कविता : होसियार

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

हो उ आदिम मान्छे
जान्दैन थियो
हिड्न क्याटवाक
खाँदैन थियो अर्काको श्रम
लाउँदैन थियो विकनी
तर, एउटा युुग चपाएर आएपछि Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : शृङ्गार

~प्रभा बराल~prabha-baral

काम गर्दा गीताको निधारको रातो टीका कतै खसेछ, सासुले देखिहालिन । ‘गीता निधार किन खाली राखेकी …..जाऊ, टीका लगाइहाल ।’

‘हवस आमा,’ गीता गरिरहेको काम छोडेर आफ्नो कोठामा गइन । एक दिन लुगा धँुदै गर्दा गीताको हातको चुरा फुटयो ।

सासुले देखिहालिन —‘तिमीलाई कहिल्यै हात रित्तो नराख्नु भन्या होइन किन त्यो हात रित्तै ? जाऊ छिटो गएर Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : धुलो टक्टकाउँदै उठिरहेको छु

~गोबिन्द छन्त्याल~gobinda-chhantyal

पढाईरह्यौ तिमीले इतिहास
हिजोदेखि आजसम्मको दपर्ण
राजा, महाराजा एउटै नश्लीय शासकको
एकलकाँटे, एकलव्य र एकमना ।

खुनी इतिहासका पानाहरू पल्टिरहे
इन्द्रेणी समाजको मुख जबर्जस्त थुनिरह्यौ
तर,
सास्वत सत्य
परिवर्तनशिलता र गतिशिलताले Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनाकै बात मिठो

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

सपनाको भेटघाट सपनाकै बात मिठो
तिम्रो याद बल्झाइ दिने घटनाकै बात मिठो
.
उर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ
पहाड माँझ झर-झर झर्ने झरनाकै बात मिठो Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : छठ

~श्याम साह~Shyam Shah

यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनैले नपत्याइदिएपछि उसलाई झोँक पनि नचलेको होइन । तर, भर्खरै अल्सरको अप्रेसन गरेकी स्वास्नीमाथि झोँक झार्नु पनि त भएन ।

हुन त ऊ त्यस्तो धर्मकर्म गर्ने धार्मिक प्रवृत्तिको मान्छे होइन । क्याम्पस पढ्दा वामपन्थी राजनीति नै गरेको हो, जहाँ धर्मकर्म पाखण्ड नै लाग्ने गथ्र्यो उसलाई । अहिले शिक्षक हुँदा पनि ऊ एउटा वामपन्थी पार्टीको शिक्षक संगठनसँग अझै आबद्ध छ । अहिले पनि उसलाई धर्मकर्म पाखण्ड नै लाग्छ । तर, उसले यो पर्वलाई अलि फरक ढंगले हेर्ने गरेको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : चरी भरर…..

~डा तारानाथ शर्मा~Taranath Sharma

आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको “प्राधानिकं रहस्यम्”मा अङ्कितै छ: “सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी” अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, २, पालनपोषण र रक्षा, ३, शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी महालक्ष्मी नै हुन्।

र मेरा लागि मेरी जन्मदात्री, पालनकर्त्री र शिक्षादात्री तीनतीन मानवरूपी आमाको प्रतिनिधित्व गर्ने अर्थात् महाकाली, महालक्ष्मी र महासरस्वतीकी स्नेहमयी साक्षात् प्रतीक नेपालमाता हुन्। म जहाँ जान्छु, जे गर्छु र जे सोच्छु आमा नेपालको न्यानो, कोमल र मायालु हात सधैँ मेरा शिरमा हुन्छ। यस शिरमा  कुङ्-लिङ्ग घुमेका काला केशहरू बढ्दै जाँदा यिनै जननीका प्रेरणाप्रद हत्केलाहरूले मलाई सुम्सुम्याउँथे र थुम्थुम्याउँथे अनि आज मेरा घुमृएका केश सोझिइसके र सोझिइसकेका मात्र नभई बाक्ला न बाक्ला रूपबाट पातलिँदैपातलिँदै Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गज्जबको र’छ सोच

~सागर कार्की~Sagar Karki

सोच्दछु म
केही पृथक अनि बिल्कुल युवा सोच ।

सोच सुन्दर हुन्छ,
सोच बलवान हुन्छ,
अनि,
बार्दलीबाट आकाशमा उदाउदै गरेको सुन देखेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धन कमाएका छोराहरु

~डा. हिरण्यलाल ज्ञवाली~

छोराछोरीले धेरै धन कमाए
आफ्नै आर्जनले घर बनाए
सामान सजाए ÷ मान्छेलाई कजाए
जो उनका आमाबाबुले गर्न सकेका थिएनन
त्यसैले सम्पन्न छोराछोरीले
आफ्नो आर्जनको घरमा
आमाबाबुलाई बास दिएनन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिखुवा

~हेमन यात्री~heman-yatri

हतुवागढी!
नपछ्याउनू मलाई निदहरूमा
मलाई भेटेको दिन
मैलेजस्तो एक्लै बग्नुपर्नेछ तिमीले।

तिम्रो आाखाजस्तै त हुा म
नहेर्नु किनारमा आएर
नखेल्नु बगरमा आएर
कुनै बेला उर्लन सक्छु म Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

खण्ड – क

परिच्छेद–एक – सिर्जना परिचय

१.१ सिर्जनाको परिचय

सिर्जना शब्द आफँैमा चामत्कारिक शब्द हो । जो, जहाँ, जसरी रहेको हुन्छ त्यसरी नै सिर्जनाको अध्याय पूरा गरेको हुन्छ । संयोग सबैलाई मिल्दैैन; अर्थात् सिर्जना भन्ने कुरा आन्तरिक भावबाट पे्ररित शक्ति हो । सिर्जना प्रतिभासँग जोडिएर बस्न रुचाउने शब्द हो । प्रतिभाको पर्यायवाची सिर्जनाशक्ति सबै व्यक्तिहरूमा अन्तनिर्हित हुँदैन । जसमा छ, उसले मिहिनेत गर्दछ र आफ्नो शक्ति खिरिलो बनाउँदै जान्छ । जसमा छैन, उसले चाहे भित्ता फुटाओस् चाहे हिरामोतीको माला नै किन नपहिरियोस् सायद असम्भव होला । सिर्जनाशक्ति आफँैमा मात्र सीमित रहनु अथवा गुम्सिनुले बाह्य रूप लिन सक्दैन । जब प्रस्फुटन हुन्छ तबमात्र बाह्य परिवेशमा उसको परिचय खुल्दछ । सबै व्यक्तिहरूमा एकै तरहको सिर्जनात्मक कला वा सीप रहेको हुँदैन । जसले जुन धारमा सिर्जना गर्दछ उसको त्यही विधा बन्दछ । गलाले पनि सिर्जनात्मक अस्तित्व प्रकट गर्दछ भने अन्य त छँदैछन् । आख्यान, कविता, गीत,गजलमात्र नभई साङ्गीतिक रूपमा पनि सिर्जना प्रकट हुन सक्दछ । यदि सिर्जनामा मौलिकता आवश्यक नहुँदो हो त संसारका सम्पूर्ण मानिसहरू सिर्जनशील ठहरिन्थे । मेरो सिर्जनाको प्रस्तुति यहाँ गजलको माध्यमबाट भएको छ । Continue reading

Posted in लेख | Tagged | Leave a comment

छोक : मान्छेको चरित्र

~आभा शर्मा~

उताको यता,
यताको उता
तलको माथि,
माथिको तल
जुन जता नाचे पनि ठीक
जुन जता राखे पनि ठीक
मान्छेको चरित्र सके दाब्ने, Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : छेपारोको चेत मुसादाईले खोल्यो

~दिपक कुमार खड्का~deepak-kumar-khadka

धेरै वर्ष अगाडीको कुरा हो । हेर्दा मोटो, अनुहार चुच्चो परेको अनपढ एउटा भ्यागुता थियो । ऊ खेल्न भनेपछि पछि जमेको फोहोर पानी पोखरीमा उफ्री–उफ्री ट्वार–ट्वार गरि कराउदै खेल्थ्यो ।

खैं उसले रमाएर गित गाएको पो हो कि ! त्यो भ्यागुता त्यसरी खेलेको देखेर त्यस पोखरीको छेउमा एउटा रुखको हा·ाामा बसीरहेको छेपारोले हेरीरहेको थियो । उसको मनमा अनेकौं कौतुहल जागी रहन्थ्यो । म पनि त्यसरी नै उफ्री–उफ्री कराउदै त्यस्तै पोखरीमा खेल्न पाए कति मज्जा आउथ्यो होला भन्ने सोचाई उसको मनमा जाग्यो र केही नसोची त्यही हा·ाबाट झ्याम्म त्यस पोखरीमा हाम फाल्यो । ऊ (छेपारो) त्यो भ्यागुता खेले जस्तै, कराए जस्तै गरि खेल्न थाल्यो । उसलाई खुब रमाईलो लागि रहेको थियो । त्यस दिनभरी ऊ रमाई खेली रह्यो । मस्ती गरि रह्यो । सा“झ प¥यो, छेपारो घरजान ढिलो भयो भन्दै भ्यागुतालाई सुनाएर घर हिड्न थाल्यो । त्यो Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : सोध्न मनलाग्छ

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

प्रचन्ड गर्मीको तातो राप
औशीको कालो रात
त्यो सब प्रवाह नगरी
काख रित्तो बनाइ
सिउँदोको सिन्दुर पुछी
भित्र्याएको गणतन्त्र
आज सत्ता र भत्ताको
सम्मोहनमा परेको देख्दा
सोध्न मनलाग्छ, कहिलेसम्म चल्छ
मार्ने र मर्ने खेल ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लो र होचो

~बिनोद प्रधान~

अग्लोले होचो नहुनु भन्छ
होचोले अग्लो नहुनु भन्छ

कुर्कुचादेखी टाउकोसम्म्को उचाइमा छौ
यहाँभन्दा माथि अझ कत्ती अग्लन्छौ ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फूलमतीको रातो सारी

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

फूलमतीको लोग्नेको मृत्युको खबरले उसका साथीसँगतीहरू दुःखी भए। उनीहरू फूलमतीलाई समवेदना दिन घर पुगे।

तर आश्चर्य ! फूलमती रातो सारी, रातो चोलो, गलाभरि गहना, हातभरि चुरा र सिउँदोभरि सिँदुरसहित पत्रकारहरूसँग कुराकानीमा व्यस्त थिई।

एउटा पत्रकारले सोध्यो- विधवा भएर पनि सधवाको जस्तो पहिरनमा रहने प्रेरणा कहाँबाट प्राप्त गर्नुभयो ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~मातृका पोखरेल~Matrika Pokhrel

यो माटोमा
तिमी सँगसँगै मैले पनि भेटेको छु
मेरा पुर्खाहरुको पसिनाको गन्ध ।

तिम्रै जिजुहरुले सुनाएका कथा
हाम्रै हजुरबाले सुनाएको कथा
हामीले सँगसँगै सुनेका थियौँ
तिमीले बिर्सियौ कि के हो ?
तिमीलाई याद हनु पर्छ
अगेनाको डिलमा बसेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चुपचाप

~प्रवीण खालिङ~prabin-khaling

स्सस्स्स्स्स……
हल्ला नगर
अहिले सबैको मन सुतेको छ
तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना
चेतना ब्युँझियो भने
यसले के के विगार्छ
थाहा हुँदैन के के ढाल्नसक्छ
पैह्रो जान सक्छ, आसन जानसक्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जेल

~कृष्णसेन ईच्छुक~Krishna Sen 'Ikchchuk'

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहरा बाहिर छौ
म यातना गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पऱ्यो र ?
मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनु परे पनि त्यो जेल हुन्छ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित व्यङ्ग्य निबन्ध : साहित्यका नवरत्न

~जे.एल्.श्रीवास्तव~

त्यसो त मानिसहरू धेरै किसिमका हुन्छन् तर अहिलेको जमानामा मानवताको बोझ बोक्ने काम नेतापछि साहित्यकारले गर्दछ । साहित्यकार भनेको त्यो बुझक्कडहरूमध्ये पर्दछन्, जो विद्यार्थीकालमा लगौँटी र कुश्तीहरूबाट टाढा रही कागत र कलमसँगै टाँसिएर रहने गर्दछन् । जब यिनीहरू जवान हुन थाल्छन्, हरेक पुराना चीजहरू गलत हो भन्ने गर्छन् र हरेक जवान युवतीहरूले बोल्यो कि आफूलाई प्रेम गरेको भन्ने सोच्दछन् । यिनीहरू सुरुसुरुमा बडो हल्लाखल्लाका साथ संसारलाई परिवर्तन गर्ने अनि भोक, शोषण र अन्यायलाई संसारबाट हटाइदिने कुरा सोच्दछन् र बोल्दै हिँड्छन् तर पछि यिनीहरू आफ्ना सारा आक्रोश आलोचकहरू, पाठकहरू र विरोधीहरूलाई मर्ूख प्रमाणित गर्नमै खर्च गर्दछन् । साहित्यकारहरूको नयाँ फसल कलेज या युनिभर्सिटीका कमनरुमहरू, क्यान्टिनहरू र होस्टेलहरूमा बडो शान्दारका साथ उब्जनी हुन्छ । ठीक Continue reading

Posted in अनूदित निबन्ध, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : उनको पोष्ट र मेरो कमेन्ट

~डिल्ली मल्ल~dilli-malla

मलाई विश्वास छैन–
आज म नयाँ कविता लेखिरहेछु
र, भोलि कुनै अखबारको साहित्यिक पेजमा
वा कुनै साहित्यिक अनलाइनको पृष्ठमा
वा कुनै साहित्यिक फेसबुकको भित्तामा
मेरो फोटोसहित यी पंक्तिहरु झुण्डिनेछन्
कविको परिचय खोज्दै
र, दुनियाँले घोषणा गर्नेछन्
नेपाली साहित्यको आकाशमा नयाँ कविको आगमन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ओलीको बोली

~बिस्नुप्रवा सापकोटा~bishnuprawa-sapkota

२०५७ सालमा म कक्षा १० मा पढ्थें। त्यही वर्ष हाम्रो घरमा पहिलोपल्ट माओवादी आएका थिए। जेठको मध्यतिर घाम आकाशको आधा भागबाट पश्चिमतिर सर्दै थियो। तल कतै टिमुरखोला गुनगुनाइरहेको थियो। बिट फाटेको थोत्रो गुन्द्रीमा बसेर कमेरो पोतेजस्तो हजुरआमाको सेतो केशको जंगलमा आमा जुम्रा नामका जनावरहरूको खोजीमा हुनुहुन्थ्यो।

जुम्रा भेट्दाबित्तिकै आमाले दुई हातको नङको बीचमा राखेर किट्टिक्क पार्नुहुन्थ्यो। अग्लो र अजंगको आँपको रुखमुन्तिर बसेर बा बाँसको हरियो चोया बनाँउदै हुनुहुन्थ्यो, बर्खामा घाँस बोक्ने डोका बुन्न। शुक्रबार भएकाले म दौडिँदै घर आइपुगेको थिएँ। हप्ताभरि खेल्दा मेरो आकाशे रङको नीलो कमिज र पाइन्ट पसिनाको गन्धले ह्वास्स गन्हाएका थिए। भाइ–बहिनी मभन्दा पहिल्यै गाउँतिर साथीसंगीसँग खेल्न गएका थिए।

एक्कासि हाम्रो आँगनमा तीनजना अपरिचित मान्छे टुप्लुक्क देखा परे । तीनैजनाले बालाई नमस्कार गरे। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : होसियार बुद्धिको मान्छेसँग !

~उदय निरौला~

रूखका पातलाई
सडक पेटीलाई
गुमनाम मान्छेलाई
स्पर्श गरिरहेछ
लगातार गुमनाम प्राणलाई
थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह
थाहा भयो फगत हिंसा
क्रोध, घृणा र दुर्गन्ध ।

ियहाँ यस्तै हुन्छ
आकाशमा बादल लाग्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोड्नु अघि

~बिष्णु सुबेदी~Bishnu Subedi 'Dolakhe'

गाउँ छोड्नुअघि, सोचें–
घरैमाथिको देउराली
र सोचें
सहरमा देउराली छ कि छैन होला !

सम्झिरहें
गाउँमुनिको माने थामी
र सम्झिरहें
सहरमा अर्को माने छ कि छैन होला !

रातभर गम खाइरहें Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदकी पत्नी

~नारायण तिवारी~Narayan Tiwari

शहीदकी पत्नी गहभरि आँसु बोकेर
भन्छिन् –
ख्वै तिमी त अन्धकार चिर्न गएको भन्थ्यौ
तिमी त– अलविदा प्रिय †
म फर्केर आउन्न होला तर
त्यो बिहान तिम्रो आँगनमा आउनेछ
तिमीलाई सुम्सुम्याउन, भन्थ्यौ
ख्वै तिमी त हुरी बनेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिचारका मुना

~महादेव अधिकारी~Mahadev Adhikari

हिड्दछौ जति तिमिले मेरो जीवनमा जलाई
बिचारका मेरा कलिला मूना आउछन् पलाई

चाहान्छौ तिमी मलाइ दिन औँसी अन्धकार
जलेर आफै पार्दिन्छु मत झलल संसार Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो माया तिम्रै

~डम्बर पौडेल~Dambar Paudel

धेरै बिन्ति गरे नि , तिमी
नबोल्ने
भित्र भित्रै गाठो पारी ,
केहि नखोल्ने |

चौतारीमा भेट हुदा , सुक्क
सुक्क रुने
आशु पुछ्दै धारामा गई ,
रुमाल मात्रै धुने | Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अर्की आइमाई : अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा

~डा. गोबिन्दसिंह रावत~book-cover-arki-aaimai-neelam-karki-niharika

प्राक्कथन :

निलम कार्की निहारिकाको  अर्की आइमाई पढेपछि भारतीय मूलकी क्यानेडियन निर्देशिका दीपा मेहताको हेबेन अन अर्थ चलचित्रको सम्झना आयो । यस चलचित्रमा पनि एकजना पंजाबीले नायिका प्रिटी जिन्टालाई पंजाबबाट बिहे गरेर क्यानाडा ल्याएर दासी बनाएको कथाव्यथा देखाइएको थियो । अमेरिका र क्यानाडा दुवैतिर यहाँको पर्मानेन्ट रेसिडेन्सी (पि.आर.) कार्ड पाउनका लागि कागजी विवाह, अस्थाई विवाह, सम्झौता विवाहबाट लिएर स्वार्थका लागि विवाहसमेत गरेर यहाँ प्रवेश गरेपछि शारीरिक तथा मानसिक शोषण गर्दै आएका घटनाहरु सुन्न र पढ्न पाइन्छ । यहाँको तथ्याङ्कले देखाए अनुसार यस्ता घटनाहरु विशेष गरेर दक्षिण एशियाली मूलका महिलाहरुमाथि हुने गरेको पाइन्छ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : कहाँ छु र ?

~विक्रम तिमिल्सिना~Bikram Timilsina

काँडै हुँ म फूल बनी फुलेकै पो कहाँ छु र ?!
सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?!

तिम्रै मातमा मेरा चाह जगाउँछु भन्छौ अरे,
नशानशा मलाई नै बगाउँछु भन्छौ अरे,
तिमीसँग त्यती धेरै घुलेकै पो कहाँ छु र ?! Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : के म बौलाएकै हो त

~सिम्पल केटा~

आज ऐठनले बिहानै उठेँ
अनि अनिँदोमै पत्रिका पढेँ
तर पचेन
किनकि कतै राजनिति भेटिन ॥

लौ बर्बाद!
सायेद म बौलाएछु कि ? Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अर्थ

~सन्तोष लामिछाने~Santosh Lamichhane

सुनका कोपरा हुनेहरू
भोक ओढेर
निराहार लमतन्न पल्टेका केटाकेटीका
आँखामा आँखा मिलाई
सम्पन्नताको अर्थ बुझाउन सक्छौ?

ईश्वरमा विश्वास गर्छु भन्नेहरू
आँखाको बदला आँखा फुटाउदा
गोलीको बदला बम पड्काउदा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : दूर्भाग्य फर्कि रह्यो

~मबि सिंह~Mabi Singh 'Sirish'

काज क्रिया सकिएको दूर्भाग्य फर्कि रह्यो ।
न थुक्नु, न निल्नु अमृत, घाँटी सर्कि रह्यो ।

कति खेर मर्ला र सिनो खाने आशमा
जिऊँदो जाग्दो सामू बूढो गिध्द पर्खि रह्यो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : भिडौँ थिच्ने संग

~राकेश कार्की~Rakesh Karki

आउ अब भिडौँ थिच्ने संग
हाम्रो सिमाना मिच्ने संग

ए राप्रपा, नेमकिपा, जनमोर्चा
खोस्दै उसको देश सिच्ने संग Continue reading

Posted in गजल | Tagged | Leave a comment