~दिपेन्द्र खड्का~
ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन
मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन
जहाँ ऋतुले साथ खोज्छ त्यहाँ बसन्त छाउछ
तिम्रो मिठो मुस्कानले यो मन खुसीले रमाउछ
ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन Continue reading
~दिपेन्द्र खड्का~
ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन
मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन
जहाँ ऋतुले साथ खोज्छ त्यहाँ बसन्त छाउछ
तिम्रो मिठो मुस्कानले यो मन खुसीले रमाउछ
ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन Continue reading
~बाबुराम पन्थी ‘गुल्मेली’~
युद्दको क्रान्ति लाई नजिकै बाट देखेको छु
क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु
बलि चढेको मात्र होईन चढाएको बुझेको छु
हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु
बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु
अबोध बच्चाहरू टुहुरा बेशाहारा देखेको छु
आमाहरूको कोख उजाड भएको देखेको छु
हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु Continue reading
~अतित मुखिया~
ओल्लो किरात, ओखलढुङ्गा
गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो । बरिष्ट साहित्यकार एवं गजलकार मनु ब्रजाकिका अनुसार गजल शब्द अरवी भाषाको गजाल (एक प्रकारको मृग) गजाला (मृगका पाठा-पाठी) अथवा मद्यपी र सौर्न्दर्यप्रेमीको अर्थमा गजल नामाकरण भएको भन्ने पाइयो । (भावभुमि, गजल संग्रह अभिशप्त आशीष, अतीत मुखिया) । यसरी नै गजल बिधाका अनुसन्धानकर्ता डा. हरीभक्त नेउपानेका हेक्कामा गजल शब्द उर्दू भाषाको उपज ‘गज’को मूलआशय सिद्धयोगी सन्तहरुको गेय चरित्रको पद वा उनीहरुद्वारा प्रस्फुटित दोहाहरु हुन भन्ने बुझाउछ । ‘गज’ शब्दभित्र लीन वा समाहित प्रसंगलाई गजल शब्दले खुलाउन सक्दछ भन्ने पाइयो–मनोमोदक कविता तथा गजल संग्रह, गजल खण्ड पृ.१)। बरिष्ट गजलकार एवं साहित्यकार बुँद रानाको बिचारमा “गजल” हिजो यो नाम जसले जुराएको भए पनि आज यो आम अर्थात् ब्यापक हुन गएको छ । गजल अब कुनै खास Continue reading
~पुष्पा खनाल~
ढुंगालाई फूल मानी राखें छातीमाथि
आज त्यही दुख्न थाल्यो चस्स चस्स राती
फुलजस्तो जीवनलाई मिल्काएछु काँडा सरी
आज त्यही बिझाएरु दुख्छ घरिघरि Continue reading
~कृष्ण पौड्याल~
अमर हो भन्थ्यौ साईनो तोड्यौ आखिरीमा।
सुम्पिएथें मन मुटु फोड्यौ आखिरीमा॥
मुस्कानमा रमाएकी नपुछ्नु थियो आँशु।
पापी दृष्य भुलाएर छोड्यौ आखिरीमा॥ Continue reading
~केदार श्रेष्ठ “गगन”~
तिम्रो पनि
मेरो पनि चाहाना हुँदाहुँदै
बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर
दुई मुटु एउटै बनाउने रहर
तर,
सामाजिक वन्धनको नाम
उड्कदै हामीले
मनको कुरा एकअर्कालाई भन्न सकेनौं । Continue reading
~कृष्ण प्रसाई~
हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, तर धर्तीबाट आकाशमा हेर्दा देखिने बादलको एउटै अनुहारमा मैले अनुभव गर्ने गरेको मेरो मानसिकताभित्र उसले नयाँ कुरो थोपरिदिएकी थिई । कपास जस्तो बादल, पत्रदार बादल र तित्रापंखी बादलका भिन्दा-भिन्दै तीन नाम र कामहरूको बर्णनमा म उसँग उडिरहेको थिएँ । यतिखेर हामी मुन्तिर देखिने बादल उसको भनाईमा कपास जस्तो बादल थियो र त्यो बादलको विशेषता Continue reading
~एन.पी भावी~
श्रद्धाको यो फूल टिपी शहिदलाई रातो सलाम
देशको निम्ति ज्या दिने शहिदलाई रातो सलाम
राष्ट्रियता बेचिदैछ होशियार छ शब्दबाट
इतिहास कोरिएको शहिदलाई रातो सलाम Continue reading
~दिवाकर स्वप्नील~
बिहे गर्ने उमेर कटेर गइसक्न आँट्यो।कहिले बालबच्चा हुने कहिले हुर्किने ?बुढाबुढी भएपछी हुर्काउन गाह्रो! असक्त हुँदा एउटा हनबेर्नो भए काम अह्राउन हुन्छ , सहारा चाहिन्छ र आस हुन्छ बुढो उमेरमा दुइ घुट्की पानी मुखमा हालिदिने हातको । फेरी बंशको बिडो थाम्ने एउटा पिउसो पनि चाहिदो हो….उफ् आफ्नो त भाग्य मै कन्या लेख्या छैन जस्तो छ ।..केटी हेर्न सालिन्दा जाँदाजाँदा सात जोर जुत्ता ढुट्याइसकियो , खै लगन जुर्ने भा पो ! आफुभन्दा साना फुच्चाफुच्चीहरुको छोराछोरीको बिहे गर्ने बेला हुन आँटो। कहिलेकाँही त लाग्छ बाल ब्रह्मचारी बनौँ आखिर अहिलेसम्म कुनै कन्या छोको भा पो।..धत् त्यसो पनि हुँदैन। आsss ।…लौ रात निक्कै छिप्पिसकेछ सत्नुपर्छ । Continue reading
~रामबिक्रम थापा~
तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ ।
बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन ग-यो । मृदु मुस्कानले स्वागत गर्दै मित्र-पत्नीले उसको अभिवादन फर्काइन् । Continue reading
~नरेश माङपाहाङ राई~
घर त मेरो पहाडी पाखा वेसी हो रे
कुन दिनको सञ्जोगले वने लाहूरे
दुख्छ आज छाती मेरो वरै भन्ने कोही छैन
वुढेसकालमा फर्कौ भने आफ्नो भन्ने कोही छैन Continue reading
~श्यामकुमार बुढा~
जति जे गरेनी कहिल्यै नसोझीने
कुकुरको पुच्छर जस्तो बाङ्गो
हाम्रो कमाण्डरको बटारिएको अभिमान
भोगेकै हुँ, सवैलाइ भनिदिँदा के भुलगरें मैले ?
कसैले भनेको नमान्ने
मुर्खपाखण्डी जस्तो कठोर
हाम्रो शिर्षासित नेताको जबर्जस्ती
सहेकै हुँ, सवैलाइ भनिदिँदा के विराएँ मैले ? Continue reading
~एकलव्य राज ~
लिप्त भएर
रस चुस्दै भवरा
फूल अस्तायो
घाँटी भिजेन
मेलम्चिको पानीले
उपत्यकामा Continue reading
~अनुज श्रेष्ठ ‘प्रवास’~
क्या ! तगडा भाषाण गर्छौ
तिमी – नेताहरु
लाग्छ यि हाम्रा
हातहरु तिम्रै भाषाणको
तालिका लागि मात्रै
हुन् ,
सधैं जोशमा बोल्छौ
तिमीहरु
यसैले व्यबहारमा केही Continue reading
~बिजयकुमार श्रेष्ठ~
सबैको आँखाको नानी थिए कसैलाई बिजाउनु भएन
सत्य र न्यायको बारेमा कहिले पनि गलत बाटो रोज्नु भएन ।
डर र कायरतालाई कहिले पनि साथमा लिनु भएन
आफना बत्तित्व कलाको प्रदर्शन गर्न कहि कतै झुक्नु भएन । Continue reading
~श्रीओम श्रेष्ठ ‘रोदन’~
रामभक्त बाजे प्रत्येक दिन मन्दिरमा गएर पूजा गर्दथे । गाईहरुलाई खाना खुवाएपछि मात्र आफूले भोजन गर्दथे । परसेवालाई आफ्नो धर्म ठान्ने रामभक्त बाजे मनको मात्र हैन धनको पनि सम्पन्न थिए । गाँउमा जसको घरमा जे समस्या परे पनि सघाउँनेससहयोग गर्ने उनै बाजे हुन्थे । उनको नाम गाउँमा मात्र हैन देशभरि नै प्रसिद्ध भैसकेको थियो । अखबारमा उनको चर्चा रेडियो टेलिभिजनहरुमा उनको अन्तर्वार्ता आइरहन्थ्यो । उनले राष्ट्रिय स्तरका आदर्श समाज सेवाको पदक सम्मान र अभिनन्दनहरु धेरै पाइसकेका थिए । Continue reading
~दिलिप योन्जन~
मनमा बसि मनै त खायौ नी
हाँसी हाँसी रुई रने पार्यौ नी
आफ्नै छायाले
ख्याल ठट्टा गरेर छाड्यौ मायाले।
आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो
बिना बादल मनै भत्कि गईरन्छ पहिरो Continue reading
~बसन्त मोहन अधिकारी~
तिमी फूल बनेर हेर ।
मेरो पिडा सहेर हेर ।
पूजाको सरदम बनी
मन्दिरमा गलेर हेर । Continue reading
~डा. कपिलदेव लामिछाने~
रुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ । भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा ।
भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन । विज्ञान पढेको याद आयो र त्यसको उपयोग गर्दै झट्ट सोधेँ– पृथ्वीलाई सूर्यको एक चक्कर लगाउन चौबीस घन्टा लाग्छ भने एउटा फाइललाई फाँट–फाँटको चक्कर लगाएर आउन कति घन्टा लाग्छ ? Continue reading
~लोक राज भट्ट~
बर्तमानको मझेरीमा उभिदै
इतिहासका आलापहरु दर्साएका
भोका पेटहरुले
डेउडाको सुसेलिमा उकालो छिचोल्दा
काफल चरी
तिमी त
उड्दै उच्च लेक पुकिसक्यौ
फेरी पोहरका सम्झनाहरु
बादलमा बर्खा बोकेर चिहाइरहेछन Continue reading
~सागर कार्की~
चेत लुटिदा मेरो
धिरता डगमगाउदा
अनन्त एक्लीएर म आफैबाट
केलाईरहदा रोदनले हृदय
म चाहान्छु तिमी जिस्काउन आऊ मलाई ।
म रिसाउदिन, न कुनै प्रतिकार गर्नेछु
तिमी चलाऊ, अल्झाऊ Continue reading
~अन्जीत थापा मगर~
अचानक म एकान्तमा हराउछु
त्यसै – त्यसै अन्धकारमा रमाउछु
अनी लाग्छ की म एक्लो छु
परीचीत ब्यक्तीकै माझमा रहेर पनी
सबै देखी टाडा भएछु
अनी लाग्छ की म एक्लो छु
मनले मनैलाइ सोध्छ
कीन म एक्लो छु ?
कसैले मेरो भावना भुझेनन्की Continue reading
~नेत्रबहादुर कुँवर ‘अशोक’~
फूटबल खेलेर तर्साइएको
मेरो जिन्दगीको रङ्गशालालाई
अचेल
विदु्रप बनाइएको छ
खेलाडीका बुटका गोटीहरूद्वारा ।
आइया !
निकालेर ऐजन शब्दहरू
निस्प्राण बन्दै छु
ठोकिएको छ किला ठ्वाकठ्वाक Continue reading
~टिका खड्का ‘राष्ट्रप्रेमी’~
झरेको फूल झैँ, टेकियो जीवन
कहरको कथा भै, लेखियो जीवन
चम्किन्छु सूर्य झैँ आकाशमा भन्दा
बादलु घुम्टोले, छेकियो जीवन Continue reading
~शेर्पीनी कान्छी ‘निम’~
देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
केही पाउन याह केही गुमाउन पर्ने
उस्कै लागी पाइला अन्तै मोडनु पर्यो
————————————
कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन
काडा पन्छाइ हेर्दा पनि टेक्ने बाटॊ भेटदीन
जिबनको मोड कस्तो भिर पखेराको यात्रा Continue reading
~नयनराज पाण्डे~
एउटा लेखकले अर्को लेखकको रचनामाथि विशुद्ध पाठकीय धारणा बनाउन साह्रै गाह्रो हुन्छ । जति नै जोगिन खोजे पनि यसमा लेखकको आफ्नै आग्रह र पूर्वाग्रह हावी भैहाल्छन् । यसपटक राजवको नवीनतम उपन्यास ‘सोटिट’ माथि यो समीक्षा लेखेर त्यो जोखिम फेरि मोल्न खोज्दैछु । तर यो समीक्षा भन्दा पनि एउटा लेखकमाथि अर्को लेखकको पुस्तकले पारेको प्रभावको वर्णन हो ।
राजवको यसअघिको ‘बेकारीमा उपन्यास’ शीर्षकको उपन्यास पनि मलाई मन परेको हो । तर, त्यो उपन्यासको मूलकथा भन्दा त्यससँग जोडिएर आएका सहायक कथाहरु उम्दा थिए । उपन्यासको मूलकथा भन्दा जब योसित जोडिएका सहायक कथाहरु बलिया भैदिन्छन्, त्यसले उपन्यासको वास्तविक ओजलाई बलशाली बन्न नदिने सम्भावना बढी हुन्छ । उपन्यास बलियो हुनका निम्ति यससित तमाम उपकथाहरुलाई आफूसित बोकेर हिँड्ने कि एउटा मजबूत कथा हुनुपर्छ, कि दमदार चरित्र या सधैँ स्मरणीय रहन सक्ने Continue reading
~भूपेन्द्र काफ्ले ‘नयन’~
हरायौ कि कतै मन दुखेपछी आयौ
निष्टुरी झै बनी माया टुटेपछी आयौ
चिसो चिसो मौसममा न्यानो न्यानो माया
वादल भित्र घाम लुकेपछी आयौ Continue reading
१.
प्रवासी सबै
सधैँको कामकाजी
मानब यन्त्र
२.
स्वदेशभित्र
बेरोजगारी सबै
चिसो अँगेना
३.
सापटी हाँसो
प्रवासी जीवनको
गोजीमा दुःख Continue reading
~केदार वशिष्ठ~
यतिबेला नेपाली भाषामा हिज्जेको बहस पुनः चुलिएको छ । द् लेख्ने वा त्यसलाई अर्को संयुक्त वर्ण जोडेर नै लेख्ने विषयमा विवाद देखिएको छ । यस्तैमा डा. लक्ष्मी प्रसाद खतिवडाले आठ वटा शब्दको सूची दिएर ‘तपाईँ कुन लेख्नुहुन्छ ?’ भनेर सोध्नु भएको छ । यो लेख सैद्धान्तिक र व्यावहारिक सन्दर्भका आधारमा तिनै शब्दमा केन्द्रित छ ।
डा. लक्ष्मी प्रसाद खतिवडा सर ! यहाँलाई र्सवप्रथम बधाइ दिन्छु । कम्तीमा यहाँले शालीन बहस थाल्नु भयो, तथ्य राखेर तर्क खोज्नु भयो । कतिपयले तर्कका अगाडि ‘कु’ उपर्सग लगाएर अहिलेको बहसमा पाण्डित्याइँ Continue reading
~श्रेष्ठ समनश्री~
दुई चुल्ठी बाटेकीलाई, माया मेरो भन्दिनु है ।
वैशले खुब मातेकीलाई, माया मेरो भन्दिनु है ।
तनमन मेरो लगि आफै, अघि अघि तर्किएरै
बाटो मेरो काटेकीलाई, माया मेरो भन्दिनु है । Continue reading
~शिवराम वनमाला~
हे बुबा हे आमा मलाई पनि पढ्न पठाइ देऊ।
पढ्ने मेरो धोको छ, पढ्न पठाइ देउ न आमा।
लेख्न मलाई मनपर्छ, कापी कलम ल्याइदेउ आमा।
हे बुबा हे आमा …………..
मेरो हातमा कापी छैन, कलम पनि छैन।
पढ्ने लेख्ने अधिकार मलाई नभएको होइन
हे बुबा हे आमा ……………. Continue reading
~हस्तबहादुर के.सी.~
दिन्नौ मर्न हामी
क्रान्तिका सपनाहरु
क्रान्ति हाम्रो आस्था हो
क्रान्ति हाम्रो विश्वास हो
क्रान्ति हाम्रो लक्ष्य हो
क्रान्ति हाम्रो जीवन हो
त्यसैले
हामी मर्न दिन्नौ
क्रान्तिका सपनाहरु
जनता मुक्ति चाहन्छन् Continue reading