Tag Archives: Ekraj Pradhan

कथा : कोकोहोलो

~एकराज प्रधान~ कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको सपना

~एकराज प्रधान~ ‘शरणार्थी कान्छी कति बेला आयौ ?’ उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई

~एकराज प्रधान~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐना : एउटा पत्रकारको कथा

~एकराज प्रधान~ ‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लोपन

~एकराज प्रधान~ उत्तर–पूर्वी पहाडको फेदीमा रहेको एउटा सहरोन्मुख गाउँ। केही वर्षअघिसम्म खेतीबाट लहलहाउँदो अन्न उब्जने यो ठाउँमा अहिले कङ्क्रिटका महलहरु बाक्लिँदै गएका छन्। तिनै महलमध्ये एउटा हो, नरबहादुरको। तीन तले त्यो घरमा उनी एक्लै बस्छन्। खाना पकाइदिने एउटा केटो छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~एकराज प्रधान~ परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बले बौलाएछ

~एकराज प्रधान~ गर्मीले ‘सेन्डो’ छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, ‘थाहा पाइस्, बलेको त खुस्केछ नि !’

Posted in नेपाली कथा | Tagged | 1 Comment