~धनराज गिरी~
अभागी यो अयोध्यामा जन्मिएनन् राम
सधैँभरि अन्धकार उदाएनन् घाम
रमाउँछन् शुक्राचार्य एक्लो बृहस्पति
बनिसक्यो देवभूमि दानवको गाम
शकुनि नै शकुनि छन् जता हेरे पनि
सुन्दिनँ म आजभोलि विदुरको नाम
पुगिएन गन्तव्यमा जति हिँडे पनि
यस्तो पारा अगुवाको, छक्क परे आम
सुनचाँदी, हीरामोती पेवा महलको
राजधानीतिर देख्छु अगस्तिको लाम ।
(स्रोत : हिमाल खबर)
