गजल : दिनदिनै रंग फेर्छ सहर …

~जय सिंह महरा~Jay Singh Mahara

म हिडेको त्यो बाटो अझै उस्तै छ कि,
म हुर्केको त्यो माटो अझै उस्तै छ कि!

यो खाल्डोमा ढकको तौल घटिराछ,
कोदो तोल्ने त्यो काटो अझै उस्तै छ कि! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ऊ बौलाएको छ

~शङ्कर भण्डारी~

उसले गाली गर्‍यो
म चुप बसें
उसले हात उठायो
तैपनि
म चुप लागें।

तर्सायो/धम्कायो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सहिद सम्मेलन

~सुरेश बखुन्छें~

उहिले कसैले कसैलाई सराप्नु परेमा वा कसैसँग तगडाको झगडा परेमा गाली गर्नलाई “तेरो घरमा काङ्ग्रेस पसोस्” भन्थे अरे ! तर समय निकै बलवान छ। त्यो भन्दा पनि भीमसेनजस्ता पहलमानका गुरु हनुमानभन्दा तेजवान् छ। उहिलेको कुरा खुइलिई सके। त्यतिबेलाको कुरा यतिबेला कतिपय ठाउँ र परिस्थितिसँग नमिल्न पनि सक्छ। बिहान बोलेको कुरा बेलुकी बोलेकै होइन भनेर पुष्टि गर्ने बेलामा उहिलेको कुरा कहाँ मेल खान्छ र? उदाहरणका रुपमा हाम्रा बौबाजेको समयमा फर्केर हेरौं। त्यसबेला एक रुपैयाँ भए दिनभरलाई पुग्थ्यो अरे ! सय रुपैयाँले एक रोपनी जग्गा आउँथ्यो अरे ! बुढाहरूले त्यसबेला जन्माए पनि हुन्थ्यो नि …..! तर के गर्नु बौबाजेभन्दा अगाडि जन्मिन पनि त भएन ……। जे होस् त्यतिबेलाको सय रुपैयाँ र यतिबेलाको सय रुपैयाँ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मन्दिर जान्छौ किन?

~धर्म सन्देश~

मन मन्दिरलाई पुजा गर,मन्दिर जान्छौ किन?
मन्दिर गएर झुटो बाचा,कसम खान्छौ किन?

ढुङ्गे मुर्ति पुज्नु भन्दा,मन मन्दिरको देउता पुज
आत्मामा नै हुन्छ देउता,ढुङ्गालाई मान्छौ किन? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सहयोग

~इप्सुल मगर~Ipsul Magar 'Maya'

निमुखालाई दया गरे आलोचित भइन्छ यहाँ
स्वर्गीय मनले सहयोगको भाव झल्काइन्छ जहाँ
के गर्नु यो संसार पनि कस्तो अनौठो भैसकेछ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : मन

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

पहरामा रोपेको मन, सिरूसंगै काटीएछ
दोभानमा बगाई दिए, किनारा पो साटीएछ

पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ
हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ
न त आकाश न त धर्ति आफैलाई ढाँटीएछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कसोगरि भुलुँ मैले

~राकेश कार्की~Rakesh Karki

कसोगरि भुलुँ मैले
याद धेरै आउछ
जति जङ्घार तरेपनि
यो मनको नाउ छ

आइरहन्छ मीठो सपना Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : स्मृतिमा टेक बहादुर

~बाबुराम पन्थी ‘गुल्मेली’~Baburam Panthee Gulmeli

गाँउ बाट अली टाढा गहते चौरको पुर्व पट्टीको काँडा घारी सरकारी जग्गा लाई टेक बहादुरका भाई मन बहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाड् अनी केही राजु र म्यालका रूखहरू अनी पुस माघमा शित कहिले ओबानो नहुने ठाँउ को बिच बाट एउटा गोरेटो गाँउ जंगल गर्ने बाटो थियो । त्यही बाटो माथी टेक बहादुरको घर । गाँउमा सबैले बौलाहा टेके भन्थे मैले भने कहिले उनको पागलपना देखीन ।

त्यो घर टेक बहादुर आफैले बनाएका थिए छ वटा खाँबा गाडेर बनाएको उनको घर जमीनमै उभिएरै धुरी सम्म छाउन मिल्ने थियो । छ वटा खाँवा र आठ दश वटा डाँडा भाटा मा अड््याएर राखेका स्याउला ले छाएका र Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पत्रकथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

~नारायण भुसाल~

असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल !

जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकी परिचय हुनुभन्दा अगाडि तिम्रो नाम मनमा गुन्जियो, मनमा तिमी मुस्कुरायौ र आँखाको मेरो लेन्सले तिम्रो तस्विर कैद गरिसक्यो  र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ?  म तिमीलाई निश्वार्थ प्रेम गर्छु Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अब बिदेश जाँदैजान्न

~बिश्व बिनोद~bishwa-binod

के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा घुम्न गएपछि मलाई बिदेश प्रतिको मृगतृष्णा हृवात्तै घटेर गा’को छ । आखिर घुम्नु पर्ने देश नै कुन बाँकि छ र?

बरु देशै नघुमि संघियताको नारा हाम्रो पार्टिमा सबैभन्दा बढि लगाउनेमा मै पो रहेछु । अब देशै घुम्नु पर्ला । के छैन यहाँ सोझा जनता छन्, सोझा गाउँले छन्, एक छाक भात कुकुरलाई त दिन्छन् भने हामि नेतालाई त भत्तुवा लाएकै भरमा दिन्लान् नि गाँठे । हुन त बन्दुक नदेखाई भात नदिने जनता पनि यहि देशमा हाम्रै Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : खुसि पार्न सकु

~भूपेन्द्र काफ्ले ‘नयन’~Bhupendra Kafle 'Nayan'

तिम्रो आसु पुछेर नि खुसि पार्न सकु
त्यो मनको दुखहरु अन्तै सार्न सकु

बरु आफु सधै भरि रोएर नि सानु
आखामा आउने तिम्रो आसु बार्न सकु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चल पूँजी

~जानकी सुनार~

हाम्रा ज्यान
हाम्रा पहिचान
हजुरहरुका चल पूँजी हुन्
हजुरका संचित कोषहरुमा जम्मा गर्न सक्नुहुन्छ
अहिलेका बजारका प्रचलित शब्द
समानता र समावेशीका नारा खरिद गर्न सक्नुहुन्छ
र सक्नुहुन्छ चोक चोकमा मर्ूर्तिहरु खडा गर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छन आजका युबा

~रामु गैरे~Ramu Gaire

आन्दोलन, जुलुश र
चुनावमा मर्नलाई
पनि नडराई !!
अगाडि बढने बलिया
काम फत्ते नहुनसम्म
सुनको भाँडो!! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीको उदय

~सुरज काफ्ले ~Suraj Kafle

मन्दीर छ, घण्ट बज्छ बाहिर
अनि,
भित्र भगवान र पुजारी ।
ऊ उठ्छ विहानै,
हातमुख धुन्छ,
नपुगे चोखो हुन,
सर्वाङ्ग नुहाउँछ,
लाउँछ लुगा सबै नयाँ,
तर पाउँदैन छिर्न मन्दीरमा,
धैर्यताको सीमा फुट्छ, बन्छ क्रान्तिकारी ।

दिनभर चल्छ, मेसिन त्यो सिलाईको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म छेउ मै आइन

~पुष्पा खनाल~Pushpa Khanal

तिमीले नछुनु भन्यौ म छेउ मै आइन
तिमीले नरुनु भन्यौ मैले आँशु झारिन ।

तिम्रो खुशीको लागि म मरेकीछु धेरै चोटी
तिम्रो सुखको लागि म झरेकीछु धेरै चोटी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बफादार कुकुरहरू

~रमेश प्रजापति~

मलाई कुकुरहरू मन पर्दैनथ्यो। तर समाज चोरी, डकैती, लुट, काटमारबाट आक्रान्त रहेको हुँदा एकदिन मन नपराई नपराई भए नि कुकुर पाल्न बाध्य भएँ। कमसेकम एउटा कुकुर भएपछि चोरी, डकैतीबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो। सौभाग्य भनौं वा दुर्भाग्यको कुरा, मेरो छिमेकमै बस्ने मनमोहनसँग थुप्रै कुकुर थिए। उसको घरमा यति धेरै कुकुरहरूको सङ्ख्या थियो, सायद त्यति उसको परिवारका सदस्यहरू पनि थिएनन्। लाग्थ्यो अरुले कुखुरा फार्म चलाएजस्तो ऊ पनि कुकुर फार्म चलाएर आफ्नो जीविकोपार्जन गर्छ। त्यसैले मलाई Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रतिशोध

~एल. के. सुन्दर~

म, मृतप्रायः
हो,
तिम्रो अर्थमा
म, मृतप्रायः
निष्प्राण
निर्जीव।

जति सक्छौ प्रहार गर
मृतप्रायः सम्झेर प्रहार गर
निष्प्राण सम्झेर प्रहार गर
निर्जीव सम्झेर प्रहार गर। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नियतिले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

बिरामी छोरी लिएर म आकस्मिक कक्षमा पुगें । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देखें । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म बिरामी छोरीको सबै लक्षण बताएँ र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिएँ । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै बिरामी हेर्न कुरा बतायो । उक्त व्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्यो । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक संस्कारलाई म पनि चाट्न पुग्छु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हे¥यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षपछिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

राधा भट्टराईका छ मुक्तकहरु

~राधा भट्टराई~Radha Bhattarai

(एक)
ए नेताज्यू ! रास्ट्रको यो ढिकुटिमा -याल न चुहाउ यसरी
हामी पनि मौन भै आफ्नो अस्तित्व न चुकाउ यसरी
नेपाल जिउँदो मान्छेको देश कठपुतली नाच्ने आँगन होईन
उनीहरुको प्रयोग गर्ने गोटी भै सधैँ शीर न झुकाउ यसरी !!

(दुई)
हिजो आज सत्य कुरा सुन्न पनि उखान भएको छ
झुठको खेती गर्नेलाई तिम्रो नीति बरदान भएको छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक समीक्षा : नाट्यसाहित्यमा कोशेढुङ्गा: खेम थपलियाकाे प्रगतिवादी एकाङ्की नाटक

~रघु अधिकारी~book-cover-pragatibadi-ekanki-natak-khem-thapaliya

खेम थपलिया प्रगतिवादी साहित्यिक–सांस्कृतिक–राजनीतिक आन्दोलनमा सशक्त क्रान्तिकारी वैचारिक धारलाई समातेर निरन्तर क्रान्ति र अथक सङ्घर्षमा होमिएका एक स्रष्टा हुन् । साझा प्रकाशनबाट प्रकाशित उनको महत्वपूर्ण पुस्तकको नाम हो– प्रगतिवादी एकाङ्की नाटक ।

यसका सीमारेखा र व्यापकतालाई अध्ययन गर्दा स्रष्टा, द्रष्टा र विचारकका रूपमा थपलिया तिखारि“दै, जुुर्मुराउँदै, सङ्घर्षशील बन्दै अघि बढिरहेका छन् र उनमा नैराश्य होइन आशावादिता, आलस्य होइन क्रियाशीलता, हीनताबोध होइन उच्चाकाङ्क्षा र अवसरवादिता होइन प्रतिबद्धताको ओज थपिँदै गएको देखिन्छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य : भूतपूर्व मन्त्री र बहालवाला मन्त्रीको टेलिफोन वार्ता

~राम लोहनी~ram-lohani

भूपू मन्त्री — हेलो! हरिजी हो?

बहालवाला — हजुर हजुर! यहाँ “कोपर्नु” भो?

भूपू — कोपरेको थिइँन नि। समातेको मात्रै हो।

बहालवाला — को बोल्नुभएको भनेको।

भूपू — म? म, हरि! Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : जीवन

~जीवन क्षेत्री~Jiwan Kshetry

जीवन के हो ?
बा“च्न खोज्नेहरूलाई अवसर हो
मर्न खोज्नेहरूलाई बाध्यता
आशाको त्यान्द्रो हो जीवन
नशाको सहारा नलिन आ“ट्नेहरूलाई
एउटा असल मनोरञ्जन हो जीवन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खरको छानो छ ।

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

चिटिक्क छ घर हाम्रो खरको छानो छ ।
बरण्डामा लाग्छ घाम साह्रै न्यानो छ ।
.
सबै भन्छन् ठुलो दादा साह्रै ज्ञानी रे ,
म त एक्ली प्यारी छोरी भाइ त सानो छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समालोचना : हृदय चन्द्र सिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो

~डा. यदु नन्दन उपाध्याय~

१. विषय प्रवेश

साहित्यकार हृदय चन्द्र सिंह प्रधान (१९७२–२०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । उनका साहित्यको उपन्यास विधामा ‘स्वास्नीमान्छे’ (२०११) र ‘एक चिहान’ (२०१७) गरी दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीहरूले भोग्नु परेका पुरुषका यातना, किसानहरूमाथिको आर्थिक शोषण, सामाजिक अन्ध विश्वास र त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

लघुकथा : महात्मा जी

~मनोज कफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

जवानीको बेलामा म पहाड पारीको शान्त वनमा एक सन्तलाई भेट्न गएको थिएँ । हामी सदगुणहरुको स्वरूपको विषयमा कुराकानी गरिरहेका थियौँ । यत्तिकैमा एक जना डांकू लड़खड़ाउँदै त्यहाँ आइपुग्यो । कुटीमा पुग्ने बित्तिकै उसले घुँडा टेकेर भन्यो,
महाराज, ‘म निकै ठूलो पापी हुँ ।’

सन्तले जवाफ दिए, ‘म पनि त निकै ठूलो पापी हुँ ।’

डाकुले भन्यो, ‘म चोर र लुटेरा हुँ ।’

सन्तले भन्यो, ‘म पनि चोर र लुटेरा हुँ ।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : श्रध्दान्जली ! अनन्त यात्रीहरूमा

~राजकुमार श्रेष्ठ ‘दीप’~Raj Kumar Shrestha 'Deep'

गयौ तिमी सबलाई छाडी बिदै नमागी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !

यात्रा तिम्रो अनन्तको अनायसै थाल्यौ
आफन्तको मायालाई चुडाएर फाल्यौ
झुक्कीएर उठ्यौकी पो पालै नलागी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुन्दरता

~रश्मिला कवाङ~Rasmila Kawan

पैसामा बिक्दैछौ अचेल तिमी
इमानदारिताको बाटो पहिल्याउँदै
हिजो हिंडिरहेका थियौ
धनी थियौ मनको, मानवताको
माया अनि स्नेहको सौन्दर्य थियो
तिमीमा सौन्दर्यकी खानी थियौ
तर,
युग विस्तारै बदलिरहेको छ
र त बदलिरहेकी छौं तिमी पनि
तिम्रा ती सत्यताका प्रतीकहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिमी बिहान उठेर मर्निङवाक जाउ
मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ
तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ
छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ।

खाना खाएर तिमी एकैछिन पर्ख
मैले घरधन्दा सिद्याउनु पर्छ
राखन धरन गरेर आफु तयार हुनुपर्छ
हतार भै सक्यो हेर न अब अफिस जानु पर्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : देउता

~नन्दलाल आचार्य~Nandalal Acharya_1

म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ । चारैतिर सुनसान थियो । बाहिर दलानमा बुबा मस्त निद्रामा हुनुहुन्थ्यो । म उहाँसँगै सिरकमा गुट्मुटिएँ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दलित शब्द मेटाऔं

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

विभेदको अन्त्य गर्नलाई
दलित शब्द मेटाउनु पर्दछ
दलितको बदलामा हामी
एक नेपाली लेखिनु पर्दछ

जातीय हिंसाको ऐंजेरू अब
जरैदेखि उखेल्नु पर्दछ
एकै जातको नयाँ नेपाल
हामी मिली बनाउनु पर्दछ Continue reading →

Posted in कविता | Tagged | 1 Comment

गजल : मुटु रोप्ने छुरा भेटे

~दिपेन्द्र राई ‘अश्रुमाली’~Dipendra Rai 'Ashrumali'

सांचो माया पिरतिमा मुटु रोप्ने छुरा भेटे ।
तड्पाएर यादै तादले मार्छु भन्ने कुरा भेटे ।

निष्ठूरिको प्रेमजालमा फस्नु फँसी सके पछी ।
अर्कै हातले लगाएको सिन्दुर पोते चुरा भेटे । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : माला

~डा. टीकाराम पोखरेल~Dr Tikaram Pokharel

पार्टीले उम्मेदवारको नामावली घोषणा गरयो । उम्मेदवारको लिष्टमा उसको नाम पनि देखेर ऊ दंग परयो । श्रीमतीलाई घरमा फोन गरेर यो शुभसमाचार सुनायो । श्रीमतीले छिमेकी, नातागोता, शुभचिन्तकलाई यही समाचार रिले गरी । छिमेकी, नातागोता, शुभचिन्तक माला लिएर ऊ भएको ठाउँमा आइपुगे । यो लाममा केही कार्यकर्ता पनि थपिए । उसलाई माला लगाइदिनेको तँछाडमछाड चल्यो । घाँटीको माला थाम्न पनि उसलाई हम्मेहम्मे पर्यो । एकैछिनमा ऊ मालाले पुरियो । अबिर र मालाले पुरिएको अनुहारको बीचबाट ङचिच दाँत देखाएर माला लाइदिनेहरुलाई उसले नमस्कार गर्यो । अबिर र मालाले पुरिएर ऊ अर्कै संसारबाट यस लोकमा झरेको मनुष्य जस्तो देखिएको थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment