गीत : जूनको आँसु शीत बनी

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

जूनको आँसु शीत बनी धरतीमा खस्यो
उनको आँसु तीर बनी मुटुभित्र बस्यो

पिरतीले सिँचेको थेँ मायाको त्यो फूल
हेर्दाहेर्दै वैलाएछ कहाँ के भो भूल
त्यही फूल आज हरे बालुवामा खस्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मुटु रुवाएर गयो दशैं !

~हरि सिंह माल “मुस्कान”~Hari Singh Mal 'Muskan'

परदेशीको मन मुटु रुवाएर गयो दशैं !
गहभरी फेरी आँसु चुहाएर गयो दशैं !!

मिठो खाने राम्रो लाउने गरे होला हुने ले त
गरिबलाई आटो पिठो खुवाएर गयो दशैं !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : काली

~देबेन्द्र बस्याल~devendra-basyal

तिमिले पारी डांडामा बसेर पात बजाउनु काली
मैले कान ठाडा पारेर सुन्ने छु
तिमि फुलबुट्टे सारीमा सजिएर आउनु काली
मैले तिम्रो सुन्दरता लुकेर हेर्नेछु
तिम्ले बजाउने पातको भाकामा
बर्ग बिभेदको गन्द आउनु पर्ने छ काली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~मदन मुस्कान~Madan Muskan Khatri

तिमिले कहिल्यै सम्झिनौ
मलाई
अहँ केही गुनासो छैन
मैले फुल दिदा तिमिले काडाँ दियौं
तैपनि
अहँ तिमि सङ्ग
केही गुनासो छैन

मैले बारम्बार कल अनि एस.यम.एस गर्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फुइँ

~दिवाकर स्वप्नील~Diwakar Swapneel

शम्भुनाथले कलिलै उमेरमा भाषा साहित्यमा पी.एच.डी. गरेर एक विश्वबिद्यालयमा भाषा साहित्य बिभाग सम्हालेको कुरा सबै अखवारका मुखपृष्ठमा छापिए।कहिले उनको ब्यक्तित्व त कहिले उनको कृतित्वबारे स्तम्भहरु हप्तौँ छापिए।

उता भाषा साहित्य बिभाग पनि चुस्त बन्दैगयो।अनावश्यक तडकभडक र चाप्लुसी गर्ने मान्छे उनलाई कत्ति पनि मन पर्दैनथियो।यही कारणले उनी कतिका लागी आलोचित पात्र पनि बनेका थिए।उनी भन्थे आलोचना हुनु नी आफु बाँच्नुको आभास हो र सबैको दृष्टी आफुमा परेको महसुस हो।एकाध मान्छे बाहेक सबै उनको खुबीको पुजारी थिए।त्यसैले महिनामा दुइटा तीनटा पुस्तकको भूमिका लेख्न आइरहन्छ। Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

छन्द कविता : मधू–मिलन

~डा. हेमनाथ घिमिरे~Dr Hemnath Ghimire

मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए ।
लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।।
बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए ।
मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ ।। १ ।।

वास्ना अन्तरको छरी मगमगी उन्कै मधू–यादमा ।
एक्लो यो परदेशमा कलम ली सम्झी बसेँ साँझमा ।।
एक्लो साँझ छ यो उराठ मनमा के के कुरा खेल्छ खै ।
साटौँ यी मनका कुरा पनि भने साथी कतै छैन क्वै ।। २ ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : रणबहादुरले गिज्याइरहेछ

~जे. एन. दाहाल~

रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए।

आज ऊ उमेरमा यही दुई बिस पुगेको होला । अहिले ऊ कसैको ज्वाँइ, कसैको श्रीमान र कसैको बुवा भएको छ। तर उसलाई लाग्छ सबभन्दा प्यारो त ऊ आर.बी भएको छ ।

आर.बी र रणबहादुर दुई थरीका पात्र हुन् । आर.बी ले रणबहादुरलाई चिन्दछ तर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : The River

~Jiwan Kshetry~Jiwan Kshetry

The river beds,
That barely diverges much
But can never converge
Watching haplessly at each other
Facing the wrath of the flood every year,
Torn apart yet silent
Disappointed yet content
Coerced yet complacent

The river beds Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : सहिद बिर्खबहादुर

~नोवल निरौला~Nobal Niraula

शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो।

जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, कतै नभए पनि टिभी र रेडियोहरुमा । छ्यापछ्याप्ति खुलेका टिभी रेडियोहरुका लागि यस्ता दिन त दशैं जस्तै हुन्छन्, सय जनाको समूहले नारा लगाउन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविता लेख्न बस्दा…

~राजेन्द्र तरकिणी~Rajendra Tarakini

हजुरबाले पहिलोपल्ट
सिकाएका हुन्–
निगालोको कलम बनाउन
पहिलोपल्ट सिकेको हुँ–
आमाको ‘अ’ लेख्न,
बाबाको ‘ब’ पढ्न ।

घाँसेरङका सपनाहरूको गुँड बनाएर
पेटभरि भोकको सारङ्गी रेट्दै
चारोको खोजीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पूंजीवाद …!

~सुधीर ख्वबि~Sudhir 'Khwabi'

एकजना मानिस
सास फुल्ने गरि
भाग्दै ,दौडीन्दै आईरहेको छ
पसिना पसिना हुँदै |

सुट टाईहरुले उसलाई
लखेट्दै ल्याईरहेको छ
गाउँ बेसी , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्नुहुन्छ आमा

~श्रृजना क्षेत्री~Shirjana Chhetri

तिमी मेरो जिउने आधार भन्नुहुन्छ आमा
मेरो प्राण ढुकढुकी संसार भन्नुहुन्छ आमा!!

तिमीलाई चोट लाग्दा दुख्ने गर्छ मेरो मुटु
नशा-नशा मा छौ संचार भन्नुहुन्छ आमा! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बिन्ती छ उसलाई जन्माइदेउ

~लेखनाथ काफ्ले ‘राजन’~

अझै म हतियारमा रगत देख्न सक्दिन
जनसागरमा छाएको निराशा सुन्न सक्दिन
समय समयमा बदलिरहने भेष हेर्न सक्दिन
पुरानै बाटोमा अझै हिड्न पनि सक्दिन
बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ

भत्किएका खरका छानाहरु अझै बन्न सकेका छैनन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीबिको रंग

~झलक आचार्य~

राष्ट्रिय झण्डाको रंग
सप्तरंगी ईन्द्र्णी को रंग
अलिकति अक्षर चिनेको
जो कोहिले भन्नसक्छ
सगरमाथा र भारिया
दाइको
टोपीको रंग
उस्तै उस्तै छ
हलो जोतिरहेको किसानको निधार
बाट चुहिएको
पसिनाको रंग निलो हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बारै घोकी आउन थाली

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

कैलेकाहीं आउ भन्थें, बारै घोकी आउन थाली
सर्माएर सम्साँझैमा, औलै टोकी आउन थाली ।।

नआउ कैल्यै नभनेनि, सँधै आउ त भन्दैनथें
सुटुक्क ! आ मोरी भन्यो, ढोकै ठोकी आउन थाली ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कुण्ठित मौन सङ्कल्प

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट
अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले
झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा
एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि
एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ ।

पक्का मलाई विश्वास छ कि
त्रि्रो सुगठित बलिष्ठ शरीरसँग
त्रि्रो सबै प्रेमिकाको उत्तिकै आशक्ति छ भन्न सक्दिन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खडेरी

~भुपिन~Bhupin Byakul

यो खेत हो
कि कुनै गरीब आदमीको
पट्पटी फुटिगएको कुर्कुच्चा ?’
कि हो कुनै चित्र ?
खेतको थोत्रो कपडामा
खडेरीले ध्यान से बनाएको ?

मेरे दोस्त !
ए तो नदी हो नदी
जहाँको पानी हिउँदभरी
पडोसीको खेतमा निमेक गर्न जान्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा घरका भित्ताहरु

~ए.पी. सुमन~A P Suman

बराजु देखि बाजे हुँदै
बाजे देखि बा हुँदै,
पुर्खौली सम्पत्तिको नाउँमा
मेरा काँधमा आइपुगेका
२/४ कित्ताहरू,,
त्यसैमा बलजफ्त्ती उभ्याइएका
जीर्ण घरका जीर्ण भित्ताहरू,
मलाई सिन्दूर पुछिएका
विधुवा जस्ता लाग्छन्, Continue reading →

Posted in कविता | Tagged | 1 Comment

छोक : परेवा र चील

~विक्रम सुब्बा~Bikram Subba

जुनसुकै देशको
जतिसुकै
अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा
उडाए पनि
दिउँसै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै लाग्यो मोरी

~सुमित सुबेदी ‘प्यासी’~

मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।।

गाजलु त्यो आँखा अनी, लजाउने बानी देख्दा
हिजो हामीले सँगै सामान, किने जस्तै लाग्यो मोरी ।।
त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

बन्द गरेरै बाच्ने यो देशमा
मुलुक भत्काउनेहरुको भेषमा
आउ तिमी एउटा ढुंगा बोकेर
म साथ दिन्छु ईटले रिस पोखेर
यसरी नै देश बनाउ
नेपालमा आगो लगाउ

गल्ली गल्लीबाट भरैटे बोलाउ
बिकास र निर्माणको अस्तु सेलाउ
गर कत्ति गर्नु छ अत्यचार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : र भोक लेख्न थाल्छु

~गणेश कार्की~Ganesh Karki

अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु
देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु .

काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै
गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु .
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हातको घमण्ड देखियो !

~राधा भट्टराई~Radha Bhattarai

कुमालेलाई आफ्नै हातको घमण्ड देखियो !
पण्डितलाई आफ्नै जातको घमण्ड देखियो ! !

गरिबको खुन चुसी महलमा बस्नेको !
हिरा, मोति, पैशा खातको घमण्ड देखियो ! ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जता जता पुगे पनि दशैँ सम्झायो

~राकेश कार्की~Rakesh Karki

यो वैज्ञानिक युगले के के बनायो
के के तैरायो, गुडायो अनि उडायो
हामी नेपालीलाई कता कता पुर्यायो
जता जता पुगे पनि दशैँ सम्झायो

पाइला पाखुरा देश छोडी किन गयो
विदेशै हानिनु पर्ने के वाध्यता भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले बीर्सी गए पनि..

~दिपेन्द्र खड्का~Dipendra Khadka

( तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला ) २
( मेरो चोखो मायाको न्यानो पल सम्झी रुनु पर्ला ) २
खुशी नबन निस्ठुरी दोबाटोमा छाडी घाइते पारे भनेर
तिमी जहाँ गए पनि मेरो सम्झनाले आँशु बर्बरी झर्ला
तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : क्रसफायर

~टि पी मिश्र~TP Mishra

“छि ! अरुले देखे भने के भन्छन् ?”

सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै दिनपछि भेट भएकोले होला- म उनीसँग रमाउन र हराउन चाहिरहेको थिएँ। बाहिर सिमसिम झरी परिरहेको थियो । त्यो परिवेशप्रति मलाई बढ्ता चाह थिएन । पोहोर साल दसैंमा मामाघर टीका थाप्न गएकै बेला हो क्यार- माइजूलाई छलेर म उनलाई भेट्न गएथें ।

हामी एक-अर्कालाई अंकमाल गरेर मायाप्रीतिको प्राकृतिक मोलमोलाई गरिरहेका थियौं । गोधुली साँझ आँगनमै थियो । यसले हामीलाई कुनै प्रकारले असर पारेको थिएन, वा भनौं- हामी प्रकृतिको सुन्दर संरचनासँग बिल्कुल अनभिज्ञ थियौं त्यतिबेला । बरु आसपासमा देखिने रुखहरुमा बास बस्न जमर्को गरिरहेका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्दा छिट्टै खोलिदेऊ

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

हे संकीर्ण विचारले हृदयमा जालो बुनेका जन
सक्तैनौ अब यो विशाल दुनियाँ देखी त्यसै उम्कन

रोएको जनजीवनीतिर नभै अन्यत्र धस्छौ घँडा
छिः साहित्यिक बन्न आँट गरने तिम्रो कमलका ठुंडा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जननेताको पराजय

~डा. कपिलदेव लामिछाने~Dr. Kapil Dev Lamichhane

चुनाउ प्रचारका बेलामा उनका पक्षमा व्यापक र स्वाभाविक जनलहर देखियो । घरदैलो कार्यक्रम लिएर उनी जहाँ जहाँ पुगे, मान्छेहरू अघि अघि ठेलमठेल भए । जनताका सुख दुखमा उनी जीवन भर सधैँ साथमा हुन्थे । उनलाई पूर्ण विश्वास भएको थियो– उनी पक्का जित्छन् । सबै त्यही भन्थे ।

उनको भन्दा जनताको जिताउने बढी चाहना थियो । प्रतिस्पर्धी नेतालाई निद्रा लागेन । जनविश्वास आफ्ना साथमा नभएको उनले निष्कर्ष निकाले । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा सङ्ग्रह चकलेट देशको प्रतिबिम्ब

~सञ्जु शिल्पकार~book cover - Chocolate - Nayanraj Pandey

बजारमा धेरै थरी पुस्तकहरू आइरहन्छन् तर समयको दिशाबोध गर्ने थोरैमात्र पुस्तक भेट्टिन्छन्। जसले देश, काल र परिस्थितिको प्रतिनिधित्व गर्छ त्यसले समाजलाई पथप्रदर्शन पनि गर्छ। त्यसैमध्ये समावेश गर्न सकिने पुस्तक हो, नयनराज पाण्डेद्वारा लिखित कथासङ्ग्रह चकलेट। देशलाई चकलेट बनाएर बाँडिरहेका छन् नेताहरू।

यही अवस्थाको प्रतिबिम्ब हो कथासङ्ग्रह चकलेट। देशको भूगोल बिर्सेका आत्मकेन्द्रित, नेता भनिएका बहुलहदीहरूकै कारण अवस्था दिनदिनै जर्जर छ। गुलियोमा भुलेका चरित्रका नेताहरू आश्वासन, सत्ता र कुर्सीकै गुलियो चकलेटमा भुलेर राजधानी सहरलाई नै देश ठानेर आफ्नो इमान बेचिरहेका छन्। देश नेताको गोजीको चकलेट बनेको छ। केटाकेटी आए गुलेली चलाए मट्याङ्ग्राको Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

स्रष्टा परिचय : किसानका कवि केवलपुरे किसान

~सन्त गाहा मगर~kewalpure-kisan

उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित उनका कविता र गीतले तिनलाई क्रान्तिका लागि उक्साउँथे । वामपन्थी साहित्यकार तथा नेता मोदनाथ प्रश्रित उनलाई ‘व्यक्तिगत सम्पत्ति र जागिरको मोह नभएका सर्जक’का रूपमा सम्झ्न्छन् । झ्र्रा शब्दले शासकहरूलाई टर्रो प्रहार गर्ने उनले ‘बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन आफैँले गोरु जोतेर २००६ मै ‘पापी’, ‘नास्तिक’ जस्ता आरोप पचाएका थिए । यसबारे उनले लेखेका थिएःहलो जोत्न हुन्छ भन्दै गोरु मैले नारेँ,

लामीडाँडा केवलपुरमा दिउँसै रात पारेँ ।

८५ वर्षअघि विद्यादेवी र हरिप्रसाद पौडेलबाट धादिङको केवलपुरमा जन्मिएका देवीप्रसाद पौडेल २०१६ Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : लाखौं लाख शुभकामना

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

सजिएर जान्छौ भने जाउ तिमि
हाँसी खुसि अर्कै हात समाई
बसी दिउला म नै तिम्रो निम्ति
सधैं भरि तिम्रै यादमा आँसु खसाई

सुन मेरी प्रिय जतिबेला म मर्ने छु
उतिबेला तिमि बेहुली झै भइ दिनु
सुन मेरी प्रिय जतिबेला म सेतो कात्रो भित्रि हुनेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सतिसालको रुख

~सरोजराज गोसाई~

दृढतामा चट्टानझैं उनी
सङ्कल्पमा आगोजस्तै
लाजले शिर कहिल्यै नुहेन
न त आत्मसमर्पणमा।

निहित स्वार्थ रतीपनि छैन
इमानदारीको हिमाल उठाउँछन्
पुस्तकका ठेलीकोे ज्ञान छैन
सिकेजति दिन खोज्छन्। Continue reading →

Posted in कविता | Tagged | Leave a comment