मनोन्यास : पत्र

~मनोज कफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

प्यारा साथी, सकुसल छु ।

अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै हिजो मैले धन्न ज्यान फालिन । त्यो बेला जीवनको आश मरेकै हो मेरो । मलाई पुर्नजन्म दिने ईश्वरलाई सलाम गर्छु ।

प्यारो साथी, खै मलाई पटक्कै थाहा छैन जीवन केले बनेको छ थोरै पीर-मर्कामा रुने अतास्सिने । सँगीनीसँग जीवनभरी सँगै भएर बाँच्ने बाचा त मैले पुरा गर्न नसकेर परदेशी भएको छु, दुई पैसा कमाउने आशले होइन बुबाआमा अनि तिनैहरूलाई खुसी राख्न सकुँ भन्ने चाहानाले हो । बाँचुन्जेल दुई गाँस खाएर एक मुठी सास धान्न सकुँ भन्ने मनसायले हो, अवस्य पनि लोभले होईन ल । Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , , | Leave a comment

कविता : म, गरिवी र विवशता

~रामचन्द्र कार्की~Ram  Chadra Karki

कलकल चिसो धाराको पानी, तातो छ कुवामा,
हल गोरु नारी खुर्पेटो बजाई, घुम्या छु जुवामा ।
बाझो छ बारी चिर्नु छ मैले, झरी र खडेरी,
रुखको फेदमा बास छ मेरो, साहुको हो घडेरी ।

चमेली सित काले र भुन्टे, गाई बाख्रा हेर्दैछन्,
पढ्नु र लेख्नु यत्तिकै भयो, धुलोमा केर्दैछन् ।
भारी छ घाँस, भारी छ, भारी छ मनमा पीर,
पेटभरि पाए ढिडोको डल्लो, ठान्छन् मिठो खीर । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जमुनीको दशैं

~यादव देवकोटा~Yadav Devkota__2

सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’

●●●

सिन्धुपाल्चोकको एउटा गाउ“मा जन्मिई ऊ । दुइ घरबार जोडेका बा । बाले कान्छीस“ग आ“त जोडेपछि छाडिएकी आमा । निर्वाह चलाउन मुस्किल पर्ने आयस्ता । छोरीले अक्षर चिने पोइल हि‘ड्छे भन्ने समय । अक्षर नचिनेरै,स्कूल नछिरेरै बित्यो सत्र बर्षे जीवन । सानामा गाईबाख्रा हेरेर, बहिनी खेलाएर र अलि पछि मेलापातमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कल्पना भण्डार हुन्छ

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ
कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।।

मान्छे भन्छन् सजिलो छ, सर्र कलम डुलाउन
कोरेपछि यस्तो कोर्नू, बुझाई अपार हुन्छ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : एक किलो जंगल

~बिमल गुरुङ~bimal-gurung

अब मुद्दाको कविता
लेख्न लागेको छु
बर्षौं – बर्ष देखि
आकाशतिर
नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी
बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु,
लेख्न बसेको छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मालकिंदी

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
समय बराबर प्यारले फर्की,
उल्टो छाल
हान्छ कमाल !
किनकि अगाडि क्यै झल्केथ्यो,
बेहोश वेगमा,
स्वर्गको माल !

ख.
सम्झनाले गिज्याइहिछ बोक्रालाई,
निद्रालाई तन्द्रालाई,
ऊँगलाई आत्माको ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : स्काइपको टीका

~युवराज नयाँघरे~Yubaraj Nayaghare

हाङपाङ छोड्दा नन्दलालसँग आठ छोरा थिए।

मधेश झरे उनी। पहाडमा खानलाउनकै दुःख थियो। झोडा फाँडेर उनी छाप्रो हाली बसे। त्यै छाप्रोमा अरु तीन भाइ जन्मे।

एक रात बूढा पिसाब फेर्न पिढीँमा बसेका मात्र थिए – गोमनले ठुङेछ। ठाउँका ठाउँ ठहरै भए नन्दलाल बूढा।

उनकी जहान भगवतीलाई एघार छोरा हुर्काउन गार्‍हो भो। औधी गार्‍हो भो। पहाडै उठाउनु पर्‍यो उनले।

आज धेरै वर्षपछि मधेशको त्यो घर फेरि रित्तो भो। दशैंमा घर सुनसान भयो। सबै छोरा कोही खाडी, कोही कोरिया, कोही अष्ट्रेलिया। यस्तै चकमन्नमा तानिएर भगवती दशैंको टीकाको तयारीमा छिन्। Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सागर, सगर र सतह

~डा.रुपक श्रेष्ठ~Dr Rupak Shrestha

वषौँसम्म
पानी ओढेर सुतिराखेको मलाई
भकभकी उम्लिरहेको
मेरै गर्भका लाभा
मेरै महासागर पिँंधबाट
झकझक्याउँदै भन्छ मलाई
उठ ! उठ !!
हिमालझैं उठ
सगरमाथाझैँ उठ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध

~मुक्ति गौतम~Mukti Gautam

पानीको मूल थुनेर
मूलबाटो छेकेर
युद्ध हुदैन अब,
ढुकेर स्कुल जाने बाटोमा
झोला बोक्ने कलिला काँधहरुमा
बन्दुकको भारी बोकाएर
या
कलिला मन मश्तिष्कमा
व्दैष र घृणा भरेर
युद्ध हुदैन अब,
मारेर निर्दोष मान्छेहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दोबाटोमा छुटिँदा…

~अनुभव मञ्जरी~Anubhav Manjari

दोबाटोमा छुटिँदा तिमीलाई रोक्न सकिनँ
मूल बाटोमा सँगै हुँदा तिम्रो बातै सुनिनँ

मनको यो ढोका भोटे ताल्चाले बन्द थियो
खोल्ने चाबी नचिनेरै अलमल्लमा थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : पक्षपात

~इप्सुल मगर~Ipsul Magar 'Maya'

जादै जान्न त्यो बाटो म दोबाटो भेटिने भए
वीरहरुको रगतले कोरिएको सीमाना मेटिने भए
आहुती दिन्छु यो सिनो म आफ्नो माटोको लागि Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : रात मा के छ त्यस्तो

~विवेक पाठक~

पिउन मन लाग्यो पिए बिहानै, रात मा के छ त्यस्तो
जति पिए नि लाग्दैन यो मेरो, हात मा के छ त्यस्तो ?

कति पिए पत्तै लाग्दैन, बेहोशी भएसी नशा चढेर
एउटा मान्छे लाइ अर्कै बनाउने, मात मा के छ त्यस्तो ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : जन्तीसँगैको नयाँ दुलही

~तेजिन्द्र राना मगर~tejindra-rana

एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर बोलाउथें। मेरो बुबा-आमाले छोरीको भविष्य उज्जवल होस भनेर मेरो नाम “किरण” राखिदिनु भएको रे अनि त्यही किरण नामलाई अनुहारसँग दाँजेर मेरा साथीहरुले भन्ने गर्थें:”यसको मुहार पनि कति चम्किलो र सुन्दर छ है! किरण नामसँग पनि ठ्याक्कै मिल्ने।” अनि म खुसिले गद्गद् हुन्थें। चिसापानी गाउँ माथी बनको हरीयाली, कहिले मेलापातको उकाली-ओराली, अनि छङ्छ्ङ् खस्ने झरणासँगै हुर्केकी म। कहिले त लालिगुराँस हातमा लिएर छमछम नाच्ने पनि गर्दथें।

घरकी एक्ली छोरी म, दाजु कमाईको शिलशिलामा कतारमा हुनुहुन्थ्यो। दाजु मलाई धेरै पढाउन बिदेश गएको रे बुबा-आमा भन्नुहुन्थ्यो। आमा सधै घरको काममा ब्यस्त, बुबा खेतबारी अनि गाईभैसी पालनमा। मैले पनि बुबा-आमालाई काममा सधै सहयोग गर्थें, त्यसैले पनि होला बुबा-आमाको अझै प्यारी छोरी बन्न पाएको। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एस्तै हो माया भन्ने

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

टाढा टाढा उडी जाने त्यो पन्छी को
हुन्छ के को भरोसा?
छितिज पारि आफु लुकेर
पारि जान्छ सबै आकाश सुन्य नै

छोडी जाने निर्मोही प्रियसीको
किन गर्छौ तिमि आसा??
मन भरि स्वार्थी माया बोकेर
पार्छन प्रेम को भण्डार सबै रित्तै नै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खुल्दै–खुल्दै जान्छौ

~विक्रम तिमिल्सिना~Bikram Timilsina

गहिराइ चुमेँ लाग्छ, तिमी खुल्दै–खुल्दै जान्छौ
अरू झर्छन् फुलेपछि, तिमी फुल्दै–फुल्दै जान्छौ

होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट होलान्
मलाई सम्झिएर सायद बाँकी भुल्दै–भुल्दै जान्छौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मौन व्रत

~आभास~Aavaas - Achyut Prasad Phuyal

म समयसित
मौन वार्ता गरिरहेछु
मेरी प्रियतमा
तिमी मौनता भङ्ग नगर

सौम्य छन् तिम्रा आँखा
सागरमा पनि लहर छैन
म समयसित
सुस्तरी साउती खेलिरहेछु
अहिले
म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु
शान्त सागरमा हराइरहेछु
विन्ति प्रियतमा
तिमी मौनता भङ्ग नगर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मजै बेग्लै

~सुमित सुबेदी ‘प्यासी’~

आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै ।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।।

मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी
ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै।
लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : शुभकामना दशैको !!!

~रामु गैरे~Ramu Gaire

घर फोन गर्या थिए
दशै आयो रे !!!
कमेरोले घर पनि पोते होलान
घरको पर्खालमा मखमली
फुल पनि फुल्न लाग्या होलान
ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भईसक्यो
प्यारी श्रीमती अनी छोरा छोरीले मेरो बाटो हेर्दै होलान Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : मुखियाबाको बखान

~पूजा हमाल~puja-hamal

कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कुरा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् –

“दाजु, मलाई पनि विद्यालय पढ्न जाने मन लागेको छ । विद्यालयमा हाम्रा उमेरका धेरैजसो दाजुभाइ दिदीबहिनीहरू पढ्न स्कुल जाँदा रहेछन् हामी कति अभागी रहेछौं।”

यति भन्दै अञ्जुले आँखाबाट बररर आँसु झारिन् । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : उकालो यात्राका कुरा

~टीकाराम उदासी~Tikaram Udasi

कहिल्यै नबिर्सनू
र, सुन्नू ध्यान दिएर कि
हामी अपर्ूव साहसका साथ
हिडेरै आएका हौँ यहाँसम्म
नपत्याए सोध्नू तिनीहरुलाई
साक्षी छन् आकाशका जूनताराहरु
त्यो अनन्त फैलिएको क्षितिज पनि साक्षी छ
साक्षी छन् उस्तै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले मलाई….

~चेतन कार्की~Chetan Karki

केटि – तिमीले मलाई सम्झने छैनौ आज त नभन
मलाई भने बढेर आउला पापीको माया झनझन

केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना
डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली

~चट्याङ मास्टर~Krishna Murari Gautam 'Chatyangmaster'

आहा मेरी बुढीको कति मीठो बुढ्यौली
अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली
हिजो म चिटिक्क, चिटिक्कै परेर
देखाइदिउँ शहरलाई म कस्तो भनेर
हिँड्दा शहरमा नजर के लड्याथिए
रंगिन पुतली मनमा उड्याथिए
आइन् ती बाला मलाई हेरेर Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

झटारो गजल : पोइला जान्छु भन्छे

~दयामोहन आचार्य~dayamohan-acharya

तिमीसित घरजम हुन्न, अब पोइला जान्छु भन्छे
गहना गुरिया पोको पन्तो, सबै उतै लान्छु भन्छे

नमूना नै परी मोरी, सुखै दिए जस्तो लाग्छ
जति गर्दा पनि तर, उतै मिठो खान्छु भन्छे Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बुद्ध हुन

~अतित मुखिया~Atit Mukhiya

जोकोही सक्छन यहाँ क्रुद्ध हुन
सक्दैनन् किन कोही बुद्ध हुन

को दिन्छ दृष्टि सबै बैरी देख्ने
जिम्मेवार को आपसमै युद्ध हुन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : पराइ देशको पिडा

~मणि वनवासी~

ठुला ठालु सधैं राम्रा, साना सधैं दास।
दासताको पञ्जाबाट मुक्त हुने आस।।
त्यही आसमा अल्झिएर छाडिहाले घर।
सम्झनामा तड्पिरहन्छु खुशी कहाँ छ र।।
अधुरा ति सपना सम्झी यहाँसम्म आको।
आफ्नाबाट टाढा हुदा बल्ल चाल पाको।।
कुरा बुझ्नु पहिले नै टाढा आई सकेछ।
ट्रैन अब लिक छोडि पर गई सकेछ।।… Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भत्किएको रात

~प्रभात राउत~

गत रात
म भत्किए भित्रसम्म .
अस्तित्वको मायावी भूलले
चौतारी झैँ बाचेको थिएँ बषौं-बर्ष
स्तुतिका टुडालहरु मक्किए
एउटा भित्तो जस्तै ,पर्खालजस्तो अग्लो म
खण्डहर छियाछिया वार-पार भैदिए .

सुम्सुम्याई रहन्थे म
काखमा मृदु-नानीझैँ
मेरा स्नेही आत्मविश्वासहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : जिन्दगीमा फेसबूक

~कल्पना वान्तवा~Kalpana Bantawa

फेसबूके कुलीनहरू हाम्रा जतिसुकै महत्वका पोष्टलाई पनि बाल दिंदैनन्, अन्तरसंवाद गर्दैनन् र पनि हामी ‘म त यति ठूलो मानिसको साथी हुँ’ भन्ने आत्मरतिमा रमाउने स्वार्थले अपहेलना सहेरै साथी बनिरहन्छौं।

फेसबूकको नेपाली ‘डेमोग्राफी’ मा उच्च वर्गका केही ठालुहरू उच्चै आसनमा आसीन छन्। बेलाबेला उनीहरू टाइमलाइनमा केही हरफ ख्वाक्क खोक्छन् र निम्न मध्यमवर्गीय फेसबूकेहरूले हत्त न पत्त लाइक हान्न, ‘वाओ’ ठोक्न र प्रशंसाका फूल बर्साउन नभ्याउँदै आफ्नो उच्चासनमा ढसमस्स विराजमान भइसकेका हुन्छन्। हामी मध्यमवर्गीय यस्ता महामानवको साथी बन्न पाएकोमा धन्यधन्य हुन्छौं।एक पटक कामविशेषले नर्सको युनिफर्ममै अस्पताल हाताको हिमालयन ब्याङ्कमा पुगेकी थिएँ, एक भलाद्मीसँग भेट भयो। हर्षविभोर बन्दै उनलाई भनें, “नमस्कार, हजुर फलानो हैन? म फलानी!” औपचारिकतावश उनले ‘ए!’ भने। मसँगको Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अब दशै कहिले लाग्छ?

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

आमा, अब दशै कहिले लाग्छ?

बालापनका ती रहरलाग्दा दिनहरु
ती निश्चल हाासो र उमंगहरु
रोटेपिडमा मच्चिएका झट्काहरु
मिठो खाने राम्रो लाउने निउका कर्कशहरु
अनि त्यो अभावमय दशैको टिका र जमरा
कालान्तरमा सम्झिन्छु म एकएक कलाएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति ! शान्ति !! शान्ति !!!

~गणेश कार्की~Ganesh Karki

भोक लाग्यो,
मैले भात माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
मसँग पाखुरी छ,
मैले जमिन माँगे
तिमीले चोरी औंलोले ओठ थुन्दै भन्यौ
“शान्ति ! शान्ति !! शान्ति !!!”
म बिरामी छु, Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन पराउनु हुन्न साथी

~कृष्ण पौड्याल~

उद्धेश्य न बुझी मन पराउनु हुन्न साथी।
माया प्रेम बाध्यतामा गराउनु हुन्न साथी॥

तिमी मेरो म तिम्रो स्विकारन बिन्ती।
नाना भाती वकाल्दै कराउनु हुन्न साथी॥ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : कसी

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

यसो आफ्नै जिन्दगीलाई
स्वस्थ परिक्षणको क्रममा
एमआरआइ गरेर हेरेको त
के भनौं,
लाजै मर्दो रिपोर्ट पो देखा पर्‍यो, गाँठे !
कतै डाँडाकाँडा
कतै खोल्साखोल्सी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिस्थापित हामी

~आचार्य प्रभा~acharya Prabha

प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद …
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी , Continue reading

Posted in कविता | Tagged | Leave a comment