसार
**
छाकको सर्जाम जुट्यो पुग्यो, मनकारी मन मुस्किल अचेल
एकको जस्तो अर्काको नि, चुल्हो बल्ने देखोस् संसार
**
गुमराह र दोषी आँखा, स्वार्थी साँगा हाबी अचेल
अरुको नि सङ्लो जिवन, हितले चल्ने देखोस् संसार।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.