कविता : पूंजीवाद …!

~सुधीर ख्वबि~Sudhir 'Khwabi'

एकजना मानिस
सास फुल्ने गरि
भाग्दै ,दौडीन्दै आईरहेको छ
पसिना पसिना हुँदै |

सुट टाईहरुले उसलाई
लखेट्दै ल्याईरहेको छ
गाउँ बेसी ,
सहर बजार

खोला किनार किनारैबाट पनि …!

थाहा छैन कतिखेर
भेट्टाउँछ उसलाई
अनि,
थुत्छ बचेको एउटा लंगौती पनि
र बिज्ञापन गर्छ नग्नताको |

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.