~मनु ब्राजाकी~
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर । Continue reading
~मनु ब्राजाकी~
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर । Continue reading
~मीना पुमा राई~
तिमी मेरो जिन्दगीको कल्पना बन्नु
हररात मेरो निदरीको सपना बन्नु
मेरो खाली दिल भित्र प्रीत बनि फूलिदिनु
माया बनि हरेक पल म भित्रै भुलिदिनु
सधै हासो भर्न पाउँ तिम्रो अधरमा Continue reading
~राजेश बुढाथोकी~
क पुरी क बाट सुरु गर्दै
विवेक संचार गर्ने नाममा
विभिन्न रङमा
मेरो मसि खसालिन्छ!
ज्ञान् गुन बाड्ने,
अनि
ठूलो मान्छे बनाउने नाममा
कोरा कागजमा दिनहु
मलाई लतारिन्छ! Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
मेरो रित्तो रङ्गमन्चमा
तिमी अर्को नयाँ पात्र ।
घरि यता
घरी उता,
असमन्जसमा टोलाएको
म,
तिम्रो सौन्र्दयको रसास्वादन गर्न,
आतुर देखिएको छु । Continue reading
~अशेष मल्ल~
(एक)
दु;ख बाँड्न मिल्दैन
सुख पनि बाँड्न मिल्दैन
दु;ख सुखमा अन्तर छ-
यस्लाई यौटै बनाउन मिल्दैन ! Continue reading
~मातृका पोखरेल~
उद्वेलित आगोका लप्काहरुको
चेतना बोकेर
हामी बारम्बार
बिद्रोहको एउटा जुलूश निकालिरहेका छौं
तर प्रत्येक दिन
मक्किएको सन्धीको ठूटोमा बास बसेर
निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरु ।
***
एक भाँडो उज्यालो बोकेर Continue reading
~साम्ब ढकाल~
अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली जडीबुटीको खुद्रापसल थाप्न र कलिला केटाकेटीलाई च्यापेर पढाउन बेँसी झरेका थिए, गाउँलेहरू । ढाडमा मरिकुच्चे भारीले लादिएर दुवै कन्चटबाट तर्तरी पसिनाको मस्र्याङदी बगाउने भरियाहरू पनि बाटामा भेटिए । त्यो लर्कनमा अनगिन्ती सपनाका बथान थिए ।
सेपिला खोँचबाट हाम्फालेका निख्खर सेता झरनाले हिँडाइको लखतरानलाई बिर्साइदियो । आकाश छुन हतारिएका पहाडले कतिपल्ट मन एकतमासको पनि बनायो । पदमार्गले कुनाकाप्चालाई सुगम बनायो । यस्तो Continue reading
~कृष्ण पौड्याल~
बियोगमा पिंडा ब्याथा मल्ने प्रयास नगर।
नुन चुक आलो घाउमा दल्ने प्रयास नगर॥
लक्ष्य बिहिन यात्राको गन्तव्य छैन यहाँ।
अधुरो जिन्दगी हो चल्ने प्रयास नगर॥ Continue reading
~देवेन्द्र अर्याल ‘आँसु’~
फूलको शोभा फूलबारीमा,
विद्यार्थीको पाठशालामा ।
ज्ञानको दिव्य ज्योति छर्ने,
विद्यार्थी नै संसारमा ।
ठूलो मान्छे मात्र होइन, Continue reading
~भिम बहादुर थापा~
धुम्रपानले लिन्छ ज्यान,
एउटा चुरोट पारखी
गाँउले माड्साब
कक्षामा चिच्याइरहेछ।
पथभ्रष्ट, पथप्रदर्शक बनिरहेछ,
पथभ्रष्ट, दिशानिर्देश गरिरहेछ।।
**
भ्रष्टाचारमुक्त प्रशासन,
एउटा घुस्याहा हाकिम
जुँगा मुसार्दै
साखिलो बन्छ।
नैतिकता नामेट छ,
अनुशासन रड्डीमा मिल्किइरहेछ।। Continue reading
~तुलसीहरि कोइराला~
राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ । प्रगतिशील लेखक सङ्घद्वारा आयोजित ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक विचारगोष्ठीको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक कार्यपत्रहरू वरिष्ठ माक्र्सवादी विश्लेषक मोहन वैद्य ‘चैतन्य’ र प्रगतिशील साहित्यकार प्रदीप ज्ञवालीले छुट्टाछुट्टै रूपमा प्रस्तुत Continue reading
~तीर्थ श्रेष्ठ~
बासनारहित
तर प्लाष्टिक होइनौ
तिमी लाहुरे फूल !
म यतिखेर
युद्धमा क्षत–विक्षत
मेरा पति संझिरहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन Continue reading
~बासुदेव बुढाथोकी ‘सागर’~
मनमा बसिराख तिमी ,तनमा बसिराख ,
सधैंसधैं मेरो यो जीवनमा बसिराख ।
धोका ,छल र विश्वासघातका कुरा हुन्नन् पिरतीमा ,
कालो मनका काला इच्छा पूरा हुन्नन् पिरतीमा । Continue reading
साथीहरु बीच पनि खास बनी आयौ तिमी !
निराशाले छाको बेला आश बनी आयौ तिमी !
वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ
जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी ! Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
मेरो नाम छ साँढे !
वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्, Continue reading
~गनेस पौडेल~
दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, ‘बेनीदेखि १० किलोमिटरमाथि बेगखोलाको पुल बाढीले बगाइदिएको छ । बाइक त के जिप समेत जान सक्ने सम्भावना छैन ।’ पाँच दिन लगातार पर्खिएपछि बेगखोलाको वेग थोरबहुत मत्थर भएको सूचना आयो । सूचना आउनेबित्तिकै केही दिनयताको अशान्त मन बोकेर भदौ मसान्तमा घरबाट हिडेँ ।
सात वर्षअगाडि पहिलोपटक मुस्ताङ बाइकिङ गरेको थिएँ । दशैंको माहौल थियो । तर गाउँमा दशैं थिएन । मुक्तिनाथ दर्शनका लागि हिडेँका गाउँलेहरू जिप दुर्घटनामा परी सामूहिक ज्यान गुमाएको अवस्था थियो । दुर्घटनाको प्रकृति र त्यसको न्यारेटिभ यति दर्दनाक थियो कि घरका मान्छेले मुस्ताङ बाइकमा जान अनुमति दिने अवस्था नै थिएन । तैपनि ४ थान बाइकमा सात थान मनुवाहरू मुस्ताङको बाटो नाप्न निस्केका थियौं । Continue reading
~राप्रउ पोखरेल~
१)
नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका मगर, गुरुङदेखि पूर्वका राई, लिम्बू, तामाङ र खस भाषी समुदाय, यथा बाहुन, क्षत्री, दमाई, कामी र पहाडे मुसलमान समुदायसम्ममा लोकप्रिय रहेको पाइन्छ । समाजको प्रारम्भसँगै मनुष्यको जैविक रुचि र प्रकृति अनुरूप साहित्य कलाको प्रादुर्भाव भएको पुष्टि विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेदको सामगायनले गर्छ । Continue reading
~अविर खालिङ~
तिर्खा सुतेर हरेक
अनिंद्राका रातहरू
जब
ऐंठन व्युँझन्छन्
काँशका फ़ूलहरू
कहीं झरिसक्छन्
एउटा इतिहास खोजेर Continue reading
~कल्पना आचार्य ओली~
साँच्चै गरिबको पसिना अनि पाखुरा बेचिन्छ ।
बेच्दा बेच्दै कसैको त जीन्दगी नै पुरा बेचिन्छ ।
तिमी नै गुमाउनु परेपछि मलाई केको माया ?
अब मङ्गलसुत्र ,तिल्लहरी अनि चुरा बेचिन्छ । Continue reading
~अनुप नेपाल~
त्यो भित्ताको तस्बिर त्यसरी मुस्कुराईरहेको हुन्छ । ।
जस्तोकी सारा दुनियाँमा बसन्त छाईरहेको हुन्छ । ।
हिजो जस्तो लाग्छ फुलमाला पहिरेर पठाएको । Continue reading
~लीलाकान्त नायक~
अनुवाद : सुदिप पाख्रिन
नखाइ नै एउटा थाल रहन जान्छ….
आमा चाहन्छिन्
आज छोरीले खाओस् पेट भरी
र
छोरी चाहन्छे कि
आमाले खावोस आज पेट भरी
गरीबको घर देखेको हुँ मैले
हो, देखेको हुँ ! Continue reading
~देश सुब्बा~
म यताको कोसेली पठाउँदैछु
एक बट्टा समय छ
त्यो बट्टामा पसिनाको मूल्य छ
समुद्रको वासना छ बाहिर
मरूभूमिको बालुवा छ भित्र
यता बग्ने
हावामा वरपिपलको वासना आउँदैन
समुद्रमा तिते माछा पनि पाइन्दैन
समय महँगो छ यहाँ Continue reading
~टिका खड्का ‘राष्ट्रप्रेमी’~
न त भित्र न बाहिर संघारमा परेको छु ।।
आगो या म पानी रोजूँ दोधारमा परेको छु ।
.
खै कसोरी पार गरूँ ? खतराको सिमारेखा ।
खुकुरीको घेरा माँझ तरबारमा परेको छु ।। Continue reading
~आर.पि.आचार्य~
#
पत्तै भएन आजभाेली , नशामा रम्न थालेछु रे
दुनियाँभरी तिम्लाई देखि, त्यतै घुम्न थालेछु रे
देख्नेजति सबैले पागल भन्दा भन्दै पनि
अशम्भव शम्भव साेची ,शिखर चुम्न थालेछु रे
#
सुनेकाे छु आजभाेलि चर्चा, चल्दै छ रे Continue reading
~अतित मुखिया~
झझल्को तिम्रो लगातार हुनु
जम्काभेटमा आँखा चार हुनु
नबोलीकन बाटो साटिनु
तिमी पूर्व म पश्चिम हाँकिनु ।
पाइला विपरित भएपनि
आँखा एकआर्कालाई पछ्याउनु
नजर नजरमा पर्दा एकाएक Continue reading
~आचार्य प्रभा~
आँखाबाट झर्यो याद आसुँ बनेर
गएथ्यौ मलाई छाडि आउँछु भनेर ….
पल,पल सम्झनाले सताइरैछ मलाई
बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे …. Continue reading
~अभागी कान्छा गाउँले~
मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!
मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले
मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र !! Continue reading
~लोक राज भट्ट~
आफै गल्छु तिमिलाई ,गलाउने रहर छैन,
एउटै दिल काम लाग्नेछ, जलाउने रहर छैन।
केही तिम्रा केही मेरा ,गल्ती बराबरी,
कस्को गल्ती कती थियो,कलाउने रहर छैन। Continue reading
~शेर्पीनी कान्छी ‘निम’~
हाँस्न सिकायौ तीमीले बाच्न सिकायौ
बिस्तारै आँखामा आँसु साच्न सिकायौ।।
हाँस्दै हसाउदै मुटु भित्र बास माग्यौ
त्यस पछी पो अमुल्य ति रात माग्यौ
बाँच्न सिकायौ जोबन ढाक्न सिकायौ Continue reading
~नेत्रबहादुर कुँवर ‘अशोक’~
नेताज्यू !
मैले पढेको छु तिम्रो घोषणा पत्र
लेखिएका थिए काला काला अक्षरहरूमा
देश यस्तो हुने छ
देश उस्तो हुने छ
बनाइएको थियो नक्सा
कोरेर राजमार्ग, हवाई मार्गका रेखा
तयार पारिएको थियो नयाँ नेपालको खाका । Continue reading
~जय सिंह महरा~
पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ
औंसीका ताराहरु चम्किरहे छन्
एक थान बशन्तले तिमी आउने बाटोभरी
पालुवा फिजाएको छ,
गाउदै छन् कोइलीले स्वागत गीत
सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल, Continue reading