लघुकथा : रक्सीको मात

~कालिकाप्रसाद उपाध्याय~kalika-prasad-upadhyay

माघीको बेला थियो । ठाकुरद्वारामा मेला थियो । दुर्इ दैांतरी थिएः पुरन र रमेश । पुरन थारू समुदायको ठिटो र रमेशचाहिं पहाडी । पुरन पहाडी (नेपाली) भाषा राम्ररी बोल्नसक्ने, रमेश पनि थारू भाषामा पोख्त । ठाकुरद्वाराको मेलामा दुबै साथी संगै गए, रातभरि र बिहानपख मेला हेरे अनि फर्के ।

बाटामा बन्तरियातिरको जंगलसम्म पुग्दा उनीहरू मेलामा किनेका बदाम (ममफली) खाइरहेका थिए । बाटाको छेवैमा एकथरि मान्छेहरू झगडा गरिरहेका रहेछन् । त्यो झगडामा संलग्न मध्ये अाधाजति पहाडी थिए Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Essay : Kids are kids

~Ismael Subba~Ismael Subba

There is still more time
Kids are only kids,
Let them be kids..,

********——********
Dear Doraemon,
From the big coloured
Tv screen of saney’s home
Or from the dreams
Which I used to see Continue reading →

Posted in Essay | Tagged | Leave a comment

कविता : मुटु दुख्ने गरी

~पुष्पा खनाल~Pushpa Khanal

पटक पटक भन्छौ तिमी मुटु दुख्ने गरी
कसो गरी सहँू राजै मनमा गाँठो पारी

तिमी यस्ती तिमी उस्ती सँधै आरोप ला’को सुन्छु
किन लाग्छ तिमीलाई म नै सँधै गलत हुन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : मानिसको जीवन आधार के हो?

~लियो टल्सटाय~
अनुवाद : दण्डपाणि जैसी

97i/43/huty/9230/09

सर्लाही जिल्लाको बरहथवा गाउँमा नथुनी पासवान नाम गरेको गरीब मानिस आफ्नो परिवारको साथमा बस्थ्यो । सम्पतीको नाममा एउटा सानो झुपडी बाहेक उस्को अरु केही थिएन । गाउँमा मेहनत मजदुरी गरेर जेनतेन आफ्नो तथा परिवारको पेट पालेको थियो । ज्याला कम थियो । अन्न चाँही महंगो । दिनभरीको कमाइ दुइ छाक खानामै सकिन्थ्यो । जाडोको बेला घरका सबैजना एउटा कम्बल ओढेर गुजारा चलाउँथे । तर त्यो कम्बल पनि फाटेर धुजाधुजा भइसकेको थियो । एक बर्षदेखि एउटा नयाँ कम्बल किन्ने सोचमा थियो तर उसको यो इच्छा पुरा हुन सकेको थिएन । खाइ नखाइ गरेर तीन रुपियाँ जम्मा गरेको थियो । पाँच रुपियाँ छिमेकि गाउँबाट उठाउन बाँकी थियो ।

एक दिन छिमकि गाउँबाट उठाउन बाँकी रहेको पाँच रुपियाले नयाँ कपडा किनेर ल्याउने बिचारले घरबाट निस्कियो । सबैभन्दा पहिले एकजना किसानको घरमा गयो । किसान घरमा थिएन । उसकी पत्नीले घरमा पैसा नभकोले पछि आउन भनी । उ दोस्रो घरमा गयो त्यहाँ पनि पैसा पाइएन । त्यसपछि उ एकजना कपडा Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : मन परेकी केटी

~शिव अधिकारी~

म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । जेठ महिनाको घाम के खपी सक्नु हुन्थ्यो र ? करिब पौने घण्टाको मेरो समय त्यही चोकमा बितिसकेको थियो ।

सडक सुनसान जस्तै थियो, छिट्टफुट्ट गाडी मात्रै सडकमा हुँइकिईरहेका थिए । नेपाल बन्द थिएन, हुने कुरा पनि थिएन । मानिसहरु आउँदै–जाँदै गर्दै थिए । एउटा कुनोमा म थिएँ, केही मानिसहरु मलाई हेर्दै जान्थे । मलाई भने उनीहरुले गिज्याएको जस्तो लाग्थ्यो र मुन्टो निहुर्‍याउँथे, कैदीलेझैं । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मुस्किल छ काठमाडौँमा

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

एक जागिरले पेट पाल्न, मुस्किल छ काठमाडौँमा |
दश हजारले मैना फाल्न, मुस्किल छ काठमाडौँमा ||

किन यस्तो सस्तो पैसा, जीवन भने महँगो भो |
एकसरो लुगा हाल्न, मुस्किल छ काठमाडौँमा || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म र ऊ

~अभि वशिष्ठ~abhi-basistha

सबेरै आएथ्यो ऊ,
अहिले विदा मागिरहेछ,
खोइ, क्षितिजलाई निर्लज्ज अङ्गाल्दै,
सन्ध्याको काख तिर लम्किँदै,
किन जान हतार भैरहेछ उस्लाई ?
उस्लाई सुनाउनु छ मेरो कथा,
उस्लाई चिनाउनु छ मेरो चेहरा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अमेरिकामा डलर फल्दैन हजुर!

~बासु श्रेष्ठ~Basu Shrestha

रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि बाहिर गएका छन्। नभए बेलायत या जर्मनी या फ्रान्सका मानिस किन अमेरिका आउँथे या कोही अमेरिकाबाट ती देशमा किन जान्थे? र यो प्रथा निकै पुरानो पनि हो। वैदेशिक रोजगारको लागि प्रत्येक मुलुकबाट प्रत्येक मुलुकमा मानिसहरु गई रहेका हुन्छन्। या त आफ्नो थलोमा अवसरको कमी देखेर या साँच्चै नै अवसरको अभाव भएको देखेर। उदाहरणको लागि भारतीयहरु रोजगारको लागि हाम्रो देशमा दिनहुँ आइरहेका छन्। त्यसको ठिक उल्टो हामी नेपालीहरु दिनहुँ विदेशतर्फ लागिरहेका छौँ। मलाई एकजना Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : मधेश मेरो जान हो ।

~ज्ञानेन्द्र कुमार यादव~gyanendra-kumar-yadav

मधेश मेरो जान हो, मधेश मेरो आन हो ।
मधेशको माग लिएर आउछु,यहि मेरो शान होे –२

मधेशमा पहिला थियो धेरै राम्रो व्यवहार
अहिले मधेश भएको छ, धेरै बेकार –२ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : उनको हाँसो

~श्रेष्ठ सत्य~Shrestha Satya

तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै आभिया भन्ने सुपरभाइजर पनि हामीसँगै राती काम गर्न थाली । सुपरभाइजर भए तापनि उनी अन्य सुपरभाइजरहरु भन्दा हामीसँग बढी नै मिल्ने र हाम्रो समस्या बुझ्ने खाले थिई । उनी सबैजना कामदारहरुसँग अति नै मिलनसार र समझदार थिई । उनीसँग काम गर्न थालेको दुई हप्ता पछि एक राति उनी र मसँगै बेलुकीको खाजा खान थाल्यांै, खाजा खाइसकेपछि १० मीनेट जति समय अझै बाँकी भएकोले हामी त्यतिकै आराम गर्न लागेका थियौैै । अचानक उनी एक्लै खिलखिलाएर हाँस्न थाली ।

मैले आश्र्चयचकित हुँदै साधें – ”तपाइँ ठिकै त हुनुहुन्छ, आभिया ?“ Continue reading →

Posted in नेपाली कथा, बाल कविता | Tagged | Leave a comment

दिपेन्द्र खड्काका पाँच मुक्तकहरु

~दिपेन्द्र खड्का~Dipendra Khadka
 
सर्जकहरु अल्छी हुदैनन् भन्ने लाग्छ
चाहना कसैको छुदैनन भन्ने लाग्छ
यादहरु जति आए पनि यो मुटु भित्र
आशु खसाली रुदैनन भन्ने लाग्छ 
 
हुन्छ हजुर म पनि पर्खि बसेकी छु
दिन रात दुख गर्दै कम्मर कसेकी छु Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अनन्तः यात्रा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अनन्तः यात्रामा विश्रामको संकेतले
अनायाश यात्रीको मस्तिष्कमा
करेण्टको झट्का लागिरहेछ
यात्रामा पुर्णविराम लगाउने पात्रहरुले
देश तरङ्गित भै रहेछ
यात्रामा पुर्णविराम त हिजै लाग्नु पर्ने
किनकि अक्षम्यताको दोपले
सजाईएका पात्रहरुलाई
सञ्जीवनी पिलाउनेहरुले
अनायाश विऊताईदिए ,गंगाजलले नुहाईदिए दिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी कस्ता नेता ?

~राधा भट्टराई~Radha Bhattarai

भोट माग्दा खाको कसम भुल्ने तिमी कस्ता नेता ?
लाज पचाई कुर्सी माथि झुल्ने तिमी कस्ता नेता ?

शब्दका ती ब्यञ्जनले मख्ख पा-यौ जनतालाई !
विश्वासमा पर्दा झारी डुल्ने तिमी कस्ता नेता ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : बाँचिन्न नेपालमा

~जयदेव गोविन्द~Jaydev Gobinda Acharya

छन्द : शार्दूलविक्रीडित

आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते
कुप्रो नै हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते
बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालम
सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।।

बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर
कुर्दै फेद मनुष्य दर्शक बने टुप्पा चढे वानर
सुन्दै मादल नाच्नुपर्दछ यहाँ उफ्रेर बेतालमा
कुर्सीतर्फ झुकेर “ढोग” नगरे बाँचिन्न नेपालमा ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : रुन्चे दनुवार

~नेत्रबहादुर कुँवर ‘अशोक’~Netra Bahadur Kuwar 'Ashok'

“हाच्या ! हाच्या !”

हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल कुकुरको मुखले च्यापि राखेको त्यो पोकोतिर मात्रै हेरि रह्यो । कुकुर चाहिँ युद्धमा ठुलो जित हात पारे झैँ गरी पुच्छर हल्लाउँदै बडो जोडले कुदि रहेको थियो । रुन्चे दनुवारले केही प्रतिक्रिया दिन सकेन । उसले कुकुरको त्यो गतिविधिलाई एक टकले हेरि मात्र रह्यो ।

रुन्चे दनुवारले निकै निन्याउरो अनुहार लगाएको थियो । मन गरौ पारेर बसेको उसलाई केही सहानुभूति दिनकै लागि भए पनि म उसको छेवैमा गएँ । सुरुमा त कुकुरले पोको थुतेर लगेको झोकमा उल्टै भकुर्ने पो हो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : समुद्र गहमा यत्तिखेर

~राकेश कार्की~Rakesh Karki

आँधी, बतास, समुद्र गहमा यत्तिखेर
बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर

जीन्दगीको ओझेलमा कसरी रमाउँ
मिठास छैन गुलियो महमा यत्तिखेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : डोली चढेपछि

~दिनेश श्रेष्ठ~dinesh-shrestha

आँसु चै नझार्नू डोली चढेपछि
जीतमा नहार्नू डोली चढेपछि

तड्पिदैछु पल् पल् उन्कै वियोगमा
सम्झना नमार्नू डोली चढेपछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~kumar-kafle

फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो।

एकदिन साथीहरूले राजधानीमा साहित्यिक भेटघाट कार्यक्रम गर्ने कुरा राख्नु भो। म पनि कार्यक्रममा जान उत्सुक थिएँ। कहिल्यै नदेखेका, नभेटेका साथीहरूसँग भेटिने, चिनजान बढ्ने लोभले म त्यहाँ जान लालायित थिएँ।

घरमा श्रीमतीलाई भनें, पर्सि म काठमाडौं जान्छु है! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नाली तिर बग्ने मुलधार चाहिन्न

~मबि सिंह~Mabi Singh 'Sirish'

नाली तिर बग्ने मुलधार चाहिन्न
भीरबाट खसाउने सवार चाहिन्न

जिन्दगीको अंगार गाजल बनाएँ
काईदा जाने सोर्ह श्रृंगार चाहिन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जुवाडे

~लाल बहादुर ऐयर~lal-bahadur-ayer

जुवाडेको हातैमा यो तासको छायाँ छ
जुवाड़ीलाइ यो तासको असाध्यै माया छ

भोक र तिर्खा लाग्दैन मलाई तासमा रमाउदा
रत्तिभर पिर पर्दैन साथि, हप्ताको गुमाउदा Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : लक्ष

~लोप्चन लामा~

“मुनलाईट”को गोटिहरु जस्तै
मनहरु बरालिएका थिएँ
पहेलो, कलेजि,हरियो
खैरो,निलो अनी हरियो पछाडि
“क्यु” बल गुडे जस्तै
लक्ष पहिल्याउन

“क्यु” बल कन्ट्रोलमा नभएँ
फल हुन्छ
या
बिना लक्ष भौतारिरहन्छ
जनकार सबैलाई छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खुकुरी पो भएछ

~सन्तोष लामिछाने~Santosh Lamichhane

माया त खिया लागेको खुकुरी पो भएछ
मुटु भने झुण्ड्याएको सुकुटी पो भएछ

नसोध अचानोसँगको भेट कस्तो हुन्छ
रहरहरू सिर्फ दापमा कैद पो भएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : राम का बाबु

~बिनोद राज सैंजु~binod-raj-sainju

सडक मा बसेर बिरोध गर्न सजिलो छ , राम का बाबु
तर घर मुली भयर घर चलाउनु गारो छ ,राम का बाबु

थरि थरि सन्तान का थरीथरी माग
यउटा लाई चित बुझाउदा अर्को को पित्त फाट्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै पर्ने भो

~दीप हाँडिगाउँले~

अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो
उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो

नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे
पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन लाई अभिनय नबनाउ साथी

~दिलिप राज शाही~dilip-raj-shahi

नाटक लाई जीवन सँग तुलना नगर साथी
त्यो त केबल अभिनय मात्र हो
वास्तविकता नाटक भन्दा भिन्न हुन्छ
नाटककारको यात्रा त नाटक भित्र मात्र सिमित हुन्छ
जीवन को यात्रा पनि लक्ष्य पनि असिमित हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाहानाहरु

~सिम्पल केटा~

किन आउछ बाहानाहरु
अनी तड्पिएका प्यासहरु |
मुटु जिउन्दो भएर हो कि
झन झन आउछ बाहानाहरु
झन झन आउछ बाहानाहरु |

भावनालाई पैन्चो मागि
साश थोरै पिउन्दै बस्छु | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कमरेड परिवर्तन

~बाबुराम काफ्ले~baburam-kafle

‘क्रान्तिकारीहरुको सत्ता आएपछि समाजमा कुनै किसिमको विभेद रहने छैन, श्रमको  उचित मुल्य पाइनेछ, कोही कसैबाट शोषित र पीडित भएर बस्नु पर्ने छैन, जग्गा जोत्नेको हुनेछ , घर पोत्नेको हुनेछ । कसैले पनि ऋणको भारी बोक्नु पर्ने छैन । छुवाछुतको अन्त्य हुनेछ, धनी र गरिब एकै हुनेछन् । समानता कायम हुनेछ ।’

प्रेमबहादुरले यस्ता कुराहरु सुन्ने गरेको थियो तर उसलाई थाहा थिएन क्रान्तिकारीको सत्ता कसरी आउँछ भन्ने । क्रान्तिकारी भनेको को हुन् भन्ने पनि थाहा थिएन उसलाई । ऊ बेलाबेलामा सुन्ने गथ्र्यो ‘फलानो गाउँका काजीलाई क्रान्तिकारीहरुले मारे अरे । फलानो गाउँका मुखियाको अन्न लुटेर क्रान्तिकारीहरुले गरिबलाई बाँडे अरे । फलानो ठाउँमा प्रधानपञ्चको जग्गामा क्रान्तिकारीले झण्डा गाडे अरे । फलानाले गाउँ छोडे अरे । फलानो पनि भागे अरे ।’ यस्ता कुराहरु बेलाबेलामा प्रेमबहादुर सुन्ने गथ्र्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अचानो झै बाँच्न जाने !

~सजना गुरुङ~Sajana Gurung

खुकुरी भै रेट्दा तिम्ले अचानो झै बाँच्न जाने !
कति शक्ति रै’छ म मा आफै मैले जाँच्न जाने !

फूल टिप्ने चाह गर्दा काँडै काँडा बिजे पछि
कोमल यी हात ले नै काँडाहरु भाँच्न जाने ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मेचीकाली तर्न दिनु हुन्न

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

त्यो बैरीलाई मेचीकाली तर्न दिनु हुन्न
हाम्रो माटो पराइ देशमा पर्न दिनु हुन्न
.
कालापानी हाम्रो मुटु सुस्ता खेल्ने आगन
झनै प्यारो टनकपुर हर्न दिनु हुन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : उत्सव

~आइती घले~

आज देखें उसको मुहार
शान्त–शान्त छ
सधैंको जस्तो हतारो
सधैंको जस्तो कोलाहल
केही छैन

होस् पनि कसरी
आखिर शरीर पनि त चिसो छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी विरामी छिन् …………………..

~ओम क्षितिज~om-prakash-bhandari-kshitij

बाबा …….१११
मध्य–रातमा जव
छोरीले बाबा…१ भन्दै चिच्याउँछिन्
म, हत्तपत्त अत्तालिंदै उठ्छु

छोरी …………………१
छोरी निन्द्रामै हुन्छिन्
पसीनाले निथ्रुक्क भिजेकी छोरी
निन्द्रामै बर्बराएकी थिइन् …..

हो..। अचेल छोरीलाई सञ्चो छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल : दर दिन्छु आऊ

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : इन्द्रवज्रा

प्यारी म मीठो दर दिन्छु आऊ
त्यो जिन्दगीको भर दिन्छु आऊ ।।

आफ्नै धराका अनमोल मोती
कोदो, मकै, फापर दिन्छु आऊ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment