मुक्तक : फूल

~राजकुमारी श्रेष्ठ~Rajkumari Shrestha

मन मन्दिरमा सजाउने फूल बनी दिउँला
दु:ख कष्ट तारी दिने पुल बनी दिउँला!
भावना र कामनाको फूलपाती चढाउछु Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : हिंड्यो परदेशी

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

शून्य भयो गाउँ घर शून्य रह्यो बेसी
टीका थापी साईत गरी हिड्यो परदेशी ।

असारको रोपार्इँ सकी मंसिर कुर्दै थियो
कुन चोटले उनको मनमा घाउ बनाइदियो
मल्हम खोज्दै धाइरहन्थ्यो देउराली र बेसी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नमन अमृतका तीन मुक्तकहरू

~नमन अमृत ‘भु–वन’~Naman Amrit 'Bhuwan'

हर प्रश्न यहाँ समाधान यहाँ
झुठ सत्यबिच घमासान यहाँ
बिचको भुमरीमा भँमरा परे
छ चारैतिर तानातान यहाँ !

को आफ्नो को अर्को छानाछान यहाँ
पराइ सम्झी हानाहान यहाँ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : र त देश रोयो नेता

~अनिल बराल ‘गरीब चिराग अछुत’~

नोटको राजनिती गरयौ र त देश रोयो नेता
चोटको राजनिती गरयौ र त देश रोयो नेता |

आज के छ नेपाली नेपाली आमाको हाल
खोटको राजनिती गरयौ र त देश रोयो नेता | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

रुपक श्रेष्ठका बाह्र वसन्ती हाइकुहरु

~डा. रुपक श्रेष्ठ~Dr Rupak Shrestha

(एक)
वसन्त ऋतु
आशातित जीवन
ईष्टर एग ।

(दुई)
हरेक साँझ
मैनबत्ती र शिखा
लास्ट सपर । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : मन

~होम सुनुवार ‘दसुचा’~Hom Sunuwar Dashucha

कति अनौठो अति अचम्मको यो मन
हसाउँने रुवाउँने नाना किसिम गराउने यही मन
भिन्ना भिन्नै प्राणीका भिन्ना भिन्नै आफ्नै मन
तन र धनलाई पनि कसी लगाउने उही मन

एक्लो जिन्दगीहरुका पनि किसिम किसिमका मन
कोही स्वतन्त्र आनन्दका साथ एक्लै रमाउने गर्दछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डायस्पोराको मान्छे

~गोपीकृष्ण प्रसाई~Gopikrishna Prasai

आउँदै गरेको देखेँ
लण्डनको सडकमा
कुदिरहेका चिल्ला कारहरु
उन्मत्त श्वेत वदनमा सजिने हिराका हारहरु
मानौँ ईन्द्रको नन्दन वनमा विहार चलिरहेछ
मानौं रातको व्यग्रताले चाँडै दिन ढलिरहेछ
तर त्यो नेपाली मन
आफ्नो मुस्कानमा अभ्यस्त भई सकेको छ
आफ्नै इतिहास र वर्तमानले समाई सकेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हुँदो हो त

~करूण थापा~Karun Thapa

कहाँ रुन्थें आँसु झार्दै पुछ्ने हात हुँदो हो त ।
तिमी विना बाँच्न सक्ने मेरो आँट हुँदो हो त ।

बेहोशी मै जीवन काट्थें तिमीलाई सम्झिएर
जुनी जुनी बेहोश गर्ने यस्तो मात हुँदो हो त । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : पाउँछौ के गरि ?

~रेनुका पौडेल “आहात”~Renuka Paudel 'Ahat'

मान सम्मान त्यै पाउँछौ के गरि ?
गइसकेको कुरा ल्याउँछौ के गरि ?

जिन्दगी सुम्पिदा तर्कियौ झर्कियौ
आज फर्कि नजिक आउँछौ के गरि ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो गीत म उभेको

~नगेन्द्र थापा~Nagendra Thapa

मेरो गीत म उभेको धुलोले सुनोस
मेरो गीत यहींको चुपचापले सुनोस
मेरो गीत कोहि सुन्दैन भने
आकाश बताशले सुनोस

मुटुका अनेक रगत साँधी
सुस्केरा अनि पसिनाले सुनोस Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : तीनटाउके भूत

~अजयभद्र खनाल~ajaybhadra-khanal

झरीले मक्किएको झ्याल खोलेर म तल बेँसीतिर हेर्छु । तरेली परेका डाँडाका नाकहरू जाँगर नलागी नलागी तुयेंल छिचोलेर चिहाइरहेका छन् । निकै पर एउटा सानो बस्ती टल्किरहेको छ । त्यही ठाउँमा, जहाँ ती डाँडाहरूले भिरालिएर गंगाको विशाल मैदानमा पुग्न हतारिएको एउटा खोलो भेट्छन् ।

मेरा हजुरबा त्यही घना जंगलका बीच साहु र भरियाहरूको लस्कर लिएर मट्टितेल, सलाई र नून लिन भारत पस्थे । ढाडमा डोको र निधारमा पसिनाले भिजेको नाम्लो भिरेर भरिया अगाडि बढ्थे, मुखबाट असजिलो सास फाल्दै । ढाडको भारी थेग्न उनीहरूको टाउको अगाडि निहुरिएको हुन्थ्येा अनि काँपिरहेका घुँडालाई टेको दिन हातमा एउटा लट्ठी । अक्करे भीरमा उनीहरू घस्रन्थे— तल कतै सुसाएको नदीबाट भयभीत हुँदै । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यो हजुरको मुहार

~कुन्दन खनाल~

यो हजुरको मुहार झलल झलल
नारायणी बगे झैं मनै सलल
सलल सलल सलललल
म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल

आँखै राम्रो भन्छन् तिम्रो चालै राम्रो भन्छन्
तिम्रो माया नपाई यहाँ कति कति मर्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विदेश पलायन हुनेहरु

~किरण पौड्याल~

अनुभूति विहिन अनुहार लिएर
जीवनको अँधेरीलाई मेटाउन
चम्किलो आकासमा उड्न पहल गर्नेहरु,
दुःखका पोटेलीलाई सल्टाउन
पहेंला दाँत खिसिक्क खोली
साग र सिस्नुको सहज विकल्प खोज्न
अग्ला डाँडा काटी बाहिरिनेहरु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छेडिदिए हुन्छ

~किरण ‘विवश’~

छिया-छिया मुटु मेरो छेडिदेउ एक अर्को छेद, के फरक भो र –
हिजो लाचार थिएँ आज विवश भएँ, सहिदिन्छु फेरि के भो र –

तिमी टुक्र्याऊ, कुड्क्याउ, भाग लगाई बाँडिदेऊ, छ स्वीकार्य त्यो पनि
यदि खुसी हुन्छेऊ तिमी भने, कुड्केर भागमा तौलिन तयार छु म पनि । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटी परी पसेकी छिन्

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन्
मेरो मनको मझेरीमा मुस्कुराउँदै बसेकी छिन् |1|

म के बयान गरु उनको यी गजलका सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2| Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी नै सुम्पिदिउँ कि

~पुष्पा खनाल~Pushpa Khanal

मनको जेलको प्रेमकैदी म
टाढा जान मन लाग्यो फरार भएर
उसको यादबाट बच्न सकिन
जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर

पल्टाउँछु एक एक पाना यसकै नाम लेखेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बिष पिलाउन तयार छु

~कृष्ण पौड्याल~

आफ्नै हातले आफुलाई बिष पिलाउन तयार छु।
गर्छेऊ भने मरेरै विश्वास दिलाउन तयार छु॥

पराई घर भित्रिदैमा जुठो ठानेको होईन मैले।
आउछेऊ भने सम्बन्ध अझै मिलाउन तयार छु॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत इश्वर

~गणेश कार्की~Ganesh Karki

इश्वर बाचुन्जेल
यत्र-तत्र घुमिरह्यो
अनेक ठक्कर खाएर
सयों भुमरिमा रुमल्लिएर
कहाँ-कहाँ मात्र पुगेन इश्वर
के-के मात्र भोगेन इश्वरले
जीवनको बृत बनाउन
कुन-कुन बाटो मात्र हिडेन इश्वर
जब समयलाई उछिन्न सकेन
जब जीवनको बृत बनेन
मृत इश्वर धेरै दिनसम्म
सड़क किनार ढलिराह्यो
चाहे तिमी मान या नमान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : पानी

~खिमानन्द पोखरेल~khimananda-pokharel_1

मेरो सानी छोरी पिऊ, पानी घुटु घुटु
पिउँदा पानी हर्रर जिउ सर्रर मुटु मुटु

यसै गरी पानी पिउने गर्नुपर्छ जान
जसले दिन्छ राम्रो अर्ति उसैलाई मान । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : मातृभूमिको यात्रा र सामाजिक सेवाको अनुभवहरु

~केशव भण्डारी~Keshab Bhandari

करिब चार वर्षको लामो अन्तरालपछि आफ्नो जन्मभूमि गुल्मी जाने तरखरले म निकै हौसिएको थिए । चौरासी नाघी सक्नु भएको आमाको हातको टीका लगाउन दसँैमा नेपाल जान पाउँदा बेलायतमा परिवारलाई चाडपर्वको बेलामा छोड्नु पर्दा पनि मैले अप्ठेरो मानेको थिइन । तर करिब एक शताव्दी नै पार गरि सक्नु भएको श्रद्धेय हजुरआमाको स्वर्गवासको खबरले म स्तब्ध भए । दसँैको समयमा टिकट पाउन गाह्रो पर्ला भनी कन्फर्म गरेको टिकट पनि सार्नु प¥यो । लामो समयपछि आमाको हातबाट दसैँको टीका थाप्ने अवसर फेरि पनि मिलेन । सदाझैँ दसँै र तिहार बेलायतमा Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : रोदन….

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

निःसन्देह उनका हातहरुले स्र्पश गरे भने
एकलाशमा !
म भित्र प्रबाहीत हुने थियो ।
मैले चिन्ने छु कोसांै दुरी बाट
अझै बेदना लुकेको छैन
पिरोल्लीएको मन बुझेको छैन
स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साइवर क्लव

~हिरण्यकुमारी पाठक~hiranya-kumari-pathak

त्यस दिन मलाई घरमा उकुसमुकुस भयो । केही काम गर्न पनि मन लागेन । दिन पनि धुम्म परिरहेछ । पानी पनि परेको छैन । बडो उदास उदास दिन भएको छ । मानो कुनै अशुभ समाचार सुन्न पर्लाजस्तो । कोठामा भित्रबाहिर गर्छु, बरण्डाबाट बाहिरको दृश्य निहार्छु । सबैतिर विरक्त वातावरण मात्र छ । कतै रमाइला दृश्य देखा परेन । घरमा पनि आफू एक्लै के गरेर दिन बिताउनु । अब त प्रत्येक घरका युवायुवती, बुद्धिजीवीहरू विदेशिन थालीसके । देशको अवस्था यस्तो छ । अको दिन काटामारी, अपहरण र बम विस्फोटका घटनाहरू सामान्य तरिकाले आत्मसात गर्नु नै दैनिकी जीवन भइसक्यो । घरमा उमेर पुगेकाहरू मात्र छन् । रित्तो घर आफैलाई तर्साउँछ कि जस्तो लाग्छ । कहिले कहिले मन दुखेको बेला सन्तानसाग बसी कुरा गरेर दुःख सुख साटासाट गर्ने दिन पनि हराइसकेको छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : हनुमानले सूर्य निले

~कार्तिकेय घिमिरे~kartikeya ghimire

एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रन्थ्यो । ठूलाठूला रूखका हाँगा एउटै हातले भाँच्थ्यो । त्यो सानो बालकको शक्ति देखेर गाउँलेहरू अचम्म मानेर हेर्थे, उनीहरू बालकदेखि निकै डराएका पनि थिए ।

एक दिनको कुरा हो, त्यो बालक चौरमा सुतिरहेको थियो । उसको आँखामा घामको प्रकाश पर्‍यो । उसले घामलाई हेर्न सकेन । उसले रिसाउँदै घामलाई हेर्‍यो । यताउति सरेर घामबाट छलिन खोज्यो तर घामले टेरेन । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बजगाईंको “हिउँको तन्ना” हेर्दा

~रामकुमार पाँडे~Book cover - Hiu Ka Tanna - Krishna Bajgain

हिउँको तन्ना
कृष्णको बाँसुरीमा
पानीको रेखा ।

हाइकु जापानी शैलीको छोटो कविता हो । यो ५-७-५ अक्षरीय शब्द संयोजनमा रचना गरिन्छ । प्रकृति दर्शनमा केन्द्रीत रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटीको काव्य हो । प्रकृतिको विम्बबाट जीवनका गाँठा फुकाउन हाइकु सक्षम रहन्छ । यसैले हाइकु पढ्ने बुझ्ने जो कोहीलाई यो आकर्षणको केन्द्र रहन्छ । जापान पुगेर फेब्रुअरी ११ सन् १९६१ साहित्य राजदूतको रुपमा शंकर लामिछानेले हाइकुलाई नेपाल भित्र्याए । सर्वप्रथम २०१९ र सम्भवत: दोस्रो २०२२ मा दईवटा हाइकु नेपाली भाषामा देखापर्यो । हाइकु ट्वाक्क परेको काव्य चटनी हो जसले स्वादको रमरम निकै पछिसम्म दिने क्षमता राख्दछ । विम्बको सटिक प्रयोगबिना हाइकुको प्राणप्रतिष्ठा हुन्न । आफ्नो हाइकुको प्रयोगका अतिरिक्त जापानी हाइजीनका हाइकु उल्था Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : फूलको कोपि प्रति

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
अनलशिखाझैं कलिली सुन्दर !
मधु–ज्वाला !
यो दृगपथमा पक्राउ बसे सरि,
भन तिमी को ? ए ! बाला !

ख.
मधुर रहस्यको मुसमुस ग्रन्थि,
रेशमी–तहले बाँधी,
वाणी तिरस्कारिणी ! बोल्छयौ
सुगन्धका के शव्द–कणीहरु
सम्मोहनले साधी ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : धुन हराएँ मैले

~प्रेमविनोद नन्दन~Prem Binod Nandan

गाउँदा गाउँदै गीतको धुन हराएँ मैले
रात त मसँग नै छ, जून हराएँ मैले

बैगुनहरू यता पनि, छन् है उता पनि
मानिसहरूको त्यो भीडमा, गुन हराएँ मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : सुर्के थैली खै

~राजन राज सिवाकोटी~rajan-raj-siwakoti

लै बरी लै बरी लै
लै बरी लै बरी लै बरी लै लै लै बरी लै लै लै
पटुकीमा सिउरेको सुर्के थैली खै
सुर्के थैली खै भन सुर्के थैली खै
चौबन्दीमा तुनेको सुर्के थैली खै

लै बरी लै बरी लै बरी लै लै लै बरी लै लै लै
कुरुसैले बुनेको झुम्के रुमाल खै
झुम्के रुमाल खै भन झुम्के रुमाल खै
रौ कातेर बुनेको झुम्के रुमाल खै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रगाढ साईनो जोगाऊँ बटौलीसँग

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अस्तित्व खोजीको वहानामा
मेरो अस्तित्व मेटाईदिनेहरु
नुनतेल साट्नकोलागि
घिउका कनेष्टर बोकेर
ताँति लागेका हाम्रा पाईलाहरु
सिस्नेको ओरालो झर्दै सिस्ने खोला तर्दै
बटौलीको तिनाउ नदीको हावासंग मितेरी गाँस्दै
पुल्चोकको सडकको डिलमा
डोको बिसाऊने ठाउँ खोज्दै
घिउका कनेष्टर किन्न हतारिएका
बनियाको पसलको पेटीमा
डोको विसाउने आग्रहलाई
मन्दमुस्कानकासाथ स्वागत गर्दे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अलेनामा झुण्ड्याउन

~जेल सङ्घर्ष ~

आमा
अब त
केही गर्ने कि भनेर
हजुरलाई खुशी बनाउन
अनि मलाई
हुर्काउन लागेको
अमूल्य मेहनतको
पंैचो तिर्न
निजी सम्पत्ति मानेर
डिग्री उत्तीर्णको
प्रमाणपत्ररुपी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : भुल गर्ने रहर

~सुरेन्द्र राना~surendra-rana

यो मनको के भर हुन्छ
बहकिने मात्र डर हुन्छ
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ

छिनमै भत्केर जाने बालुवाको घर हुन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आशु दिने मान्छे तिमी !

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी !
विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !!

निर्दोश ति नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : जीवनको गोरेटोमा

~दीपेन्द्र शर्मा~

आज हामी उसलाइ भेट्न जादै थियौ।हो, उसको श्रीमानले हिजो फोन गरेर उ अहिले हस्पिटलमा भएको अनि उनिहरुलाइ पुत्रलाभ भएको कुरा सुनाएको थियो। मैले मेरी श्रीमतीलाइ यस अघि अदितिको बारेमा धेर थोर कुरा नगरेको होइन। तेसैले उ पनि मसङै जान्छु भन्दै थिइ। मैले पनि हुन्छ त, तिम्रो आज छुट्टी हो अलिकति शपिङ पनि गरौला अनि घुमघाम हुन्छ तेसमा पनि अदितिलाइ चिनजान गर,साथी हुन्छ भनेकोले उ फुरुङ थिइ। म बिहान उठिअरि घर नजिकको पार्कमा गएर फर्केको थिए। मलाइ चिया धेरै खानुपर्ने कुराको पुजाले सधैजस्तो किचलो गरे पनि उसले अन्त्यमा नबनाइदिइ धरै पाउदिन।मैले किन हो किन चिया पकाउन खोज्यो कि त कैले उम्लेर पोखिने त कैले सक्खर बढीहाल्ने भएकै हुन्छ।

उसले भान्छाबाट बोली- ला दुध सक्किएको रहेछ कालो चिया खानुस् ल। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment