~कलानिधि दाहाल~
न जानी पाइला चाले चल्न सक्तैन जीवनी
दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी ।
तातो तनावले पोल्छ पानीभित्र पसे पनि
छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि ।
कहाँ यो पिल्पिले पीडा कहाँ उदात्त कल्पना
कहाँ यी जनका घाउ कहाँ ती मनका मुना ।
कहाँ लहरको चर्को नित्य निनादनादका
कहाँ ती हरिया झोक्का पिउने स्वादस्वादका ।। Continue reading