~विनोदविक्रम केसी~
कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी
डायरी मोटो छ महाभारतभन्दा मोटो
मान्छे मार्ने
लाखौँ तरिका
लाखौँ हतियार
(छुरीदेखि महँगीसम्म)
उल्लेख गरेको छ हत्याराले
आफूले मार्ने मान्छेहरूको Continue reading
~विनोदविक्रम केसी~
कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी
डायरी मोटो छ महाभारतभन्दा मोटो
मान्छे मार्ने
लाखौँ तरिका
लाखौँ हतियार
(छुरीदेखि महँगीसम्म)
उल्लेख गरेको छ हत्याराले
आफूले मार्ने मान्छेहरूको Continue reading
~नन्दलाल आचार्य~
साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको छ । – रामकुमारी यादव
प्रगतिवादी चिन्तन र धरातलबाट नै नेपाली समाजले न्याय, समानता र स्वतन्त्रता प्राप्त गर्न सक्छ । श्रमजीवि, र्सवहारावादी एवं न्यायप्रेमी नेपाली जनताले उज्यालो घाम पाउने अपेक्षा सहित २०५२ सालदेखि अनवरत रूपमा लडेको युद्ध नै जनयुद्ध हो । जनसरोकार र जनयुद्धको विषयवस्तुलाई आधार बनाएर क्रान्तिकारी, समाजवादी, यथार्थवादी विचारलाई समेटी कविता लेख्ने कृष्ण सेन ‘इच्छुक’, पूण्ाविराम, जसराज किराँती, Continue reading
~गुरुङ सुशान्त~
अन्ततः चौकीमा रक्सी पिउने भइयो ।
औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थियो । यस्तो मौकालाई सानो मुठ्ठीमा कैद गर्न चाहन्थेँ म । र, उत्सुक साथीहरूका अगाडि सगर्व शानको औंला नचाउँदै भीषण बयान गर्न चाहन्थेँ । भर्खरभर्खर बैंसालु उमेरको सिँढीमा पाइला राख्दै थिएँ । स्कुल, टोल, समाजका आंशिक लोकप्रिय दाइहरूको सिको गर्नु हामीजस्ता आलोकाँचो अनुयायीको परम कर्तव्यजस्तो लाग्थ्यो ।
समाजमा केही नौलोपन र परिवर्तनकारी काम गरेर देखाउने हुटहुटी उमेरजन्य स्वभावको हिस्सा नै थियो । अहिले सम्झँदा लाग्छ, अनेक विरोधाभास र अज्ञानताका पेटारो बोकेर यताउता गर्ने जमात थियौं हामी । केही नयाँ त गर्न चाहन्थ्यौं । तर, त्यो नौंल्याईको अनुहार र स्वरूपबारे अनभिज्ञ थियौं । लाग्छ, युवा रगतले रोज्ने Continue reading
~रामकुमार पाँडे~
मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो । तपाइ भन्नु होला महाशय! संसारभरि नै मान्यताक्रमका भाषा नभएका छैनन् तर हाम्रोमा कुनचाहिँ बुद्धि खुस्केको एनजीओले उर्दी लगायो । हाम्रो करको भरमा बाँच्ने के जाति जीवलाई ‘माननीय ‘र ‘ सम्माननीय’ नभनौँ । कहीँ नभएको जात्रा हाँडी गाउँमा! छलाङ्ग मार्ने भनेकै यही हो । राजदूतलाई त महामहिम भन्छन् भने मन्त्रीलाई नभन्ने ठाउँ कहाँ छ ? उही जम्बुमन्त्री भए त हो । सम्मानीय जम्बुमन्त्री भनेको सुनेको छैन । यो त मन्त्रिनीलाई झन् झन् झन्झनाउने कुरो भो । मन्त्रीलाई माननीय, मन्त्रिनीलाई सम्मानीय भन्नुपर्छ । किनकि मन्त्रीलाई मन्त्रणा दिने मन्त्रिनी नै हुन् टुपी रिङाउने अधिकारी । Continue reading
~अल्पबिराम~
पहिलो थुंगा
————
कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला
लगनको तिथि पर्व गनी गनी , कति औँला भाँच्यौ होला
तिमीलाई केही थाहा छैन आमा ! कुन संकटमा परेको छु
दसैँमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला ।
दोस्रो थुंगा
———– Continue reading
~कृष्ण पौड्याल~
मुस्कान राख कसैलाई बाँट्नु पर्दैन।
उसैलाई स्विकार धेरै छाँट्नु पर्दैन॥
बेहोशी छु तर समस्या बुझ्छु अरुको।
गल्ती लुकाउन आफ्नै थुक चाट्नु पर्दैन॥ Continue reading
~धन लामा~
बि.ए.को सर्ट्टिफिकेट
सन्दुकमा कैद गरेर म,
बिहेको पहिलो मास नघर्कँदै
तरूणी दुलहीलाई चट्टक्क घरमा छाडेर
उ अर्थात हर्के
करिव-करिव एउटै समय
हामी दुवै अरब भासियौं,
पसिना सँग
अलिकति नुन र अलिकति मट्टितेल साँट्न । Continue reading
~इप्सुल मगर~
धेरै थिए सपनाहरु अनि थोरै आशा
जीन्दगी त यहाँ रहेछ खेल मध्ये पाशा
जीन्दगी कै यहि खेललाई नजित्दामा आज Continue reading
~रामु गैरे~
तिमीलाई भुलेको कहाँ हो र प्रिय?
सधैं भरी मुटुभित्र नै बसेकी छिउ
ति अतितका क्ष्यणहरुलाई सम्झी
सपनीबाट बिउझदा पनि झसँग झस्केकी छिउ।
बाध्यता नै त्यस्तै पर्यो प्रिय निस्ठुरी भनी नभने Continue reading
~आचार्य प्रभा~
नमान पीर हँसाउ मन फुलाउ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी ।
एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी । Continue reading
~भिम बहादुर थापा~
म सबै जान्दिन
निपूर्ण ठान्दिन
आफ्नो पनले तिखार्छु
मनले निखार्छु
साँचो म के देख्छु
जे देख्छु, त्यही लेख्छु।
**
संसार यो बुझ्दैछु
भिडमा खुल्दैछु
दुखेको ओकल्छु
लुकेको खोतल्छु Continue reading
~बिष्णु नन्द चाम्लिंग~
यताउता चारैतिर हेर्दे
घुर्यानको एकछेउमा
दशाको पोका खोल्दै
सबैलाई भागवण्डा लगाइरहेछ दशैँ
हरेकसाल
बालबालीकाहरुको मनमा
उमङ्ग लिएर आउँने दशैँ
अभिभावकहरुको सामू
बहीखाता लिएर आउँने गर्छ Continue reading
~धनराज गिरी~
अभागी यो अयोध्यामा जन्मिएनन् राम
सधैँभरि अन्धकार उदाएनन् घाम
रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति
बनिसक्यो देवभूमि दानवको गाम Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
पानीजस्तो के छ जगत्मा ?
पानी !
रानी, सब रसकी !
ख.
आम्लजन औ जलजनकी यी
कस्ती मधुर मिलन !
कस्ती तरल मिलन !
दुई प्रेमीले संसार बसाए
यस जलमा !
दुई बिलाई एक बनेथ्यो
तत्व यसैमा, कोमलमा ! Continue reading
~हस्तबहादुर के.सी.~
ए शासकहरु हो
ए शोषकहरु हो
ए जाली फटाह सिल्लीहरु हो
ए राष्ट्रघाती जनघातीहरु हो
तिमीलाई कहिल्यै पनि
केहीले पनि पुगेन
तिमीले कोसी काली
बेचेर खायौ
तिमीले गण्डकी कर्णाली पनि
बेचेर खायौ
त्यतिले पनि Continue reading
~इश्वर बल्लभ~
(I)
म बिहान उठेर एउटा सिंगो आकाश लाइ जब हेर्छु,
त्यसको वरिपरि रातो दाग लागेका हुन्छन ; थुप्रै सुर्यहरु
अस्ताउन आँटेका हुन्,
मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन
उम्किदै गैरहेका आभास भएर,
उम्किदै गैरहेका क्यानभास हरु भएर,
आफ्ना सत्यहरु भएर,
तिमीले कहिले काहीं देखेका छौ
परको आकाशलाई अझै परको क्षितिजलाई,
अझै परको रातो रंग लाइ भने – त्यो मेरो आमा हो, Continue reading
~नविन आचार्य ‘लेटांगे’~
बाटो झोढेर , आओस दशैँ
माटो गोडेर , आओस दशैँ
सबैको घरमा,समान रुपले
आटो जोडेर , आओस दशैँ Continue reading
~कृष्ण पहारी~
हिजो आज त
मन रित्तियर
खाली भयको छ
मन पानी पानी बनेर
पोखियको छ जतासुकै
त्यसैले
रित्तीन थालेको मन
अझै रित्तीइने हो कि भन्ने डर लागिरहेछ
त्यसैले रित्तीन थालेको मनको
एउटा कबिता लेख्दैछु । Continue reading
~गजेन्द्र बुढाथोकी~
देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए । मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । उदयपुर सिमेन्ट उद्यो बन्ने भएपछि बल्ल ट्रयाक खुल्यो, चुरेको ठाडो भीरपट्टिबाट । सडकको आकारचाहिँ २०४९ मा मात्र पायो।
गाडी चढ्न सप्तरी जिल्लाको फत्तेपुर पुग्नु पर्थ्यो । गाईघाटबाट फत्तेपुर पुग्न ६-७ घण्टा लाग्थ्यो । दशैंले छोएको थियो, लुरे मामा घर जान उत्साहित थियो । आमालाई सन्चो थिएन, त्यही भएर लुरे बुवासँग मामाघर हिड्यो । Continue reading
~कमल प्रकाश पौडेल ~
बिर्सन त सकिएन, मनपनि स्थिर छैन
पछि भनी टार्नलाई, दुवै मुुटु धीर छैन ।।
चटक्कै माया मार्न, पापै लाग्ने डर लाग्छ ।।
साटिएको छाती रोप्न, कसैसँग झीर छैन ।। Continue reading
~आषिश श्रेष्ठ~
आधारातमा झ्यालको चरबाट बाटो गरेर,
एक झोंक्का बतास जोडतोडले सिट्टी मार्छ,
तालुमा ठोकिन्छ,गिदि जम्ने गरि ठन्डिले सेक्छ र भन्छ,
वडादशैंको शुभकामना !!!
दुनियाँभरको हाँसो,रोदन,आवाज बोकेर डुल्छ बतास,
सुसेलिमा बात गर्छ,साउती मार्छ मसँग, Continue reading
पीरव्यथा निको पार्ने बात प्रिय हुन्छ !
दुख पर्दा साथ दिने हात प्रिय हुन्छ !
सुन्दरतामा मख्ख पर्दै फूल टिप्न खोज्दा
काँडा बन्दै घोचे पछि पात प्रिय हुन्छ ! Continue reading
~श्रृजना क्षेत्री~
तिमले साथ छोड़यौ भने मर्छु निश्चय छ!
साइनो अन्तै जोड़यौ भने मर्छु निश्चय छ!
जिवन्त सँगै जिउने भनी तिम्ले खाएको त्यो
बाचा कसम तोड़यौ भनी मर्छु निश्चय छ! Continue reading
~डा. हेमनाथ घिमिरे~
बसन्तको आगमनसंगै
िसंगो बसन्तकै प्रतीक बनेर
पूरै वातावरणलाई नै बसन्तमय पारेर
हाँगा-हाँगामा
पात-पातमा
ढकमक्क भई
फुलेका छन्
तिम्रा साकुराहरु ।
सायद
मेरा पहाडका Continue reading
~अविनाश श्रेष्ठ~
१. नाटकसितको पहिलो साक्षात्कार
नाटकसित आफूलाई अन्तरंग किसिमले जोड्ने कुराहरू आफ्नै स्मृतिभित्र खोतलखातल गर्ने क्रममा बाल्यकालका आल्हादकारी थुप्रै दृश्यबिम्बहरूसित मेरो साक्षात्कार हुन्छ । अबोधतामा हलुका सह-अस्तित्वबोधको चेतनाले पखेटा फडफडाउन खोज्दै गरेको चार साढे चार वर्षको उमेरको आफूलाई देखिरहेको छु । सबैभन्दा पहिलो टड्कारो दृश्य अगाडि आउँछः घर नजिकैको मान्छे बस्न छाडेको एउटा खण्डहरजस्तो घरभित्र ‘घर-घर’ वा ‘भाँडाकुटी’ भनिने बालसुलभ खेल खेलिरहेका हामी छ÷सात जना समयवयस्क केटाकेटीहरू । स्वास्नी बनेकी केही उमेरले दुई/तीन वर्ष मभन्दा जेठी हुन्छिन् । राति लोग्ने स्वास्नीसँगै सुत्ने अभिनयमा उनी मलाई साँच्चीकै म्वाइ खान र आफूसित लोग्नेले गर्ने सबथोक गर्न सिकाउँछिन् Continue reading
~पुष्पा खनाल~
बन्द आँखा एकै पलको देख्यो किन आइदिने
कस्तो बानी, साह्रै बेइमानी
हेरौभन्दा एकै झल्को आँखाभित्रै हराइदिने
कस्तो बानी, साह्रै बेइमानी
कति कति आँखाहरु प्यासी होलान् तिमीविना
कति मन दासी होलान् तिमीलाई पाउन Continue reading
~उमेश राई~
हुनेखानेहरु…
अक्सर ! महलवालाहरु…
अर्को आलिसान महलको सपनमा
अनिदो अनिदो बस्छन्
आर्जनको नयाँ धन्दामा
नैतिकता लिलाम भए पनि
स्वार्थपूर्तिको अभियानमा
मानवता चिलीम भए पनि
बेपर्वाह हुन्छन् । Continue reading
~रामचन्द्र कार्की~
किरण खोज्दंै जाउ तिमी, मै डुलँुला अध्यारोमा,
हेर्नु तिमी शहर बजार, मै घुमुला पधेरोमा ।
मै जोतुला खेत बारी, घैया मकै गोड्दै,
तिमी खानु मःम चाउमिन, भट्ट–मकै छोड्दै ।
खरबारीको खरमा म, कटुस घारी घारी,
शहरको स्वाद लिनु, हल चारी चारी ।
चिसो पानी बिर्सएर, कोक फेन्टा बियरमा, Continue reading
~शिरिष लामिछाने~
दशैँ,
दुर्गाको आगमन
शीतल बतास।
दशैँ,
तीनधर्के चङ्गा
खुला आकाश।
दशैँ,
गोकुल धुपको वासना
डमरूको आवाज। Continue reading
~सागर कार्की~
पर्दा नहुदो हो त
सायद दुरी नहुदो हो,
दुरी नहुदो हो त
सायद माया नहुदो हो,
अनि माया नै नभए
जीन्दगी हुनुको के अर्थ ?
पर्दा जीन्दगी हो
म पर्दा बाचीरहेको छु ।
पर्दा मेरो ओठको मुस्कान हो Continue reading
~अनिल श्रेष्ठ~
उसले मेरो कवितालाई
‘वाह’ भन्यो
ताली बजायो
उत्साहले करायो
जब मैले पढ्दै गरिरहेँ कविता
ऊ कराइरह्यो
‘वाह,
‘वाह’ Continue reading