नेवारी कविता : पलेस्वँ

~रश्मिला कवाङ `रश्मि`~Rasmila Kawan

ना वगु न्हाँनँ मुंग नं
पिनेया लकसता लयलय तायक हवइगु स्वँ
न्हिल न्हिल वांवांथाय सद्भावया बास्ना होल
स्वार्थ मरुगु पुखुचाय न्हयापुसे च्वंगु थगु म्हासिका बियो
हवाय् च्वंनिमा छ ख पलेस्वँ

जीवनया खुसी बः नपनपां चुइक वायच्वङामा जी
काचाक जिगु थ्व मिखा हवोयच्वंगु स्वंखे ल्ववानी
तगु कष्ट थके हे सुस्क थ्व हलिमय थगु आनन्द होल
न्हयोङ च्वंगु छंगु मुखुया पला दाँदाँ पतिका यागु वर्खा अले वर्षाया ईः Continue reading →

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : आशुको जिन्दगी

~योगेन्द्र गिरी ‘संघर्श’~yogendra giri 'sangharsha'

आशु मात्र कति बग्छ यो आखाबाट
यो आखा केवल रुनको लागी मात्र पो हो कि ?

हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमालाई प्रश्नहरू 

~समा श्री~Sama Shree Raut

आमा
सानैमा तिमीले
मेरा आँखामा सपना छर्दै फुल्याएथ्यौ
त्यो आउँछ भनेर
खै ! त्यो आयो र आमा ?
त्यो आएको उही नै हो र आमा ?
तिमीले भनेकी थियौ
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै
कम्मरमा शीतजस्तै टल्कने
हतियार झुन्ड्याएर त्यो आउछ भनेर
खै ! त्यो आयो त आमा ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : केटी पढेका हुन्छन्

~मनोज सुनुवार~

आजकलका केटी पढेका हुन्छन्
पढेका केटी सडेका हुन्छन्

देखीन्छन साना नजरमा तर
उमेरमा भने बढेका हुन्छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : गुजाराको कथा

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु।

मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो कि वञ्चना–पीडित यो उत्तर मेरा जिब्रामा खुत्रुक्क ओर्लिन हतारिन्छरु। व्याकुल उत्तरलाई अदपमा राखेर ओठे जवाफ दिनबाट म जोगिन्छुरु। कारण प्रश्नको अन्तर्यमा सद्भावयुक्त अभिप्राय छ र छ त्यसमा सकारात्मक उत्तरको तीव्र अपेक्षा पनिरु। यस्तो उत्तर जसमा लेखक, पुस्तक, पाठक र प्रकाशकको उज्यालो भविष्य ध्वनित होस्रु।

शुभेच्छुक जनहरूद्वारा घरीघरी मलाई नै यो प्रश्न सोधिनुको कारण छरु। अभिव्यक्तिका तीनवटा फाँटमा म Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

स्रष्टा परिचय : विद्वान् प्रगतिवादी समालोचक गोविन्ददेव भट्ट

~सन्त गाहा मगर~gobinda-dev-bhatta

हृदयघातबाट २५ असोज २०६८ मा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका लेखक–चिन्तक भट्टको विचारसँग असहमत वा लेखन र चिन्तनको गहिराइ नबुझनेहरू पनि उनलाई एक शान्त, सौम्य र भद्र विद्वान्का रूपमा चिन्दथे । खगेन्द्र सङ्ग्रौला जस्ता कसैलाई बाँकी नराख्ने वाचाल आलोचक पनि भट्टलाई माक्र्सवाद र दर्शनशास्त्रका गुरु मान्दथे ।

रौतहटको पुरेनवामा जन्मेर काठमाडौंको त्रिचन्द्र कलेजहुँदै भारतको बनारस विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गोविन्ददेव भट्टका शान्ति सन्देश (लघुकाव्य), सत्यबहादुरको कथा (काव्य), युगविजय (लघुकथा), नेपाल बुझने समस्या Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

~नन्दलाल आचार्य~book-cover-aama-ko-smritima-laxmidatta-bhatta-satyapremi

सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस आलेखमा ‘आमाको स्मृतिमा’ शोककाव्यकृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नी ममतामयी आमाको शोकमा मनका व्यथाहरूलाई मार्मिक ढङ्गमा प्रकट गर्न खोजिएको छ ।

उनी मनको पीडालाई सम्बोधन गर्न शक्ति चाहिएको महसुस गर्दछन् । आमाको शक्तिबाट साहित्यमा सबैका नेत्र भिजाउने गरी काव्य रचना गर्ने Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : डिङ्गो कैल्यै मर्दैन नि

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

झिङ्गे, माखे सरापले, डिङ्गो कैल्यै मर्दैन नि
वकम्फुसे धाक दिई, मलाई पीर पर्दैन नि ।।

अरू गन्नु परै जाओस्, आँफै मपाईं भन्ने रैछौ
रातो पहरोमा गाई , यो दुनियामा चर्दैन नि ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सौन्दर्य

~सुमन सौरभ~

भर्खर बनाइसकेको चित्र भित्तामा ठड्याएर दुवैजना मुग्ध हुँदै हेरिरहेका थिए। घण्टौंको शारीरिक थकान र मानसिक भोक बल्ल मेटिएको थियो।

“तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।”

“तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।”

निकैबेर पछि मोनालिसाले सोधी, “अब अर्को चित्रको पोज कहिले दिऊँ?” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कहिल्यै नपढिने कथा ‘मृत्युको’

~कस्तुप गैरे~kastup-gaire

बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका छन्। किन-किन मलाई यो प्रकृति पनि बिधवा भएझैँ लाग्छ।

यी फूल देखेर मलाई घरको यादले खुब सताउँछ। बिहानै उठेर आँखा मिच्दै बाहिर निस्किँदा घरमुनिको पाखामा पैँयुका फूल यस्तै देखिन्थे। हिजो ठुटाजस्ता लाग्ने रुखहरूले पुनर्जन्म पाएजस्ता देखिन्छन्, हिउँले चुसेका हाँगाहरूमा पनि जिन्दगी कुदिरहेको देख्छु म। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहाँ दुख्छ घाउ?

~रुपेश राई~

खुइssssय…
थेत्…
फरुवा फ्याकेर तीन नम्बरले भन्यो-
‘साला हजमले केश काटेजस्तो
गाछको फेद तासेको छ, तासेको छ। चिटिक्क पार्… भन्छ।
खैsss यो चप्रासी भनौदा पनि। आफू कलम काट्न जान्दैन। बाठे…। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चुरोट

~सविता सापकोटा~sabita-sapkota

हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति हो मनभित्रको धुवाँले आफँैलाई प्रदूशित बनाउँछ र बाहिर फाल्ने धुवाँले वातावरण ।

एक्लोपनले सताउँदा विगतलाई बिर्साउने माध्यमबनेको छ चुरोट । पहिले रहरले पिउँथ्यो ऊ तर आजकल दैनिकी बनेको छ । समयसँगको परिवर्तन होला । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माचिस र छेपारो

~प्रवीण खालिङ~prabin-khaling

ऐना फुटे जस्तो
चर्को जिन्दावादले
बस्तीको निन्द्रा डिस्टर्ब भएपछि
गॉंउले सिरानीमा राखेको माचिस छाम्छ।

थाहा छ,
आगोको बिउ जोगाउन कति साह्रो छ ?
उ सतर्क छ
विजय जुलुसको झरीमा Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कथा : आमा

~सान्ता कार्की~shanta-karki

एउटा सानो गाउँमा जन्मिएकी चन्चल स्वाभाव र स्वच्छ मन अनि दयालु भावना थियो मेरो यसै गरि…. दिनदिन म बढ्दै गए म १६ वर्षको पुगेपछी आफन्ता बाट मेरो बिहेको कुरा आउन थाल्यो यसै क्रममा राम्रो घर परिवार बाट कुरा आएछ । मेरो बुवाले पनि कुरा पक्का गर्नु भएछ । त्यति बेलाको समय यस्तो थियो हामीलाई सोध्नु भन्दा पनि हाम्रो अभिभावकले गरेको निर्णयमा हामीले चल्नुपर्थो ।

यसै गरि हाम्रो बिहे नेपाली परम्परा अनुसार भयो उहाँको नाम जतन थियो अब मेरो दिनहरु यसरि सुरु हुन् थाल्यो की नयाँ घर नयाँ मान्छे संग घुल्मिल बडाउन थाले दिनहरु राम्रो संग नै बित्तै गयो म १८ वर्षको भए पछी हाम्रो छोरा जन्मियो बाबुको नाम उजल राखियो। म धेरै खुसि थिए आफुलाई संसारकै भाग्यमानि सम्झन्थे तर मैले सोचेको जस्तो कहाँ भयोर बिस्तारै हामीमा नराम्रो हुन् थाल्यो दिन बित्तै गयो म फेरी गर्भबती भए त्यति बेला मेरो बुवाले भन्नु हुन्थो यो पटक तिम्रो छोरी जन्मिन्छ । मैले सोधे किन र बुवा ? बुवाले जवाफ दिनु भयो छोरी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चियाबारीमा इप्सिताहरु

~भिमा राई ‘तोलाछा’~bhima-rai-tolachha

इप्सिताहरु
सधैं कमान जान्छन्
पत्ती तोड़्‌न
कलम काट्न
छुट्टीमा झिँझा दाउरा खोज्न जङ्गल पस्छन्
एकाबिहानै गहुँ र मकैका सातु होप्च्याएर
गत्तिलो भारी घॉंस ल्याइवरी
गोठका धन्धा सिद्ध्याउँछन्।
***
कुनै बेला इप्सिताहरु Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : कसैकसैलाई

~सागर कार्की~Sagar Karki

आहाँ कति मिठो हुन्छ त्यो पल
जब अविस्मरणीय हुनेछ त्यो भेट
हेराहेर हुनेछ, दोहोरी चल्नेछ हृदयको
निशब्द हुनेछ समय
टु ईक्वाल्स् वान भयो भने
मित्र, नआत्तिनु है !
त्यहि त हो नि प्रेमको आभाष ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बित्छ मेरो दशैँ तिहार

~नविन आचार्य ‘लेटांगे’~Nabin Acharya 'Letange'

टेलीफोनमै टिका थापी,बित्छ मेरो दशैँ तिहार
सम्झना ले मुटु चापी , बित्छ मेरो दशैँ तिहार

उनको यादले हृदयमा,सुनामी छाल चलाउँदा
सिरानी मा व्यथा खापी,बित्छ मेरो दशैँ तिहार Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हरियो सुन-१

~टिका ‘भाइ’~tika-bhai

चियाको गाछ,
बिहानै खसेको कलिलो घाममा हेर्नुपर्छ
हिउँ जस्तै टल्किने मुनामा
कमाने बालाहरूको बैंसालु शरीरको तातो स्वाद
‘अटम फ्लेवर’ भएर सप्रिन्छ,
मंगली यहीं बस्छ,
उसको बैंस विदेशी जिब्रोमा मादक निकोटिन खस्छ।
यसैलाई उनीहरू भन्छन् हरियो सुन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : शहरमा त जाली हुन्छन्

~दिपेन्द्र राई ‘अश्रुमाली’~Dipendra Rai 'Ashrumali'

शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् ।
हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।।

सुन्दर शान्त परिवार, देखे पनि महल भित्र ।
चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुन्छन् ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : त्यो मिथ्या लाग्यो

~रेवन्त भट्टराई~

तासको बग्गी मसंग रानी तुरुप त्यो मिथ्या लाग्यो
मध्य निशा सामु गुफा कुरुप त्यो मिथ्या लाग्यो

सयौं गोपिनी कृस्ण एक्लै कस्तो मिठो तिम्रो बोलि
पचाएछि नि कृष्णलिला गुपचुप त्यो मिथ्या लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्कार परिचय : नेवारको मोहनी

~बसन्त महर्जन~

नेवार समाजमा राम्रोसँग चथाः (गणेश चौथी) मनाउन सके मोहनी अर्थात् दशैं पनि रामै्र हुन्छ भन्ने मान्यता छ।

असल टोलका नेवारहरु सबभन्दा कान्छो सदस्यको अगुवाइमा दशैं मनाउँछन्। यस्तै एक परिवारका सबभन्दा कान्छा बालक कुभिन्डाको बलि दिंदैछन्।मोहनी र दशैं एउटै नभए पनि वा दशैं भनेकै मोहनी भए पनि नेवार समुदायले ठूलो महत्वका साथ मनाउने चाड र विधि एउटै हो। नेवार समाजमा आश्विन पारु (घटस्थापना) कै दिनबाट मोहनी शुरू हुन्छ। मोहनीको पहिलो दिन आगम घरमा ‘नःला स्वनेगु’ (जमरा) राखिन्छ। कारणवश आगमबाट निस्केका वा निष्कासित भएकाहरू आ–आफ्नै घरमा ‘नःला स्वनेगु’ राख्छन्। Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : गोष्ठी

~जगदीश घिमिरे~Jagadish Ghimire

ठूलो सहरको ठूलो घरको ठूलो मञ्चमा
ठूला टाउका ठूलो गिदी
ठूला कहलाइएका मान्छेका माझमा
वाद हुनेछ
विवाद हुनेछ
प्रतिवाद हुनेछ
भोलि त्यो अखवारमा छापिएपछि हामीले पैसा तिरेर पढ्ने छौँ
हाम्रा पीरमर्काका कुराहरू
हामीलाई समवेदनाहरू सहानुभूतिहरू सान्त्वनाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मायावी देवता

~तुलसीहरि कोइराला~Tulasi Hari Koirala_1

विश्वभरका देवी–देवताका मूर्तिहरू आन्दोलनका नाममा फुटालिएका समाचार सुनिसकेपछि युद्धवीर धर्मशास्त्र अध्ययनमा लाग्यो। सालिक र मूर्तिहरूमाथि पनि किन यत्रो आक्रोश पोखिएको होला त? मनको कौतूहल मेट्न थुप्रै ग्रन्थ छिचोलेर निचोड निकाल्यो उसले– आखिर शक्ति भनेकै दुई खेमाको रहेछ– देवता र दानव। देवताहरू लोभले वरदान दिने र मायाले नष्ट गर्ने गर्दा रहेछन्।

अर्को शक्तिलाई परास्त गर्न अनेक तिकडम गरेका देवताहरूप्रति युद्धवीरमा रोष प्रकट भयो। उसले वाली सम्झियो, रावण सम्झियो, कंश सम्झियो, हिरण्यकश्यपू सम्झियो, जालन्धर, शुम्भ, निशुम्भ, वरवरिक, भष्मासुर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फर्केको खोला

~रामलाल जोशी~Ramlal Joshi

सबैलाई विपक्षी बनाएर गई। भन्थे सबै, जाँदा कमला नाकै कटाएर गई। मलाई सम्झ्ना छ, गाउँलेहरूले छोइछिटो गर्न बाँकी राखेनन्। आइमाईहरूले थुथुमै बगाए उसको जिन्दगीलाई। छिमेकीहरूले छाक छोड्न लगाए उसको नाममा। भाइबन्धुहरू झ्न् के कम? खल्को हाल्न लगाए उसको नाममा। यस्तो उद्वेलित अवस्थाको सामना गरेर चित्त बुझाउन सक्ने हिम्मत थिएन, साइँला काकामा पनि। परिस्थितिले मन एकोहोर्‍याएर ल्याएपछि मटु गाँठो पारेर काकाले घोषणा गरे, “कमला मरी आजदेखि हाम्रा लागि।”

मलाई पनि लाग्यो– हो, कमला दिदी मरी आजदेखि।

मरेको मान्छे धर्तीमा आउँदैन फेरि, गाउँमा फर्किंदैन कहिल्यै। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जायठ

~श्याम साह~Shyam Shah

नगरपालिकाले पोखरीमा भवन निर्माण गर्ने निर्णय गरेको सुनेको दिन भोला महतोले छातीमा चक्कु रोपिए जस्तो अनुभव गरेको थियो। यसो होइन कि यो निर्णय कार्यकारी अधिकृतले एक्लै गरेको थियो। उसले सर्वदलीय मिटिङबाट यो निर्णय गराएको थियो। दोस्रो चौमासिकको अन्त्यमा भवनको लागि दुई करोडको अख्तियारी आएको थियो। अन्यत्र ठाउँ खोज्न थाल्दा विवाद हुने सम्भावना थियो। समय पनि थुप्रै लाग्न सक्थ्यो। यसै पनि यो भदौमा उसको नगरपालिकामा दुई वर्ष पुग्थ्यो। त्यसपछि सरुवा कहाँ हुने हो थाहा थिएन। भवन निर्माण बहुवर्षीय भए पनि ठेक्का लगाएबापत आउने साइनिङ अमाउन्ट र पहिलो भुक्तानीसम्मको कमिशन गुमाउन चाहेन उसले। त्यसैले सबै दललाई पोखरी नै पुरेर भवन बनाउनेमा अनौपचारिक रूपमा सहमत गराइसकेको थियो।

हुन त, पोखरी भोला महतोको आफ्नो थिएन, उपभोग पनि गरेको थिएन। त्यहाँको माछाको ठेक्का नगरपालिकाले नै लगाउँथ्यो। र पनि, मानिसहरू नाम लिंदा भोला महतोकै पोखरी भन्थे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म मोहडा मिलेको घडेरी हुँ

~रुद्र भुसाल~rudra-bhusal

ऊ आउँछ मोलमोलाई गर्छ अनि जान्छ
अर्को आउँछ फेरि मोलमोलाई गर्छ जान्छ
सधैँ मान्छेको घुइँचो लाग्ने गर्छ दिनहुँ यहाँ यसैगरी
किनकि म मोहडा मिलेको घडेरी हुँ

म बुर्बुरो अँध्यारोमा आँखा चिम्ली प्रभात खोज्ने मान्छे
फेरि अर्को दिन अर्को आउँछ मोल गर्छ बुझ्दैन मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दसैँको बहानामा भट्टी छिर्या–छिर्या छन्

~रबिन्द्र अधिकारी~

दसैँ आयो भन्छन् सबै सामान केही किन्या छैन
जाउँ कहाँ किन्न फेरी पसले कोइ चिन्या छैन
महङ्गिले आकाश छोयो छुन केइ सकिँदैन
ऋण मागौँ कसरी पोहोर कै ऋण छिन्या छैन ।

तलब बढ्यो पच्चिस पर्सेन्ट महंगी त मनोमानी
जस्ले जति ठगे हुन्छ ठगिने हो जानिजानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बडा डन

~महेशविक्रम शाह~Mahesh Bikram Shah

एक पाँचतारे होटेलको जिमखाना । स्टिम सौनाको सानो र सानदार कक्ष, मानौ एक प्रेसर कुकर थियो जहाँ हामी दुबैजना आलु बनेर पसेका थियौं र उसिन्नका लागि ब्यग्रताका साथ कुरिरहेका थियौं ।तर, उसको मोबाइलको घण्टीले बारम्बार मेरो ध्यान भङ्ग गर्थ्यो ।

उसको मोबाइलको रिङ्गटोन बज्दा मलाई प्रेसर कुकरले सिटी फुके झैं लाग्थ्यो । रिङ्गटोन पनि त्यस्तै थियो । कुनै कम्पोज गरिएको गीत वा संगीतको टोन थिएन । पिस्तोलबाट निस्केको गोलीको डि-कम्पोज्ड टोन थियो…ठायँ…ठायँ …। म उसको मोबाइल देखेर अचम्मित थिएँ । बाफको के कुरा, पानीभित्र पनि उसको मोबाइल बेरोकटोक ठायँ…ठायँ…गर्न सक्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता रीमा भुजेल

~मेघराज सापकोटा~meghraj-sapkota

‘राम्री छे तर जिब्रो कालो छ, होश गर्नू है‘, रमेशले ठट्टा गर्दै भनेका थिए ।

सधैं उनलाई लुकीलुकी हेर्ने म रमेशको कुराले निकै झस्केको थिएँ । खै, उहिलेका मान्छेहरुले युवतीको अङ्गअङ्गको बयान गरेको त सुनेको थिएँ । तर, जिब्रोको बयान मेरो लागि पहिलो थियो । मैले कालो जिब्रोले के हानि गर्छ भनेर सोधिनँ । तर,रमेशको भनाइको तात्पर्य भने ठम्याउन मलाई पटक्कै गाह्रो भएन ।

नखिल चोकबाट दुई सय मिटर उत्तर गएर दायाँ पट्टिको घरमा बस्थिन् उनी । गहुँगोरी, हँसिली, सुलुत्त अग्ली, चम्किलो आँखा, न पातली न मोटी ठिक्ककी रीमालाई देख्ने बित्तिकै अनुमान लगाउन गाह्रो भएन, उनी खस आर्य जातकी हुन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो घाँटी सुक्छ बाबु

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु
तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।।

पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी
तिमी टाढा हुँदाखेरी मेरो मन दुख्छ बाबु।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्याक्सन हाइट र महेशविक्रम

~नीरज लवोजु~book cover - Jackson Height - Mahesh Bikram Shah

‘छापामारको छोरो’ कथासङ्ग्रहले मदन पुरस्कार पाएपछि कथाकार महेशविक्रम शाहको साहित्यिक उचाइ अग्लियो। त्यो कृति प्रकाशित हुनुपूर्व उनका ‘अफ्रिकन अमिगो’, ‘सिपाहींकी श्रीमती’ प्रकाशित थिए। तर ‘छापामारको छोरो’ ले उनको ख्यातिमा व्यापकता थपियो। मदन पुरस्कारबाट पुरस्कृत भएपछि शाह नेपाली कथाको गतिलो ब्राण्डजस्तै बने। उनले लेखेका अन्य कथासङ्ग्रहका नयाँ संस्करण धमाधम छापिंदै छन्।

शाहको पछिल्लो ताजाताजी कथाकृति हो –ज्याक्सन हाइट। ‘छापामारको छोरो’ को प्रकाशनपछि धेरै टिप्पणीकारहरूले लेखेका थिए, ‘डण्डा बोक्ने प्रहरीभित्र साहित्य जस्तो कमलो वस्तु के Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

सेदोका : बहुजन

~शान्तिनारायण श्रेष्ठ~shantinarayan-shrestha

हाम्रा नेताले
बहुजन हिताय
बहुजन सुखाय Continue reading →

Posted in सेदोका | Tagged , | Leave a comment