~सङ्गीता दाहाल~
जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । ०६५ साल भाद्र ७ गते अध्यात्मवादले भनेजस्तो पञ्चतìवको शरीर पञ्चतवमै विलीन हुन पुग्यो वा भौतिकवादअनुसार शून्यबाट शून्यमै विलीन हुन पुग्नु भयो थाहा भएन । यति भने सत्य हो रुद्र सरको भौतिक उपस्थिति अब छैन । कहीँ कतै भेटिनु हुन्न ।
नेपाल ल क्याम्पसमा रुद्रसरले पढाएका विद्यार्थीहरूमध्ये म पनि पर्दछु । पहिलो कक्षामा सबैसँग परिचय लिने क्रमदेखि नै मलाई र मेरो साथी वीना राईप्रति विशेष चासो देखाउनुभएको थियो । किनकि हामी दुवै जना Continue reading →